वैशाख पूणिर्मा अर्थात् बुद्ध पूणिर्मा

हरेक तिथि आ-आफ्नै महत्त्व हुन्छन्। अझ वैशाख महिनामा पर्ने यो पूणिर्मा तिथि बौद्ध दर्शनसित जोडिएको छ। भारतीय पञ्चाङगमा पनि बुद्ध पूणिर्माको अभिलेख छ। २५ सय वर्ष अघि भगवान गौतम बुद्धद्वारा प्रवर्तित पन्थ विश्वकै ठूलो तेस्रो धार्मिक समूह हो। बौद्ध धर्मको पञ्चशील र शान्तिको कामनालाई संयुक्त राष्ट्रले पनि विधिवत अंगीकार गरिसकेको छ। वैशाख पूणिर्मामा तीन वटा घटना संयोगवश मिल्न गएको छः भगवान बुद्धको जन्म दिन, बुद्धत्व हासिल गरेको दिन र निर्वाण प्राप्ती गरेको दिन। आजको यो दिनमा विश्वका डेढ अरब मानिसहरु भगवान् बुद्धको दर्शनका अनुयायीहरुले पर्वका रुपमा मनाइरहेका छन्। यो दिन वैशाख पूणिर्मा अर्थात् बुद्ध पूणिर्मा उनै भगवान्प्रति समर्पित छ। बौद्ध धर्म विश्वका विभिन्न मुलुकहरुमा बिस्तारित भई सकेको छ। यसले वर्ण्ााश्रम, जातिवाद र यज्ञादिसित कुनै सरोकार छैन। तसर्थ यसलाई जातिभेदरहीत धर्मको रुपमा लिइन्छ।

इशापूर्व ५६३ तिर बौद्ध धर्मका संस्थापक सिर्द्धार्थ गौतमको जन्म लुम्विनीमा भएको हो। उनी सूर्यवंशी तथा शाक्यवंशी गणराज्यका राजा शुद्धोधनका छोरा थिए। समयक्रममा उनले सारा दरवारिया विलासीतालाई त्यागेर मानव कल्याणका खातिर संसारिक दुःख निरोध र अनन्त सुखको खोजीमा पसेर बुद्धत्व प्राप्त गरेका थिए। उनले निर्वाण प्राप्त गरेको दिन पनि यही वैशाख पूणिर्मा तिथि थियो। कपिलवस्तु गणराज्यका रानी मायावतीको कोखबाट जन्मेका सिर्द्धार्थ गौतम जेठा सन्तान थिए। भनिन्छ उनीको जन्म हुनु पूर्व नै बुद्धको रुप लिनको लागि इच्छा मुताविक मायादेबीको गर्भमा प्रवेश गरेको कुरा सुन्न पाइन्छ। बुद्धत्वको संकेत स्वरुप मायादेबीले सूर्य निलेको सपना देखिकि थिइन। जन्मनु पूर्व असल गुणको चरित्र बहन गर्नुलाई बोधिसत्व भनिन्छ। नभन्दै पूणिर्मामा लुम्बिनीस्थित एक सुन्दर जंगलमा एक बालकको जन्म भयो।

विभिन्न भविष्यवेत्ताले उनका बारेमा विभिन्न फलादेश गरेका थिए। कालदेवल ऋषिले यस बालकको जन्म भएको चाल पाएर उनी सिधै शुद्धोधनको दरबारमा आएर भने, “महाराज। यी बोधिसत्व बालक ३५ वर्षपछि बुद्ध बन्नेछन्।” त्यसरी नै अन्य ज्योतिषीले राजकुमारको सन्यास योगको भविष्यवाणी गरेका थिए। सन्यास योगप्रति संशंकित राजा शुद्धोधनले आफ्ना छोरा सिर्द्धार्थलाई सुरक्षाका साथै भुलाउन विलासिताका सम्पूर्ण सामग्रीहरु बन्दोबस्त गरेर राखिदिएका थिए।

२८ वर्षसम्म राजकुमारको जीवन दरबारमै बितेको देखिन्छ। तर २९ वर्षमा उनका दिमागमा मानव दुःख निवृत्ति सम्बन्धमा अनेक कुरा मनमा खेल्न थाले। यसै क्रममा एक दिन उनले बृद्ध, रोगी, मृतक र सन्यासीलाई देखेर वैराग्यमा परे र सासरिक लोकलाई बुझ्न उनी अन्ततः आफ्नी परम् सुन्दरी श्रीमती यशोधरा र नवजात पुत्र राहुललाई छोडेर जङ्गलतिर लागे।

