वर्षारम्भ संशोधन आवश्यक

पृथ्वीले सूर्यलाई एक फन्को मार्न कति लाग्ला – सहज जवाफ छ, ३ सय ६५ दिन। ठ्याक्कै भन्दा ३ सय ६५ दिन १५ घडी ३१ पला ३१ विपला हुँदा (६ घन्टा १२ मिनेट ३६ सेकेन्ड) पूरा पृथ्वीले सूर्यलाई परिक्रमा गर्दछ अर्थात् ३६० ड्रि्री घुम्दछ। यही समयमा मीन राशि समाप्त भई मेष राशिमा सूर्य प्रवेश गर्दछ फलतः नव वर्षको प्रारम्भ हुन्छ। नयाँ वर्ष हुन पृथ्वीले पूरा एक चक्कर सूर्यको परिक्रमा गनैपर्दछ। ज्योतिषशास्त्र अनुसार चैत ३१ गते ४ बजेर १० मिनेट जाँदा ठ्याक्कै एक चक्कर लगाएको छ। वि.सं २०७४ सालको प्रारम्भ ३१ गते अपरान्ह ४ बजेर १० मिनेट जाँदा हुन्छ। तर सूयोर्दयपछि दिनको गणना गरिने हुँदा नयाँ वर्ष भोलिपल्टदेखि गरिएको हो।

विक्रम संवतको प्रचलन भारत उज्जयिनी राजा विक्रमादित्यले चलाएका हुन्। उनैको सम्मान स्वरुप विक्रमादित्य संवत अर्थात वि.सं. लेख्नेभन्ने चलन चलेको हो। यो संवत ब्रहृमाण्डका ग्रह गति र प्रकृतिसित सापेक्ष छ। विक्रमादित्यले सुरुवात गरेका संवत रोमन नेता जुलियस सिजरले थालनी गरेका अंग्रेजी क्यालेण्डर सन् भन्दा ५७ वर्ष जेठो छ। नेपाली पञ्चाङ्गमा ४ प्रकारका संवत -विक्रम संवत, इशवीय सन्, शालिवाहनीय शक र नेपाल देशीय संवत) लेखिदैं आएको छ।

नव वर्षमा नयाँ पालुवा पलाउने गर्दछ। लाली गुँरासजस्ता वृक्षहरुले वन राताम्मै पारेका हुन्छन्। यस अवस्थामा हिउँद सकिएर वर्षा यामतिर ढल्कन लागेको समयमा मनै लोभ्याउने परिदृश्य देख्न सकिन्छ भने वातावरणीय अवस्था पनि न गर्मी न जाडो हुन्छ। अझ भन्ने हो भने २ हजार ७४ वर्षको विक्रम संवतको पहिलो थालनी भएको दिनको दिनरातको लम्बाइ पनि बराबर भएको समय थियो। तर हालको दिनमा वैशाख १ गते दिनरातको समयावधि बराबर भएको स्थिति छैन। यसको मुख्य कारण हो, हरेक ७२ वर्षपछि १ दिन घट्छ।  यस हिसाबले अहिलेको अवस्थामा २४ दिन पछाडि नयाँ वर्ष प्रारम्भ हुने परिसकेको छ। यसअनुसार चैत ७ गते दिनरात बराबर हुने दिन पर्दछ। यही दिनलाई नै वैशाख १ गते मान्नुपर्ने हुन्छ। अहिले खगोलीय ग्रहले केही परिभ्रमण मार्ग बदलिसकेको छ भने पृथ्वीको अक्ष पनि साढे ६६ ड्रि्रीमा ढल्कनाले वातावरणीय अवस्थामा केही विचलन आएको देखिन्छ। हालको वर्षारम्भ अयन संक्रान्तिहरु र पर्वहरु सार्न उपयुक्त समय ५ सय वर्ष अघि नै थियो। गणित ज्योतिषशास्त्रको आधारमा यसलाई पुष्टि गर्न सकिन्छ। फलित ज्योतिषशास्त्र पनि गणितकै आधारमै बनेको हो। पृथ्वी नै आफ्नो अक्षमा घुमेर दिनरात बनाइ रहेको छ भने सूर्यलाई परिक्रमा गरेर ऋतु परिवर्तन गराइ रहेका छन्।

