सन्दर्भ विश्व युवा दिवस २०१८

सामान्यतया युवाअवस्था भनेर जवान, जोसिलो, बलियो नयाँ नयाँ विषयमा जिज्ञासु, शारिरिक रुपमा सुसंगठित, आप्ठ्यारो वा गाह्रो काम गर्न पनि पछि नह्टने शुरवीर, वलवान र आफै कमाई गर्न सक्ने उमेर,परिवर्तन आत्मसात गर्न सक्ने व्यक्तिलाई समाजले युवा रुपमा बुझेको पाइन्छ। जुन सामान्य बुझाइमा ठीक होला तर डब्ल्यु एच ओ /यु एन एफ ए /युनिसेफले सन् १९८९ मा दिएको परिभाषा अनुसार किशोर अवस्था १०-१९ बर्ष,युवा अवस्था १५-२४ बर्ष र युवा एवं किशोर अवस्था १०-२४ बर्णलाई लिएको पाइन्छ।

नेपालको सन् २०१० को राष्ट्रिय युवा नीतिले १६-४० बर्ष उमेर समूहका महिला पुरुष र तेस्रोलिगिं सबैलाई युवा युथ भनेर उल्लेख गरेको पाइन्छ। युवाको शारिरिक तथा मानसिक बृद्धि विकासको हिसाबले र शिक्षा स्वास्थ्यको दृष्टिले बच्चा उमेर देखि २४। २५ बर्ष सम्म महत्वपूर्ण हुन्छ।  यस लेखमा भने युवा एवं किशोर किशोरीको लागि मनाइने युवा दिवस २०१८ बारे छोटो  विवेचना गर्ने प्रयत्न गरेको छु।

विश्व स्वाश्थ्य संगठनको साधारण सभाले सन् २०९९ मा विश्व युवादिवस १२ अगष्ट लाई तोके अनुसार नेपालले पनि यो दिवस मनाउँदै आएको छ। युवादिवस विभिन्न देशले विभिन्न मितिमा मनाउने गरेका छन्। नेपालले पनि यो दिवस गत बर्षहरु जस्तै अगष्ट १२, २०१८ अर्थात यही २०७५ श्रावण २७ गते विविध कार्यक्रम सहित मनाइएको छ। सन् २०१८ को विश्व युवा दिवसको नारा”सेफ स्पेसिज फर युथ” भन्ने रहेको छ। यसको अर्थ युवाहरुलाई विभिन्न अवसर दिइनु पर्दछ जुन सुरक्षित पनि हुनु पर्दछ भन्न नै हो।

सन् २०१६ को तत्थ्यांक अनुसार विश्वमा १५ देखि २४ उमेर समूहका जनसंख्या १.८ बिलियन अर्थात २४ प्रतिशतछ र सी आइ ए वर्ल्ड फ्याक्ट बुक २०१८ अनुसार नेपालमा यो कुल जनसख्याको झण्डै २२ प्रतिशत रहेको पाइन्छ, जसलाई नेपालले बिभिन्न सुरक्षित अवसरहरु दिई उनीहरुको शारिरिक र मानसिक अवस्था ठीक राख्दै उत्पादनशील बनाई स्वयं उनीहरुको र देशकै समृद्धिका लागि तयार पार्नु पर्दछ।

युवाका समस्याहरु सामाजिक समस्यासंग जेलिएका हुन्छन्। गरीवी, अशिक्षा, विभिन्न कारणले बीचैमा स्कुल छाडने, बालश्रम, लंैगिक एवं जातीय विभेद,द्वन्द्व, बेरोजगारी आदिले गर्दा विभिन्न जोखिम पूर्ण बानी व्यवहार तथा स्वास्थ्य समस्याहरु समेत देखिन सक्छ। यस अन्तर्गत सानो उमेर मै विवाह, अनैच्छिक गर्भधारण सानै उमेरमा यौनजन्य क्रियाकलापमा सम्लग्न हुनु, असुरक्षित गर्भपतन, लागूपदार्थ प्रयोग, दुर्घटना, लैगिंक तथा यौनजन्य हिंसा, यौनजन्य रोगहरु, एच.आइ.भि. संक्रमण आदि हुने र दुर्वल भई शारिरिक एवं मानसिक रुपमा उत्पादनमूलक हुन नसक्ने अवस्थाको सृजना हुन सक्छ।

