शाक्यमुनि बुद्ध र हामी नेपाली

शाक्यमुनि बुद्ध जस्तो महिमान्वित व्यक्ति विश्वमा विरलै जन्मन्छन्। यस्ता महामनाको हाम्रो देशमा जन्महुनु अपरिमीत गौरवको कुरा हो। तर प्रश्न के छ भने बुद्धलाई हाम्रो राष्ट्रिय जीवनमा हामीले कति स्थान दिएका छौं – हाम्रो मुलुकको यस भूमिका जन्मेर हामीलाई गौरवान्वित गराएका, अनुगृहित गरेका बुद्ध प्रति हामीले कति कृतज्ञताको भाव देखाएका छौं –

प्रत्येक वर्ष बैशाख पूणिर्माको दिन बुद्धजयन्ति त मनाईन्छ तर यसमा कति राष्ट्रिय उत्साह रहेको छ त भनेर हर्ने हो भने त्यो फगत कर्मकाण्डी मात्रमै सीमित छ भन्दा उप्युक्त्ति हुने छैन। बुद्ध भारतमा जन्मेको भनेर भारतीयहरुले दावा गर्छन्, यदाकदा। त्यस बेला हामी निकै तात्छौं। यस्तो सफेद झुठकुरा गर्दा हामीले कडा प्रतिवाद जनाउनु स्वाभाविकै हो। यो हाम्रो स्वाभिक राष्ट्रिय हितको कुरा मात्रै हौइन ऐतिहासिक सत्य तथ्यमा आधारित कुरा पनि हो कि बुद्ध जन्मको गौरवको स्वामित्व नेपाल र नेपालीमा छ।

तर, यत्रो महान् गौरवको स्वामित्वलाई राष्ट्रिय व्यवहारमा स्थायीरुपमा उतार्न भने हामी आनकानी गरिरहेका छौं। चुक्दै गएका छौं। यो एउटा चिन्ताको विषय रहेको छ। यस विषयमा हाम्रो समीक्षात्मक चिन्तन र राष्ट्रिय विमर्शको आवश्यकता महसूस भएको छ।

संविधानमा छुटेका बुद्ध :

नेपालको संविधान, २०७२ मा छलफल भईरहँदा, संविधान तर्जुमाका अवधिमा यसमा राखिनु पर्ने अन्तरवस्तु संबन्धमा चर्चा हुँदा मुलुकको लोकतान्त्रिक संविधानमा कहिंकतै उपयुक्त ठाउँमा बुद्धको चिनारी रहनुपर्छ भन्ने कुरा उठेको हो। यो कुरा केवल बौद्धधर्मावलम्बिबाट मात्र होइन, सचेत नागरिकको आवाज थियो। परन्तु, संविधान जारीहुँदा कहिंकतै बुद्धको निशानी देखिएन। नराम्राकुराको सिको गर्ने तर अर्काका राम्रा कुराको हेका नराख्ने हाम्रो आफ्नै आदतबाट व्यक्तिमात्र होइन राष्ट्र नै अभीशप्त हुन पुगेको छ। भारतले अशोकको चक्र नोठमा समेत अंकित गरेर राष्ट्रिय निशानी वनाएको छ। भनिरहनु पर्दैन, तत्कालीन पाटलीपुत्रका मौर्य सम्राट अशोक बुर्द्धधर्मका एक महान अनुयायी हुन। र, बुद्ध उपदेशको व्यापकतामा उनको योगदान अतुलनीय छ। बुद्धको जन्मस्थान लुम्बिनीमा दलवल सहित आएर एउटा स्तम्भ खडागराएकोले नै नेपालमा बुद्धजन्मेको अकाट्य प्रमाण बनेको हो। उनले स्तम्भ खडा मात्रै खडा गरेनन् शाक्यमुनि यही जन्मेका हुन भन्ने ब्राहमी लिपिमा उल्लेख पनि गराए। उनले अभिलिखित गराएको नेपाली अनुवाद यस्तो छ, ‘देवताका प्रियदर्शि राजा अशोक आफ्नो राज्याभिषेकका वीस वर्षपछि शाक्यमुनी जन्मेको यस ठाउँमा आफै आएर पूजा गरी त्यसैको उपलक्ष्यमा शिलास्तम्भ खडा गर्न लगाई लुम्बिनी गाउँलाई करमुम्त गरिदिए।’ यस्तो अकाट्य प्रमाण कायम गरिदिएकोमा हामी पनि कृतज्ञ छौं(सम्राट अशोक प्रति। पवित्र अशोक स्तम्भ अहिले पनि मायादेवी मन्दिर नगिच सगौरव उभिएकै छ।

