लोकतन्त्र र वाम धु्रवीकरण

दुर्इ दुर्इ पटक संविधान सभाको चुनाउ गरेर बनाएको वर्तमान संविधान पछि नेपालमा राजनीतिक धु्रवीकरण प्रारम्भ भएको छ। संविधानले स्थायी र टिकाउ हुने खालको सरकार दिन सक्दैन भन्ने निष्कर्षबाटअहिले नेकपाएमाले -जवज) र नेकपामाओवादी केन्द्र (प्रचण्ड पथ) बीच धु्रवीकरण भएको देखिन्छ। तसर्थ धु्रवीकरणको यो जस वर्तमान संविधानलाई जान्छ।  दलहरुले मिलेर नै चुनाउ पछि अस्थि खालको सरकार बन्ने संविधान बनाएका छन्। यस्तो संविधान बनाएर नेपालका ठूला राजनीतिक दलले देशलाई अस्थितातर्फ  धकेलेका छन्। अस्थिताको राजनीतक यात्रा गरेर स्थिताको स्वप्न देख्नु अहिले यिनीहरुको नियति बनेको छ। लोकतन्त्रमा यो वाम धु्रवीकरण यही नियतिको परिणाम मान्नु पर्छ।

वि.सं. २०४६ पछि एउटा वाम घटकले क्रन्तिकारी धार छोडेर जनताको बहुदलीयजनवाद -जवज) अँगाल्यो। अको वाम घटकले व|mान्तिकारी धारलाई निरन्तरता दिएर सशस्त्र विद्रोह -प्रचण्ड पथवा नेकपामाओवादी) को यात्रा तय गर्‍यो। मलाई के लाग्छ भने एमालेले कम्युनिष्ट व|mान्तिकारी धार नछोडेको भए नेपालमा १७ हजार नेपालीहरुको ज्यान गुम्ने थिएन। देशले अकल्पनीय विद्रोहको सामना गर्नु पर्ने थिएन। माओवादीको व|mान्तिकारी धारले जबज धारसँग वि.सं.२०६२र०६३ को जनआन्दोनमा भेट गरी सहयात्रा गरेको थियो। त्यसपछिका १० वर्षमा दुबै धारबाट २।२ जनाप्रधानमन्त्रीबने।

वि.सं.२०७४ असोज १७ गतेका दिन दुबै धारले एउटैधार हुने भविष्यवाणी गर्दै आगामी संघ र प्रदेशमा ६०:४० सदस्यको हिसाबले चुनाबी गठबन्धन गर्ने औपचारिक घोषणा गरे। तत्कालीन राजा ज्ञानेन्द्रको सत्तालीप्साले पनि वि.सं.२०६२र०६३ को आन्दोलनमा ७ राजनीतिक दल र प्रचण्ड पथको गठ बन्धन गरायो। गणतन्त्रको घोषणा पछि पनि सत्तालीप्साले कांग्रेस, जवज र प्रचण्ड पथबीच पनि गठ बन्धन गराएकै थियो। त्यसैले अहिलेको गठ बन्धनलाई पनि दुर्इ धारका कम्युनिष्टको गठ बन्धनभन्दा सत्तालीप्सानिम्ति गरिएको गठ बन्धनका रूपमा हेर्र्नु पर्छ।

