शरदऋतु र प्रमुख चाड तिहारको ऐतिहासिकता

शरदऋतु सबै ऋतुहरुमा सर्वश्रेष्ठ ऋतु मानिन्छ। नेपालीहरुका सबभन्दा खर्चिला प्रमुख चार्डपर्वहरु जस्तै दशैँ, तिहार, छठ, सन्थालहरुको सराया नृत्य आदि यही ऋतुमा पर्न आउँछ। शरद ऋतु दुर्इ कारणले सर्वश्रेष्ठ देखिन्छ। पहिलो कारण हो- शरदऋतुको स्वच्छ सुन्दर वातावरण। वर्षा ऋतु पछि आउने यो ऋतुमा वनपाखा, गाउँशहर र बाटाहरु सफासुग्घर देखिन्छन्। वर्षाको हिलोमैलो हटेको धमिलो पानी बग्ने नदी र खोलाहरु निर्मल -सफा) र शान्त गतिले बगेको, गर्मी याम (ऋतु) को जस्तो न धेरै गर्मी र हिउँदको जस्तो न धेरै जाडो अनुभव हुने,  वसन्त ऋतु फागुन चैतमा जस्तो हुरिबतास र धुलोले वातावरण धुलाम्य नभएको, हिमालहरु हिउँका भकारी जस्तै भएर सेताम्य र ओजस्वी देखिएको र लेकमा बुकि फूलहरु, तराईमा वनबेलीका फूलहरु र पहाडमा मखमली- सयपत्रिका फूलहरु फुलेको, यस्तो वातावरणमा तराई, पहाड र हिमाल सबै रमाइलो देखिँदा हाम्रो मन उम·ले रमाइलो अनुभव गर्नु स्वाभाविकै हो। त्यसैले शरद ऋतुलाई ऋतुहरुमा सर्वश्रेष्ठ ऋतु भनिएको हो।

दोस्रो कारण हो- शरद ऋतुमा भएको सम्पन्नताको कुरा। यस बेला नेपालमा धानबाली, कोदोबाली, मकैबाली जस्ता प्रमुख अन्नवालीहरु पाकेर, किसानहरुले बाली भित्र्याएर सम्पन्न र सुखी भएका हुन्छन्। सम्पूर्ण नेपाली समाज नै सम्पन्नताले र शरद ऋतुको रमणीयताले रमाइलो गर्ने मूड -मानसिकता) मा जागृत भएको हुन्छ। परिश्रम गरेपछि, परिश्रमको फल अन्नवाली भित्र्याएर घरघरमा भकारी भरिएको अवस्थामा रमाइलो गर्ने चाहना आउनु स्वभाविकै हो। यस्तो रमाइलो गर्ने चाहना पूरा गर्ने माध्यम नेपाली समाजका चार्डपर्व नै हो।

यी दुर्इ कारणले गर्दा तिहार मात्र होइन, चैत महिनामा मनाउने हिन्दू समाजको चैते दशैँलाई पनि पण्डित-पुरोहितहरुले धुमधामसित मनाउन शरद ऋतुमा सारेको बुझिन्छ। आर्थिक सम्पन्नताले मनमस्तिष्क खुसी रहेको समयमा धरतीमा शरदऋतुको स्वच्छ, सुन्दर वातावरण भएकोले चैत महिनाको दशमीमा रामले रावणलाई मारेको विजय उत्सव मनाउने गर्दै आएको भएपनि आश्विन-कार्तिक महिनाको शुक्ल पक्षको दशमीको दिन दशैँ मनाउने गरेको ऐतिहसिक यथार्थता हो।

यस्तै यथार्थता हिन्दू पूराणमा तिहारको सम्बन्धमा पनि छ। लड्ढा विजय गरेर ल्याएको धनसम्पत्तिलाई अयोध्यामा भित्र्याएको यो अवसर संयोगले नेवारहरुले मनाउने गरेको “सोनुति” अर्थात ३ दिनसम्म मनाउने चाड तिहारकै बेला पर्न आउँछ। लड्ढाबाट ल्याएको धनसम्पत्तिलाई लक्ष्मी अर्थात धनलाई पूजा गर्ने भनेर नेवारहरुले भित्र्याएको धान्य सम्पत्ति -धानवाली) लाई पूजा गर्ने र किजापूजा (भाइटिका) गर्ने सांस्कृतिक परम्परासँग जोडेर पण्डित पुरोहितहरुले वडो चलाख्यायीपूर्वक यमपञ्चक भनी यमराज र उनकी बहिनी यमुनाको नाम जोडेर मनाउने गरेको छ। यमराज आदिको कुरा कपोल कल्पित मात्र हो। त्यसमा ऐतिहासिकता छैन। पुराणमा यमराजलाई मृत्युको देवता मानिन्छ। मृत्युको कुनै स्थूल, भौतिक (शारीरिक) रुप हुँदैन। मृत्यु एउटा प्राकृतिक नियम हो। नियमलाई छुन, हेर्न, देख्न सकिँदैन। हामीले नियमको परिणाम अर्थात रिजल्टलाई मात्र देख्न सक्छौँ। त्यसैले यमराजको कुरा ऐतिहासिक, सामाजिक यथार्थ होइन। तर पनि तिहारलाई हिन्दू पुराणमा आधारित कौतुहलमय, दन्त्यकथालाई जोडेर हिन्दूहरुको चार्डपर्व भनी मनाउने गर्छन्। तर तिहार अर्थात् ‘स्वनुति’ चाड नेवारहरुले शुरु गरेको चार्डपर्व हो। यसको ऐतिहासिक यथार्थता र मनोवैज्ञानिक सत्यतथ्यको कुरा, नेवारी (नेवा˜) ऐतिहासिक-सांस्कृति-संस्कारमा यस प्रकारको छ। यस चाडको संस्थापक वा प्रमुख व्यक्ति शङ्खधर शाख्वा वा साख्वाल हुन्। शङ्खधर साख्वाल मध्यम स्तरका बेपारी र किसान थिए। उनको समय आजभन्दा ११३८ वर्ष पहिले हो। त्यसबेला काठमाडौं’ वा कान्तिपुरमा लिच्छवी राजा राधवदेव थिए। राजाको अनुमति लिएर शङ्खधरले नेपाल सम्वत चलाएको कुरा वंशावलीमा पाइन्छ। (गोरखापत्र शनिबार परिष्टाड्ढ २०४८ कार्तिक १६ गते) यसको ऐतिहासिक, आर्थिक, सामाजिक र मनोवैज्ञानिक इतिहास निम्नअनुसारको छ।

