वातावरणीय पोखरा

नेपालका कयौं उपत्यका र अनेकौं दर्शनीय स्थलमध्ये विश्वकै अनुपम मनमोहक एक सुन्दर उपत्यका हो, पोखरा। प्राकृतिक सेता-हरिया पहाडका नागबेली भू-दृश्याङ्याकनले परिवेष्टित छ, पोखरा। वरपर हिमाच्छादित भूमि र हरियाली पाखापखेरा बीचमा तालतलैया, नदीनाला, गुफाले सजिएको बाक्लो मानववस्तीको पोखरा। डाँडाकाँडाबाट नियाल्दा कचौराजस्तो धर्तीमा खण्डहर कृषि, फलफूल, वगैंचा, वनजंगल, जडिबुटी आदिको अस्तित्व स्थल। जसरी हेरे पनि प्राकृतिकपनमा हाम्रो पोखरा, राम्रो पोखरा।

चर्चाको शिखरमा रहेको यो मनोरम स्थलले अहिले अन्तर्राष्ट्रिय महत्त्व पाइसकेको अवस्था छ। बिजुली, खानेपानी, यातायात, कलकारखाना आदि यही प्रकृतिको सुन्दरतामै छ। अनेकौं सुविधासम्पन्न भवन, सुसज्जित मोटरगाडीहरु, कालोपत्रे नालीवेली सडक आदिमा सिगारिदैं छ, पोखरा। अनेकतामा एकता। एक सय एक जातिका बसोबास रहेको यस उपत्यकाको विविधता पनि उस्तै छ। मानवीय गतिविधिलाई समेत मध्ये नजर गरी यसको स्वरुप बदल्दैं छ, पोखराले। केही समयको अन्तरालमा पोखरामा छिर्नेहरु भन्छन्, “पोखरा पहिलेको जस्तो छैन।” यहाँ केही वर्ष अघि आउनेहरुले बिरानो लाग्ने गरेको अनुभूति सुनाउने गरेका छन्।

स्थान अझै मनमोहक हुनको लागि मानवीय गतिविधि पनि व्यवस्थित हुनु आवश्यक छ। जनसंख्यामा वृद्धि, असन्तुलित विकास, अन्यायपूर्ण भू-स्वामित्व, औद्योगिकीकरणको परिणाम, सरकारी कुव्यवस्थापन र अर्कमण्यता, विकास निर्माण तथा कार्यालयमा भष्टाचार र जनचेतनामा कमी भएमा जतिसुकै सुन्दर भनेर फलाके पनि पोखरालाई उठाउन सकिन्न। सबैभन्दा महत्वपूर्ण संवेदनशील कुरो वातावरण हो।

प्राकृतिक संरचना र मानवीय गतिविधिका समष्टि स्वरुप वातावरण हो। जुनसुकै स्थानमा पनि वातावरणको एकदमै महत्त्व राख्दछ। तराई र हिमालको अवस्था एउटै छैन, नत पहाड र तराईकै छ। यी स्थानमा विकासका प्रक्रिया नै फरक हुन्छ।

अहिले मुलुक संघीय लोकतान्त्रिक गणतान्त्रिक राज्यमा छ। मुलुकले सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता, स्वाधीनता, स्वाभिमानलाई अँगालिसकेको छ। विकास निर्माण आफै आउने वस्तु होइन, विवेकशील योजनाले मात्र सहरको पहिचान हुनसक्छ। नेपालीका हक हितको रक्षा, सीमाना सुरक्षा, आर्थिक समुन्नति र समृद्धि राष्ट्रिय हितका आधारभूत विषय हुन्। संघीयताको भू-राजनीतिले झण्डै गाँजेको मुलुकलाई अहिले केही हदमा भने शान्त छ। प्रदेश सीमाङ्कन गर्दाको अस्थिर राजनीतिजस्तो भइराख्यो भने कसैले पनि लाभ लिनदिन सक्दैन। मधेश र प्रदेशको झमेलामा निकै असन्तुलित व्यवहारहरु पनि देखिए।