हाम्रा चार्डपर्वहरु तिथिमा केही वर्ष यतादेखि विवादमा पर्दै आइरहेका छन्। यी चार्डपर्वहरु पहिले आकाशीय पिण्डहरुसित ठ्याम्मै मिल्थे। तर १ हजार वर्ष यतादेखि दिन सरेर विचलन भएका कारण तिथिहरुमा गडबड भइरहेको देखिएको छ। वर्षारम्भ बाहेक अन्य पर्व पनि सार्नु आवश्यक देखिन्छ। जस्तो कि हामीले मान्दै आएको माघे संक्रान्ति र श्रावण संक्रान्ति दुर्इ अयन संक्रान्ति हुन्। माघे संक्रान्तिबाट उत्तरायण र श्रावण संक्रान्तिबाट दक्षिणायन सूर्य हुन्छ। नजिकको संक्रान्तिलाई अयन संक्रान्ति मनाउन उपयुक्त हुने हुँदा पौष संक्रान्तिलाई उत्तरायण र आषाढ संक्रान्तिलाई दक्षिणायन मानेमा ६ दिन मात्र फरक पर्दछ। यस अर्थमा २४ दिन फरक परिसकेको अवस्थामा ६ दिन फरक पार्नु उचित ठरिन्छ। त्यसरी नै चान्द्रपर्वहरु पनि एक महिना अगाडि सार्नुपर्छ। हामीले मान्दै आएको सबै चार्डपर्वहरु ऋतुसँग जोडिएका छन्। जस्तो दशैं आश्विन शुक्ल दशमी भन्ने बित्तिकै दशमी तिथिको अलवा आश्विन महिनाको आर्तव वा ऋतुमान हुन्छ। यसैले दशै सधैं शरद सम्पादकै हाराहारीमा पर्छ। यसलाई शारदीय पर्व भनिन्छ। यसैले ऋतु सार्दा पर्व पनि स्वतः सार्नपर्ने हुन्छ।

नेपालका एक प्रसिद्ध खगोलशास्त्री केशवराम जोशी भदौ महिनामा दशैं आज हो टिका लगाइदिनुस् भन्दै आफनो ससुरालीमा पुगेका प्रसङ्ग बडो रोचक छ। केही खगोलशास्त्रीहरुले वर्षका महिनाहरु परिमार्जन गर्नुपर्छ भन्दै आवाज उठाइरहेका छन्। पश्चिमी मुलुकहरुमा ग्रह गतिकै कारण वर्ष पहिले नै समायोजन गरिसकेका छन् भने यूरोपमा पन्ध्रौ शताब्दीको मध्यतिर इश्वी संवत सुधार गरिएको थियो। बेलायत, जर्मनी, रसिया आदि मुलुकले त्यसै बेला पञ्चाङ्गमा सुधार गरिसकेका छन्। अंग्रेजी क्यालेण्डरमा हरेक वर्ष १५ मिनेटको दरले समय मिलान गरिएको देखिन्छ। भारतमा भने ६० वर्ष अघिबाट सरकारले चैत ६ लाई चैत १ बनाई बर्षारम्भ गरेको छ। त्यहाँ सनु १९५७ देखि नयाँ राष्ट्रिय शक सवत शुरु गरी मार्च २२ मा पर्ने चैत्र १ बाट राष्ट्रिय पञ्चाङ्ग लागू गरिएको छ।

नेपालमा पर्व सुधार गर्नुपर्छ भन्ने पहिल्यैदेखि टड्कारो आवाज उठाउदै आइएको हो। तर नेपाल सरकार, संस्कृति, पर्यटन, तथा नागरिक उड्यन मन्त्रालयले पर्व सुधार राष्ट्रिय कार्यदल वि.सं. २०६४ सालमा  समस्या समाधानका लागि पर्व सुधार कार्य दल समेत गठन गर्‍यो। सो कार्यदलले वर्षारम्भ तथा पर्वसुधार गर्न आवश्यक छ कि छैन – प्रस्तावित समन्वयात्मक बालमुकुन्दीय पर्वसुधार पद्धति प्रचलित धार्मिक तथा ज्योतिष पद्धति अनुसार मिल्छ मिल्दैन – यसमा गर्न सकिने सुधार केके छन् ? र प्रस्ताव अनुसार २०६४ सालदेखि नेपाल विक्रम संवत घोषणा गर्दा तत्कालमा केको लागू गर्न सकिन्छ पछि कुन कुन धार्मिक तथा ज्योतिषीय पक्षहरु कहिलेसम्म लागू गर्न उचित हुन्छ भन्ने थियो।

