सोह्रश्राद्ध अर्थात पितृश्राद्ध कर्म

प्रत्येक छोरा आफ्ना आमाबाबुबाट लालनपालन भइ हुर्कने, बढ्ने, कर्मकाण्ड हुने र शिक्षा पाउने भएकोले ऊ आफ्ना मातापिताप्रति ऋणि हुन्छ। शास्त्र अनुसार उसले यो ऋण तिर्नुपर्दछ। त्यसैले जीवित अवस्थामै आफू सक्षम भएपछि उसले मातापिताको अन्त्यकालसम्म सेवा-सुश्रुषा पालनपोषण गर्नुपर्दछ। साथै मृत्यु पश्चात पनि उनीहरुको काजक्रिया र प्रत्येक वर्ष श्राद्ध गर्नुपर्छ भन्ने छ।

छोराले उनीहरुको सम्झनामा प्रत्येक वर्ष श्राद्ध गर्दा, श्रद्धापूर्वक गर्नुपर्छ भन्ने पनि शास्त्रको भनाइ छ। यदि यहाँ श्राद्ध छैन भने त्यो केवल औपचारिकता मात्र हुनेछ, श्राद्ध हुने छ श्रद्धापूर्वक गरिन्छ भने त्यसलाई पितृहरुले ग्रहण गर्दछन्, आर्शिवाद दिन्छन्। यदि सम्झना नै गर्दैन श्राद्ध नै गर्दैन भने त्यस व्यक्तिको घर-आगनमा तिथिको दिन पितृहरु आउँछन् र श्राद्ध गर्न लागेको नदेखेपछि लामो श्वास फेर्दै निरास भइ फर्केर जान्छन्। त्यसरी लिइएको लामो श्वासले त्यस व्यक्तिको र उसका छोरा/छोरीको समेत शोषण हुन्छ, अतः ऊ निर्धन हुँदै जान्छ र छोराछोरी पनि ख्याउटे हुँदै जानेछन् भन्ने भनाइ छ।

एकथरी कुर्तर्कवादीहरु दिइएको पिण्ड पितृहरुले कसरी खान्छन् ? भनी प्रश्न गर्दछन्। त्यो त यथावतै रहन्छ भन्ने तर्क गर्दछन् र प्रत्येक वर्ष गरिने श्राद्ध कार्यलाई पनि गर्ने र भन्ने जस्तो प्रश्नचिन्ह उठाउँछन्। पिण्ड यथावत रहेको देखिदा पितृले खाएनन् भन्ने धेरैलाई लाग्न सक्छ। यो कुरा नबुझनाले हो।

शास्त्रमा भनिएको छ ? “आत्माय जायते पुत्र” छोरो आफ्नै आत्मा हो, प्रतिविम्ब हो। आत्मज-आफू नै अको रुपमा जन्मेको हो। आफ्नै फोटो हो। अतः पितृलाई पनि आफ्नो सन्तानको माया लाग्छ। श्राद्ध -श्रद्धा) को दिनमा पितृहरु आएर छोराको शरीरमा प्रवेश गर्दछन्। कस्तो छोराको शरीरमा प्रवेश गर्दछन् त भन्नु छ भने- जुन छोराले आफ्ना पितृहरुलाई श्रद्धापूर्वक सम्झेर “स्वधा धन्नी पिण्ड दिन्छ। यसरी पिण्ड दिइसकेपछि पुरोहितले आफ्नो यज्ञमान -पिण्डदाता)लाई “सव्येन पिण्ड आधाय” अर्थात सव्य भएर पिण्डलाई शुद्ध आर्शिवाद माग भन्नुहुन्छ। पितृहरु छोराको स्वासमा आएर बस्ने भएकोले यसरी सुघ्दा पितृहरुका पिण्डको वास्ना ग्रहण गर्दछन्। यही हो पितृले ग्रहण गर्ने भनेको। शास्त्रले भनेको छ सुघेर पनि ग्रहण हुन्छ – जस्तो फुलको सुवास हामी सुँघेर ग्रहण गछौं।

