विश्व अर्थतन्त्रमा देखिएको हलचल र नेपाल सन्दर्भ

अहिले विश्व अर्थतन्त्रमा ठूलो हलचल देखा परिरहेको छ। अमेरिका र चीन बीच अघोषित व्यापार युद्धको कारणले विश्व बजारमा उथलपुथल ल्याएको छ। पहिला अमेरिका नीतिको कारणले अमेरिका आफ्नो देशभित्रको उत्पादनलाई संरक्षण गर्ने नीति अनुरुप युरोप, क्यानडाबाट उत्पादन हुने स्टिलमा धेरै कर लगाउने नीति, चीनबाट अमेरिका प्रवेश गर्ने झण्डै २५० अरव डलर बराबरको मूल्यमा थप २५∞ कर लगाउने नीति त्यसको बदलामा चीनले पनि अमेरिकी सामानमा उति नै थप कर लगाउने घोषणा गरेपछि विश्व बजारमा नै शिथिलता आउने आशंका व्याप्त भइरहेको छ। त्यसमाथि इरान र उत्तरकोरियाको परमाणु कार्यक्रमलाई निशस्त्रीकरण गराउने रणनीति अनुसार आर्थिक प्रतिबन्ध लगाइएको कारणले अको थप संकट जन्मिएको छ। मध्यपूर्वका धनी राष्ट्रको रुपमा गनिएको कतारमाथि साउदीअरेविया, बहराइन, संयुक्त अरव इमिरेट र मिश्रले विगत केही महिनादेखि जल, स्थल र वायु नाकावन्दी लगाएकोले अको विश्वयुद्धको आभास भएको छ। र्टर्की, अर्जेन्टिना जस्ता ठूला मुलुकहरुको मुद्रामा ३०-५०५ अवमूल्यनबाट आर्थिक संकट देखा परिरहेको छ । भेनेजुयलाको मुद्रास्फिती दर २०००∞ पुगेपछि देश छोडेर गएका भेनेजुयलाका नागरिकहरु छिमेकी मुलुकहरुमा शरण लिन जाने संख्यामा ठूलो वृद्धि भएपछि अको मानवीय संकट देखा परिरहेको छ । त्यसमाथि गृहयुद्धले ध्वस्त भएको सिरिया, यमन जस्ता मुलुकहरुमा कसको प्रभुत्व रहने भन्ने प्रतिस्पर्धा भइ नै रहेको छ। यसरी आर्थिक र राजनीतिक दुवै कारणले विश्व अर्थतन्त्रलाई असर गरिरहेको छ । त्यसबाहेक केही महिना यता अमेरिका युरोपका केही मुलुक जापान, चीन, इन्डोनेसिया, भारतमा प्राकृतिक प्रकोप, भूकम्प, आगलागी, आँधीबेरीका  कारणले ठूलो धनजनको क्षतिबाट पनि विश्व अर्थतन्त्र प्रभावित भइरहेको छ।

विश्वको पूँजीबजारमा यू.एस. डलर बलियो बन्दै भाउ बढिरहेको छ भने अधिक उत्पादनको कारणले तेलको मूल्य घट्दै फेरि बढ्दै बजारमा प्रभाव पारिरहेको छ। सुनको मूल्यमा खासै परिवर्तन भएको छैन तर शेयर र वण्डको मूल्यमा उतारचढाव देखापरिरहेको छ । तुलनात्मकरूपमा अमेरिकी अर्थतन्त्रमा सुधार आएको हुनाले अमेरिकी डलरको बढ्दो मागको कारणले गर्दा मूल्य बढिरहेको छ । हाम्रो नेपाली रुपैयाँ १००० किन्न सन् २०१६ मा ९.२७ सेन्ट खर्च गर्नुपथ्यो भने २०१८ मा औसत ९.६२ सेन्ट चाहिन्थ्यो। अहिले सरदर रु. ११५ तिरेर १ डलर किन्नुपर्ने अवस्था आएको छ। त्यो भनेको १००० ने.रु.को ८.७० सेन्ट बराबर हुन आउँछ र हाम्रो मूल्य डलरको तुलनामा घटिरहेको छ। यसको प्रत्यक्ष असर नेपालको व्यापारघाटामा वृद्धि हुन जान्छ र हाम्रो विदेशी मुद्रा भण्डारले थेग्न सक्ने समय कम हुन्छ। त्यसैले विदेशी मुद्रा भण्डारण त्यो पनि डलर बढी जम्मा गर्न हाम्रो देशको उत्पादन बढी निर्यात गर्नुपर्छ, या त विदेशमा काम गर्न गएकाहरुले बढी आम्दानी गरी नेपाल पठाउनु पर्छ या त बढीभन्दा बढी पर्यटकहरूलाई नेपाल ल्याउने र बढी खर्च गर्न लगाउने उपाय अवलम्बन गर्न सक्नुपर्दछ। सरकारले यथोचित कदम चाल्ने आशा गरौं।