त्यस कार्यदलले २०६५ पुसमा सरकारलाई ०६६ सालको चैत हर्टाई ११ महिनाको वर्ष लागू गर्न सुझाव प्रतिवेदन पेश गरेको थियो। त्यस वर्ष वैशाखमा अधिकमास -दुर्इवटा औसी एउटै महिनामा पर्नुलाई अधिकमास भनिन्छ) रहेकोले एक महिना अघि सार्ने भनेको थियो। तत्कालीन सरकार करिब करिब वर्ष सुधार गर्नुपर्ने मनस्थिति देखिएको थियो तर त्यस निर्णय ज्योतिषको सैद्धान्तिक, गणितीय, धार्मिक, साँस्कृतिक र सामाजिक परम्परा विरुद्ध भएको आरोप लगाउँदै पञ्चाङ्ग निर्णायक समितिलगायत अन्य ज्योतिषीय संस्थाहरु विरोधमा उत्रे। राष्ट्रपतिलाई ज्ञापनपत्र बुझाए। समितिले धर्मगुरु र ज्योतिषीका भेला कमलादी, काठमाडौंमा बोलायो। त्यही भेलाले वर्ष सुधार गर्ने निर्णय खारेज गर्‍यो।

पर्व सुधारका लागि तत्कालीन धार्मिक उपसमिति, वैज्ञानिक उपसमिति तथा वैदेशिक उपसमितिले पेश गरेको प्रतिवेदनले आफ्ना तर्कहरु राखेको थियो। अधिकमास एक महिने हुँदा पर्वहरुले उल्लघङ्न गरेको र अयन विषुवत सिङ्गो एक पूणिर्मा सरिसकेको हुँदा धर्मशास्त्र अनुसारका पर्वहरु मनाउँदा त्यति राम्रो फल हुन नसक्ने समितिले जनाएको थियो।

विक्रम संवत के सुधार हुनैपर्ने हो त –

खगोलविद्हरु भन्छन्, “कुनै श्रेय लिनका लागि वर्ष सुधारको आवाज उठाएको होइन। कालखण्डमा ग्रहहरुले आफ्नो स्थान बदलेका कारण वर्षका तिथिमितिमा विचलन भएका कारण वर्षमा सुधार गर्नुपर्ने आवश्यकता भएको हो। वर्षलाई मिलान या सुधार गरिएन भने ऋतु र महिनाका विशेषता आआफ्नो नभई अको हुनेछ। कालान्तर जाडो साउन भदौ महिनामा हुनेछ भने पुस, माघमा वर्षा हुन्छ। शास्त्रीय मान्यता खलबलिनेछ। उत्तरायनमा गरिने कर्म दक्षिणायन पर्दछ।”

१६ औं शताब्दीको मध्यतिर रोमका १३ औं पादरी ग्रेगरी जुलियनले ३ सय ६५ दिनको क्यालेन्डर वास्तविक वर्षको दाँजोमा करिब १० दिन बढेको थियो। ऋतुहरुसित तालमेल नमिलेको देखेपछि सन् १५८२ अक्टोबर ५ तारीखलाई उनले १५ तारीख बनाई दिएका थिए। ग्रेट ब्रिटेनले १ सय ७० वर्षपछि अर्थात् सन् १७५२ मा सेप्टेम्बर ३ तारीखका दिन १४ लेखेर ग्रेगरीले ल्याएको परिवर्तन स्वीकार गर्‍यो। ३ सय ४२ वर्षपछि अर्थात् १९२४ मा ग्रीस र रोमानियाले पनि यसलाई स्वीकारे। रसियाले १९१७ मा नयाँ वर्ष संशोधन गर्‍यो। यसपछि उनीहरुले २५ अक्टोबरका दिन मनाइने अक्टोबर क्रान्तिको वर्षगाँठ नोभेम्बर ७ तारीखमा सारे।

यसरी समग्रमा भन्नुपर्दा वर्ष समयचक्र अनुसार बदलिने गर्दछ। वातावरणीय अवस्था उही रहदैंन। विश्वभरका वैज्ञानिक तथा खगोलशास्त्रीहरु पनि यसमा सहमत छन्। एकातिर ब्रहृमाण्डीय ग्रह गतिका कारण समयान्तर परेको छ भने अकोर्तिर यसले बोटबिरुवा फुल्ने, फल्ने महिनामा विचलन आइसकेको छ। आधुनिक वैज्ञानिकहरुले यसलाई जलवायु परिवर्तनसित जोडेका छन्। खगोल नबुझिकन वर्ष संशोधन गर्ने कुरा मुखता हुन्छ। यो एउटा विज्ञान हो तर वर्षारम्भ गर्ने बहस नेपालमा परम्रापरागत ज्योतिषीहरुको बाहुल्यताका कारण सफल हुन सकिरहेको छैन।

- कल्याण पन्त