पितृकार्य गयामा गरेमा साह्रै फलदायी हुन्छ र पितृहरु पनि यसबाट ज्यादै सन्तुष्ट हुन्छन् कारण पितृहरु नतरेको भए पनि गया श्राद्धबाट तर्छन् भन्ने छ। भागवतमा गोकर्णे प्रेत धुन्धकारीलाई यही कुरा बताउनु भएको छ। त्यसैले पिण्ड दिइसके पछि र पितृले पिण्ड ग्रहण गरिसकेपछि पुरोहितले “अपसव्यन् पिण्ड उत्थापयामि” अर्थात अपसव्य भएर पिण्ड उठाउ भन्नुहुन्छ र गया जाने भनी तीन पाइला हिडाइ विष्णुपादुका गयामा पनि विष्णुपादुकामा श्राद्ध गरिन्छ) मा राख्न लगाउनु हुन्छ र “गयाश्राद्ध फल भस्तु” अर्थात गया गएर श्रद्धा गरेको फल मिलोस्। भनी भन्नुहुन्छ यहाँ यो आर्शिवाद वचन पितृहरुको तर्फबाट उद्घोषित हो भन्ने सम्झेर नम्रता पूर्वक पितृहरुप्रति कृतज्ञता व्यक्त गर्नुपर्छ। साथै यथाशक्य श्रद्धापूर्व यो पिण्ड दिने काम गरेको छु, कुनै त्रुटी तथा अपुग-नपुग भएको भए क्षमा पाउँ भनी क्षमायाचना गर्नुपर्छ।

प्रत्येक छोराले पितृहरुलाई दिने पिण्डलाई ब्रहृमाण्ड स्वरुप मानिएको छ। पिण्डण्ड ब्रहृमाण्ड -भगवानको विराट स्वरुप हो अर्थात यो ब्रहृमाण्ड नै हजुरलाई समपण गर्दैछु अरु धन सम्पत्ती त के कुरा भन्ने हो। पिण्ड तैयार भएपछि त्यो पिण्डको वरिपरि कालो तिल छरिन्छ। त्यो तिललाई विष्णु भगवानको आत्मा मानिन्छ। अर्थात भगवान विष्णुको आत्मसहितको ब्रहृमाण्ड स्वरुप पवित्र वस्तु पिण्ड हो भन्ने तार्त्पर्य हो। साथै पिण्डमा तिल खाली रहेको ठाउँ मायाको स्थान हो भनिन्छ। अर्थात माया शक्तिले युक्त सगुण ब्रहृम नै इश्वर हो, त्यही सगुण साकाररुपी ब्रह्मलाई म अर्पण गर्दछु भनी पितृहरुलाई तार्नको निम्ति छोराले योगदान गर्ने काम नै श्राद्ध हो।

यसरी गरिने श्राद्ध श्रद्धापूर्वक गरिनुपर्छ भनिएको छ। यसरी गरिएको श्राद्धले पितृ तथा कर्ता दुवैको कल्याण हुन्छ। देवताहरुलाई भाव भए पुग्छ, पितृहरुलाई मन्त्र नै चाहिन्छ भन्ने पनि छ। तसर्थ मन्त्र उच्चारणसहित श्राद्ध गर्नुपर्दछ। श्राद्धमा छोरीको छोराप्रति पितृको विशेष श्रद्धा छ, उसलाई बोलाउनु पर्छ उसले तार्छ भन्ने छ।

साथै अन्य संस्था वा देशमा पनि पितृको सम्झना गर्ने प्रचलन भएको सुनिन्छ। जस्तो रेयुकाईहरु अन्तरआत्माको विकास कार्यक्रमको सुरुमा पितृहरुलाई सम्झेर प्रार्थना गर्दछन्। त्यस्तै जलको पूर्ण कलश फूल र पितृ वंशावली राखेर प्रत्येक दिन विहान पितृहरुलाई सम्झन्छन्। त्यस किसिमबाट जानीहरु मान्छन्। तसर्थ हामी सनातन हिन्दु धर्मालम्बिहरुले हाम्रो एक वर्ष पितृको १ दिन भएको र सबै पितृलाई सम्झना राखेर एक दिन अन्तिममा हामीहरुले सम्झेनौं भने छोरा नै भएर जन्मेको के सार भनेर कूल धर्ममा लेखिएको छ।

नोल्ल·नीयः कुल देश धर्म” भनिएको छ।

आफ्नो धर्म, नियमहरुलाई विर्सनु हुँदैन, शरीरका इन्द्रियहरु सर्त्कर्मका लागि दिनुभो भगवानले।।।

- भोजराज बराल