शिक्षा र शिक्षक

‘गुरुःब्रहृमा गुर्रुर्विष्णु गुरुदेवोमहेश्वर।

गुरु साक्षात् परंब्रहृम तस्मै श्री गुरुवे नमः।।’

यसो सुन्दा यी माथिका ऋचाहरू कुनै गुरुकुलका एक आदर्शवादी शिष्यले आफ्ना समादर्णीय गुरुलाई समपण गरेका पंक्तिझैं लाग्छन्। यो श्लोकले गुरुलाई सृष्टिकर्ता ब्रहृमा, पालनहार विष्णु र संहार कर्ता महेश्वर तथा साक्षत् ज्ञानको रूपमा स्थापना गरेको छ। यहाँ ‘ब्रहृम’ शब्दको अर्थ ‘ज्ञान’ भन्ने हो। ‘गुरुर साक्षत् परम ब्रहृम’ अर्थात गुरु नै ज्ञानको सवोर्त्कृष्ट स्रोत हो, भनी गुरुको महत्त्व र उच्च स्थानलाई प्रष्टयाएको छ। ‘गुरु’ शब्द अङ्ग्रेजीको एचभबअजभच सँग अर्थस·त हिसाबले नजिक हुन आउँछ। अङ्ग्रेजीको एचभबअज शब्दको अर्थ मानिसलाई धार्मिक र नैतिक शिक्षा प्रदान गर्नु भन्ने हुन्छ र जसअनुसार एचभबअजभच भन्नाले त्यस्तो व्यक्ति जसले धार्मिक र नैतिक शिक्षा प्रदान गर्दै समाजलाई आफूले बनाएका नैतिक सिद्धान्तहरू अनुसार चल्न सिकाउने प्रयास गर्दछ। यसरी एक समय ‘गुरु’ समाजका मार्गर्दर्शकको रूपले पुजित थिए। उनीहरूले नै पूर्र्वीय संस्कृतिमा ऋषि परम्पराको स्थापना गरे। तत्कालीन सभ्यतालाई स्थापना गरी विकासको चुलीमा पुर्‍याइ आफूलाई समाजमा अति पूज्यनीय स्थानमा राख्न सफल भए।

विभिन्न दर्शनमा शिक्षक अर्थात गुरुको भूमिकाको व्याख्या गरेको पाइन्छ। आदर्शवादमा शिक्षकलाई अध्यात्मिक ज्ञानको संसारसम्म विद्यार्थीलाई पुर्‍याउन सक्ने ज्ञानी, दार्शनिक, आध्यात्मिक विचारको सम्वाहकको रूपमा लिइन्छ। प्रकृतिवादले शिक्षकलाई सामान्य निरीक्षक र पथप्रदर्शकको रूपमा लिएको छ। यसै गरी यथार्थवादीहरूले शिक्षकलाई नैतिक र बौद्धिक रूपबाट परिपूर्ण एक मानव जसले न्गष्मभ निर्देशक र सहयोगीको भूमिका खेल्छ भनी व्याख्या गरिएको छ। यसरी नै प्रयोजनवादी जोन डिवेले शिक्षकलाई एक हाकिमको भूमिकामा नभई शिक्षार्थीहरूको सामूहिक क्रियाकलापको टोली नेताको रूपमा प्रष्ट्याएका छन्।

माथिको विश्लेषणबाट हामी के निष्कर्षमा पुग्छौं भने एउटा शिक्षकमा न्यूनतम् केही गुणहरू हुनुपर्छ।

क) शिक्षक ज्ञानको स्रोत हुनुपर्छ। यहाँ आजको जमानामा एक मानिस ज्ञानको स्रोत कसरी हुन सक्छ ? भन्ने प्रश्न उठ्ला तर आफ्नो विषयवस्तुमा शिक्षक पक्कै जानकार हुनैपर्छ।)

ख) उसमा अरुले गरेको क्रियाकलाप निरीक्षण गर्न सक्ने र पथप्रदर्शन गर्न सक्ने क्षमता हुनुपर्छ।

ग) शिक्षकमा अरुलाई निर्देशन गर्न सक्ने क्षमता भएको हुनुपर्छ।

घ) शिक्षकसँग नेतृत्व गर्न सक्ने क्षमता हुनुपर्छ। अनि मात्र ऊ शिक्षक हुन्छ।

आज हामी सामु विद्यमान् विभिन्न प्रवृत्तिमध्ये केही मुख्य प्रवृत्तिका शिक्षकहरूको चर्चा गर्नु सान्दर्भिक होला।

