विमस्टेक र बुद्ध सर्किट

इ.सं. १९५३ अर्थात वि.सं. २००९ भन्दा पूर्व धेरै हिमाल आरोहीहरूले सगरमाथा चढ्न कोशिश गरेका थिए। तर असफल मात्र भए। अन्तमा दुर्इ आरोहीहरू इड्मोन्ड हिलारी, न्यूजीलायाण्ड र तेन्जिङ नोरगे शेर्पा नेपाल सगरमाथाको शिखरमा पुग्न सफल भए। दुर्इ वीर हिमाल आरोहीहरू विश्व चर्चित हुनु भएकोले विश्वमा अपरिचित नेपाल पनि चर्चित हुन थाल्यो। विश्वमा उच्च शिखर भएको झेमोलुङमा अथवा सगरमाथाको कारण धेरै विदेशीहरूले मुक्त कण्ठले प्रचार प्रसार गर्दछन्।

नेपाल एउटा स्वतन्त्र गणतन्त्रात्म राष्ट्र हो। यो अमेरिकाको अर्कान्सास राज्य भन्दा केही ठूलो छ नेपालको भौगोलिक विभिन्नता यस्को विशेषता हो। सात राष्ट्र वर्मा, थाईल्याण्ड, भीयतनाम, लाओस, कम्पुचीया (पूर्व कम्बोडिया) संघीय राष्ट्र मलेशिया र सिंगापुर दक्षिण पूर्वी एशियामा पर्दछन्। जसलाई छोटकरीमा आसियान पनि भन्दछन्। आसियान राष्ट्रहरूमा घना बस्ती छ। घना जङ्गल छन्। जहाँ १५० मिलियन अर्थात १५ करोड जनसंख्या बसोबास गर्दछन् भने एशियाको पूर्वीभागमा २ अरब भन्दा बढी बुद्ध धर्मावलम्बी बसोबास गर्छन्।

कुनै बेला भारतको भू-भाग मानिने आधुनिक म्यानमार -वर्मा) पनि आसियन राष्ट्रहरूको एक सदस्य हो। जुन राष्ट्रलाई भारतले इ.सि. १९४८ अर्थात २००५ मा स्वतन्त्रता प्रदान गरेको थियो।वर्मालाई सुनौलो राष्ट्र पनि भनिन्छ। बर्माको अधिक धानखेतीले गर्दा सुनौलो राष्ट्र भनिएको हो। छानामा सुनको जलप लगाएका पेगोडा डिजाईनका बुद्ध मन्दिरहरू र पहेला लुगामा सज्जीएका बौद्धभिक्षुहरूले बर्मालाई शोभा दिईरहेका छन्। धार्मिक राजधानी शहर रङगुनमा एकहजार भन्दा बढी प्यागोडा स्वरुपमा निर्माण गरिएका बुद्धमन्दिरहरूले रङगुनको इज्जत र प्रतिष्ठा बढाएका छन्।

आसियानको अर्को राष्ट्र हो थाईल्याण्ड (श्याम)। जुन राष्ट्रमा कुनै पनि विदेशीले आजसम्म शासन गर्ने मौका पाएनन्। नेपाल जस्तै सदा स्वतन्त्र राष्ट्रको भूमिकामा रहिरहेको हो श्याम। अतएव, थाईल्याण्डलाई स्वतन्त्र भूमि पनि भन्दछन्। इन्डोचीनका ३ राष्ट्रहरू कम्पुचीया, लाओस र भीयतनाम पर्दछन्। दक्षिण पूर्वी एशियाको इन्डोचीनमा धेरै तापक्रम हुँदा त्यहाँ धेरै वर्षात हुने भएकोले वर्षको २ खेती गरिन्छ।

आठसय वर्ष पहिले आदिम शहर कम्पुचीयाको एङकोरको सम्पूर्ण मन्दिरहरू नष्ट गरिएका थिए। उक्त पुरानो शहरलाई हाल वनजङ्गलले निलेको अर्थात घना जङ्गलले ढाकेको छ। सयौं वर्षसम्म एङ्कोर शहरमा के भयो भनेर विश्वलाई थाहा भएन। त्यसपछि फ्रेञ्चहरूले केही जङ्गल सफा गर्दा शहरका मठमन्दिरहरू नष्ट भएको पत्ता लाग्यो। अहिले उक्त पुरातत्व महत्व भएको शहरको वरिपरि सिंचाईको व्यवस्था गरिएको छ। कम्पुचीयाको एङ्कोर जस्तै अन्य शहर पनि अनुसन्धानको पखाईमा रहेका छन्। तर त्यहाँको जङ्गल घना भएकोले अनुसन्धान गर्न गाह्रो छ। किनभने नदीनालाका गोहीहरू, सिंहहरू, पाटेबाघहरू र चितुवाहरू शिकारको खोजीमा यताउता डुलिरहेका हुन्छन्।

