विधवासँग विहे

वि : विरक्तिएको जीवन, ध : धन सम्पत्तिलाई महत्त्व नदिने, वा : वास्तविक जिन्दगीको सुरुवात भएको क्षण, जस्ता अवस्थाअनुरूप विभिन्न तवरले परिभाषित गर्न सकिन्छ। जीवन सिकाइ हो, जहाँ स्वतन्त्रता छ। सम्मानपूर्वक बाँच्ने एवं समाजमा असल मान्छेको रूपमा स्थापित हुने अधिकार छ। सिङ्गो जीवन आफै असहज मानिन्छ, बाँच्न र बचाउन पनि। जीवनमा नयाँ सपना बुनेर अघि बढ्ने प्रण प्राय बिहेपछि हुन्छ। दुर्इ आत्माको मिलन एक रथका दुर्इ पाङ्ग्राजस्तै हो। कुनै एकको अनुपस्थितिमा जीवन गतिहीनजस्तै देखिन्छ। जीवनमा सँगै रुने हाँस्ने, बाँच्ने र सँगै मर्नेसम्मको योजना नव दम्पत्तिमा रहेको हुन्छ। विभिन्न खालका राम्रा तानामाना बुन्ने र बुनाउने सोच सबैमा हुनुपर्दछ। जिन्दगी शब्द जति छोटो छ, अर्थ परिभाषा र व्याख्या त्यति नै अथाह छ। परिस्थितिले गर्दा एकल जीवन जिउन बाध्य महिलाको जीवन कति कष्टकर हुन्छ भन्ने कुरा भोगेकैले थाहा पाउँछ। जति बाहिरीरूपमा कुरा गर्ने कुरौटेलाई थाहा हुन्छ। जीवन सबैको सुन्दर हुनु पर्दछ, कसैको जीवन खुशी हुँदा कोही दुखी भइ जिउनुपर्ने अवस्था आफैमा अर्थहीन हुन्छ। अवरोधयुक्त वातावरणले समाजमा कसैलाई पनि राम्रो गर्दैन। प्रष्ट सोच विचारबिनाका व्यक्तिको गतिविधिले विधवामा बेथिति निम्त्याएको छ, जसबाट स्वच्छ र समुन्नत समाजको परिकल्पना अर्थहीन हुन पुग्दछ। सोचाइ समसामयिक बनाउँदै अगाडि बढ्नुपर्दछ। विचार सबैमा खुशीपूर्ण, सर्वस्वीकार्य एवं गोरेटोबाटोझैं खुल्ला र प्रष्ट हुनुपर्दछ। कसैको पनि खुशी लुटिएको अवस्था पक्कै पनि हर्षहीन रहन्छ। कमजोर र असहाय एवं एकल अवस्थाको जीवनलाई र·नि एवं सुनौलो बनाउन समाजका अवरोधजन्य तारबारलाई हटाउनुपर्दछ। मनले जे जस्तो निर्ण गर्‍यो त्यसलाई उचित काटछाँट गरी कार्यान्वयनको दिशामा अग्रसर हुनु आवश्यक छ। कुनै पनि महिला आफ्नो श्रीमान् गुमाएको पीडामा छट्पटाइरहेकी हुन्छे। त्यस्तो अवस्थामा आफ्नो चहराइरहेको घाउँमा मलमपट्टी गर्नुपर्ने कार्य एकातर्फ छ भने बाँकी जीवन कसरी बिताउने भन्ने विषयले विधवाको परिभाषाभित्र बाँधिएकी महिलाको लागि आलो घाउमा नुनचुक छरेजस्तै हुन्छ। सायद कुनै औषधिले ठीक पार्न सक्दैन अनि कुनै अप्राकृतिक उपचारले पनि। मनले सोचेको प्रष्टरूपमा खोल्न पाउनु वा अभिव्यक्त गर्न कुनै पनि समाज बन्धनकारी हुनुहुँदैन। कुनै विदुर हो वा अविवाहित पुरुष आफ्नो एक जीवनलाई स्वार्थशून्य तवरबाट नयाँ जीवनमा सयर गर्न आफ्नो देहलाई आत्मैदेखि समर्पित गर्नुपर्दछ। विधवा महिलाले आफ्नो इच्छाअनुरूप समाजमा हुने सबै खालका गतिविधिमा संलग्न हुन पाउनुपर्दछ। चाहे त्यो नव जीवनको लागि अर्को बिहेनै किन नहोस्। पुरुषमा पुरुषत्व प्रदर्शन गर्न कुमारीत्व नारीको खोजिनै गर्नुपर्दछ भन्ने छैन। एकपटक चोट पाएका महिला वा गरिब परिवारमा जन्मेहुर्केका कुमारीहरू जीवनको थुप्रै व्यवहारिक पाठबारे जानकार हुन्छन्। सही गलत के हो भन्ने बुझ्न सक्ने अदम्य शक्ति हुन्छ। प्राप्त गरेको नयाँ जीवनको बारीमा थरीथरीका र·ीविर·ी फूलहरू रोप्ने एवं बगैचालाई शोभायमान तुल्याउने साथै फूलपे्रमीहरूको लागि दृश्यप्रिय बनाउन सक्ने विशेष कला हुन्छ। रातो टीका, र·ीविर·ी बस्त्र, एवं र·ीन जीवनमा मात्र जिन्दगीको यथार्थता पाउन सकिन्छ। समाजको गलत सोचाइ महिला विधवा हुनुपर्ने,सिउँदोको रातो टीका पानी हाली बहाउनुपर्ने, हातमा धपक्क बलेका चुरा फोड्नुपर्ने, परपुरुषलाई नजर लगाउन नहुने, आफूले प्राकृतिक रूपमै पाएको बाँकी