समाजवादको टोपी

समाजवादको टोपी अर्थात सोसलीज्मको ह्याट यति धेरैले लगाए कि लगाउँदा लगाउँदै फाटिसकेको छ भन्ने एक दार्शनिकको कथन जस्तै यतिबेला समाजवाद पदावली धेरै देशका धेरै राजनैतिक दलहरुका दस्तावेजमा उल्लिखित पाईन्छ । यसको तार्त्पर्य यो हुन्छ कि समाजवाद अर्थात समाजवादी राज्यव्यवस्थाको लोकप्रियता उत्कर्षमा पुगेको मान्नुपर्छ । अको शब्दमा भनौ एकातिर  समाजवाद भन्दा तलको कुरा गर्दा कुनै पनि  राष्ट्रका सरकार तथा राजनैतिक दलहरु जनताबाट तिरस्कृत होर्इन भयले आतंकित छन् भने अकोर्तिर जनता विषेश गरेर शोषित पीडित एवं श्रमजीवी जनता समाजवादको आदर्शप्रति अत्यन्त लालयित छन् र उनीहरुले समाजवादमा आफ्नो भविष्य देखेका छन् । विशेषत वीसौं शताब्दीमा संसारभरका शोषित पीडित एवं श्रमजीवी जनताले थुप्रै देशका समाजवादी क्रान्तिमा सहभागी बने । कतिपय देशहरुमा सामन्त शासकहरुलाई सत्तच्युत गरी समाजवादी राज्यव्यबस्था स्थापित गरिए । मूलतः समाजवादी क्रान्तिहरु मार्क्सवादका आधारभूत सिद्धान्तहरु जस्तै : वर्गसंघर्ष श्रमजीवी जनताको अधिनायकत्व तथा वलप्रयोगको सिद्धान्त एवं निरन्तर क्रान्ति   लगायतका सैद्धान्तिक अवधारणाहरुलाई व्यवहारमा उतारेर मात्र सफल भएका थिए ।

त्यसोत मार्क्सवादका इमान्दार समर्थक एवं सर्वहारावर्गका महान नेता म्लादीमिर लेनीनको नेतृत्वमा सन् १९१७ मा रुसी भूमिमा समाजवादी क्रान्ति सम्पन्न भएको थियो । वताईरहन परेन कि मार्क्सवादको बैचारिक हतियार तथा मजदूर वर्गको पहलकदमीमा शहरीया सशस्त्र संघर्षको माध्यमबाट सो क्रान्ति सफल भएको वारे इतिहास साँक्षी छ । जारशाही शासकहरुका शोषण, दमन र उत्पीडनका विरुद्ध लामो संघर्ष पश्चात मात्र उक्त समाजवादी क्रान्ति सफल अर्कोटोवर क्रान्तिका नाममा विश्वको इतिहासमा अंकित हुन पुगेको कुराप्रति पनि संसारभरका सचेत जनसमुदाय जानाकार छन् ।

यो कुरा स्पस्ट छ कि लेनीन र स्तलिनेका पालासम्म रुसी भूमि अर्थात शोभियत संघ अन्तरगतका राज्यहरुमा समाजवाद श्रमजीवी जनताका निमित्त वरदान सावित भयो । त्यति मात्र होर्इन यसको प्रभाव पूर्वी युरोप, एशिया तथा अफ्रिकी मुलुकहरुमा समेत विकाश एवं विस्तार हुंदै गयो । सँाचो अर्थमा विश्वको एक चौथाई भूगोलका नागरीकले समाजवादको मिठो प्रतिफलमा रमाउने सुअवसर प्राप्त गरे एकातिर भने अकोर्तिर विश्वका सामन्तवादी एवं साम्राज्यवादी शक्तिहरु रक्षात्मक स्थितिमा उभिन बाध्य भए । स्पष्ट संग देखियो कि रुसी सोभियतहरुको नेतृत्वको समाजवादी सत्ताका अगाडि हिटलर जस्ता अहंकारी एंव विस्तारवादी शासक घंुडा टेक्न वाध्य भए भने अमेरिकी साम्राज्यवाद तमासे बनेर खुम्चिन पुग्यो । वास्तबमा यो अवस्था सर्वहारा वर्गले विश्व थर्काएको अवस्था थियो ।