विश्व बजारमा तेल -पेट्रोलियम पदार्थ) को निकै ठूलो भूमिका रही आएको छ। संसारका विभिन्न मुलुकहरूको जमिन वा समुन्द्रबाट तेल उत्खनन् गर्ने काम भइरहेको छ । तेलको कारणले कैयन मध्यपूर्वका मुस्लिम राष्ट्रहरूको जीवनस्तरमा परिवर्तन भएको छ भने तेलकै कारणले युद्धमा होमिनु परेको छ। २०१८ अगस्तमा प्रकाशित जानकारी अनुसार निम्न दश मुलुकहरुले सबैभन्दा बढी तेल निकालीरहेका छन्। अमेरिका १०९ लाख वैरल प्रतिदिन, रुस १०५ लाख, साउदीअरेविया १०४ लाख, इराक ४४ लाख, इरान ४० लाख, चीन ३९ लाख, क्यानडा ३६ लाख, युर्एइ ३१ लाख, कुवेत २९ लाख, ब्राजिल २५ लाख वैरल दैनिक उत्पादन गरिरहेको छ। यसबाहेक भारत, भेनेजुयला, कतार, लिविया, वहराइन, इजिप्ट, सुडान, नाइजेरियाले पनि उल्लेखनीय रुपमा तेल उत्पादन गर्छन्। तेलको आधारमा बनेको अर्थतन्त्र भएका मुलुकहरुमा तेलको मूल्यमा कमी आएपछि निकै ठूलो क्षति बेहोर्र्नु परेको उदाहरण भेनेजुयला रहेको छ। लिविया, सुडान र नाइजेरिया पनि त्यसबाट अछुतो छैन। तर आज भेनेजुयला लगभग टाट पल्टेको अवस्था छ। समाजवादी मुलुकको रुपमा स्थापित हुन खोजेको त्यो मुलुक तेलको प्रशस्त आम्दानी भएको अवस्थामा गरिवलाई सामाजिक सुरक्षा नारासहित निःशुल्क घर, भोजन र भत्ता दिएर शासन आफ्नो हातमा लिएको र नियन्त्रणमा राखेको थियो। जब तेलको मूल्य विश्वबजारमा घट्दै गयो तब उसले आर्थिक संकट विस्तारै महसुस हुन थाल्यो। कामदारलाई तलब दिनका लागि ३ लाख बराबरको नोट छाप्न थाल्यो। मालसामानको चरम अभाव, खानी भएर पनि तेल निकाल्ने पैसाको अभाव, औषधिको अभाव, सैनिक बाहेक अन्यले अन्न, खानेकुरा पाउन छोडेको अवस्था नागरिकहरु देशबाट पलायन हुन थालेका छन्। अन्य मुलुकसँग ऋण याचना गर्दा कसैले पत्याएका छैनन्। विरोधका आवाज निकाल्नेहरुलाई दवाएर जेलमा हाल्ने देखि देश निकाला गरेको छ। तसर्थ स्रोत भएरमात्र नहुने रहेछ, त्यो स्रोतको उचित उपयोग गरेर ठीक ठाउँमा लगानी गर्नुपर्ने उदाहरण आज भेनेजुयलाले प्रस्तुत गरेको छ।

