शिवरात्रिको सच्चा उपवास

शिवरात्रिको आगमनसँगै एक नयाँ उत्साह र खुशीका साथै भगवान शिवप्रतिको दिलको प्रेम शिवका भक्तजनहरुमा उजागर भएर अवश्य आउँछ।  आशुतोष शिवलाई प्रसन्न गर्नका लागि त्यस शुभ दिनमा व्रत वस्ने, शिवको मन्दिरमा गएर दूध, फूल चढाउने र रातमा जागरण बस्ने अठोट पनि कैयौंको मनमा आएको हुन्छ। इन्टरनेट, सामाजिक सञ्जाल र संचारको व्यापकतामा अभूतपूर्व वृद्धि सँगसँगै अहिलेको नयाँ युगमा मानवसभ्यता र नैतिकता धरापमा परिरहेको छ।

चार्डपर्वहरु मनाउने तरीका, लगन, शोच र आस्थामा आएको भिन्नता किन सर्वमान्य भइरहेको होला – हुन त हरेक सम्प्रदायमा मनाइने यी विभिन्न चार्डपर्वहरुले मानिसलाई समयको परिर्वतन र माग अनुसार स्वयंप्रति, समाज र विश्वप्रति व्यक्तिले दिनसक्ने योगदानका बारेमा झकझक्याइरहेका हुन्छन्। तर मूल आध्यात्मिक भावलाई न नियालेर सतही रुपमा र रीतिरिवाजका रुपमा मात्र मनाईरहँदा साधकको जीवनमा कुनै आमूल प्राप्ति र परिवर्तन नदेखिएका कारणले गर्दा पनि होला अहिलेका आधुनिक र शिक्षित युवा पिँढीमा धर्म र संस्कृत्रि्रतिको आस्था र लगन अझै घटिरहेको छ।

एक योगीलाई आभास हुन्छ कि धर्म, कर्म र विज्ञान वास्तवमा तीनओटा अलग अलग सत्ता हुँदै होइनन्। धार्मिक रीतिरिवाज र चार्डपर्वले मानिसको कर्ममा कुशलता ल्याउन मार्गर्दर्शन गरिरहेका हुन्छन् भने ती पर्वहरु मनाइनुको पछाडि केही न केही वैज्ञानिक कारण पनि लुकेका हुन्छन्। आध्यात्मिकता, आन्तरिक शान्तिको गहन खोज र योग आफैमा सर्वश्रेष्ठ विज्ञान हो र भौतिक विज्ञानको पनि सर्जक हो।  तर अहिलेको समयको विषमता के छ भने हरेक पर्व मनाउने तरीकामा विकृतिहरु पानि आएका छन् र क्षणिक रमणीयता , बहिर्मुखी तडक भडकलाई नै धेरै महत्व दिइएको पाइन्छ। सच्चा व्रत बसेर जीवनमा जागृति ल्याएर यो जीवनका साथै कैयौं जन्मलाई प्रकाशित पार्ने यो शिवरात्रि एउटा स्वर्णीम अवसर बन्न सक्छ।

जन्म जन्मदेखि र वर्षौदेखि हामीले शिवको वा दु:खहर्ता सुखकर्ता परमात्माको खोज र भक्ति त गरिरहेकाछौं तर यो सत्य सुन्दा कति नमिठो अनुभव होला कि जसको खोज यति लामो समयदेखि गरियो त्यो सवोर्च्च सत्ता धरतीमा आएर आफ्नो आफ्नो कर्त्तव्य सम्पन्न गरेर अर्कै लोकमा प्रस्थान गरिसक्नुभएको रहेछ। यद्यपि यस्तो तितो पश्चाताप गर्ने परिस्थिति आउनुभन्दा पूर्व नै यहाँ खुशीको खबर पनि हामीले पाइरहेका छौं कि वर्तमान समय परमात्मा शिवसँग नै सीधा सम्वन्ध जोडेर ज्ञान योगको लगनको नशामा आफुलाई पूरै डुबाउने अवसर सबैलाई मिलिरहेको छ। आशुतोष परमात्मालाई प्रसन्न गर्न उहाँले दिएको मन्त्र नष्टोमोह स्मृतिर्लब्धा को स्वरुपमा स्थित भई असार संसारबाट अनासक्त बनेर नकारात्मकता र पुरानो संस्कारको सम्पूर्ण सन्यास लिने समयको स्मृति गराउँदैछ यसपटकको शिवरात्रिले।