तर दुःखद कुरा के हो भने सन् १९५४ मा स्वावलम्बनको निधन पश्चात सोभियत समाजवादी राज्यव्यवस्थामा ख्रुस्चेभ जस्तो विषाणु साम्राज्यवादी एजेण्टका रुपमा प्रवेश गर्‍यो र समाजवादी व्यवस्थालाई नै विषक्त वनाउँदै लग्यो । उसले समाजवाद भित्र यस्तो भ्रष्टीकरण गरायो कि गोर्भाचोमको पालामा सर्वा· ना·ो गरायो र समाजवादी टोपी पुरै च्यातच्युत पारियो । त्यस्तैगरी पूर्वी युरोपमा  थुप्रै राष्ट्रहरुले समाजवादको टोपी लगाएका थिए तर रोमानीयाका चाउचेस्क्यू जस्ता भ्रष्ट शासकले लगाएको समाजवादी टोपी कति दिन टिक्थ्यो र – त्यो पनि च्यातचुत पारेर नाङ्गियो ।

यसरी जहाँ जहाँ साम्राज्यवादी तत्व घुसपेठ भयो त्यहाँ त्यहाँ समाजवादको टोपी धुजाधुजा पारिए । यसवाट के कुरा र्छलङ्ग हुन्छ भने साम्राज्यवादी शक्तिले प्रतक्ष रुपमा नभै अप्रतक्ष्य घुसपैेठबाट समाजवादमाथि प्रहार गर्ने किन ती अख्तियार गर्दै आएको छ । उता चीनले भने फरक ढंगले समाजवाद विकास गर्दैछ । माओको नेतृत्वमा गरिएको नयाँ जनबादी क्रान्ति तथा सांस्कृतिक क्रान्तिका जगमा उर्ठाईएको हुनाले चीनिया समाजवाद साम्राज्यवादी तथा विस्तारवादी शक्तिका घेरावन्दीका बावजुत केही सकरात्मक हिसाबले विकसित हुंदैछ ।  त्यहाँ भित्र पनि कमिकमजोरी नहोलान् भन्न सकिदैन । त्यसोत भारतले पनि सन् २०४७ को संविधानमा समाजवाद राख्न छुटाएन ।

अहिले पनि समाजवाद प्रतिको आकर्षण वढेको छ । नयाँ संविधान तयार गर्दा यो शब्द प्राय छुट्न पाउँदैन । नेपालको संविधान २०७२ मा पनि समाजवाद उन्मुख राज्य हुने उल्लेख गरिएको छ । यो संविधान तत्कालीन राजनैतिक दलहरु कांग्रेस,एमाले र माओवादी लगायतका दलहरुको सहमतिमा निर्माण गरिएको हो । दलहरुका लक्ष्य उद्देश्य  अलग भए पनि समाजवादलाई सवैले किन स्वीकार गरे । बहसको विषय यहिनेर छ  ।  मूलत समाजवादलाई हेर्ने दृष्टिकोण भिन्न भिन्न पाईन्छ । कसैले समाजवादको टोपीको निमित्त मात्र समाजवाद स्वीकारेका छन् भने कसैले वास्तविक समाजवाद व्यवहारमा उतार्न । बस्तुत समाजवादलाई दुर्इ फरक ढंगले वुझ्न सकिन्छ एउटा आदर्शवादी समाजवाद र दोस्रो वैज्ञानिक समाजवाद ।