विभिन्न मुलुकहरुमा तेल उत्पादन हुन्छ तर पनि विश्वबजारमा तेलको मूल्य धेरै उतार चढाव हुने गरेको छ। प्रत्येक देशमा तेलको मूल्य विभिन्न कारणले फरक फरक पाउँछौं। तेलको मूल्यको कारणले देशको विकास समेत प्रभावित हुने गरेको अन्य वस्तुहरुको मूल्यमा समेत धेरै फरक पारेको पाउँछौं । प्रत्यक्षतः डलरसँग तेलको मूल्य गाँसिएको हुन्छ र डलर भाउ बढेपछि तेलको मूल्यमा पनि असर पार्छ । तर विश्व तेल बजारमा अग्रिम सौदा हुन्छ। त्यो भनेको २०१९ जनवरीमा यो मूल्यमा यति करोड वैरल तेल किन्ने सम्झौता भयो भने जतिसुकै भाउ उतार चढाव भए पनि जुन मूल्यमा सम्झौता भयो त्यही कायम रहन्छ। यस्तोले पनि भाउमा अन्तर पारेको हुन्छ। राजनीतिक कारणले कुनै देशमाथि आर्थिक प्रतिबन्ध लगाइएको अवस्थामा त्यो देशबाट तेल किन्ने संभावना ज्यादै कम हुन्छ। त्यस्तो परिस्थितिमा आफूसँग जति तेल भए पनि उचित मूल्य प्राप्त गर्न नसक्ने अवस्था हुन्छ।

२०७५ श्रावणमा विभिन्न मुलुकमा तेलको भाउ के थियो थाहा पाइ राखौं। भेनेजुयलामा नेपाली रुपैयाँ ३।- प्रति लिटर, साउदी अरेविया १३।-, लिविया १५।-, इजिप्ट २१।-, कुवेत ३८।-, कतार ५१।-, इरान ३०।-, सुडान ३८।-, अफगानिस्तान ७७।-, पाकिस्तान ५।-, भुटान १०२।-, श्रीलंका १०७।-, नेपाल १११।-, बंगलादेश ११६।-, भारत १२८।-, पोर्र्चुगल इजरायल, इटाली २०२।-। नेदरलैण्ड २१३।-, नवे २२२।-, हङकङ र आइसलैण्ड रु २३४।- प्रति लिटर मूल्य छ। यसबाट पनि थाहा हुन्छ तेलको मूल्य विविधकारणले फरक-फरक हुन जान्छ तर तेल अझै केही वर्षको लागि नभई नहुने वस्तु हुनेछ। यसको निर्भरता कम गर्न अनेकन प्रयास भइरहेको छ। हाम्रो जस्तो पहाडी मुलुक, सडक नै प्रमुख पूर्वाधार भएको मुलुक अनि हाम्रोमा तेलका खानीलाई उत्खनन गर्न नसकिएको मुलुकमा तेलले हाम्रो अर्थव्यवस्थालाई ठूलो प्रभाव पारेको छ र अझ केही वर्ष पारिरहने छ। गतवर्ष मात्रै १ खरब ४० अरव रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात गरेका छौं। नेपालको व्यापार घाटा उच्च बनाउन तेल आयातको निकै ठूलो अंश रहेको छ। अको विकल्प नभएसम्म यो रकम बराबर आयात घट्न सक्ने संभावना छैन। देशहितको लागि अनावश्यक दुरुपयोग रोक्ने सबैको अठोट भएमात्र यो आयात कम गर्न सक्ने सम्भावना छ। अन्यथा हाम्रो लागि ठूलो आर्थिक भार थपिँदै जाने संभावना यथावत रहनेछ।

यो वर्ष विश्वमा देखिएको आर्थिक उथलपुथल खासगरी अमेरिका र चीनको  व्यापार युद्ध, युरोपियन युनियन भित्रको राजनीतिक मनमुटाव, इरान र उत्तरकोरियाको परमाणु निशस्त्रीकरण, सिरिया, यमनमा देखिँदै गएको मानवीय संकटले विश्व अर्थतन्त्रलाई प्रभावित गर्न सक्दछ। नेपाल जस्तो सानो मुलुक विकास र समृद्धिको लागि संघर्षरत मुलुक, रोजगारीको अभावमा युवामा देखिएको नैराश्यता, सरकारमा बस्नेहरुमा जवाफदेहिताको कमी, बढ्दो तस्करी, मानववेचविखन, सुशासनको अभाव र सुरक्षामा कमी जस्तो समस्या र चुनौतीले घेरिएको अवस्थामा डलरको मूल्य वृद्धि सँगै तेलको मूल्य वृद्धि नियन्त्रणमा रहन नसक्ने हो भने आर्थिक रुपमा ठूलो चुनौती सामना गर्नुपर्ने सम्भावना रहेको छ। तसर्थ सरकार मितव्ययिताको सिद्धान्त र पूँजीगत लगानीमा ध्यान केन्द्रित गर्न जरुरी देखिन्छ। र मुद्रास्फिति र मूल्य वृद्धि रोक्न आवश्यक कदम चाल्न जरुरी छ।

- आनन्दराज मुल्मी