शिक्षाको सामाजिक पक्ष

प्रशिद्ध अङ्ग्रेजी विद्वान जी. के. चेस्टरटनले भनेकाछन्-’शिक्षा भनेको समाजको आत्म हो जो एक पुस्ताबाट अकोर्मा हस्तान्तरण हुँदै जान्छ।’ उता पाउलो फ्रेरेले शिक्षालाई अलि भिन्नै प्रकारले व्याख्या गरेका छन्। उनको परिभाषामा ‘शिक्षित हुनु भनेको उत्पीडन गर्दै टिकिरहेको समाजमा आफ्नो सुरक्षित स्थान बनाउन सक्नु कदापि होइन, बरु पूर्ण मानिस बन्नु हो। पूर्ण मानिस तबमात्रै बन्न सकिन्छ जब मानिसलाई अमानवीय बनाउने यथार्थलाई परिर्वर्तन गर्न सकिन्छ।’ आजको गन्थनमा यही विषयवस्तु वरिपरि केही प्रश्नको उत्तर खोज्ने प्रयास गरिएको छ।

हो, हामी २१ औं शताब्दीको दोस्रो दशकमा छौं। हामी आफूलाई शिक्षित पनि भन्छौं। भने हामीले प्राप्त गरेको शिक्षाले समाजमा कस्तो प्रभाव पारेको छ ? यसको लेखाजोखा हुनुपर्ने होइन र ? आज समाजमा देखिएका द्वन्द्वको उत्पतिको केन्द्रविन्दु कतै त्यहीँ त छैन ? मानिस हरेक पल किन व्यक्तिवादी भएर जाँदै छ ? व्यक्तिगत स्वार्थका लागि उसले सिङ्गो सामाजिक मूल्य मान्यतालाई किन तिलाञ्जली दिँदैछ – यी प्रश्नहरूको जवाफ हामीले पक्कै खोज्नर्ुपर्छ।

आफूलाई शिक्षित भन्ने हामीले समाजको लागि के गर्‍यौं त भनि पछाडि फकर्ेर हेर्ने हो भने लाग्छ हामीले पाउलो फ्रेरेले भनेझैं केवल उत्पीडन गर्दै टिकिरहेको समाजमा आफ्नो सुरक्षित स्थान मात्र बनाउन सक्यौं न कि मानवलाई अमानवीय बनाउने यथार्थलाई परिर्वर्तन गर्ने प्रयत्न गर्‍यौं। आज हामीकहाँ व्याप्त समस्याको जड लाग्छ हामीले प्राप्त गरेको शिक्षामा नै छ। हरेक व्यक्ति अस्तित्वको लागि सङ्र्घर्षमा लागेको पाइन्छ। होइन भने सबैलाई त्यही प्रधानमन्त्रीको कुर्सी किन प्यारो लाग्थ्यो होला ? देशका प्राज्ञिक थलोहरूमा विद्वत्त वर्ग पुर्‍याउनुको सट्टामा भागबण्डा किन गर्थे

होलान् – सबैले ‘म’ भए जादुको छडी चलाएर सबै समस्याहरू छु मन्तर गरिदिने थिएँ भन्ने सोच किन राख्थे होलान्। हामीमा सदियौंदेखि के एउटा सोचले जरा गाड्यो भने शिक्षित हुनु भनेको नै सामाजिक हैकमवादको लागि हो अथवा शिक्षित भए पछि समाजका सबै अवसर मेरै हुन्छन् भन्ने पाखण्डी मानसिकताको विकास भयो। अझ अगाडि भन्ने हो भने शिक्षाको प्रतिस्पर्धामा जो अघि हुन्छ सबै राम्रा अवसर उसैको हुने भयो। ती अवसर सुरक्षित गर्नको लागि उसले अन्य आफूभन्दा अशिक्षित वा कम शिक्षितमाथि आफूलाई उभ्याउनु पर्‍यो। त्यसैले हरेक आमाबाबुले आफ्ना छोराछोरीलाई शिक्षित बनाउनुभन्दा पनि अरुका छोराछोरी भन्दा अब्बल कसरी बनाउने भन्नेतिर ध्यान दिएको पाइन्छ। आफ्ना छोराछोरीले अरुका छोराछोरीले भन्दा बढी सुविधा उपभोग गरून्। उनीहरूले अरुका छोराछोरीले भन्दा बढी आयआर्जन गरून् भन्ने ध्येयले उनीहरूलाई शिक्षित बनाउने होडबाजीमा हरेक आमाबुबा लागिपरेका छन्। अन्ततोगत्त्वा हामीले उनीहरूलाई त्यही उत्पीडन गरेर टिकिरहेको समाजमा सुरक्षित स्थान बनाउन प्रोत्साहित गरिरहेका छौं। हामीले पाएको शिक्षाले नै आफूलाई अरुभन्दा ठूलो, आफ्नो सोच अरुको सोचभन्दा उच्च, आफूले अँगालेको राजनीतिक विचार अरुको भन्दा असल भनी सिकाएपछि कहाँ हुन्छ सहमति, सहकार्य र देशको विकास।