क) हेलमेट शिक्षकहरूः एक समयका अब्बल दर्जाका शिक्षकहरू, आफ्नो मेहनत र शैक्षिक योग्यताको बलमा स्थापित भएर विभिन्न संस्थामा स्थायित्व प्राप्त गरी हाल गुरुबाट शिक्षक हुँदै मास्टरमा घटुवा भएका जो एक क्याम्पसबाट अर्को उच्च मावि हुँदै विद्यालयस्तरको कक्षासम्म टिपनटापन गर्दै ट्युसन सेन्टरहरूमा रुपैयाँ फलाउन व्यस्त छन्।

ख) विद्यार्थी जीवनमा डाक्टर इन्जिनियर बन्ने सपना साँची असफलताको रुग्ण मानसिकता बोकेर र समयको कठोर चपेटामा परी हातमुख जोर्ने पारिवारिक बाध्यतामा शिक्षक भएका मास्टरहरू जो आफ्नो श्रमको मूल्य लिन समेत धक फुकाएर बोल्न नसक्ने ती रुग्ण आत्महरू।

ग) सच्चा नैतिकवान् शिक्षकहरू जो सङ्ख्यात्मक हिसाबले सारै थोरै भएर पनि शिक्षक(गुरु) परम्परा धान्न अहोरात्र लागिपरेका छन्।

पक्कै पनि शिक्षा लिनेदिने प्रक्रियामा शिक्षकको भूमिका अवश्यै अहं हुन्छ। तर ४० को दशकदेखि शिक्षकको भूमिकामा विस्तारै प्रश्न चिन्ह लाग्न थालेको पाइन्छ। विशेष गरी एक दलीय निरड्ढुश पञ्चायती व्यवस्थाको विरुद्ध जनतामा चेतनाको सम्वाहकको रूपमा शिक्षकहरूले आफ्नो सशक्त भूमिका खेले, व्यवस्था परिवर्तनको लक्ष्यमा सफल पनि भए र त्यसैबाट नरहरि आचार्य, देवी ओझा, सोमनाथ अधिकारी ‘प्यासी’ लगायतका आफ्ना समयका अब्बल दर्जाका नेताहरू पनि नजन्माएका होइनन्। तर विडम्बना कस्तो भयो भने शिक्षकलाई राजनीतिक पार्टीरूले झोला बोकाउने काम बढेर गयो। त्यस पछि शिक्षकहरू शिक्षक कम पार्टीकार्यकर्ता बढी भएको कुरा घामजस्तै र्छलङ्गै छ। त्यस पछि २०४६ सालको परिवर्तनसँगै शैक्षिक संस्था स्थापनामा देखिएको विकृति र उच्च माविको स्थापनासँगै उच्च शिक्षा प्रदान गर्ने शिक्षण संस्थाहरूको अनियन्त्रित स्थापनाले ल्याएको समस्या टड्कारो रूपमा आएको छ। उही समयका उही शैक्षिक प्रमाणपत्र बोकेका तीन व्यक्तिमध्ये एक विभिन्न शैक्षिक संस्थामा संलग्न भई सबै अवसर आफ्नो पोल्टामा पारी औसत नेपालीको आय भन्दा कयौं गुणा बढी आयआर्जन गरिरहेका छन् भने बाँकी दुर्इ जना अवसरविहीन भएर बिहान बेलुकीको छाक जुटाउन पनि धौधौ भएर भौंतारिरहेका छन्।

आफैले दीक्षित गरेर अवसरको योग्य बनाइ अवसर जति आफैले लिई निजी क्याम्पस र उच्च माविदेखि भ्याएसम्म विद्यालयका कक्षा पनि टिपनटापन गर्न भ्याउने हाम्रा आदरणीय गुरुहरूमा बाँकी होलान् त उहाँहरूले नै घोकाउनुभएका ती गुणहरू – यस प्रश्नको समाधान खोज्ने जिम्मा ती नवजवान शहिदहरूलाई भयो जो प्रमाण-पत्र हातमा बोकेर रोजीरोटीविहीन भई नजानिँदो पाराले आफूलाई अपराधको दुनियाँमा क्रमशः धकेलिरहेका छन्। समयको कठोर चपेटामा परी हातमुख जोर्ने पारिवारिका बाध्यतामा शिक्षक भइटोपलेका आजका मास्टरहरूमा के साँच्चै उपर्युक्त गुणहरू छन् त – यो पंक्तिकार यो प्रश्नको उत्तर दिने जिम्मा अनगिन्ती ख्याती श्रेष्ठहरूका परिवारजनलाई दिन्छ।

