समाजका गहना हुन् ज्येष्ठ नागरिक

ज्येष्ठ नागरिक भन्नाले नागरिक ऐन २०६३ ले मान्यता दिएको ६० वर्ष पुगेका वृद्धवृद्धालाई ज्येष्ठ नागरिक भन्ने गरिन्छ। अहिलेका बालबालिका पनि भोलिका ज्येष्ठ नागरिक हुन्। वृद्धवृद्धालाई अपमान होइन सम्मान दिउँ भन्ने हाम्रो सरकारको पनि हेतु रहेको हुँदा वृद्धवृद्धालाई सम्मानको दृष्टिले हेर्र्नु समाजको पनि दायित्व हो।

वृद्धवृद्धा देशका जिउँदा शहीद हुन्। यिनीहरू सीप, ज्ञान, अनुभवका भण्डार हुन्। वृद्धवृद्धाहरू यो राष्ट्रका अमूल्य निधि हुन्। उनीहरू जन्मेबाटै यै समाजमा भिजेर जीवनयापन गरी आएका हुँदा उनीहरूमा सीप, ज्ञान, अनुभव, कार्यदक्षता, अग्रसरता, निष्पक्षता, निडर हुन्छन्। उनीहरू समाजसँग नै प्रतिस्पर्धाको जीवनयापन गरिसकेका हुँदा उनीहरू दक्ष हुन्छन्।

हाम्रो देश नेपालमा वृद्धवृद्धालाई हेर्ने निकाय प्रशस्त भएर पनि उनीहरू लाभान्वित हुन सकेका छैनन्। संरक्षण मञ्चहरूले दिने गरेका सुविधा एथेष्ट नभएको हुँदा उनीहरूलाई वृद्ध जीवनको भोगाई कठिनैको अवस्थामा छँदैछ। हिजो आजकै तथ्याड्ढअनुसार वृद्धहरूको सङ्ख्या हाल आएर वृद्धि भएको पाइन्छ। उनीहरूको राष्ट्रका दह्रा खम्बाको साथै जस्ता पनि हुन् पनि तर उनीहरूको जीवनयापनलाई हेर्ने हो भने दिनानुदिन दुखद् देखिएको छ। यिनलाई हेर्ने निकायको ध्यान नपुग्नु समाजले हेर्ने दृष्टिमा पनि परिवर्तन नहुनु, पैतृक सम्पत्ति परिवारजनमा सहज हस्तान्तरण हुनुजस्ता कार्यले गर्दा वृद्धवृद्धाको अवस्था नाजुक भएको हो कि ? भन्ने अनुमान गर्न सकिन्छ। उनीहरू साठी वर्षको बेला हात, खुट्टा, शरीर कमजोर भइसकेको हुन्छ। इन्द्रियहरूले काम गर्न छाडिसकेको अवस्था हुन्छ। उनीहरूको सबै ठाउँमा पहुँच पुग्दैन कतिपय काम जानेर सकियो भने पनि कुरा राखेका हुन्छन्। यसरी उनीहरू निरीह प्राणीजस्ता भएर जीवनयापन गरिराखेका हुन्छन्। उनीहरू कहिल्यै खुशी हुन पाउँदैनन्। परिवारका सदस्यहरूले पनि छाढा राखेर हेर्ने गरिन्छ। उनीहरू परिवारको सदस्य नै होइनन् कि झैं गरी हेर्ने समाज भएको हुँदा श्वास भएका लासको जीवन जिउन बाध्य छन्।

यिनीहरूलाई स-सम्मान व्यवहार गरी मर्यादाको पंक्तिमा उनीहरूका आवश्यकता, इच्छा, चाहना पुरा गराउने यो समाजको आजको आवश्यकता हो। यसरी सद्भावको व्यवहारले उनीहरूलाई आज हामी रेखदेख गरी सम्मान दिइसक्यौं भने आजका बच्चाले पनि भोलि त्यही सिको गरी हामीलाई हेर्ने दृष्टिमा परिवर्तन ल्याउन सके समाजले वृद्धवृद्धालाई सम्मानका साथ हेर्नेछन्। समाज परिवर्तन पनि हुनेछ। हामीले शहीदलाई वा मृत्युपश्चात् गर्ने सम्मानहरू जीवित हुँदा नै गर्न सक्यौं भने वृद्धवृद्धाहरूको आत्मले हामीलाई सराप्ने छैन। ज्येष्ठ नागरिक अधिकार मान अधिकार पनि हो। यस कुरालाई व्यवहारमा ल्याइएको पाइँदैन।

यसरी समाज र राष्ट्रले वृद्धाहरूलाई स्वास्थ्य, आर्थिक सुधार, सामाजिक सुरक्षा, सहभागिता सम्मानि त जीवन आदिका बारेमा विभिन्न राष्ट्रसङ्घ महासङ्घमा भए गरेका सन्धिहरूलाई व्यवहारमा ल्याई वृद्धहरूलाई सम्मान दिनु राष्ट्र र समाजको दायित्व हो। हामीले माल पाएर चाल नपाउँदा राष्ट्रले समेत क्षति व्यहोरिरहेको अवस्था महसुस भएको छ।

उनीहरू कमजोर र संवेदनशील भएका हुँदा उनीहरूलाई माया ममता भरोसा, स्नेह र सेवाभाव दिनु मानवीय धर्म पनि भएको हुँदा समाजमा रहेका हरेक व्यक्तिले यो कुरा बुझ्नु आवश्यकीय छ। देशको बदलिँदो परिवेशअनुसार समाजले वृद्धाहरूलाई हेर्ने दृष्टिमा पनि परिवर्तन हुनु आवश्यकीय छ। ज्येष्ठ नागरिकका भावना र मर्मलाई बुझी हरेक वृद्धहरूको सवालमा पहल पैरवी यातायात स्वास्थ्य, राज्यले पहुँच पुर्‍याउनुपर्ने सामाजिक सुरक्षा ज्ञान, सीप र क्षमतालाई राष्ट्र निर्माणको कामा लगाउनु र नयाँ पुस्तालाई हस्तान्तरण गराउने सवालमा सम्मेलन, गोष्ठी, अन्तरक्रिया र धार्मिक अभिव्यक्तिजस्ता कार्यमा समाज र राष्ट्र सचेत हुन सके वृद्धहरूमा पनि परिवर्तन गराउन सकिनेछ। राज्यले यस्तै सवाललाई संवेदनशील तरिकाले हेर्र्नु जरूरी छ। समानताको आधारमा राज्यले दृष्टि पुर्‍याउनु राष्ट्रकै दायित्व हो। यसरी वृद्धवृद्धाका सवालमा हरेक नागरिक सचेत हुनेको भने वृद्धहरूले दुखदायी जीवनयापन गर्नुपर्ने थिएन कि ? यस्ता कुरालाई सरकार र यससँग सम्बन्धित सङ्घसंस्था क्रियाशील हुनुपर्छ भन्ने लागेको छ।

- धर्मराज पौडेल ‘अल्पायू’