समृद्ध पोखराका आधार-१

पोखरा अब पोखराबाट नै समृद्धतर्फ उन्मुख गराउने समय आएको छ। पोखरा शहर स्थापना भएदेखि नै यसले आफ्नै सामर्थ्यले अहिलेको स्वरूप लिन सकेको छ। पोखरा शक्तिको केन्द्र बन्न सकेन, सरकारलाई प्रभावित पार्न सक्ने राजनैतिक सामर्थ्य राख्न सकेन। शाहकालीन अवस्था होस वा राणाकालीन वा निर्दलीय व्यवस्था न त अहिलेको गणतन्त्रात्मक व्यवस्था होस् जहिले पनि राजनैतिक पहुँच कमजोर रहेको महशुस सबैले गरेका छन्। ठूलो पदमा पुगेका केही व्यक्ति थिए र छन् पनि तर समग्र पोखराको दूरगामी विकासमा यथेष्ट योगदान पुर्‍याएनन्। नेपाल जस्तो भनसुन गर्नुपर्ने मुलुक, शक्ति केन्द्रको नजिक पुगेपछि मात्र नयाँ विकासे कामको लािग सरकारी पैसा छुट्याउन सकिने अवस्था, विद्यामान परिस्थितिमा पोखरा र छेउछाउमा ठूला प्रसंशायोग्य, कायापलट हुने विकासे काम हुन सकेका छैनन्। पोखराको अहिलेको स्वरूप अहिलेको घनावस्ती, अहिलेको आकर्षण र रमणीय ठाउँ हुनु पछाडि प्राकृतिक कारण हुन्, यहाँको हावापानी हो यहाँ बसोबास गर्ने नागरिकको धैर्य र सहिष्णुता हो, यहाँका मानिस स्वयंस्फू रूपमा विकासमा सहभागी हुनु हो।

नेपालमा संघीय गणतन्त्रात्मक व्यवस्था उन्मुख संविधान लागु भएको र क्रमशः कार्यान्वयनको चरणमा रहेको हुनाले पोखरा धेरै आशावादी वनेको छ। काठमाडौं राजधानीका शक्ति केन्द्रहरू खासगरी सिंहदरवारमा हुने निर्णय अब आउने दिनहरूमा ४ नं प्रदेशको सम्भावित राजधानी पोखरावाट हुनसक्ने परिस्थिति सिर्जना हुँदैछ। काठमाडौंबाट भएका असमान अवस्थालाई अन्त गरी आफ्नो ठाउँको भविष्य आफै निर्माण गर्ने परिस्थिति बन्दै छ। त्यसका लागि पनि नयाँ’ संविधानको कार्यान्वयन छिटो हुन जरुरी छ- जनप्रतिनिधीमार्फत शासन सञ्चालन गर्न स्थानीय निकाय, प्रदेश तह र केन्द्रीय संसद्को निर्वाचन छिटो भन्दाछिटो गर्न जरुरी छ। ४ नं प्रदेश सरकार छिटो गठन गर्न सकिएमा समृद्धका आधारबारे छिटो टुङ्गो लगाई आर्थिक विकासतर्फ उन्मुख हुन सकिने विश्वास लिन सकिन्छ। पोखरा अब आफ्नै सामर्थ्यबाट, आफ्नै सोच र विचारबाट अगाडि बढ्न सक्ने अवस्थामा पुर्‍याउनु छ। समृद्धका आधार हामी तय गर्न सक्छौँ तर अत्यन्तै महत्वपूर्ण कुरा चाँही पोखरा ब्रि्रन दिनु भएन, पोखरालाई फोहोर गर्नु भएन, पोखरालाई अव्यवस्थित शहरको रूपमा परिणत गर्नु भएन, पोखरामा घुँवा, धुलो हुनु भएन, पोखरामा जताततै विभिन्न किसिमका तार लत्रिएका, झुन्डिएका छन् यत्रतत्र चाहिने नचाहिने ब्यानर लत्रिएका र झुन्डाइएका छन् पोखरालाई कुरूप बनाउनु भएन। पोखराका सडकमा सलल विना अवरोध, विना जाम सवारी साधन गुड्न सक्नु पर्‍यो, सडकमा गाईँभैसी चर्न दिनु भएन, पोखराबाट बग्ने नदी खोलाहरू, नहरहरू प्रदूषित हुनु भएन, तब न हामी समृद्धिका आधार तय गर्न सजिलो हुन्छ। यी सबै आम पोखरेलीले अलिकति जागरुकता देखाउने हो भने व्यवस्थित हुन सक्ने कुराहरू हुन, हामी गर्न सक्छौं नै झ्