एक हजार वर्ष पहिले विहारको नालान्दा बुद्ध धर्मको ठूलो केन्द्र मानिन्थ्यो। बौद्ध धर्मका मठमन्दिर विहार, विद्यालय एवं पुस्तकालय जलाउनु र नष्ट गर्नु भन्दा केही समय अगाडिसम्म सातौं शताब्दीको पूर्वार्धमा चिनीया विद्वान पर्यटक हुएनत्साङ ५ वर्ष सम्म नालान्दमा बसेर बुद्ध धर्मको अध्ययन गरेका थिए। जहाँ १० हजार भिक्षुहरू आवासीय विद्यार्थीकारूपमा थिए।

एशिया महादेशको पूर्व र सुदूर पूर्वमा बुद्ध धर्मको फैलावट क्षेत्र ठूलो छ। यस धर्मले एशियाको आधा जनसंख्यालाई ओगोटेको छ। म्यानमार (बर्मा) को बारे माथि भनिए अनुसार बुद्ध धर्म ग्रहण गर्नेहरूको देश हो। आदर्श समाज २०७४ फागुन १९ गते शनिबारको दिन प्रकाशित समाचारमा नेपालमा पर्यटनको ठूलो संम्भावित शीर्षकमा भनिएको छ। नेपालका लागि म्यानमार (बर्मा) का राजदूत थिरीपेन्चीमु तुतनामलिनले बुद्धको जन्मस्थल नेपालमा धार्मिक पर्यटनको ठूलो सम्भावना रहेको बताएका छन्।

नेपालले विम्स्टेक बैठकमा समेत बुद्धिष्ट सर्किटको कुरा उठाएको छ। राजदूत लिनले भनेका छन्, बुद्धको जन्मस्थल लुम्बिनीलाई केन्द्र बनाएर भारतका विभिन्न शहर र भूटान, थाईल्याण्ड साथै म्यानमारलाई पनि जोडिने पर्यटकीय मार्ग नै बुद्धिस्ट सर्किट हो।

सराङकोट धार्मिक एवं पर्यटन क्षेत्र विकास समितिले गत महिना श्रीमद् भागवत् विराट ज्ञान महायज्ञ लगाएको उद्देश्य पनि विशाल बुद्ध मन्दिर निर्माण सहित विशाल शिव मन्दिरको पूर्णता गर्नु हो। त्यस पवित्र महायज्ञमा शुभकामना मन्तव्य दिनु हुँदै नव निर्वाचित संस्कृति तथा पर्यटन मन्त्री माननीय मन्त्री श्री रविन्द्र अधिकारीले धार्मिक पर्यटकहरूको आगमनमा भौतिक पूर्वाधार निर्माण गर्न सक्दो सहयोग गर्ने वचनबद्धता गर्नु भएकोले सराङकोटको विकास र समृद्धिको लागि पर्यटन मन्त्रीको जिम्मेवारी पूरा गर्न पर्यटकीय स्थल सराङकोटमा धार्मिक पर्यटकहरू भित्र्याएर विकासमा पूर्ण सहयोग गरी जनताको भावना तथा आकांक्षलाई पूरा गर्न सहयोगको अपेक्षा हाम्रो चाहना हो।

यो लेखमा विम्स्टेकको महत्व बारे संक्षिप्त वर्ण गर्दा सराङकोटको गुरुयोजना अनुरुप वुद्धमन्दिरको निर्माण हुने र निकट भविष्यमा निर्माणाधीन अन्नपूर्ण केवलकार (प्रा.)लि. ले गर्दा बौद्धधर्मावलम्बीहरूको घुइचो लाग्न सक्ने सम्भावनाको आधारमा विश्व चर्चित पर्यटन स्थलमा विम्स्टेक अवधारणा अनुसार आर.डि.लामा विष्टले प्रस्तुत गरेको बौद्ध मन्दिर निर्माण गर्नुपर्छ भन्ने स्थानीय जनताको आग्रह रहेको छ। भगवान सिर्द्धार्थ गौतमको जन्मूभूमि लुम्बिनीबाट विम्स्टेकको सर्किट प्रारम्भ हुने हुँदा सराङकोटमा धार्मिक पर्यटकहरूको घुइचो हुने विश्वास सबैले व्यक्त गरेका छन्।

(लेखक तत्कालिन सराङकोट गा.वि.स. कोपूर्व अध्यक्ष हुनुहुन्छ। सं.)

- झपट बहादुर थापा