अब मूल कुरामा चर्चा गरौं। वुद्धको प्रसंग उपयुक्त तवरमा संविधानको प्रस्तावनामा नै राख्न सकिन्थ्यो। त्यस्तै, ‘हाम्रो मुलुकको परराष्ट्र संवन्धको आधारतत्व वुद्धले उपदिष्ट गरेको अहिंसा, शान्ति, सहअस्तित्व र सहिष्णुताको सिद्धान्तबाट निर्देशित हुनेछ’ भन्ने उल्लेख गर्न पनि सकिन्थ्यो।यसको अलावा, राज्यका निर्देशक शिद्धान्त रहेको संविधानको भाग ४ मा ‘हाम्रा राष्ट्रिय एवं सामाजिक जीवनका व्यवाहारहरु शाक्यमुनि बुद्धद्वारा उपदिष्ट अष्टाङ्गीक मार्गका शीलद्धारा निर्देशित रहनेछन् भन्ने अंकित गर्न पनि सकिन्थ्यो। भन्नुको तार्त्पर्य यो हो कि कहिन कहि बुद्धको चिनारी संविधान रहनु पर्ने कुरा  प्रति बेवास्ता गरिनु हुँदैनथ्यो। त्यो अवसर गुमाएका छौं।

लुम्बिनीको विकासमा देखिएको राष्ट्रिय उदासीनता :

लुम्बिनीको महत्ता सम्बन्धमा विशेष लेखिरहनु पर्दैन। याहाँ सम्राट अशोक मात्रै होइन महान चिनिया भिक्षु ह्वेनसाङ्, फयियान लगायतका प्रशिद्ध व्यक्तिहरु प्राचीनकालमा आएका हुन्।

यो ठाउँ हाम्रो राष्ट्रिय महिमाको घेरा नाघेर विश्वकै संपदा सूचीमा परेको पनि छ। तर, यस्तो महिमावान पवित्र ठाउँको विकासमा ‘कुरा धेरै काम भने सिन्को पनि नभाँच्ने’ भनाई चरितार्थ भएको छ। भारतले बुद्धले बोधि प्राप्त गरेको बोध गया, पहिलो धर्मपदेश गरेको ठाउँ सारनाथ र महापरिनिर्वाण स्थल कुशीनगरसमेतको विकासमा परिलक्षित धेरै काम गरेको छ। बाटो-घाटो लगायत, यिनै ऐतिहासिक एवं धार्मिक स्थललाई लक्षित गरी अन्तराष्ट्रिय विमानस्थल पनि बनाएको छ। तर, लुम्बिनीको विकासको स्थिति भने जाहाँको त्यही छ। बौद्ध विश्व विद्यालयका कृयाकलाप काठमाण्डौं केन्द्रित छ। र, भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम विभिन्न व्यवधानले अल्मलिएको छ।

कागजमा गुरुयोजना त छन् तर कार्यान्वयनको इच्छा शक्ति सरकार एवं लुम्बिनी विकास समिति दुवैको शिथिल छ। यो अकर्मण्यताबाट मुक्त हुनुपर्दछ।

बुद्ध जयन्तिको दायरा :

नेपालको लागि बुद्ध जयन्ति एक राष्ट्रिय जागरणको विषय हुनुपर्ने हो तर बनाउन सकिएको छैन एउटा सानो घेरा वा जाति समुदायले मनाउने परम्परागत परिपाटीबाट माथि उठेर सबै क्षेत्र, जातजाति, भाषा, संस्कृतिका नेपाली सहभागी रहेको जागरण युक्त अभियानको रुपमा बुद्ध जयन्ति मनाउनु सबै नेपालीको परम कर्तव्य हो।

यो यथार्थ सत्य हो कि नेपालमा हिन्दुधर्मावलम्बिहरुको बाहुल्यता छ। अरु धर्मावलम्बि पनिछन्। तर, बुझ्नु पर्ने कुरा के हो भने शाक्यमुनि बुद्धले आफूले सम्यक् संबोधि प्राप्त गरेपछिका पूरा ४५ वर्ष जुन उपदेश दिए ती धर्म सम्प्रदायभन्दा माथि छन्। प्राणिमात्रको कल्याण उनको परम ध्येय हो। त्यसैले, बुद्ध जयन्ति मनाउँदा नेपालको हिमाल, पहाड र तराई सबै जाग्नुपर्छ। सहभागी हुनुपर्छ। बुद्धले जुन दुःख मुक्तिको बाटो देखाएकाछन् त्यो सम्पूर्ण मानव मात्रको लागि हो।

बुद्धम शरणम् गच्छामि।

संघम् शरणम् गच्छामि।।

धम्मम् शरणम् गच्छामि।।।

सब्बमंगलम् भवतु :।

- तिलक पराजुली