शिव शब्दले हाम्रो मानसपटलमा कहिले त आकारी तपस्वी शकंरको आकृति निर्माण गर्दछ त कहिले पिण्डाकार ज्योतिर्लिगंम शिवको याद दिलाउँछ। शिवरात्रि पर्वको आध्यात्मिक रहस्य बुझ्नको लागि यी प्रश्नहरुको सही उत्तर जान्न जरुरी छ कि शिव को हुनुहुन्छ ? उहाँको स्वरुप  कस्तो छ ? उहाँ कहाँ निवास गर्नुहुन्छ ? उहाँ कहाँहाट कहाँ अवतरित हुनुहुन्छ – उहाँले कस्तो कर्तव्य गर्नुहुन्छ ? उहाँका जन्मदाता को होलान् – शिव शब्द परमात्माको नै पर्यायवाची नाम हो र सबैभन्दा प्राचीन र उहाँबाट स्वउद्घोषित नाम हो। “शिव” शब्दको अर्थ हुन्छ शुभकारी, कल्याणकारी ,वीजरुप अर्थात् जो मनुष्य सृष्टिरुपी कल्पवृक्षको वीजरुप। स्वयंभू, पशुपतिनाथ, पापकटेश्वर, अमरनाथ आदि नामहरु उहाँकै कर्तव्यवाचक र गुणवाचक नामहरु हुन्।

शिव परमात्मा ज्योति स्वरुप हुनुहुन्छ र  अनन्त शक्तिहरुको भण्डार हुनुहुन्छ। उहँा सत्य र सुन्दर हुनुहुन्छ र सदाशिव हुनुहुन्छ। उहाँका शक्तिमा कहिल्यै ह्रास आउँदैन।  सृष्टिको सवोर्च्च सत्ता परमात्मा शिवलाई कुनै पनि माता-पिताले गर्भमा धारण गर्न सक्दैनन्। परमात्माको संज्ञा उही हस्तिलाई दिन सकिन्छ जो सर्वर्धर्ममान्य हुन्छ र साधारण प्राणीले पार गर्ने प्राय चक्रहरुबाट जो अछुत रहनुहुन्छ। दु:ख, सुख, लाभ हानी , मान अपमान, जन्म मरणका चक्रमा उहाँ आउनुहुन्न। शकंरको शारीरिक आकृति एकातिर योगीको अलंकार हो भने  अकोर्तिर परमात्मा शिवकै कर्तव्यलाई वैयक्तीकरण गरिएको पनि हो। किनकि शिव र शकंरको नाम, निवास स्थान, कर्तव्य, स्वरुप सबै अलग देखाइएको छ। शंकरलाई नै शिवको संज्ञा दिएर फेरि वर्षौको तपस्या पश्चात प्रचण्ड क्रोध प्रदर्शन गर्ने भगवान भनेर विरोधाभाषी कुराहरु शास्त्रमा उल्लेखित छन्।

संसारभरी गरिएका वास्तु उत्खनन का अनुसार पिण्डाकार शिवलिंगको प्रतिमा प्राय सबै देशहरुमा पाइएका छन्। परमात्मा न स्त्रीलिगंमा हुनुहुन्छ न त पुलिगंमा त्यसैले उहाँलाई यो तेस्रो नाम शिवलिंग दिइयो। उहाँ सृष्टिका सर्वआत्माहरु, धर्मात्मा, देवात्मा, महात्माहरुका पनि मात पिता हुनुहुन्छ। परमात्माको ज्योति स्वरुप संसारभरीका धर्म सम्प्रदायहरु बीच स्वीकार्य छ। सनातन धर्ममा ज्योतिको प्रतीक ज्योर्र्तिलिंगमको रुपमा पुजिन्छ। इसाइ धर्ममा इसाले परमात्मालाई ज्योतिको रुपमा परिचित गराउनुभएको छ। इस्लाम धर्ममा संग ए असवद नामको कालो पत्थरको प्रतिमा आस्थाको केन्द्र रहेको छ। फ्रान्स र इटालीका गिरीजाघरहरुमा शिवलिगं राखिएको छ भने रोममा प्रियसस भनिन्छ। जापानमा सेन्टोनिजम वर्गका बुद्धिष्ट धर्मावलम्बीहरुले चेनकोनसेकी नामक रातो पत्थरसँग ध्यान लगाउँने गर्छन्। यी सबै कर्मकाण्ड र अलंकारहरुका पछाडि यही रहस्य लुकेको छ कि परमात्माको साकार मनुष्यको तुलनामा साकार स्वरुप छैन तसर्थ उहाँ निराकार हुनुहुन्छ। सूर्य, चन्द्रमा, तारागण भन्दा पनि धेरै पर सुनौलो लाल प्रकाशको घर उहाँको मूल वासस्थान हो। आज बिज्ञानले पनि मानेको छ कि मानव मनमा ध्यान प्रक्रियामा त्यही छैटौँ तत्वबाट अथाह ऊर्जा आउँछ।

