शहीदको सम्झना

शहीद शव्द फारसी भाषाबाट आएको हो। जसको अर्थ र्ँधर्मयुद्धमा मर्नु’ हुन्छ। यसैगरी ल्याटिन भाषाको :बचतथच पनि वीरगति प्राप्त गर्नेहरूलाई प्रयोग गरिने शब्द हो।

कवि साहित्यकारहरूले भन्ने गरेको प्वाँखजस्तो हलुका नभई पहाडजस्तो गह्रुङ्गो मृत्यु नै शाहदत हो। हाम्रो देशमा इतिहासका थुप्रै कालखण्डमा हाम्रा पुर्खाले यस्तै खाले मृत्युको सामना गरे। कहिले जन्मभूमिको रक्षाको खातिर त कहिले निरड्ढुश र तानाशाहीको विरुद्धमा। लोकतन्त्रको स्थापनाका खातिर उनीहरूले वलिदान गरे। नेपालको स्थापनाकालमा वंशराज, केहरसिंहहरू अनि साम्राज्यवाद विरुद्धको लडाइँमा बलभद्र तथा अमरसिंहहरू सामूहिक स्वार्थकै लागि लडेका थिए। निरड्ढुशताविरुद्ध आवाज उठाउने लखन, गंगालाल, धर्मभक्तहरूको लडाइँ पनि सामूहिक स्वार्थकै लागि थियो। इतिहासका सबै चरणमा हाम्रा पुर्खाले गरेको बलिदान निस्वार्थ थियो। साम्राज्यावाद होस् या सामन्तवादको विरुद्धमा उनीहरू लडे, वीरगति प्राप्त गरे र शहीद भए। हाम्रो सर्न्दर्भमा अझ देशभित्रका सामन्तसँगको लडाइँमा शाहदत प्राप्त गर्नेहरू धेरै छन्। यहाँ जानेर आफ्ना लागि मात्र बाँच्नेहरू धेरै हुन्छन्। तर मान्छे हुनुको अर्थलाई अको भलाईसँग तदात्म्यता राख्नेहरू र त्यस्तै जीवन बँाच्नेहरू कमै हुन्छन्। शहीद भनेका तिनै असल छोराछोरीहरू हुन्।

प्रत्येक माघ महिनामा हामी यिनै निस्वार्थी बलिदालीहरूलाई सम्झन्छौं। हाम्रो इतिहासका थुप्रै यस्ता पात्रहरूमध्ये वि.सं. १९९७ सालको माघ महिनामा शहीद बनेका नेपाल आमाका चार जना असल छोराहरू गंगालाल, धर्मभक्त, दशरथ चन्द र शुक्रराज शास्त्रीको सम्झनामा शहीद दिवस आह्वान गर्दछांै। यी चार जना तत्कालीन क्रुर शासक जुद्ध शमशेरद्वारा मारिएका थिए। राज्यलाई आफ्नो बाबुको बपौति ठान्ने र जनतालाई रैती र कमारा सम्झने  राणाहरूको विरुद्धमा आवाज उठाउनेहरूको अग्रपङ्क्तिमा यी चार जना वीरहरू पनि थिए। यिनीहरूको आवाजले आफ्नो स्र्वर्ग हल्लिँदा राणाहरूले यिनलाई मारे। यिनीहरूको निडर र आत्मस्वाभिमानपूर्ण कामले तत्कालीन राणा शासनको अन्त्य सफल भएको हो। त्यसै अर्थले थुप्रै शहीदको लामबाट हामीले यिनीहरूलाई प्रतिनिधि शहीद ठानेका हौँ र माघ १६ लाई शहीद दिवसका रूपमा स्मरण गर्ने गरेका छौँ।

नेपालीहरूको इतिहास नै वलिदानीले भरिएको छ। एक सय चार वर्षको राणाकाल मात्र नभएर जहिले पनि हामी स्वशासन र सुशासनबाट बञ्चित रह्यौँ। विश्वमै वीर भनेर कहलिएका हामी आफ्नैहरूसँग हारेर बाँचिरह्यौँ। प्रत्येक पटक हामीले लड्नु परिरहेको छ। हिजो भक्ति थापाहरू लडे। कृष्णलाल सापकोटाहरू ग्ाुमनाम भए। चिनिया काजीहरू ढले। राम, लक्ष्मण र यज्ञबहादुरहरू, वीरेन राजवंशी, नेत्र कुँइकेलहरू अनि कृष्ण सेन, सुरेश वाग्लेहरू सबै तानाशाहका निशाना बने।तर यस्तो गौरवपूर्ण शहीद शव्दको हिजोआज अपव्याख्या गर्ने काम भइरहेको छ। निकृष्टहरूको स्वार्थ साँध्ने माध्यम बनिरहेको छ, यो शव्द। दुर्घटनामा मर्नेदेखि कालगतिले मर्नेहरूसम्मलाई शहीद बनाउने र आफ्नो स्वार्थ पूरा गर्नेहरूले लोकतन्त्रको उपहास गर्दैछन्। शहीदको रगत राष्ट्रको लागि बगेको गर्विलो वस्तु हो। स्त्री रजस्वला हुँदा बग्ने रगत होइन। शहीद शव्द र उनीहरूको कर्म साँच्चिकै सम्मानित हुनुपर्छ। निहित स्वार्थपूर्र्तिका लागि यसलाई प्रयोग गर्ने गर्ने नभई सच्चा शहीदहरूको कर्मलाई र उनीहरूको सपनालाई आत्मसात गर्नुर्पर्दछ।

- स्ट्रगल राना