हाम्रो औपचारिक विद्यालय शिक्षाको सुरुवात नै यस्तो समयमा भयो जुनबेला जंगबहादुरले नेपालमा १०४ चार वर्ष लामो एकतन्त्रीय जहानियाँ राणा शासनको जग बसाल्दै थिए। त्यो १०४ वर्षभरि शिक्षा केवल उच्च घरानियाँ राणा र केही उच्च वर्गीय सामन्त पूँजीपति वर्गमा सीमित रहृयो। २००७ सालको परिर्वर्तन पछि देशमा शिक्षाको विकासले छलाङ त मार्‍यो तर त्यसलाई व्यवस्थित गर्न सकिएन। २०१७ सालपछि शिक्षाको विकास व्यवस्थित भयो तर शिक्षा पञ्चायती व्यवस्थाको स्तूती गानमा परिणत भयो। त्यसैले त्यो समयमा शिक्षित भएका अधिकांश राजनेता, विद्वानमा मानिसलाई अमानवीय बनाउने यथार्थलाई परिर्वर्तन गर्ने भन्दा पनि समाजमा आफ्नो हैकम स्थापित गनर्ैतिर बढी कसरतरत रहेको पाइन्छ। दुर्भाग्यवस् २०४६ सालको परिर्वर्तन पछि शिक्षा वर्गमा विभाजित हुन पुग्यो। हुनेखाने वर्गले सुविधा सम्पन्न विद्यालयहरूमा र हुँदा खाने वर्गले सुविधाविहीन विद्यालयहरूमा आफ्ना छोराछोरीलाई पढाउनुपर्ने भयो। अझ भनौं शिक्षाको मूल्य तोकियो जति बढी मूल्य तिर्‍यो त्यति नै राम्रो शिक्षा बजारमा बिक्रीमा राखियो। सबै अवसर जति पैसा तिर्न सक्नेहरूकै हुने भयो। पैसा तिर्न नसक्नेहरू अवसरहरूबाट बञ्चित हुँदै गए। फेरि पनि शिक्षाले मानिसलाई त्यही समाजमा आफ्नो सुरक्षित स्थान बनाउन सिकायो। पुरूषले नारीलाई, धनीले गरिबलाई, उच्च जाति भनाउँदाले तल्लो जाति भनाउँदालाई, शिक्षित वर्गले अशिक्षित वर्गलाई उत्पीडन गर्न सिकाउने हाम्रो शिक्षा नै वास्तवमा आजको समस्याको जड हो। जुन वर्ग समाजमा आफ्नो सुरक्षित स्थान बनाउने काममा लागिपरेका छन् त्यो वर्गले अरुको अस्तित्वलाई कहिले पनि स्वीकार गर्न सक्दैन त्यसैले यो द्वन्द्व उत्पन्न भएको हो भन्दा अतिशयोक्ति नहोला।

यो रोगको उपचार विभिन्न हुन सक्छ। तीमध्ये यहाँ मुख्य दुर्इवटा औषधिहरू सुझाव गर्ने प्रयास गरेको छु। पहिलो यान्त्रिक शिक्षामा परिर्वर्तन गर्नुर्पर्छ। आजको शिक्षा चेस्टरटनले भनेजस्तो समाजको आत्म रहेन। शिक्षा लिने दिने क्रियाकलाप केवल एक यान्त्रिक प्रक्रियामा परिणत भएको छ। हाम्रा शैक्षिक नीतिहरूलाई परिर्वर्तन गरी शिक्षाले मानवीय संवेदनादलाई सम्बोधन गर्न सक्ने बनाउनु पर्छ। पहिला वृद्धाश्रममा आमाबाबु छोडेर आएका तथाकथित शिक्षित सन्तानले आफ्ना आमाबाबुलाई घर फर्काउने शिक्षाको सुरुवात गर्नुर्पर्छ। व्यक्तिगत स्वतन्त्रताको नाममा मानिसमा देखा परिरहेको व्यक्तिवादी चरित्रलाई परिर्वर्तन गरी सामूहिक महत्त्वको धारण विकास गराउनर्ुपर्छ। हामी लगाएको परम्परावादी चस्मा फुकालेर एकपटक यो सुन्दर प्रकृतिलाई ना·ो आँखाले किन नहेर्ने – यसको लागि हाम्रा पाठ्यक्रममा नै परिर्वर्तन गर्नुपर्ने बेला भएको छ।

