स्वस्थ शरीर जीवनको सर्वस्व

पे्रमराज अधिकारी

मानिस चौसठ्ठी कलाले परिपूर्ण, सर्वश्रेष्ठ प्राणी मानिएको छ। हाम्रो वैदिक धर्म अनुसार मानिसको शरीरलाई देवाधिदेव महादेव शिवको वासस्थान भनिन्छ। “देवो-देवालय प्रोक्तः जीवो नाम सदाशिव” भनेर शास्त्रमा लेखिएको पाइन्छ। मानव शरीर नै आत्मा र जीवात्माको वासस्थान मानिएको छ। मानिसको शरीर इश्वरको साकार र सगुण स्वरुप हो भने आत्मा निराकार निर्गुण स्वरुप मानिएको छ।

मानिसको शरीर महत्व दर्शाउदै स्वामी सच्चिदानन्द विशुद्धदेव भन्नुहुन्छ ” भौतिक शरीर र चेतन आत्माको योग नै मानव शरीर हो। यो स्थूल शरीर भौतिक तथा आध्यात्मिक दुवै साधनाको औजार हो। शरीरलाई लक्ष्य प्राप्त गर्ने साधनको रुपमा लिएर सदुपयोग गर्नु पर्दछ। यही शरीर हो भूतलाई तार्ने, वर्तमानलाई सुधार्ने भविष्यलाई सिगार्ने माध्यम शरीरको अभावमा कुनै पनि लक्ष्य पूरा हुदैन।

मानिसको शरीर भगवानकै अंशले बनेको मानिन्छ। इश्वरको बास यही शरीर भित्र छ। त्यो आत्मा हो। शरीरको निर्माणकर्ता पनि उही परम ब्रह्मा परमात्मा नै हो। मानिसको शरीर हजारौं तत्वबाट बनेको छ। हाम्रा बाहिरी आंखाले सबै देख्न सकिदैन। यो छुट्टै पाटो छ। हामी पञ्चमहाभूतले बनेको शरीर भन्दछौं। यतिले मात्र पुग्दैन अरु तत्वहरुको संलग्नता पनि शरीरमा समावेश छन्। पञ्चमहाभूतः पृथ्वी, जल, तेज, वायु, आकाश। पञ्चकोष : अन्नमय, प्राणमय, मनोमय, विज्ञानमय र आनन्दमय, पांचप्राणः प्राण, अपान, समान, व्यान र उदान, पांच ज्ञानेन्द्रियः आ“खा, कान, नाक ज्रि्रो र छाला, त्यसै गरी मन, आत्मा, बुद्धि र विवेक। यी महत्वपूर्ण तत्वहरुबाट बनेको मानव शरीर एक इश्वरीय पुञ्ज भन्दा अत्युक्ति नहोला भन्ने मेरो ठहर छ।

मानव शरीर आत्मा र जीवात्मा दुवैको वासस्थान भनिएको छ। जीवात्मा संसारिक दुःख सुख भोग गर्दछ भने आत्मा साक्षी स्वरुप रहेको हुन्छ। जीवात्मा सगुण र शाकार छ भने आत्मा निर्गुण निराकार र अमर छ। अब यहां सम्झनु पर्ने कुरा के छ भने मानव शरीर नै जीवन हो। किन भने शरीर छैन भने जीवन पनि रहदैन। दुवै एक अकोर्का परिपूरक छन्। तरपनि यहां स्वस्थ शरीरको विवेचना गर्ने प्रयास गरिएको छ।

स्वस्थ शरीरको आवश्यकतालाई दर्शाउंदा जीवनलाई अलग राख्न पनि मिल्दैनथ्यो होला जीवनबारे कुरा गर्दा जीवन ज्यादै जटिल छ। स्वामी विवेकानन्दजीले रामकृष्ण परमहंससंग जीवनवारे प्रश्न गर्नु भएको कताकता मलाई सम्झना आईरहेको छ। परमहंश रामकृष्णले भन्नु भएको छ। “जीवनलाई विश्लेषण गर्ने काम बन्द गरिदेऊ किनभने जीवन ज्यादै रहस्यमय छ।” भनेको हुंदा जीवनको बाटो छोडिएको छ।

लोक मर्यादा पालन गर्नको निमित्त पनि मानव शरीर प्राप्त भएको हो। भन्ने उल्लेख भएको पाइन्छ। मानव शरीरलाई इश्वरीय वरदान हो पनि भनिएको छ। शरीर भित्र रहेका मन बुद्धि, विवेक, विचार, प्रेम, करुणा, दया, क्षमा आदिको सम्मान संरक्षण र विकास गर्न सके आफू सहित मानव जातिकै कल्याण हुने देखिन्छ। शरीर छ, संसार छ, सबैथोक छ। शरीर छैन संसार छैन, सबै शून्य छ।