रातारात एक्कासी बालुवा सुनमा परिणत भएर साख्वाल धनी भएपछि गरिबहरुको ऋण तिरेर सम्वत चलाएको भन्ने, हिन्दू आख्यान जस्तो कौतुहलपूर्ण अलौकिक दन्त्य कथा वंशावलीमा लेखिएको कुरा, आजको बौद्धिक जगतमा तथ्यपूर्ण नभएको मानिएको छ। तैपनि यथार्थमा मूल्याड्ढन गर्दा वंशावलीमा बालुवा भन्नुको अर्थ बालुवाले भरिएको खेतलाई उब्जाऊ माटोमा परिणत गरेको हुनसक्ने तर्क भने गर्न सकिन्छ। मेहनत गरेर बालुवैबालुवा भएको जमिनलाई इजराइलीहरुले हराभरा बनाई एउटा समृद्ध देश बनाएको तथ्य हाम्रो सामुन्ने नै छ। अत शङ्खधरको त्यस्तो खेतमा वा अन्य खेतमा त्यो वर्ष प्रशस्त धान फलेको र त्यो धान बेचेर शङ्खधरले मनग्गे सम्पत्ति

(दन्त्यकथाअनुसार ‘सुन’) प्राप्त गरेको हो भन्ने तर्क नै इतिहासमा आर्थिक यथार्थता देखिन्छ।

गरिबहरुको ऋण तिरेको भन्ने कुरामा मनोवैज्ञानिक यथार्थता यसरी देखिन्छ। समाजमा औलामा गन्न सकिने संवेदनशील, करुणामय मानसिकता भएका व्यक्तिहरु इतिहासमा समय समयमा देखिन्छन्। शाश्वत शान्तिका प्रवर्तक सिर्द्धार्थ गौतम बुद्धको उदाहरण नै छ। सिद्धार्थ केटाकेटी देखि नै संवेदनशील, करुणामय भएको हुनाले पूर्ण युवावस्थामा पुगेपछि रोगव्याधी र बुद्धत्वको पीडा खप्न बाध्य हुनुपर्ने, त्यसमाथि समाजमा चलिरहेको हारजीत, रागद्वेष र झैगडाले अशान्ति भएको अवस्था देखेर सम्पूर्ण मानव समाजलाई यस्तो पीडामय जीवनबाट मुक्त गरेर शान्ति दिने भनेर सिर्द्धार्थले राजपद र महल त्यागेर बुद्ध भए। यो त राजकुमारको कुरा भयो। घाँस बेची जीविका गर्ने साधारण मान्छेमा पनि यस्तो संवेदनशील, करुणाभाव हुँदोरहेछ भन्ने प्रमाण आदिकवि भानुभक्तको र घाँसीको वार्तालापमा पनि पाइन्छ। भानुभक्त लेख्छन्ः “भर्जन्म घाँस तिरमन् दिई धन् कमायो। नाम् क्वै रहोस भनेर कुवा खनायो। घाँसी दरिद्र घरको तर बुद्धि कस्तो – यो भानुभक्त धनी भै कन आज यस्तो।।” बटुवाहरुले पानी पिउन नपाएर सकस पर्ने संवेदनशीलता घाँसीले अनुभव गरेरै त्यहाँ कुवा खन्न लागेको हो भन्ने मनोवैज्ञानिक यथार्थ हो यो। एक सामान्य मान्छेमा पनि करुणा भाव यसरी देखिन्छ। त्यही संवेदनशीलता, करुणा भाव आफ्नो समयका गरिव जनताप्रति सङ्खधर साख्वाले अनुभव गरेर, साहुमहाजनद्वारा पीडित ऋणीहरुको ऋण तिरेको तथ्य तिहार चाडको ऐतिहासिक यथार्थ हो। यस्तो संवेदनशीलता र करुणा भावलाई जसरी बुद्धकालीन राजा र धनीहरुले बुद्धबाट अनुभूत गरे, पाठ सिके, भानुभक्तले घाँसीको भनाइबाट अनुभव गरे, पाठ सिके, त्यसरी नै सङ्खधर शाख्याबाट आजका सरकार चलाउने नेतादेखि धनीमानी व्यक्तिहरुले पाठ सिक्नुपर्दछ। जनता र देशप्रति संवेदनशीलताको अनुभूति गर्नुपर्दछ र करुणाशील बन्नुपर्दछ।