वर्तमान संविधानले दलहरुको गठबन्धन विना सरकार निर्माणलाई असम्भव बनाएको छ। त्यसैले सरकार निर्माणदेखि गत पहिलो, दोस्रो र तेस्रो स्थानीय चुनाउसम्म नेपालीकांग्रेस र माओवादी केन्द्रबीच गठबन्धनका अभ्यास हुन गए। तर ती स्थानीय चुनाउका गठबन्धन गतअसोज १७ गते जस्तो ढोल बजाएर  भएनन्। जबज र प्रचण्ड पथबीच ढोल नबजाईकन संघीय र प्रान्तीय गठ बन्धन गरेको भए सम्भवतः यसले राजनीतिक कम्पन ल्याउने थिएन। यस कम्पनले गैर वामपन्थी राजनीतिक शक्ति र वामपन्थी कार्यकर्तालाई भने एक पटक रोमाञ्चित बनायो। वि.सं.२०४६ र वि.सं.२०६२र०६३ को जनआन्दोलनदेखि आफूलाई मात्र लोकतन्त्रवादी ठान्ने नेपालीकाङ्ग्रेस तिनताका लोकतन्त्रवादी नठानिने कम्युनिष्टहरुसँग मोहान्धभएको थियो। मोहान्धतामा नेपालीकाङ्ग्रेसले कम्युनिष्टहरुलाई लोकतन्त्रवादी ठान्यो र विगतका आन्दोलनदेखि सत्तारोहणमासमेत सँगसँगै साथ दियो। गत असोज १७ गतेको  गठ बन्धनदेखि नेपालीकाङ्ग्रेसको मोहान्धता भङ्ग भएको छ। नेपाली वामशक्तिलाई आफूसँग मेल भइञ्जेल लोकतन्त्रवादी र मेल नहुँनासाथ एकदलीय अधिनायकवादी देख्ने नेपालीकाङ्ग्रेस अहिलेे चुनाबी घोषणा पत्र लेख्दै यो मोहान्धताबाट बाहिर आउने जमकोर्गर्दै छ।

काङ्ग्रेस वामशक्तिसँग सहमति, सहकार्य र एकतागर्दै नेपाली जनताका सामु उभिएको हो। नेपाली वामपन्थीहरुलाई एक दलीय अधिनायकवादी हुन्छन् भन्ने शोचबाट नेपाली जनतालाई मुक्त गराउने पनि नेपालीकांग्रेस थियो। यता एमाले पनि जनताका सामु पार्टीसञ्चालन रजनेतालाई दिने सामाजिक सुरक्षामा कांग्रेसभन्दा लोकतन्त्रवादी बनेर आएको थियो। के अब नेपालीकाङ्ग्रेसले वामपन्थी शक्तिहरुको यस धुवीकरणबाट नेपाल भित्र अधिनायकवादीशक्तिले शिर उठाउँछ भन्दैमा जनताले पत्याउलान् ? यसो भन्दैमा नेपालका वामपन्थीहरु लोकतन्त्रवादी भइसके भनेर आएको नेपाली जनताको शोचमा परिवर्तन आउला ? नेपालमा लोकतन्त्रवादी र गैरलोकतन्त्रवादी राजनीतिक शक्तिले गरेकेा सहमति, सहकार्य र एकता नेपाली जनताले बिर्सेलान् ? तर एउटा कुरा के हो भने नेपाली काङ्ग्रेससँग भएको सहमति, सहकार्य र एकताले नेपालीजनताको बहुदलीय जनवादी धार र व|mान्तिकारी धार -प्रचण्ड पथ) का वामपन्थी राजनीतिक शक्तिहरु पनि लोकतन्त्रवादी बनाएको हो।

यत्तिखेर धु्रवीकरणको सम्भावनामा गएका एमाले र माओवादी केन्द्रसँग नेपालीकांग्रेससँग गरेको सहयात्राबाट प्राप्त लोकतन्त्रवादी पूँजी छ। यस पुँजीले नेपाली वामपन्थीलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा एकदलीय अधिनायकवादी पहिचानबाट क्रमशःमुक्त गराउँदै लगेको हो। वामपन्थी राजनीतिक शक्तिले प्राप्त गरेको मतमा पनि यस पूँजीको ठूलो योगदान रहेको छ। उनीहरुले प्राप्त गरेको  मतमध्ये लोकतन्त्रवादी  मत धेरै र एकदलीय अधिनायकवादी कम्युनिष्ट मत थोरै छ। आजसम्म उनीहरुले पाएको सबैमत एकदलीय अधिनायकवादी कम्युनिष्ट मतहोइन। किनभने नेपालीहरु आजसम्मको बाहृय र आन्तरिक राजनीतिक उथलपुथलबाट एकदलीय अधिनायकवादी कम्युनिस्ट व्यवस्थाबाट विकषिर्त भएका छन्। यो विकर्षण धेरै वामपन्थी युवा नेतामा पनि आएको छ। बूढा वामपन्थी नेतामाभने यो विकर्षणको मात्रा कम हुन सक्छ। एमाले र माओवादी केन्द्रको ध्रवीकरणमा भने धेरै बूढा वामपन्थी नेताको वर्चस्व छ। झन् व|mान्तिकारी धारमा हिँडेको माओवादी केन्द्रसँगको गठ बन्धनले यो वर्चस्व घनीभूत हुनपुगेको छ। आगामी संघ र प्रदेशको चुनाउमा नेपालीजनताबीच बूढा वामपन्थी र क्रान्तिकारी चेत भएका कम्युनिष्ट नेताहरुको गन्ध फैलियो भने यो वामध्रुवीकरण प्रत्युत्पादक बन्ने छ।