स्वस्थकर शरीर भए शरीर भित्रको ब्रह्माण्डीय ऊर्जाले धरतीलाई स्र्वर्ग बनाउन सकिन्छ। ब्रह्माण्डीय ऊर्जाको पहिचान गर्न सक्नु पर्दछ। पहिचान गर्न आत्म केन्द्रित हुुन पर्दछ। आफंैतिर र्फकन आवश्यक छ। इश्वरको वासस्थान रहेको मानव शरीरमा जे खोज्यो त्यही पाइन्छ। दया करुणा, प्रेम, मित्रता, सबै चिजको वीज हामी संगै छ। हरेक मानिसको शरीर भित्रको अन्तर आत्मामा संसारका सबै विषय वस्तुको वीज रहेको हुन्छ।

प्रेमको, करुणा, दयाको, उन्नति अवनतिको, शत्रुता र मित्रताको, बन्धन र मुक्तिको रोज्नु आफैले पर्दछ। कुन विषयको अवलम्बन गर्ने हो। आफूले रोजेको विषयको बडो सजगतापूर्ण तरिकाले संरक्षण र सर्म्वर्द्धन गरेमा सफलता प्राप्त हुनेमा शंका गर्नु पर्दैन। स्वस्थकर शरीर भए नै उन्नति गर्न सकिन्छ। भौतिक उन्नति गर्ने माध्यम पनि यही शरीर हो। धरती र आकाश जोड्ने सेतुको निर्माण गर्ने शक्ति पनि शरीर भित्र छ। भौतिक उन्नतिको लागि पनि स्वस्थ शरीर आवश्यक छ भने आध्यात्मिक चिन्तनको निम्ति उत्तिकै आवश्यक छ।

स्वर्गीय डा. स्वामी रामानन्द गिरिले “मिलाएर मात्र हुन्छ कि – चाल पनि पाउनुपर्छ-” भन्ने शीर्षक राखी देवघाट दर्पणमा एउटा लेख लेख्नु भएको छ। यो शीर्षकको सन्देश हो : हामीले कुनै महत्वपूर्ण वस्तु प्राप्त गरेर मात्र हंुदैन। त्यसको महत्वलाई पनि राम्रोसंग बुझ्नु पर्दछ भन्ने नै यो वाक्यको तार्त्पर्य हो। दृष्टान्तका लागि एउटा कथा प्रसिद्ध छ।

कुनै एउटा वनवासी भिल्लले बाटोमा हिंड्दा हिंड्दै एउटा चन्द्रकान्तमणि फेला पारेछ तर त्यो भिल्लले चन्द्रकान्तमणिलाई यो बहुमूल्य बस्तु हो भन्ने कुरा नबुझेर यौटा चहकिलो ढुंगा सम्झी जौहरीलाई तीन कौडीमा बेचेछ। यस्तो नहोस् भन्दै स्वामी रामानन्द गिरि भन्नु हुन्छ मानव जीवन अनमोलको छ, तीनकौडीमा बेचिने हैन। यस संसारमा तीन कुराहरु अत्यन्त दुर्लर्भ छन्। भगवानको कृपा विना तीन चिज प्राप्त हुन सक्दैनन्। पहिलो महत्वपूर्ण र दुर्लभ वस्तु होः मनुष्य जीवन, दोस्रो मोक्ष प्राप्तिको इच्छा, तेस्रो हो महापुरुषहरुको सतसंगति।

भौतिक उन्नतिहोस् वा आध्यात्मिक चिन्तन जुनसुकै कार्यको लागि पनि स्वस्थ्यकर शरीरको आवश्यक हुन्छ। निर्वल रोगी शरीरले कुनै पनि उद्देश्यपूरा गर्न सक्दैन। आफ्नो जीवनको हर्ताकर्ता आफै हो। आफ्नो भाग्यको निर्माण आफैले गर्ने हो। शरीर विना भाग्य निर्माण हुन सक्दैन। शरीर तन्दुरुस्त राख्न वातावरणीय र शारीरिक दुवै शुद्धताको साथै मानसिक वैचारिक, आत्मिक शुद्धताको अभ्यास आवश्यक पर्दछ।

सच्चरित्रताको अभ्यास उत्तिकै आवश्यक पर्दछ। चारित्रिक बल सबै भन्दा बलवान हुन्छ।  असल चरित्रको अभाव भयो भने, सौभाग्यको तुलनामा दुर्भाग्यहरु बलवान हुन्छन्। सुख, शान्ति र आनन्दको सट्टामा शोक, चिन्ता र तनावको बोलाबाला हुन्छ। मित्रताको अपेक्षा गरे पनि शत्रुहरु नै सलवलाई रहने छन्। यी अवस्थाहरुको समाधान हामी संगै रहेका तीन प्रकारका शक्तिहरुको प्रयोग गरी समस्याको समाधान गर्न सकिन्छ। (१) ज्ञानशक्ति, (२) बौद्धिक शक्ति, (३) सहनशीलता।  समय छँदै सोचौं, समयको सिङ हुन्छ, पुच्छर हुँदैन। शरीर, शक्ति र समय छंदै आफ्नो उन्नति गरिहालौं ताकि पछि पछुताउनु नपरोस्।

- अादर्श समाज सम्वाददाता