राजनीतिले विकासमा प्रभाव पारेको हुन्छ। निष्ठाको राजनीतिले उन्नत्रि्रगति गराउँछ भने प्रदूषित राजनीतिले मुलुकलाई खाडलतिर धकेल्छ। चुनावका बेलाको जस्तो राष्ट्रवाद नेता र कार्यकर्तामा भइदिने हो भने मुलुकको उन्नत्रि्रगतिका कुनै समस्या छैन। तर वास्तविकता के हो भने हारपछि  एकाएक तिनै उम्मेदवार र कार्यकर्ता परिवर्तन हुन्छन्। पक्ष र विपक्ष बीच खिचातानी सुरु हुन्छ। गलहत्याउने, गिराउने जस्ता चलखेल हुन्छन्। नैतिकता र इमानदारीमै संकट पर्ने गरी राजनीति सुरु हुन्छ। मुलुकभर पार्टीकार्टीबीच र सरकार र प्रतिपक्ष बीच प्रदूषित राजनीति हावी भइरहेको पाइन्छ। विजयी प्रतिनिधिहरु पनि कर्मचारीका चंगुलमा फस्न बाध्य हुन्छन् र अन्तमा उही पुरानै शैलीले मुलुक चलिरहेको हुन्छ। तसर्थ दिगो विकास समृद्धिको लागि राजनैतिक वातावरण शुद्ध हुन जरुरी छ।

पोखरा यस्तो ठाउँ हो जहाँ सबै प्रकारका मानवजाति अटाएका छन्। नेपालका १ सय २५ जाति मध्ये एक सय भन्दा बढी जातिहरु यही बसोबास गर्दै आएको तथ्यांक छ। विभिन्न प्रकारका हावापानी र यस परिवेशका जंगली जनावरका आश्रयस्थलले समेत पोखरालाई रमणीय बनाएको छ। सेती, मर्दी, याम्दी आदि खोलानाला तथा विभिन्न खालका तालतलैया जस्ता सीमसारीय क्षेत्रले अर्को सुन्दरता थपेको छ। तर समयमै योजनाविद्हरुले पोखरालाई ध्यान दिएनन् भने यसको पर्यापर्यटनको भविष्य अन्यौलमा हुनेछ। केवल हराभरा, स्वच्छ पोखरा भन्ने नारामा मात्र सीमित हुनेछ। साँच्चै नै भन्ने हो भने हाल पोखराको प्राकृतिकपन बिग्रिहालेको अवस्था छैन तर मानवीय गतिविधिका कारण यो आगामी दिनमा वातावरणीय ह्रास उन्मुख अवस्थामा छ। भोलिका दिनमा जलवायु परिवर्तनले हिमाल पग्लदैं खिइने, नदीका गिटीबालुवा सकिदैं जाने, भैरहेका पर्यापर्यटन नजोगाउने, अप्राकृतिक क्रियाकलाप हावी भइरहने, सवारी साधन थपिदैं जाने, कार्यालयमा भ्रष्टाचार भइराख्ने, वायु, जल र माटो प्रदूषित हुनुबाट नजोगाउने आदिजस्ता कार्य भइराखेमा पोखराको भविष्य रहने छैन। वातावरण सम्बद्ध सम्बन्धित निकायले व्यवस्थित योजनामा सोच्नुपर्ने कुरा यिनै हुन्।

खोलानाला, तालतलैया, वनजंगल, हिमाल, पहार्डपर्वत आदि जस्ता प्राकृतिक स्रोत पोखराका गहना हुन्। सडक, उद्यान, पार्क, भवन, पाटीपौवा, मठमन्दिर, धारा, चौतरा आदि ऐतिहासिक महत्त्व बोक्ने धरोहर हुन्। यिनले छुट्टै अर्थ राख्दछन्। सार्वजनिक सम्पत्तिका रुपमा चिनिने यस्ता प्राकृतिक र मानव निर्मित सम्पदाले बेग्लै पहिचान बनाएको हुन्छ। वातावरण पालुवाको रक्षा गरेर हुनसक्छ नकि जरा खनेर।

यहाँको भू-दृश्याङ्कन मात्रै होइन, विश्व सम्पदाका सूचिमा परेका फेवातालले सहरको शोभा अलगै बढाएका छन्। यहाँका धार्मिक तथा पर्यटकीय सम्पदाहरु प्रत्यक्षतः आकर्षणका स्रोत हुन्। सहरी वातावरणका तत्त्वहरुमध्ये सडक, बिजुली, खानेपानी, स्वास्थ्य, शिक्षा आदिलाई व्यवस्थित ढंगबाट चलाउनु पनि हो। अहिलेको संघीय गणतन्त्रात्मक व्यवस्थामा स्थानीय निकायलाई नै सम्पूर्ण अधिकार प्रत्यायोजन गरिएको अवस्थामा आफ्नो सहरलाई नगरबासी हुनुको अनुभूति गराउन सक्ने बनाउनु स्थानीय सरकारको पोल्टामा छ। सार्वजनिक स्थलको सही सदूपयोगले नै आफ्नो सुशासनलाई दरिलो पार्दछ।