युवाहरुको लागि अवसर भन्नाले उनीहरुले आत्मसम्मान र सुरक्षाको प्रत्याभूत गरिएको वातावरण महसुस हुनु पर्दछ। आत्मसम्मान भन्नाले उनीहरुले गरेको सकारात्मक कामको प्रशंसा र मूल्यांकन, समाज तथा देशले गर्नुपर्दछ र उनीहरुलाई यसले गर्दा नैतिकवान र एउटा योग्य नागरिक बन्न बल पुर्‍याउने गर्दछ। एउटा नैतिकवान, योग्य वा असल चरित्र भएको युवाले समाज, देश र अन्तर्राष्ट्रिय स्तरमा भए गरेका सामाजिक, राजनितिक र अन्य विकाससँग सम्बन्धित सबै पक्ष बुझ्न सक्ने हुन्छ र आफुलाई पनि त्यसको एक अभिन्न अंगको रुपमा ठान्दछ र सकारात्मक रुपमा आफुले सकेको भूमिका खेल्ने र योगदान गर्न अघि सर्ने प्रचुर सम्भावना बोक्दछ।

युवाहरुको लागि सुरक्षित अवसर भन्नाले युवाहरुलाई शासकीय प्रकृयामा सहभागी गराउने, खेलकूद र अन्य, साहसिक कार्यहरु जस्तै साहसिक खेल मानवीय तथा प्राकृतिक दुर्घटनाहरुमा उद्धार तथा राहतमा सहयोग, हिमाल आरोहण, सामुद्रीक गहिराइहरु तथा वस्तुहरुको अध्ययन, पृथ्वीमा भएका विभिन्न खोच, गुफा आदिको खोज अनुसन्धान, वन्यजन्तु र वनस्पतिको खोज अनुसन्धान आदि पर्दछन्। यसमा सामान्य शिक्षित, मध्यम स्तरको शिक्षा हांसिल गरेका र उच्चशिक्षा प्राप्त गरेकाहरुको आआफ्नो रुचि अनुसारको सहभागिता गराउन सकिने व्यवस्था हुनुपर्दछ। समाज वा सरकारले जुनयुवा समूह सामाजिक रुपमा पछाडि पारिएको छ  र त्यस्ता युवाहरु जुनद्वन्द्वमा जाने सम्भावना बढी छ, उनीहरुलाई प्राथमिकतामा राखी युवा लक्षित कार्यक्रम ल्याउन जरुरी छ। युवा समूहलाई दिइने अवसरहरुमा राम्रो किसिमको भौतिक पूर्वाधारले पनि सकारात्मक रुपमा भूमिका खेलेको हुन्छ।

युवाहरुको लागि सुरक्षित अवसर दिंदा समावेशी हुनु जरुरी छ। कुनै समुदायमा बाहिरबाट आएकायुवाहरु छन् भने उनीहरु समाजमा सजिलै घुलमिल हुन नसक्ने र समाजले पनि वास्ता नगर्ने भएमा युवाहरु बिद्रोही रुपमा प्रस्तुत हुन पनि सक्छन्। त्यस्तो अवस्थाको सृजना हुन नदिन पूर्व सतर्कता स्वरुप ती युवाहरुलाई स्थानीय युवा सँग घुलमिल गराउने र समाज विकासको हरेक पक्षमा सहभागिता गराउने र उनीहरु पनि समाजलाई केही न केही दिन सक्ने युवाहरु हुन् र समाजका सम्भावित र अभिन्न अंग हुन् भन्ने महसुस गराउन सक्नु पर्दछ। उनीहरुलाई समाजमा हुने हरेक घटनामा चाख राख्ने, आफ्नो विचार पोख्न र निर्णमा सहभागी गराउनु पर्छ तब मात्र उनीहरु आफुलाई सुरक्षित र अवसर प्राप्तभएको ठान्दछन्। एउटा समाजमा विभिन्न वर्ण जातजाति, लि·, धर्म, संस्कृति र विचार भएका मानिस हुने गर्दछन्, यसमा भेदभाव नराखी समताका भावबाट व्यवहार गर्नुपर्दछ। यसो भएमा मात्र समाज र देशको विकाश शान्ति र सामाजिक सहिष्ण्ता बढद्छ।

संयुक्त राष्ट्रसंघले सन. २०३० सम्मको दिगो विकास लक्षहरुमा ११ नम्बर बुदंाले त झन दिगो शहरीकरणको लागि अवसर प्राप्त गर्न समावेशीतालाई उच्च महत्व दिएको छ। त्यसै गरी नव शहरीकरणको लक्षले पनि परिवार सदस्य र युवा बीच एक आपसमा युवाहरुको आवश्यकता, अवसर र सुरक्षाको लागि अन्तरक्रिया हुनुपर्छ भनेको छ। वर्ल्ड प्रोग्राम एक्सन फर युथको फ्रेमवर्कले युवाहरुलाई उनीहरुको मानसिक शारिरिक विकासकालागि तथा सन्दर्भ, परिस्थिति, वस्तु, वातावरण बुझ्न सक्षमहुन सूचना लिने, गहिराइमा गएर सोच्न सक्ने, कारणहरु पत्ता लगाउन सक्षम हुने, मनन गर्ने, त्यसबाट आफै भित्रधारणा बनाउन र निर्ण लिन सक्षम बनाउन पनि युवाहरुलाई फुर्सदको समय दिनु पर्दछ र त्यो समय सही प्रयोगमा लगाउने वातावरण समाज र देशले दिनु पर्छ भन्ने भावना राखिएको छ। आजको अति व्यस्त र यान्त्रिक तथा प्रविधिनै उच्च रुपमा चलेको युगमा युवाहरुलाई यसबाट छुट्टै राख्नै सकिदैन बरु यसको सही उपयोग गर्न लगाई यसबाट हुने फाइदा वा सकारात्मक पक्षलाई उपलब्धिमूलक बनाई समाजको विकास समृद्धि र उन्नतिमा लगाउन सक्नु पर्दछ।