आदर्शवादी समाजवादमा सर्वहरा,श्रमजीवी जनताको नाम भँजाउँदै उनैका टाउकामा टेकेर सत्तामा पुग्ने, जनतालाई समाजवादको हरियो घाँस देखाउने र सत्तासीनहरुले आफू र आफ्ना आसेपासेहरुलाई चैनसंग बाँच्ने र वचाउने हो । शोषण र भ्रष्टाचारलाई वेलागाम छाड्ने हो । विकाशका नाममा वित्तीय पंूजी भित्र्याउने, दलाल तथा नोकर शाही पूंजीपतिहरुलाई प्रोत्साहन दिने , राष्ट्रिय पंूजीको विकासमा वेवास्ता गर्ने र कतिपय प्रभावकारी जनशक्तिलाई विदेशी राष्ट्र रक्षाका खाँतिर विक्री गर्ने तथा अरु कतिपयलाई विदेशी बजारमा अदक्ष युवा जनशक्तिका रुपमा निर्यात गर्ने । आदर्श समाजवादको केही विशेषताहरु यसरी बुझ्न सकिन्छ । त्यसैगरी रुढीवादी कुसंस्कार कायमै राख्ने,वर्गीय,जातीय, लैगिक तथा क्षेत्रीय विभेद यथावतै राखी समाजलाई विकृति र विसंगतिको डंगुरमा परणित गर्ने आदर्शवादी समाजवादका थप विशेषता हुन भन्दा अतिशयोक्ति हुन सक्तैन ।

तर वैज्ञानिक समाजवादमा यस्तो छाडा प्रवृत्ति मान्य हुन सक्दैन । तर वैज्ञानिक समाजवादमा यस्तो छाडा प्रवित्ति मान्य हुन सक्दैन । वर्गीय, जातीय,लैगिक तथा क्षेत्रीय विभेदको अन्त्य नै वैज्ञानिक समाजवादको ध्येय हो । वैज्ञानिक समाजवादका निमित्त राष्ट्रिय पूंजीको विकाश अनिवार्य सर्त हुन्छ र हुनुपर्छ । वैज्ञानिक समाजवादमा जनता विशेषत श्रमजीवी जनता सार्वभौम हुन्छन् । जनता मालिक र सरकार जनताका सेवक हुनुपर्छ ।  राष्ट्रिय स्वधीनता र समृद्धि वैज्ञानिक समाजवादको प्रमुख लक्ष्य हुन् । पंूजीवादी उत्पादन सम्वन्ध बदल्दै उत्पादक शक्ति माथि श्रमिक वर्गको स्वामित्व स्थापित गरिनु पर्छ ।

श्रमिकवर्गलाइ इक्वल  डिष्ट्रिव्यूशन अफ वेल्थ  अर्थात संपत्तिको समान वितरणको सिद्धान्तको आधारमा व्यवहार गरिनु पर्छ । योग्यता अनुसारको काम र आवश्यकता अनुसारको मामको सिद्धान्त लागु नहँुदासम्म वैज्ञानिक समाजवादको औचित्य रहदैन राष्ट्रलाई यस्तो अवस्थामा पुर्‍यउनको निमित्त निरन्तर क्रान्तिको जरुरत पर्दछ । दलाल तथा नोकरशाही पँूजीपति तथा शोषक सामन्तहरु आफ्नो शोषणको स्र्वर्ग भत्कने हुदां अन्तिम घडीसम्म समाजवादको टोपी च्यात्न ज्यान फालेर लागिरहन्छन् । त्यसैले निरन्तर क्रान्तिको सिद्धान्त अंगिकार गरिरहनु पर्ने हुन्छ । समाजवादको टोपी लगाउन त सजिलो होला तर वास्तविक समाजवाद,लागुगर्न र टिकाई राख्न निकै कठिनाईको सामना गर्नु पर्ने हुन्छ । मूलत पूंजिवादीहरुले भन्ने गरेको समाजवाद केवल आदर्शवादी समाजवाद अर्थात समाजवादको टोपी मात्र हो । तर वैज्ञानिक समाजवाद सर्वहरा वर्गको नेतृत्वमा संचालित समाजवाद हो ।  वल प्रयोग विनाको समाजवाद असंभव प्राय छ तर नेपाली समाजवादको स्वरुप कस्तो हुने हो प्रतीक्षको विषय छ । नेपालको संधिानमा उल्लेखित समाजवाद च्यातिएको टोपी मात्र हुने कि वास्तविक समाजवादमा नेपाली समाज रुपानतरण हुने हो निकट भविश्यले छनक देखाउने छ । प्रतीक्षा गर्दै गरौँ ।

- कोमलनाथ वराल