समृद्ध पोखराको परिकल्पना भनेको पोखराका वासिन्दाको आर्थिकस्तर बढोत्तरी गर्नु हो, पोखरामा बसोबास गर्नेहरूको जीवनस्तर वृद्धि गर्नु हो, यो नै सबैभन्दा ठूलो चुनौती पनि हो। आर्थिक क्रियाकलाप विस्तृतिकरण नभएसम्म धेरै व्यवसायमा लगानी वृद्धि नगरेसम्म धेरै लगानीका लागि पूँजी निर्माण प्रशस्त नभएसम्म, विभिन्न क्षेत्रमा लगानी वृद्धि नभए सम्म रोजगारका अवसर सृजना हुन सक्दैनन्। जबसम्म रोजगारका अवसर वृद्धि हुन सक्दैनन् तब सम्मन् जीवनस्तरमा सुधार हुन सक्दैनन् तसर्थ समृद्धिको शुरुवात लगानीबाट हुन्छ। लगानी सरकारले गर्न सक्दछ। लगानी व्यक्ति-व्यक्तिले गर्न सक्दछ। लगानी संयुक्त रूपमा मिलेर गर्न सकिन्छ। लगानी संस्थागत रूपमा गर्न सकिन्छ। विना लगानी हामी समद्धिको कल्पना गर्न सक्दैनौं। हाम्रो जस्तो सानो अर्थतन्त्र भएको मुलुकमा अझै पनि सरकारको लगानी महत्वपूर्ण हुन्छ किनभने पूर्वाधारमा गरेको लगानीले अरुलाई लगानी गर्न सहज वातावरण निर्माण गर्दछ अरु लगानी गर्न इच्छुक र आकर्षक हुन्छन्। त्यसैले पोखराको समृद्धिको कुरा गर्दा पोखरामा गरिने लगानीको ख्याल राखिनु पर्दछ। अहिले गरिएका लगानी, अहिले भएका पूर्वाधार र विकासका कुराहरू अझै अपर्याप्त छन्। हामी सबैको प्रयास अब पूर्वाधार विकासमा केन्द्रित गर्नु पर्दछ यो नै समृद्धिको पनि पूर्वाधार बन्ने छ।

पहिलो पक्ष सरकार वा राज्यले गर्न खोजेको र शुरु हुन लागेका केही पूर्वाधारका आयोजना छन् जसले लगानी वातावरण सहज बन्ने छ।

१. पोखरा महानगरपालिकाका सबै वडाहरू जोडिने गरी प्रस्तावित चक्रपथ निर्माण आयोजना प्रमुख छ। झन्डै ८५ किलोमिटर र आवश्यकता परे २ वटा टनेल मार्गसहितको चक्रपथ आयोजनाले प्रस्तावित राजधानी पोखरालाई अन्य शहर, व्यापारिक केन्द्रहरू र ग्रामीण क्षेत्र जोड्न सहयोग पुग्नेविश्वास गरिएको छ। विस्तृत डिजाइन गर्न बाँकी भए तापनि झन्डै १-२ अरब रूपैयाँ लगानी हुन सक्ने अनुमान छ तर यो आयोजना कति छिटो निर्माण हुन सक्छ भन्ने कुरा डिजाइनबाट निश्चित गरिएको ठाउँ र जग्गामा अवरोध कतिको हुन्छ भन्ने कुरामा निर्भर हुन्छ। यो आयोजना पोखरा उपत्यकाको जीवनरेखा र आउँदो ३०/४० वर्षसम्मको दृष्टिकोण राखेर निर्माण गर्नुपर्ने स्थिति छ। यो निर्माणपछि यहाँका उत्पादन बढ्ने, ग्रामीण क्षेत्रमा व्यवसायको पहुँच पुग्ने र गाउँबाट शहर झर्ने प्रवृत्ति कम हुने हुनाले सकारात्मक आर्थिक प्रभाव पर्ने छ।

२. अन्तर्राष्ट्रिय विमानस्थल अको महत्वपूर्ण पूर्वाधार आयोजना हो जसले पोखरा मात्र हैन नेपालकै अर्थतन्त्रमा वाषिर्क रूपमा १% आर्थिक वृद्धि दर थपिने अनुमान गरिएको छ। यो निर्माण सम्पन्न भएपछि झन्डै २००० रोजगारीका अवसर उपलब्ध हुने छन्। झन्डै वाषिर्क रूपमा २०-२५ अरब रूपैयाँ बराबर लगानी थपिदै जाने अनुमान गरिएको छ। यो विमानस्थलको हालको धावनमार्ग २५०० मिटरलाई ३००० मिटर पुग्ने भएकोले काठमाडौंको वैकल्पिक हवाइअड्डाको पनि काम गर्नेछ। पोखराबाट सिधा भारत, चीनका शहरदेखि थाइलैन्ड। मलेशिया, श्रीलंका, साउदी, कतार, हङकङसम्मका उडान सजिलैसँग गर्न सकिने छन् भने वाइडवडी जहाजबाट अष्ट्रेलिया देखिन इस्तानबुल र्टर्कीसम्म पुग्न सकिने छ। दक्षिण कोरिया र जापानका शहरहरू पनि यसको पहुँच हुनेछ। आन्तरिक रूपमा ७० सिटको जहाजबाट धनगढी, नेपालगञ्ज, जनकपुर, झापा विराटनगरका उडान पनि सञ्चालन हुने छन्। यसरी धेरै शहरको सर्म्पर्क हुनुका नाताले पोखरा एउटा व्यापारिक पर्यटक र प्राकृतिक केन्द्रको रूपमा स्थापित भई थुप्रै आर्थिक अवसर सिर्जना हुनेछन्।

