विश्व मानसिक स्वास्थ्य दिवसका चुनौती र सकारात्मक प्रयास

अक्टोवर १० लाई संसारभर विश्व मानसिक स्वास्थ दिवसको रूपमा मनाइन्छ। मानसिक स्वास्थ्य विषयमा काम गर्ने धेरै संघसंस्था तथा सरोकारवालाले यो दिन ठूलै स्वर र शब्दमा सबैको सरोकारको विषय भएको यथार्थता बताउने चलन छ तथापी नेपालमा भने भर्खर यस विषयमा एका दुर्इ ठूला शहरहरूमा मानसिक स्वास्थ्यको बारेमा सानोतिनो भएपनि कार्यक्रम गरी चर्चा गरिन्छ। वास्तवमा यो अत्यन्त सह्रानीय र महत्वपूर्ण कुरा हो जसले सर्वसाधारणमा एक खालको सकारात्मक समाचार प्रदान गर्दछ। स्थानीय शहर पोखरामा भने हामीले यो दिवस संस्थागत रूपमा स्थानीय संघसंस्था, जिल्ला जनस्वास्थ्य कार्यालय र स्थानीय अस्पतालको एक सञ्जाल गठन गरी मानसिक स्वास्थ्य विनाको स्वास्थ्य अपुरो रहन्छ भन्ने जस्ता नारासहित मनाउँदै आएको विषय स्मरणीय छ। आजसम्म पनि गरीबीको रेखामुनि रहेका देशको अवस्था हेर्दा लगभग मानसिक समस्यामा भएका मानिसमध्ये प्रत्येक ५ जनामा ४ जनाले उपयुक्त खालको मानसिक स्व्ाास्थ्य सेवा प्राप्त गर्न सकेको अवस्था छैन र साधारणतया हरेक ४ जना मध्ये एक जना मानिस जीवनमा कुनै न कुनै मानसिक समस्यामा परेको हुन्छ भन्ने तथ्य सार्वजनिक भैरहेका छन्। यो अवस्थाले पुष्टी गर्दछ कि मानसिक स्वास्थ्यलाई संसारभर संवेदनशील विषयका रूपमा उठाउनु पर्दछ।

आजको बदलिँदो विश्व परिवेशमा समयसँगै आएका कठिन मानसिक अवस्थाहरू जसले एक प्रकारको धब्वा लगाएर छाड्छ अनि मानौ त्यो समाजको लागि कुरा काट्ने विषय बन्छ। जनमानसमा मानसिक स्वास्थ्य पनि स्वास्थको महत्वपूर्ण एउटा पाटो हो भनी समाजले ग्रहण गरी मानसिक स्वास्थ्य समस्या र समाधानका बारेमा सिक्नु र सिकाउनु विश्व मानसिक स्वास्थ्य दिवसको सन्देश हो। धेरै मनिसहरू मानसिक तथा मनोवैज्ञानिक समस्याको कारण कसरी प्रस्तुत हुने र के गर्ने भन्ने विषयमा धेरै दुविधामा हुन्छन्। समाजमा व्याप्त बुझाइलाई तत्काल परिवर्तन गर्न नसके तापनि नकारात्मक प्रभावलाई समय सापेक्ष मान्यताका आधारमा परिस्कृत गर्नुपर्ने समय आएको छ। समाजमा कुनै एक जना मानिसको दुर्घटना पश्चात भएको शारीरिक चोटको उपचारका लागि जसरी हामी सबै सारथि बन्दछौ त्यसरी नै मानसिक चोट अथवा मानसिक समस्याको उपचारको खोजी गर्ने सहयोगी बन्न सकेमा साच्चै मानसिक स्वास्थ्यलाई महत्व दिएको मानिन्छ। किन यो भन्न खोजिएको छ भने आजका दिनमा मानसिक स्वास्थ्यको उपचार अन्य बिमारहरू जस्तै सम्भव बनिसकेको छ मात्र हामी त्यो यथार्थतालाई ग्रहण गर्ने कि नगर्ने – केही अवस्थाहरू जस्तै एकथअजयकष्क, क्ष्लतभििभअतगब म्िष्कबदष्ष्तिथ, ज्थकतभचष्ब, ब्अियजयष्किm, भ्उष्भिउकथ, एत्क्म्, इऋम्, द्यष्-एयबिच, ब्लहष्भतथ, म्भउचभककष्यल लगायत अरू पनि मानसिक स्वास्थ्य संग देखिएका समस्याहरू नेपाली परिवेशमा बढ्दै गरेको तथ्यलाई मान्न सकिन्छ।