पवित्रता, सुन्दरता, स्वतन्त्रता, मौलिक चाहनालाई आफू कुण्ठित भइ जस्ताको तस्तै मृत्यु पर्यन्तसम्म रहिरहनुपर्ने निरड्ढुश सोचलाई तत्काल अन्त्य गर्नु जरूरी छ। प्राकृतिक रूपमा महिला भएको केही सीमित फरकपनाबाहेक अन्य सबै पक्षमा कुनै खालको फरक पाउन सकिँदैन। पुरुषले गर्ने कार्यमा बरु छलकपट रहन्छ, तर महिलामा इमान,नैतिकता, सद्विचारजस्ता पक्ष समेटिएका हुन्छन्। कुनै पनि व्यक्ति विवाह नगरी बस्न जति सहज हुन्छ, विवाह गरेर श्रीमान् वा श्रीमती गुमाउँदाको पीडा जिन्दगीभर असहज गराउनेखालको हुन्छ। जीवनमा सधँै अपुरो र अधुरो अवस्थाले व्यक्तिलाई जीवनमा कुनै खालको उम·मय सृजनात्मक कार्य नहुन सक्छ। हिजोका सत्रि्रथा, दासप्रथा, झुमा प्रथा, आजका विधवा बस्नुपर्ने प्रथा, दाइजो प्रथाजस्ता विविध अवस्थालाई समाजले बिस्तारै बिस्तारै हटाउँदै गइरहेको छ र जानु पनि पर्दछ। समाजमा हुने गरेका मानवीय व्यवहार कति  उचित र कति अनुचित रहेका छन् त्यसबारे आवश्यक अध्ययन गर्नुपर्दछ र सोबारे उचित जनचेतना समाजबासीमा गराउनुपर्दछ। समाजलाई सही गतिमा अगाडि बढाउने व्यक्तित्वले आवश्यक छलफल र परामर्शबाट उचित निष्कर्षमा पुग्नुपर्दछ। मानिसको विकासक्रमलाई गहिरिएर अध्ययन अनुसन्धान गर्ने हो भने चुनौती, समस्या, अवसर र योगदान गर्न सक्ने क्षमता र भूमिकालाई कुनै सिमाना लगाई बाँध्न गाह्रै पर्दछ।  हरेक पद, क्षमता, योग्यता, र अवस्थाका व्यक्तिको आफ्नै महत्त्व रहेको हुन्छ। विदुर वा विधवामा नयाँ जीवनलाई अगाडि बढाउने सम्बन्धमा गम्भिर चासो खड्किएको हुन्छ। चुनौती र अवसरलाई ध्यानमा राखेर समाजलाई नयाँ एवं प्रष्ट ढङ्गले अगाडि बढाउनुपर्ने दायित्वलाई विधवा भनी सम्बोधित वर्गले समेत गम्भीरतापूर्वक लिनु आवश्यक छ। विधवा को अवस्था हेरी पुन : विवाह, पुनस्र्थापना, सामाजिक सम्मान, हैसियतअनुसार सीप तालिम, योग्यता अभिवृद्धि, एवं योग्यताअनुरूप रोजगार उपलब्ध गराउनप्रति राज्य गम्भीर एवं संवेदनशील नभइ सुखै छैन। विधवा महिलाको इच्छा अनुसार उनीहरूलाई समाजमा अगाडि बढ्नेखालको वातावरण उपलब्ध गराउनुपर्दछ। मानव अधिकारका विभिन्न धारालाई ध्यानमा राखि सामाजिक हैसियत र योग्यता अनुसार उनीहरूलाई समाजमा स्थापित हुन पाउने विषयमा आवश्यक गृहकार्य थाल्न बिलम्ब गरिनुहुँदैन। विधवा महिलाले चाहेका विभिन्न सवालमा समाजमा विकृति ल्याउनेखालका सवालबाहेक सबै खुशीमा खुशी थप्ने कार्यमा सबैको साथ र सहयोग अपरिहार्य रहेको छ। विधवा महिलाको सम्बन्धमा नेपाली समाजमा हाल विद्यमान विकृतिलाई शून्यमा झार्नुपर्दछ। सामाजिक चेतनाको दियोमा बालिएको बत्तिलाई निभ्न नदिन दियोमा मिसावटविहीन तेल तुर्क्याइरहनुपर्दछ। संस्कृति र सभ्यताका मूल्यवान मान्यतालाई व्यवस्थित हिसाबबाट परिचालनमा ल्याइनुपर्दछ। समाजको आकारमा व्यापकता हुनुपर्दछ भने प्रकृतिमा समानता र समावेशीतामुखी हिसाबबाट मात्र विधवा भनी सम्बोधित वर्ग समेतको सम्मानमा मात्र समाजको गति व्यवस्थित बन्दछ।

अन्त्यमा, कुनै पनि व्यक्तिको अन्तर्मनदेखिको इच्छाअनुरूप सकारात्मक सोच एवं सामाजिक सद्भाव कायम रहने हिसाबबाट अगाडि बढ्न पाउनुपर्दछ। व्यक्तिको मौलिकतासहितको स्वतन्त्रता अनुरूप अगाडि बढ्न कुनै पनि वर्ग वा पक्ष बन्धनकारी भइ उभिनुहुँदैन। एक पाङ्ग्राले रथ गुड्न असम्भव भएजस्तै वा एकापक्षको पा·्रा बिग्रिए भत्किए वा मर्मत गर्न सदाको लागि असम्भव भएका उचित कदम चाली सहपाटी वा नयाँ सहयात्री खोजी आवश्यक गन्तव्यमा पुग्नु नै बुद्धिमानी सावित हुन्छ।

- सुरेन्द्र पौडेल