सबैको सिद्धान्त एउटै भयो

२००३ सालमा लोकतन्त्रवादी, राजतन्त्रवादी र हिन्दुवादी जेठो नोपाली काँग्रेसको जन्म भएको थियो। वैशाख १०, २००६ साल शुक्रवारको दिन अर्थात अप्रिल २२ तारिख इ.सं. १९४९ मा नेपाल कम्युनिष्ट पार्टीको जन्म भएको थियो। तत्कालीन नेपाली काँग्रेसका कार्यालय सचिव क. पुष्पलाल श्रेष्ठद्वारा स्थापित नेपाल कम्युनिष्ट पार्टीको उमेर ६८ वर्ष भएको छ।

सात सालको ऐतिहासिक क्रान्तिको समयमा नेपाल कम्युनिष्ट पार्टीएक वर्षको थियो। पार्टीको संगठन कार्यमा अगाडि बढ्ने सम्भव थिएन। कम्युनिष्टहरूले बूढापाकाहरूलाई गोली ठोक्दछ। उसले भनेको काम गर्नु पर्दछ। उसको आदेश नमानेमा कडा सजाए दिन्छ भनेर जनमानसमा प्रभाव परेको हुँदा सकभर कम्युनिष्ट पार्टीका प्रवेश गर्दैनथे। प्रवेश गरेको थाहा पाए भने समाजबाट नकरात्मक व्यवहार हुन्थ्यो।

कम्युनिष्टहरूले आफ्नो संस्कृति र चलनमा आमूल परिवर्तन गर्दछन्। हिन्दुहरूमा चलेको रीतिरिवाज अनावश्यक हो। त्यसमा परिवर्तन गर्न आवश्यक छ भन्दथे। जेठो दाई काँग्रेस र कम्युनिष्ट सिद्धान्तमा फरक मत थियो। आज काँग्रेस र कम्युनिष्टको सिद्धान्त विलकुल मिल्दछ। यो दुवैको सिद्धान्त एउटै जस्तो लाग्दछ। को कम्युनिष्ट को काँग्रेस छुट्याउन गाह्रो छ।

२०३५ कोआर्डिनेसन कमिटी, मुक्ति मोर्चा, पूर्व र पश्चिमको रातो झण्डा (सन्देश) एकता भई नेकपा (माले) गठन, २०४३ मा क. मन मोहन अधिकारीको नेकपा र साहाना प्रधान समूहको एकताबाट नेकपा -मार्क्सवादी) गठन, २०४७ मा माले र मार्क्सवादीको एकताबाट नेकपा (एमाले) गठन २०५४ मा क. बामदेव गौतम नेतृत्वमा नेकपा (एमाले) विभाजन भएको। त्यति वेला माले खेमाका कार्यकर्ताहरू आफूलाई सच्चा कम्युनिष्ट भन्दथे। २०५८ मा सच्चा कार्यनिष्ठहरू नेकपा (एमाले)मा समाहित भएका हुन्। अहिले कम्युनिष्टहरूमा सक्कली को नक्कली छुट्याउन सकिँदैन।

कलकत्ताको प्रवासमा भारतीय कम्युनिष्ट पार्टीहरूको सिको गरेरनै नेपालमा कम्युनिष्ट पार्टिको स्थापना भएको हो। नेपालका कम्युनिष्टहरूको वंश श्रृंखला नै बनेको छ। नेपालका कम्युनिष्टहरू गोलबन्द भएर एकै ठाउँमा वस्लान् भनेर आसा नगरे पनि हुन्छ। प्रदेश तथा संघको निर्वाचनको संघारमा आइपुग्दा उद्देक लाग्दो (सरप्राईज) दिने गरी एमाले, माओवादी (केन्द्र) र नयाँ शक्तिको बीच चुनावी तालमेल र एकताको लागि ६ बुँदे सम्झैता गरेर जेठा नेपाली काँगे्रस र अन्य दलहरूलाई चकमा दिएका थिए। गुलियो आश्वासन दिएको कारण धेरै आसा र भरोसा गरेर आम नेपालीले कम्युनिष्टहरूलाई मतदान गरेर कम्युनिष्ट गठबन्धनले शिखर चुम्न पायो।

२०७१ सालतिर नेताहरूलाई कसरी नजिक ल्याउन सकिन्छ भनेर निकै चर्चा र परिचर्चा भएको थियो। त्यस विषयमा पूर्व प्रधान मन्त्री क. डा वावुराम भट्टराईको सहयोगको अपेक्षा गरिएको थियो। नेपालका तत्कालीन नागरिक समाज निकै शक्तिशाली थियो। माओवादी द्वन्द्वकालमा पदमरत्न तुलाधर, दमननाथ ढुङ्गाना र देवेन्द्र राज पाण्डेहरू शान्ति र सम्वादका लागि निकै अग्रसरता देखाईरहेका थिए। तर आज उनीहरू ओझेलमा परे।

२०६२ साल मंसिरमा संसद भित्रका सातदल र माओवादी बीचको १२ बुँदे समझदारीले लोकतन्त्रवादी नेताहरूलाई एक ठाउँमा ल्याउन कोसिस थियो। तर अहिलेको परिप्रेक्षमा गठबन्धनले गर्दा ध्रुवीकरणको सम्भावना बढेको छ।

जुन समाजमा निर्धनता बढी छ त्यहाँका जनताहरूलाई वहकाउन सकिन्छ र वहकिएका पनि छन्। नेपालको वर्तमान निर्वाचनमा कम्युनिष्ट पार्टीकाई मतदाताहरूले अवल पार्टीठानेर आÇनै मत प्रयोग गरे। उनीहरूले राष्ट्रको विकास चाहेका छन्। उनीहरूले राष्ट्रको समृद्धि चाहेका छन् ताकि आम नागरिकको अवस्था सुधारिएको हेर्न चाहेकाछन्। अहिले आएर विकास र समृद्धिको मूल नारा दिईरहनेमा कम्युनिष्ट नै बढी छन्। विकास र समृद्धि एक आपसका पूरक हुन्। विकास भए समृद्धि बढ्छ, समृद्धि भए विकास हुन्छ। दुवै सिद्धान्तलाई संग संगै लान सकियो भने नारा सार्थक हुनेछ। यो नारा सबै दलको साझा नारा हो। नत्र थोत्रो गाला बजाउने मात्र हुने छ।

- झपट बहादुर थापा