मानसिक स्वास्थ्य समस्या सम्बन्धि समाजमा यसको अवस्था, सोचाइ र सजिलै मूल्याङ्कन गरी राम्रो नराम्रो नाम दिने अवस्थाले कुनै सहयोग पुर्‍याउँदैन भन्ने कुराको बारेमा सिकाइको आवश्यकता छ। शारीरिक समस्या वा मानसिक समस्या दुवै समस्या हुन र फरक तवरले हेरिनु हुँदैन। जोसुकै पनि यस्तो समस्यामा पर्न सक्दछन्। चाहे त्यो धनी होस् वा गरीब अथवा जुनसुकै सामाजिक परिवेशको मानिसमा पनि मानसिक समस्या आउन सक्छ र जहिले पनि आउन सक्छ। त्यसैले उनीहरू वा तिनीहरूको समस्या नभइकन यो त हामीहरूको समस्या हो भन्ने भावना विकास हुन सकोस्।

मानसिक स्वास्थसँग सम्बन्धित समस्यामा रहेका हरेक मानिसहरूले सहन परेका समस्या र यससँग सम्बन्धित डर/लाजका कारण प्रत्यक्ष असरमा रहेका मानिसहरूलाई यस छाता समूह अन्तरगत समाहित गरी प्राप्त सम्पूर्ण उपचार पद्धति, मनोविमर्ष सेवा तथा पुनस्र्थापनासहितको कार्यक्रम प्रभावकारी रूपमा अगाडि बढाउनका लागि नागरिक समाज/सामाजिक संघसंस्था तथा सरकारी निकायको सहकार्य अपरिहार्य महसुस भएको छ।

स्मरण रहोस्, मानसिक स्वास्थ्यसँग सम्बन्धित गलत प्रचारका कारण यो विषय उठानमा धेरै विध्न समस्याहरू विद्यमान भए तापनि प्रभावकारी प्रयासहरू देखिन थालेका छन्। नेपालको सन्दर्भमा पनि मानसिक स्वास्थ्य उपचारका लागि मात्र भनेर अस्पताल खुलेका छन्। हरेक मेडिकल कलेजमा मानसिक रोग विभाग सञ्चालनमा छन्। त्यो बाहेक पनि मनोसामाजिक मनोविमर्ष सेवा सञ्चालन गर्ने संघ संस्थाहरूले आफ्नो सेवा प्रवाह गरिरहेका छन्। हामी स्वयम् नेपाल हाउस कास्कीकातर्फबाट बालबालिकाको मानसिक स्वास्थ्यमा सहयोगी भूमिकाका लागि करिव ११ वर्षदेखि संस्थागत रूपमा बालमनोविमर्ष सेवा प्रदान गर्दै आएका छौं।

यस वर्षको विश्व मानसिक स्वास्थ्य दिवसको नारा “बदलिदो विश्व परिवेशमा युवा र मानसिक स्वास्थ्य” रहेको छ। यो महत्वपूर्ण सन्दर्भमा यसै लेखमार्फत् एक जना ‘ब्क्म् ९’भतब ब्िअियजय क्िउभअतचum म्ष्कयचमभच (फास्ड)) भएका बालक बनेर तयार गरिएको पत्र समावेस गरिएको छ। यो सन्दर्भ सिकाइका लागि मात्र चित्रण गरिएको छ। पत्रका बालक वा अन्य मानिस केवल पात्र हुन्। जो निम्नानुसार रहेको छः