दोस्रो पाउलो फ्रेरेले भनेझैं शिक्षालाई मानवलाई अमानवीय बनाउने यथार्थलाई परिर्वर्तन गर्न सक्ने बनाउनर्ुपर्छ। शिक्षालाई परम्परावादी ढर्राबाट बाहिर ल्याउनको लागि समग्र शैक्षिक प्रणालीमा परिर्वर्तन हुनर्ुपर्छ। शिक्षा लिनेदिने प्रक्रियाको सुरुदेखि नै गढेको समाजमा आफ्नो स्थान सुरक्षित गर्नुर्पर्छ भन्ने अवधारणमा परिर्वर्तन गरी शिक्षाको मुख्य उद्देश्य भनेको समाज विकास हो भनी स्थापना गर्नुर्पर्छ। हामी शिक्षालाई उज्यालोसँग तुलना गछौर्ं। उज्यलोले अन्धकारलाई नाश गर्छ। स्वामी विवेकानन्दले हिन्दू समाजमा व्याप्त एक मानिसले अर्का मानिसलाई जातको नाममा गर्ने अमानवीय व्यवहाररुपी गोबर सफा गरेर त्यही उज्यालो छर्ने प्रयास गरे। मार्टिन लुथर किङ जुनियर वर्ण्र्ााो आधारमा गोराले कालालाई गर्ने अमानवीय व्यवहारको विरोध गरेर त्यही गरे। शिक्षा अब साक्षरता अभियानमा मात्रै सीमित रहेन। जीवनमा आवश्यक आधारभूत ज्ञानको लागि मात्रै विद्यालयको औपचारिक शिक्षाको आवश्यकता पर्दैन। त्यसैले शिक्षाका पुराना उद्देश्यहरूमा परिर्वर्तन गर्नुर्पर्छ। हाम्रा पाठ्यक्रम व्यक्ति केन्द्रित छन्। २०६३ मा निर्माण गरिएको राष्ट्रिय पाठ्यक्रमको प्रारूपले निर्धारण गरेको शिक्षाका तहगत उद्देश्यहरू केही हद्सम्म आशलाग्दा छन्। जसमा व्यक्तिलाई समाजप्रति उत्तरदायी बनाउँदै नयाँ स्थापित मूल्य र मान्यतालाई समेत आत्म साथ गर्नेखालका छन्। दुर्भाग्यवस् त्यो विधेयक संसद् हुँदै राष्ट्रपतिकहाँ गएर थन्किएको छ र यसै क्रममा समाजका मूल्यहरू फेरि परिर्वर्तन भइसकेका छन्। दोस्रो जनआन्दोलनको जगमा उभिएको जातीय मुद्दासँग सम्बन्धित तथा मधेस आन्दोलन आदिबाट आएका सवालहरू जस्तै गणतन्त्र, धर्मनिरपेक्षता, सङ्घीयता र समावेसीजस्ता मुद्दाहरूको उठान हुनै बाँकी थियो। त्यसैले यसलाई पुनर्लेखन गर्नुपर्ने अवस्था छ किनभने सामान्यतय प्रत्येक पाँच वर्षमा पाठ्यक्रम पुनरावलोकन गर्नुर्पर्छ। शिक्षाका उद्देश्यहरूमा ती परिवर्तित सर्न्दर्भका मुद्दालाई समावेस गर्दै फेरि पनि मानिसलाई अमानवीय बनाउने यथार्थलाई परिर्वर्तन गर्ने खालको शिक्षा प्रदान गर्ने वातावरण तयार गर्नु नै आजको मूल आवश्यकता हो। परम्परावादी शिक्षाले थुपारेको गोबर सफा गर्न सबै सरोकारवाला, विद्वानहरू तथा हरेक अभिवाकले जागरुक भएर सोच्ने बेला आएको छ।

- खेमराज देवान