सिर्द्धार्थ गौतमको ब्द्धत्वको वास्तविकता यहीबाट प्रारम्भ हुन्छ। अनन्त सुखको खोजीमा सारा दरबारिया विलासिता र पारिवारिक मोहलाई त्यागेर भारतस्थित गयामा पुगे। प्राणायाम, योग तपस्या र ध्यानमा निर्लिप्त भए। ६ वर्षको कठोर साधानापछि बोधिवृक्षको फेदमा साक्षात्कार सम्बुद्ध प्राप्त गरे। यसलाई सम्यक् सम्बुद्धका नामले चिनिन्छ।

दुनियाँमा आज जे जति बौद्ध दर्शनका बारेमा चर्चा गरिन्छ। बुद्धत्वपछि बुद्धले सबैभन्दा पहिले सारनाथमा पाँच  जना भिक्षुलाई धर्मचक्र प्रवर्तन सम्बन्धी उपदेश दिएका थिए। ती भिक्षुहरुले पछि प्रव्रज्या, उपसम्पदा, विरज, विमल, र धर्मचक्षु उपाधि बुद्धबाट प्राप्त गरे। उनीद्वारा बुद्ध धर्म संघ स्थापना गरियो। त्यसै कालखण्डबाट बुद्धम् शरणम् गच्छामी, धम्मम् शरणम् गच्छामी, संघ शरणम् गच्छामी भन्ने यी प्रतिज्ञा आज पर्यन्त चल्दै आएको छ।  नेपाल भूमिबाट सुरु गरिएको हजारौं व्यक्तिहरुलाई प्रवज्या, उपसम्पदा अर्हत पद प्रदान गरिरहे।

बौद्ध धर्म बुद्धकालीन समयमा नेपाल र भारतमा मात्र सीमित थियो। सम्राट अशोकले हिमालय प्रदेश, श्रीलंका, पश्चिममा सिरिया र मिश्रसम्म आफ्ना प्रतिनिधि पठाएर यसको बिस्तार गरे। पछि म्यानमार, थाइल्याण्ड, मलोसिया, जाभा, इन्डोनेशियासम्म पुग्यो। चीनमा कुमारजीव (४०१ इ.), बुद्ध भद्र भएको बालक सिर्द्धार्थ गौतमको यात्रा लोक कल्याणको लागि धर्म देशना गर्दै शेष ४५ वर्षसम्म नेपाल र भारत वर्ष धेरै स्थानमा भ्रमण गरिरहे। (४२१ इ.), बोधि धर्म (५२० इ.) हरुले पनि बौर्द्धधर्मलाई बिस्तार गरेका थिए। तिब्बतमा अशुवर्माकी छोरी भृकुटीले सातौं शताब्दीमा प्रचारप्रसार गरेकी थिइँन। जापान, कोरियामा इ.पू. ५३८ मा यो धर्म पुगिसकेको थियो। सुरुसुरुमा बुद्ध जयन्ती धेरै एशियाका मुलुकहरुमा मनाउने गरिन्थ्यो तर हाल आएर अन्य बाहृय देशहरु कम्बोडिया, जापान, चीन, इन्डोनेशिया, कोरिया, मलेशिया, म्यान्मार, फिलिपिन्स र अस्टे्रलिया, क्यानाडा, अमेरिका आदिमा विभिन्न तरीकाले मनाउने गर्दछन्। यस धर्मको प्रार्थना विश्वभर एकै रुपमा गाउने गरिन्छ।