प्यारा साथीहरू,

म केही फरक भएको कारण तपाईंहरूले मलाई नराम्रो तरिकाले व्यवहार नगरी दिनुहोला। म पनि तपाईंहरू जस्तै रमाएर खेल्न चाहन्छु। मेरो मस्तिष्कले तपाईंहरूको भन्दा अलि फरक काम गर्दछ किनकि मलाई जन्माउने आमाले म पेटमा भएको बेला अत्याधिक रक्सी सेवन गर्नु भएको रहेछ र मेरो दिमागमा त्यसको नराम्रो असर परेछ। आजकल सुन्दैछु हजारौंमा एका दुर्इलाई यस्तो हुन्छ रे। त्यो कारणले गर्दा म तपाईंहरू भन्दा फरक भएको हुँ। उदाहरणको लागि, म तपाईंहरू भन्दा ढिलो सिक्छु, कहिलेकाहीँ मलाई एउटै कुरा पटक-पटक सम्झाउनु पर्छ त्यति हुँदा पनि म अझै विर्षन सक्छु। तर यसको मतलब चाहेर भने म यस्तो भएको हैन। मेरो अवस्थाको कारणले मेरा धेरै कुराहरू तपाईंहरूका भन्दा फरक हुन्छन्। फरक भएकै कारणले तपाईंहरू मसँग नडराउनुहोला। अर्को कुरा यो सरुवा रोग हैन। तपाईंहरूको साथीप्रति चाहना जस्तै मेरो पनि हुन्छ तर के गर्ने सधैं एउटै खालको सम्बन्ध राख्न सक्दिन। कहिलेकाहीं त खराब शब्दहरू प्रयोग गरेको हुन सक्छु। तर म चाहेर त्यस्तो गरेको हुन्न। म सबैलाई माया र सत्कार गर्न चाहन्छु जसरी भगवान्ले हामी सबैलाई माया गर्नुहुन्छ। कहिलेकाहीँ तपाईंलाई जस्तै मलाई पनि चित्त दुख्छ। तपाईंका जस्तै सोचाइ नभएका हैनन् तर मसँग कोही साथीहरू खेल्न नमान्दा ज्यादै नरमाइलो लागेर आउँछ र एक्लो भएको भान हुन्छ। यस्तो अवस्थामा हुँदाको पीडाले मलाई पटक-पटक खल्लो महसुस हुन्छ तर मैले जानेर गरेको कमजोरी हैन। मलाई जन्मजात नै यस्तो भएको हो।

स्कुलमा मलाई कति गाह्रो हुन्छ। धेरै खालका आवाज र मान्छेको भिडमा त मलाई झन एकत्रित हुन कठिन छ। मेरो मस्तिष्कले धेरै कुरा एकै पटकमा थाम्न सक्दैन। त्यसैले मैले बेला बेलामा कक्षा छाड्नुपर्ने हुन्छ। मेरो फास्ड अवस्थाले गर्दा परिवर्तित स्थानमा र मानिससँग स्पेश राख्नसमेत कठिन हुन्छ। नसोचीकन काम गर्ने गर्दछु र कहिलेकाहीं थाहा पाएपछि ज्यादै पश्चाताप लागेर आउँछ। कहिलेकाहीं त यस्तो लाग्छ किन यस्तो गरे होला। म कहिलेकाहीं ज्वालामुखी जस्तो रिसाएर पड्कन्छु रे। त्यो फेरि किनभने म विषयवस्तुसँग प्रष्ट नभएको कारणले गर्दा र कहिलेकाहीँ मैले खतराकोसमेत महसुस गर्दछु। उदाहरणका लागि म हिजो कम्प्युटर कक्षामा थिएँ र कम्प्युटर खोल्दा लामो समय लागेकोले म धैर्य हुन सकिन र नराम्रा शब्द भन्न थालेछु। तर पछि मिस शर्माले सम्झाएपछि र कुरा गरेपछि शान्त भएँ र आफ्नो काममा फेरी लाग्न सकें। म नयाँ मान्छे देख्दा र नयाँ वातावरणमा जाँदा डराउने गर्छु।

म मेडिकेसनमा पनि छु जसले मलाई सहयोग भएको छ र मेरो मस्तिष्कलाई सम्हाल्न प्रयत्नरत छ तर यसको मतलब म पूरा निको भने हुँदिन। मेरा अवस्थाहरूलाई सम्हाल्न गरिएको प्रयत्न मात्र हो। मेरो यसै कारणले मृत्यु हुने पनि हैन। प्यानिक याट्यक हुँदा मेरो वरपर मान्छेहरूको भाग दौड चल्छ भन्ने सुनेको पनि छु। यो सुन्दा नरमाइलो लाग्छ तर पनि म यस्तै छु। मलाई परिवर्तन गर्न वातावरण चाहिन्छ। तपाईंहरूको साथ चाहिन्छ र मेरो एउटा आग्रह र प्रश्न पनि छ। त्यो के भने, भगवान्ले चिताएर पनि त्यस्तो नहोस् तर मात्र कल्पना गर्नुहोस्, यदि मेरो ठाउँमा तपाईं भएर हेर्दा कस्तो लाग्छ – अन्तमा सबैलाई मेरो धन्यवाद किनकी तपाईंहरूले मलाई धेरै सहयोग गर्नुभएको छ र यसरी नै साथ दिनुहुन्छ भन्ने आशा तथा भरोसा छ।

(लेखक नेपाल हाउस कास्कीका बालमनोविमर्शकर्ता हुन्।सं.)

- वसन्त सुवेदी