अबका दिनमा वातावरणीय दृष्टिले पोखरालाई पाइलापाइलामा नियाल्नु जरुरी छ। संघ, प्रदेश र स्थानीय निकायले आफ्नो स्वरुप लिइ नसकेको अवस्थामा सबैले यसलाई काँध दिनु आवश्यक छ। यतिखेर टडकारो देखिएको समस्या र तिनका समाधानलाई वर्गीकरण गर्नु जरुरी छ। पोखरामा हरियाली डाँडाकाँडा प्रसस्त रहेका छन्। प्रकृति प्रदत्त यी डाँडाकाडाहरु पर्यावरणीय दृष्टिले एकदमै महत्त्वका छन्। विभिन्न प्रकारका जंगल र इकोसिस्टमलाई प्रयोग गरेर हामीले अनुसन्धानकर्ताहरुलाई अवसर दिन सकिने अवस्था धेरै छन्। प्राकृतिक वातावरणलाई दुर्इ भागमा बाँड्न सकिन्छः पशुजन्य र वनस्पतिजन्य। पोखरामा सीमसारीय क्षेत्रको अवस्था राम्रो भएकोले जलप्राणी विभिन्न प्रकारका किटपतङ्ग, थरीथरीका माछा प्रजाति र त्यसरी नै थल पशुपंक्षीमा बाघ, चितुवा, मलसाँप्रो, स्याल, ब्वाँसो, दुम्सी, लोखर्के, न्याउरीमुसा आदि जस्ता जंगली जनावरले जंगलको शोभा बढाइरहेका हुन्छन्। अन्य प्रदेशमा नपाइने वनस्पतिहरु पनि यस क्षेत्रमा प्रसस्त मात्रामा छन्। जडीबुटी, काठ, वनपैदावर, डालेघाँस, रेसादार, गम, रबर, मसला, तेल, आदि जस्ता वनस्पतिका भण्डारै मान्न सकिन्छ। अझ यस बाहेक सूक्ष्म वनस्पतिहरुका अनुसन्धान हुन नसके पनि अनुसन्धानतर्फ आकषिर्त गर्दा जैविक विविधतामा निकै फड्को मार्न सकिने अवस्था छ।

एकछिनमै वर्षा हुने र वर्षा भएको भलले जमीन हिलो नहुने विशेषता पोखरामा रहेको छ। अझ पोखरालाई जैविक विविधतामा धनी मानिएको हुँदा यहाँ के कति वनस्पति पाइन्छन्, तिनको आर्थिक महत्त्वलाई लिएर अनुसन्धानको आवश्यकता छ। यस क्षेत्रमा खनिज उत्खनन गरिएको छैन। तर पनि विभिन्न प्रकारका धातुहरु पाउन सकिने सम्भावनालाई नर्कान नसकिने अवस्था छ।

पोखराको अर्को मुख्य भाग मानव निर्मित वातावरण हो। मानवीय क्रियाकलापकै आधारमा व्यवस्थित वा अव्यवस्थित सहरको रुपमा परिचत गराउन सकिन्छ। सामाजिक र साँस्कृतिक गरी दुर्इ प्रकारका वातावरण हुन्छन्। ऐतिहासिक र धार्मिक स्थल, विकास निर्माण कार्य, चौतारा, पानीपधेंरा, उद्यान, कृषि भूमि र चरन, गुफा, मूर्ति, मठमन्दिर, पौवापाटी धर्मशाला, मनोरञ्जन स्थल सामाजिक क्षेत्रका पाटा हुन्। यिनीहरुमा विकास कार्य थालनी गर्नुभन्दा पहिले बडो विचार पुर्‍याएर अघि बढ्नु पर्दछ।

बोलीचाली, भेषभूषा, कलाकौशल, चार्डपर्व, साहित्य, संगीत, बाजागाजा आदि साँस्कृतिक वातावरणका पाटा हुन्। प्रदेश नं ४ को राजधानी पोखरा उपत्यकामा यी साँस्कृतिक विविधता प्रसस्त मात्रामा पाउन सकिन्छ। साहित्य, संगीत र कलामा पनि यो सहर निकै अगाडि छ। अबका दिनमा बोलीचाली र भेषभूषालाई समेत पहिचान बनाउनु आवश्यक देखिन्छ।  पोखरेलीहरुले पयर्टकीय सहरलाई विनम्रताको नगरको रुपमा विकास गर्न सकेमा अर्को उपलब्धी हुनेछ। अन्तमा हाम्रो पोखरा भन्ने भावना सबैको भएमा अघि बढ्न सजिलो हुन्छ, अन्यथा हामी अर्कैको मात्र मुख ताकेर बस्यौं भने हाम्रो उन्नति कहिल्यै हुने छैन।

- कल्याण पन्त