विगत २२ वर्षसम्म एकले अकोर्को निषेध नगरीकन सहमति सहकार्य र एकताले लोकतान्त्रिक र वामपन्थी राजनीतिकशक्ति अगाडि बढेका हुन्। तर यो ध्रुवीकरणले  गैरवामपन्थी र वामपन्थी राजनीतिशक्ति बीच निषेधको राजनीति गर्ने संकेत देखिएका छन्। यिनका घोषणपत्र पनि त्यसतर्फ उन्मुख छन्। नेपालका लोकतान्त्रिक राजनीतिक शक्तिले यस ध्रुवीकरणलाई लोकतन्त्र, मानवाधिकार, कानूनीशासनको विरोधमा भएको गठ बन्धन भन्ने प्रचार गरेका छन्। यिनीहरु लोकतान्त्रिक संविधान परिवर्तन गर्न, एकदलीय शासन र राज्यनियन्त्रित अर्थ व्यवस्थाल्याउन,  लोकतन्त्रको अपहरण गर्न यो धु्रवीकरण भएको भन्ने अर्थमा पनि मतदातालाई कन्भेन्स गर्दै छन्। उता वामशक्तिले पनि जनतासामु लोकतन्त्रवादी शक्तिलाई पुरानै शैलीमा अप्रगतिशील, सामन्तवादी, दक्षिणपन्थी, दलालपूँजीवादी र सर्वहारा वर्गको वर्गशत्रु भनेर चिनाउन खोज्दै छन्। यस्तो ध्रुवीकरण र प्रचार शैलीबाट नेपाली राजनीति अगाडि बढ्यो भने के नेपाल गैरवामपन्थी र वामपन्थी राजनीतिक शक्तिको व|mीडास्थल हुने त होइनभन्ने आशंका बढ्न थालेको छ। अहिले यो बाम गठबन्धन आफैले अस्थि सरकार बन्ने संविधान निर्माण गरेर नेपाली जनतालाई स्थि सरकार बनाउने सपना बाँढ्न लागेको छ।

नेपालीकांग्रेसले वि.सं.२०३३ देखि राष्ट्रवादी र अधिनायकवादी शक्तिलाई देश जोगाउन  राष्ट्रिय मेलमिलापबाट लोकतन्त्रको राजनीतिक यात्रा गर्न आहृवान गरेको हो। यस आहृवानमा दरबारिया अधिनायकवादी शक्तिले लोकतन्त्रको यात्रामा आफूलाई असफल बनायो। अको अधिनायकवादी शक्ति भनिने वामपन्थीहरु सहमति, सहकार्य र एकताबाट नेपालीकाङ्ग्रेससँग मेलमिलाप गर्न पुगेका देखिन्छन्। यस मेलमिलापबाट विना निषेध लोकतन्त्रल्याउने र सर्म्वर्धन गर्ने प्रयास पनि भएको होे। यस प्रयासमा वर्तमान चुनावी गठ बन्धन र धु्वीकरणले निषेधको राजनीति प्रारम्भ गर्ने  संकेत देखाएको छ। यस्तो संकेत, अधिनायकवादी भनिने कम्युनिष्टको ध्रुवीकरण र नेपालको संविधानको संरचनाले गर्दा देशलाई विकास र समृद्धितर्फ लैजानु पर्नेवर्तमा न लोकतन्त्रको यात्रा कसरी सुखदहोला र ?

- शर्वराज आचार्य