अन्त्यमा सङ्खधर र तिहारकै प्रस· एकपटक फेरि विस्तार गर्छु। तिहारमा लक्ष्मी पूजा गर्ने सन्दर्भको कुरा त माथि उल्लेख भइसक्यो। अव नेवाहरुको म्हपूजा गर्ने दिन, जुन दिन हिन्दू परम्पराअनुसार गोर्वर्धन पूजा भनिन्छ, त्यसमा पनि आर्थिक इतिहासको यथार्थता पाइन्छ। हामीले कौतुहलपूर्ण पुराणका दन्त्य कथाहरुलाई अलग राखेर हेर्‍यौं भने ऐतिहासिक यथार्थता यसरी भेटाउन सक्छौँ। सबभन्दा पहिले शङ्खधरले नेपाल सम्वत चलाएको उपलक्ष्यमा नेवाहरुले शरीर पूजा गरेर सुस्वास्थ्य र सुखी जीवनको कामना गर्ने संस्कृति शुरु गरेको कुरा गरौं। परिश्रम गर्ने शरीरलाई जतन गर्नुपर्छ भन्ने सन्देश म्हपूजाले दिएको छ भने त्यही दिन हिन्दू पुराणले गोर्वर्धन पर्वतको पूजा गर्ने कुरा ल्याएर जोडेको छ। यसको ऐतिहासिक यथार्थता केलाएर हेर्दा के देखिन्छ भने मर्यादारामको पालासम्म युद्ध गरेर हारेकाहरुको श्रीसम्पत्ति सङ्कलन गरेर ल्याइन्थ्यो। तर कृष्णको पालामा आएर युद्ध गरेर श्रीसम्पत्ति जोड्ने बाटो कतै पनि रहेन। त्यसैले कृष्णले आर्थिक समृद्धिको लागि खेतपातीलाई महत्व दिए र त्यसैको प्रतीकको रुपमा कालान्तरमा गोबरको पर्वत बनाएर कृषिलाई पूजा गर्ने वा महत्व दिने चलन चलाइयो। किनभने गोबर विना खेतीपाती सप्रिदैन वा बाली राम्रो हुँदैन।

अन्त्यमा भाइपूजाको कुरा- नेवारहरुले म्हपूजाको भोलिपल्ट “किजापूजा” -भाइपूजा) गरेर तीन दिनको रमाइलो पर्व समापन गर्नुमा पनि अन्नबाली लाउने र भित्र्याउने क्रियाकलापसँगै सम्बन्धित रहेको देखिन्छ। खेतबारीमा काम गर्नेहरु बाल-बृद्धहरु नभएर युवकयुवतीहरु नै हुन्छन्। युवा भाई-बहिनी-दाइदिदीहरु असारमास देखि कार्तिक मङ्सीरमा बाली भित्र्याउने बेलासम्म खटिएर परिश्रम गर्छन्। परिश्रमको फल बाली भित्र्याए पछि खुसी मनाउन दाजुभाइ-दिदीबहिनीले आपसमा उपहार दिए र सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै मनाउने पर्व नै भाइपूजा हो। त्यसैले यो चाड नितान्त नेवाहरुबाट प्रारम्भ भएको मौलिक संस्कृति हो। हिन्दूस्तानका हिन्दूहरुमा यो परम्परा नभएको यसको प्रमाण हो। तर अहिले हिन्दू संस्कृति भनेर प्रचार गरिए पनि नेपालीहरुको पहिचानको संस्कृति हो भनेमा अत्युक्ति हुँदैन।

उपसंहार- यथार्थता नै बौद्धिक (विशिष्ट बुद्धि) विकासको स्रोत भएकोले, अन्धविश्वास, अलौकिक आख्यान, अप्राकृतिक आडम्बर तथा आस्था- विश्वासबाट मुक्त भएर हाम्रा सन्तति (वंश) को बौद्धिक शुद्धिकरण र सशक्तिकरणको लागि सामाजिक, राजनीतिक र आर्थिक वातावरण बनाउनु हामी अभिभावक, मातापिता र परिवार, शिक्षक शिक्षिका र शिक्षालय -विद्यालय) सञ्चालकहरु तथा सरकारको कर्तव्य हो। यो कर्तव्यलाई सबैले इमान्दारी साथ पूरा गर्नुपर्छ। यो नै जीवनको सार हो भन्ने मलाई लागेको छ।

- डा. गेहेन्द्र मान उदास "पोखरेली"