मानव दुःखको कारण मन हो। यो मनबाटै उब्जन्छ अर्कालाई दुःख दिन चाहानाको बीउ पहिले आफ्नै मनभित्र उब्जेपछि अर्काले पनि दुःख पाउँछ। सबैलाई समत्वभावबाट हेर्नेले सारा जगत नै उसकै पक्षमा हुन्छ। मित्रताको भाव स्वतः बलियो हुन्छ। तसर्थ बौद्ध दर्शनमा इश्वर भनेकै मानसिक दृष्टि हो। बौद्ध दर्शनको सार हो। त्यसरी नै बुद्धले भनेका छन्, पञ्चशील र अष्टाङ्गीक मार्ग अनुशरण गर्ने हो भने मानव मन स्थिर रहन्छ। हिंसा नगर्ने, चोरी नगर्ने, झुटो नबोल्ने, व्याभिचार नगर्ने र जाँडरक्सी नखाने नियम पञ्चशील हुन् भने दुःखबाट छुट्कारा लिने मार्गलाईलाई अष्टाङ्गीक मार्ग भनिन्छ। यस अन्तर्गत ठीक धारण -सम्यक् दृष्टि), ठीक संकल्प, ठीक वचन, ठिक कर्म, ठीक जीविका, ठीक प्रयत्न, ठीक जागरुकता, र ठीक एकाग्रता -सम्यक् समाधि) पर्दछन्। बहुजन हिताय, बहुजन सुखाय अर्थात् धेरैजनाको हित र सुखको लागि ज्ञानको प्रचारप्रसारमा बौद्ध दर्शन समर्पित छ। यज्ञ, यज्ञादि र ढोंगी धर्ममा नलाग्न बौद्ध दर्शनले अर्थ्याएको छ। गीता, वेद, मनुस्मृति आदि हिन्दूग्रन्थ, बाइबलजस्ता क्रिस्चियन ग्रन्थ, कुरानजस्ता मुस्लिम ग्रन्थ भएजस्तै त्रिपिटक बौद्ध ग्रन्थ हो। यो सूत्रपिटक, विनयपिटक र अभिधम्मपिटक गरी ३ वटा छन्। यस ग्रन्थभित्र ८४ हजार धर्मस्कन्ध छन्, जसमा ८२ हजार बुद्धका उपदेश र २ हजार श्रावकका उपदेश समावेश छन्।

भारतीय बौद्ध राहुल सांकृत्यायनले मज्भिmम निकायको भूमिकामा बुद्धका ४ वटा मूल सिद्धान्तलाई उल्लेख गरेका छन्। यी सिद्धान्त हुन्ः १) इश्वरको अस्तित्वलाई नमान्नु, २) आत्मालाई अविनाशी नमान्नु, ३) कूनै पनि ग्रन्थलाई प्रमाण नमान्नु र ४) जीवन प्रवाह यही शरीरसम्म मात्र हो भनी नमान्नु। बुद्धलेर्र् इश्वरको अस्तित्वलाई स्वीकार गरेको छैनन् तर पुनजन्मलाई भने स्वीकार गरेको छन्। बुद्धको सम्यक् आजीविका १) मानिस र पशुको व्यापार नगर्नू, २) हतियारको व्यापार नगर्नू, ३) विषयको व्यापार नगर्नू, ४) रक्सी र मद्यपान-चुरोट, चरेश, गाँजा) आदिको व्यापार नगर्नू, ५) प्राणी हत्या गरेर व्यापार नगर्नू भन्ने सन्देश संसारभर व्याप्त छ।

धर्म प्रचारप्रसार गर्न बुद्धले भिक्षुहरुको संघ बनाएका थिए। यिनीहरुको लागि केही नियमहरु छन् : १) चीवर -वस्त्र) २) पिण्डदान -भोज) ३) शयनाशन (बासास्थान) ४) गिलानपच्चय -औषधि) का आधारमा बाँच्ने र अरु संग्रह भएका कुराहरु संघको अधीनमा रहने भन्ने रहेको छ। यस धर्ममा नेतृत्व, दर्शन र संघको निकै नै महत्त्व रहेको छ। यसलाई बुद्ध, धर्म, संघको नामले चिनिन्छ। यसलाई अको भाषामा त्रिरत्न पनि भनिन्छ।

बौद्ध धर्म आजसम्म आइपुग्दा तीन निकायमा विभाजित अवस्थामा छ। १) स्थवीरवाद २) महायान र ३) बज्रयान (मन्त्रयान तथा तन्त्रयान)। श्रीलंका थाइल्याण्ड र म्यानम्यारमा थेरवाद (स्थवीरवादी) छन् भने जापान, कोरिया, चीन, कम्बोडिया आदिमा महायानी धर्मका अनुयायी छन्। बज्रयान महायानी धर्म अन्तर्गत फस्टाएको छ। नेपालमा यी तिनै धर्मको मिश्रति थलोको रुपमा रहेको छ। जे होस् बौर्द्धदर्शन विश्वको विकसित धर्म मानिन्छ र डेढ अरब मानिसहरु यसका अनुयायी छन्।

भगवान् बुद्धले जीवनको कालखण्डमा चुन्द नामको सुनारको निम्तोमा सुँगुरको मासु भोजन गर्दा उनी बिरामी परे। गणराज्यको राजधानी कुशीनगर (गोरखपुर) मा  अन्दाजी इशापूर्व ५४४ मा देहत्याग गरे। उनको उमेर त्यतिखेर ८० वर्षको थियो।

- कल्याण पन्त