३. आउँदो ४-५ वर्षभित्र थुप्रै सडकको स्तरोन्नति, सेती र विजयपुर नदीलगायत अन्यमा थुप्रै पुल निर्माणका विस्तृत कार्य भइरहेका कारणले प्रभावकारी सर्म्पर्कको माध्यम तय हुने निश्चित छ। मुग्लीन-पोखरा राजमार्गको फराकिलोसहित स्तरोन्नति, राजमार्गदेखि राजमार्ग पुग्ने वाइपास सडकहरू निर्माण, मादी करिडोरका योजना, भएका कच्ची सडकको स्तरोन्नति र फराकिलो खासगरी सार्दीखोलासम्म पुग्ने सडक, घाचोक हुँदै माछापुच्छ्रे जाने बाटो, पाउँदुरबाट भदौरेतामागीसम्मको स्तरोन्नति, भुम्दी हुँदै पञ्चासेसम्मको बाटो, पोखरावेसी-सराङकोट हुँदै कास्कीकोटसम्मको बाटो स्तरोन्नतिले गर्दा राम्रो सडक सञ्जाल निर्माण हुने छ। यसबाहेक प्रत्येक गाउँ-गाउँ जोड्नका लागि कच्ची बाटाको रेखाङ्कन र खन्ने कामहरू पनि भइनै रहेको छ। सडकमा लगानी भनेको भविष्यको लगानी हो, समृद्धिका लागि लगानी हो। तसर्थ सडक निर्माणदेखि नै यसकोस्तर, मर्मत सम्भारमा ध्यान पुर्‍याउन जरुरी छ।

४. रेलवे मार्गको निर्माणका लागि नेपाल सरकारले अध्ययन गराएको पनि ३ वर्ष भइसकेको छ। पूर्व-पश्चिम रेलमार्ग सँगै काठमाडौं पोखरा रेल मार्ग र यसलाई पूर्वपश्चिम रेलमार्गमा जोड्ने प्रारम्भिक डिजाइन कार्य सम्पन्न एकातर्फ भएको छ भने अकोर्तर्फबाट रसुवा-केरुङ सीमानाबाट काठमाडौं, काठमाडौं-पोखरा र पोखरा-लुम्बिनी रेलमार्ग सम्बन्धमा चीनको कम्पनीले विस्तृत डिजाइन सर्भे सम्पन्न गरेको छ र भविष्यमा यो रेलमार्ग केरुङबाट सिगात्सेसम्म पुर्‍याउने योजनासहितको सर्भे डिजाइन हो र निश्चित रूपमा ढिलोचाडो पोखरा रेलवेमार्गको एउटा केन्द्र उत्तर र दक्षिण जोड्ने एउटा प्रमुख पूर्वाधार हुने छ। यी रेलमार्ग निर्माणमा सुरुङहरूको प्रयोग हुने हुनाले पनि थप नयाँ आकर्षक स्थलहरूको विकास हुने सम्भावना भरपुर रहेको छ। रेलवे मार्गको निर्माणपछि पोखरा हवाइ मार्ग र स्थल मार्गले सुसज्जित शहर हुनेछ। साथै, जलयानको सर्न्दर्भमा कुरा गर्नुपर्दा पानीबाट उड्न सक्ने, पानीमा नै अवतरण गर्न सक्ने जहाज एम्फीवियसबाट वेगनासदेखि रारा, वेगनासबाट फोक्सुन्डो, फेवाबाट रारा राराबाट फोक्सुन्डो, फोक्सुण्डोबाट फेवा आदि उडानका योजनाहरू बन्दै छन्। तालमा विभिन्न खाले जलसँग सम्बन्धित खेल, मनोरञ्जन वा बस्ने घर आदि सञ्चालनका लागि छिटो निर्देशिका, नियमहरू बनाउन सरकारसँग आग्रह गरिआएको सर्न्दर्भमा सरकारले छिटो निर्णय गर्न सकेमा यी कार्य तत्कालै अगाडि बढ्न सक्ने सम्भावना तत्कालै देखिएका छन्। यसतर्फ सरकारको ध्यान पुगोस् यसरी समृद्धिका लागि बलियो आधार सडक, रेल, हवाई र जलको उपयोग हुने सबैले बुझेका छन् र पोखरा यी सबैको केन्द्रको रूपमा विकसित हुने अवस्था रहेको हुनाले पनि पोखरालाई समृद्ध बनाउने एउटा ठूलो आधार हामीसँग छ त्यसैले पनि पोखरेलीको आवाजलाई सशक्त बनाउन सक्यौ भने भोलिका दिनमा ४ नं. प्रदेशको सम्भावित राजधानीलाई नेपालकै एउटा प्रभावशाली शक्ति केन्द्रको रूपमा स्थापित गर्न सक्षम हुनेछौं।

- आनन्दराज मुल्मी