सन् २०१६ मा स्वास्थ सेवा विभागले गरेको अध्ययन अनुसन्धानले १५-१९ वर्ष उमेरका युवाले स्कुल उमेर पनि सकिने र त्यसमध्ये रोजगार हुनचाहने मध्ये युवतीहरुले ४० प्रतिशत र युवाहरुले ४७ प्रतिशतले मात्र रोजगार पाएको तथ्यांकले देखाएको छ। हुनत यो उमेर अध्ययनमा लगाउने उमेर हो तर विविध कारणले आर्थिक समस्यामा परी अथोर्पार्जनको लागि रोजगार हुन चाहेमा पनि अवसर छैन,यदि यो समयमा फुर्सद भयो तर व्यस्त राख्न सकिएन भनेर त्यो समाज, सरकारले ध्यान दिएनन् भने फुर्सदको समयले अनेक कुकर्मतिर युवालाई डोर्‍याउन सक्छ।

१५-१९ बर्षकायुवाहरु मध्ये महिलाहरुमा १८ बर्ष उमेर पुराभएकाले २२ प्रतिशत र १९ बर्ष उमेर नाघेकामध्ये ३० प्रतिशतले पहिलो बच्चाजन्माएको पाइन्छ जुन स्वास्थ्यका दृष्टिले राम्रो मानिदैन। त्यसै गरी १५-२१ बर्ष पुरुषमध्ये ३ प्रतिशत र महिला ५ प्रतिशतमले पहिलो पटक यौन सर्म्पर्क राखि सकेको तथ्यांकले देखाउँछ।सोहीउमेर समुहका ४ प्रतिशतमहिला र १ प्रतिशतपुरुषहरुले १५ बर्षमा विवाह गरेको पाइन्छ। २० बर्ष उमेर नपुगी विवाह गर्नु  स्वास्थ्यको दृष्टिले राम्रो मानिँदैन।

सुर्ती, तमाखु र चुरोट विडी, हुक्का खाने महिलाभन्दा पुरुष बढी पाइएको, जस्ले गर्दा भविष्यमा युवा उमेर पछि पनि यी बस्तुहरु खाने लत लाग्छ तथा कतिपयले त यो लतले गर्दा थप अन्य लागू औाषधि समेत प्रयोग गर्ने सम्भावना रहन्छ, जुन स्वास्थ्यको दृष्टिले ज्यादै हानीकारक छ। १५-४९ बर्षका महिलामध्ये १५ वर्षको उमेर देखिनै शारिरिक हिंसा सहँदै आएका छन्। यसैगरी युवाहरुले परिवार नियोजनको साधन कम प्रयोग गर्ने र गर्भवती पछि गर्भपतन गर्ने अर्को विकृति भित्रिँदै छ, यसको सही प्रयोग विना यौन जन्य रोग एच.आइ.भि.  संक्रमण युवा समूहमा फैलिइरहेको पनि पाइन्छ।

संक्षेपमा यी माथिका उठान गरिएको मुद्दाका लागि आगामी दिनमा युवासँग सम्बन्धीत विभिन्न कार्यक्रम योजना निर्माण र कार्यान्वयन गर्ने, युवा चासोलाई बहसमा ल्याउने उनीहरुका आवाजलाई ध्यान दिई कार्यक्रम ल्याउने। उनीहरुका भावनाको यथोचित कदर गर्ने, यसकालागि समूह संजाल बनाउने र आबद्ध गराउने, युवाहरुलाई सक्रिय र सहभागी गराउने, प्रमावकारी रुपमा सूचना आदन प्रदान गर्ने गराउने, विभिन्न सीप दिने र भौतिक एवं अन्य हिसाबले अनुकूल वातावरण बनाइदिने तथा युवाहरुको लागि लवी, पैरवी गर्ने आदिबाट युवाहरुलाई सही दिशा दिई उनीहरुलाई सक्षम बनाई सुमार्गमा हिँडाउने गरी समाज र सरकारी तयारीले युवा र देशलाई अघि बढाउन ठूलो मद्दत हुनेछ।

(लेखक पोखरा प्राबिधिक तालीम तथा अनुसन्धान केन्द्रका प्रमुख हुन्। सं.)

- माधवप्रसाद थपलिया