अब प्रश्न फेरि शिक्षाको गुणस्तर तिर तेसर्सिन्छ। हामी सजिलै अनुमान गर्न सक्छौं माथि उल्लेख भएका क र ख वर्गका शिक्षकहरूले कस्तो शिक्षा प्रदान गर्दा हुन्। उनीहरू कहिल्यै पनि विद्यार्थीका सम्वेदनालाई बुझने प्रयास गर्दैनन्। उनीहरू केवल यान्त्रिक शिक्षा प्रदान गरी एक यन्त्र मानवको जमात उत्पादन गरिरहेका हुन्छन्। आफै हीनताले ग्रस्त पारिवारिक र आर्थिक बाध्यताले शिक्षक भएका शिक्षकहरूले उत्पादन गरेका विद्यार्थी कस्ता हुन्छन् त्यसको व्यख्या गरिरहनु पर्दैन। खाडी राष्ट्र र मलेसियातिर गएर सानोतिनो कमाई गरी समाजमा आफ्नो स्थान बनाउन सफल हिजोको आफूभन्दा कमजोर साथीभाइको प्रगतिको अगाडि आफू निरीह भएपछि शिक्षक कक्षा कोठामा भन्दा पनि ट्युशन कोठामा नै बढी रमाउनु पनि स्वभाविक नै हो। आफू भन्दा कम आयस्रोत भएका कर्मचारीको सान र सौकत तथा अनैतिक तरिकाले दिन दुर्इ गुणा रात चौ गुणा सम्पत्ति बटुलेका अन्य मानिसको अगाडि नुर गिरेका शिक्षकहरूबाट समाजले के आशा गर्न सक्छ।

शिक्षकहरूको कमजोर कार्य सम्पादनको एउटा प्रमुखपक्ष तालिम पनि हो। शिक्षक हुन चाहने जनशक्तिलाई शिक्षक अभिमुखीकरण तालिमको अभाव छ। विद्यमान शिक्षा शास्त्र सड्ढायको पठनपाठन केवल प्रमाणपत्र हासिल गर्ने र गराउने नाटकमा परिणत भएको छ। विकसित मुलुकहरूमा शिक्षक बन्न चाहनेले अनिवार्य रूपले  अभिमुखीकरण तालिम लिनुपर्ने हुन्छ त्यो पनि कुन तहमा शिक्षण गर्ने हो त्यही तहको। नेपालमा पनि शिक्षक लाइसेन्सको अवधारणा त ल्याइयो तर त्यो पनि यान्त्रिक नै भयो। सरकारी विद्यालयका शिक्षकहरूको लागि शैक्षिक तालिम केन्द्रको माध्यमबाट विभिन्न प्रकारका तालिम सञ्चालन भइरहेको भए तापनि निजी क्षेत्रका शिक्षकहरूको लागि सरकारले त्यसको आवश्यकता नै महसुस गरेन जबकि आज पनि योजना कार्यान्वयन गर्न नसकेर विदेशी सहयोगबाट प्राप्त करोडौं रुपैयाँ फिज भएर जाने गरेको यथार्थ विद्यमान छ। त्यसै गरी निजी विद्यालय सञ्चालकहरूले पनि आफ्ना शिक्षकहरूलाई तालिमको नाममा केवल अभिमुखीकरण गराउनेबाहेक स्तरीय तालिम दिने गरेको पाइँदैन।

यी सबै गनथनको मुख्य चुरो भनेको आज शिक्षामा देखा परेको ह्रासको कारण खोतल्नु नै हो र यसको केही हिस्सेदार शिक्षक पनि हो। शिक्षण पेशालाई मर्यादित बनाइ विद्यालयस्तरबाटै शिक्षक बन्न चाहने विद्यार्थी उत्पादन गरेर बिनाशर्त तन, मन र बचनले शिक्षामा समर्पण हुने शिक्षकहरूको उत्पादन गर्नुपर्ने आजको आवश्यकता हो। शिक्षकलाई असल शिक्षक हुनबाट विमुख गराउने अझ भनौं शिक्षकलाई आफ्नो दायित्वबाट विचलित गराउने जिम्मेवार पक्षहरू राष्ट्रिय शैक्षिक तथा आर्थिक नीति, अभिभाक, विद्यार्थीलगायत अन्य सर्वसाधारण हामी पनि हौं। यी कुरालाई समय छँदै नरोक्नु भनेको दलानको गौँथलीको गुँडमा आगो लगाएर ‘कहाँ बस्लेऊ गौँथली गुँडै डढेपछि’ भनी मादल बजाएर गीत गाउने कथा जस्तो हुनेछ।

- खेमराज देवान