सर्वशास्त्रमयी शिरोमणि भागवत गीतामा उल्लेख भए अनुसार कलियुगमा देखा परेका विकट परिस्थितिहरु नै परमात्मा आगमनका कारण बन्दछन्। परमात्मा अजन्मा, अकर्ता र अभोक्ता हुनुका साथै अरुकै तनमा प्रविष्ट हुनुहुन्छ जुन प्रक्रियालाई परकाया प्रवेश भनेर उल्लेख गरिएको छ। स्कन्ध पुराणको रेवा खण्डमा भनिएको छ कि भगवान बूढो ब्राह्मण तनमा आउनुभयो र सदगतिको मार्ग बताउँनुभयो। त्यसैगरी शिव पुराणमा भनिएको छ स्वयं निराकार परमात्मा प्रकट भएर ती मूर्तिहरु उत्पन्न गर्नुभयो र पहिलो मूर्ति ब्रहृमालाई नयाँ सृष्टि उत्पन्न गर्ने कार्य सुम्पिनुभयो। कुरान शरीफमा भनिएको छ कि हर ५००० वर्षपछि जब कयामतको समय आउँछ तब भगवान यस धर्तीमा आएर कब्रगाह आत्माहरुलाई फरिश्ता बनाएर आफुसँगै लैजानुहुन्छ। खुदा अर्थात् खुद आउने वाला। यि सबैग्रन्थका महावाक्यहरुले यही पुष्टि गरिरहेका छन् कि परमात्मा साधारण मानवीय तनमा आएर सृष्टिलाई अज्ञान अन्धकार र तमोप्रधानताबाट निकालेर स्वणिर्म युग बनाउने अभियानमा हुनुहुन्छ। उहाँको यही दिव्य कर्तव्यको स्मरणोत्सव त शिवरात्रि हो।

रात्रि अर्थात् त्यो घोर अज्ञानताको समय जब आत्माको ज्ञान संसारबाट गायव भएको थियो। मानव पूर्ण रुपले भौतिकवादी भएका थिए, उनीहरुको मन र आचरण  निकै प्रदूषित भएका थिए। शान्ति र आनन्दको चाहना हुँदा हुँदै पनि मानिसहरु दुखी, अशान्त र व्याकुल भएका थिए। प्रकृतिमाथि विजय प्राप्त गर्ने अभिलाषा सँगै प्रकृतिमाथि अत्याचार भइरहेको थियो। पृथ्वीमा जनसंख्या विस्फोट भइरहेको थियो तर अनाजको उत्पत्ति पर्याप्त वृद्धि भइरहेको थिएन। भौतिकताले सम्पन्न भएतापनि डर, दुश्मनीको वातावरण जताततै भएकोले मानवमनमा  शान्तिको तीव्र इच्छा थियोे।

सृष्टि चक्रको इतिहासमा हामी त्यो बिन्दुमा छौं जब परमात्मा अवतरित भएर आसुरी समाजलाई परिवर्तन गरेरर्र् इश्वरीय समाज स्थापना गराइरहनुभएको छ। यही त्यो समय हो जब तनाव सबैको जीवनको साधारण कुरा भएको छ र आत्माहत्या र मृत्यूदर दिनप्रतिदिन बढिरहेका छन्। मानव मनको प्रदुषण सँगै वातावरणीय प्रदूषण पनि चरम सिमामा पुगेका छन्। अन्तर्राष्टिय स्तरमा राष्ट्रका वीचमा तनाव चर्कदो छ। परमाणु युद्धको सम्पूर्ण तयारी भइसकेको छ।। त्यसैले यो मानव जगतको उत्थानको लागि परमात्मा अवतरित हुन उपयुक्त समय छ।

परमात्माको यही  सन्देश छ कि सर्व मानव समस्याहरुका मूल कारण स्वयंको सत्य स्वरुप र गुणहरुको विस्मृति हो। हामी वास्तवमा यो भौतिक शरीरका साथै शरीरलाई चलाउने एक पराभौतिक ऊर्जा ज्योतिबिन्दु आत्मा हौं। आत्मा आफैमा सुख, शान्ति, पवित्रता, ज्ञान, प्रेम, आनन्द र शक्तिको स्वरुप रहेको छ। आत्म स्मृतिमा जागरुक भएर गरिएका हरेक कर्महरु सर्त्कर्म बन्छन् र आत्म स्मृतिमा सन्तुलित गरिएका हरेक सम्वन्धहरु सुमधुर बन्छन्। आत्म स्मृति नै परमात्मा प्राप्तिका लागि अपरिहार्य कदम हो। गुणको भण्डारसँग सम्वन्ध स्थापित गर्ने राजयोगको नियमित अभ्यासी बन्नु भनेको नै सच्चा शिवरात्रीको जागरण हो। आत्म स्मृतिमा रहेर मन भित्रका कलुषित, र्व्यर्थ विचार र संस्कारहरुलाई सदाका लागि त्याग्ने प्रण गर्नु नै सच्चा शिवरात्रिको व्रत र उपवास हो। सवोर्च्च पिता परमात्मा शिवले देखाएको यो बाटो पछ्याउने हो भने मात्र यो उत्सव अर्थपूर्ण हुन सक्छ। तसर्थ यस शिवरात्रिमा यही वाचा गरौं कि हामी देह अभिमानलाई त्यागेर निरन्तर आत्म अभिमानी बनेर अन्तरनिहित दिव्य गुणहरुलाई उजागर गर्नेछौं। अन्यलाई पनि यही स्थितिमा पुराउन सहयोगी बन्नका लागि हामी आफूलाई यसर् इश्वरीय सेवामा समर्पित गरेर विश्व कल्याणार्थ परमात्माद्वारा उद्घोषित यस आध्यात्मिक क्रान्तिमा सहभागी बनौं।

- ब्रहृमाकुमारी बिन्नी