लिखत प्रमाणीकरण : एक परिचय

कुनै पनि लिखत कागज गर्दा वास्तविक व्यक्ति एकीन गरी लिखतजन्य अपराधमा किर्ते र जालसाजी कामकारबाही नियन्त्रण गर्ने उद्देश्यले नेपाल नोटरी पब्लिक सम्बन्धी ऐन २०६३ प्रमाणीकरण र प्रकाशन मिति २०६३/०६/२८ र सो को नियमावली २०६३ प्रमाणीकरण र प्रकाशन मिति २०६३/१२/२४ समेत लागू गरिएको पनि आज आठ वर्ष बितिसकेको छ।

विशेषगरी अन्तर्राष्ट्रिय मापदण्ड अनुसार नोटरी पब्लिकले लिखत प्रमाणीकरण नक्कल प्रमाणित तथा अनुवाद गर्ने कार्य विश्वमा १२ औं शताब्दीबाट शुरुवात भएको पाइन्छ तापनि हाम्रो देशमा भने सन् २००७ सालमा नेपाल डब्ल्यु.टि.ओ.को सदस्य राष्ट्र भएपछि मात्र नोटरी पब्लिक ऐन २०६३ जारी भई फागुन १ गतेदेखि लागू गरिएकोले २०६३ साल फागुन १ गतेदेखि नोटरी पब्लिक ऐन दिवसका रुपमा मनाउने गरिएको हो।

नोटरी पब्लिकको अर्थ र परिभाषा

एनसाइक्लोपेडिया ब्रिटानिका २००६ मा गरिएको परिभाषाअनुसार नोटरी पब्लिक त्यो अधिकार हो जसको प्रमुख कार्य करार, तमसुक तथा अन्य लिखतहरूलाई उपर्युक्त प्रमाणपत्र वा नोटरियल छापद्वारा प्रमाणित गर्नु हुन्छ।

माइक्र्रोसफ्ट एनकार्टाामा नोटरी पब्लिकलाई प्रमाणीकरण गर्ने अधिकार प्राप्त व्यक्तिको रुपमा परिभाषा गरिएको पाइन्छ।

भारतीय नोटरी सम्बन्धी ऐन १९५३ मा नोटरी भन्नाले यस ऐनद्वारा सो कार्यका लागि तोकिएको व्यक्तिलाई बुझाउँछ भनी परिभाषा गरिएको छ। त्यहाँ नोटरीलाई करार वा त्यस्तै प्रकारका लिखतहरू, विनिमयपत्र आदिको प्रतिवाद तयार गर्न, अरु औपचारिक प्रकृतिका कर्तव्यहरू पूरा गर्न, सार्वजनिक रुपमा अधिकार पाएको व्यक्तिलाई जनाउन प्रयोग गरिएको पाइन्छ।

नोटरी पब्लिकको योग्यता उसको भूमिका र कर्तव्यसँग सम्बन्धित छ। जहाँ नोटरी पब्लिकले कानून व्यवसायीको समेत भूमिका निर्वाह गर्दछ। निश्चित अवधि कानून व्यवसाय गरेको व्यक्ति मात्र नोटरी पब्लिक हुन योग्य मानिन्छ। जहाँ कानुन व्यवसायीको भूमिका हुँदैन त्यहाँ नोटरी पब्लिकको योग्यता फरक किसिमले निर्धारण भएको पाइन्छ।

बेलायतमा नोटरीमा दर्ता हुन कानूनको ड्रि्री वा ५ वर्षको अनुभव प्राप्त कानून व्यवसायी भई क्याम्ब्रिज युनिभर्सिटीको २ वषे पोस्ट ग्राजुयट डिप्लोमा इन नोटरीयन प्राक्टिस हासिल गरेको हुनुपर्ने तथा विदेशी भाषा र विदेशी कानूनको समेत ज्ञान भएको हुनुपर्दछ। अमेरिकामा नोटरीको योग्यता राज्यपिच्छे फरक पाइन्छ, अमेरिकाको भेयना राज्यमा नोटरी हुनका लागि १८ वर्ष उमेर पुगेको र अंग्रेजी भाषामा प्रवीण व्यक्ति हुनुपर्ने व्यवस्था छ भने मोन्टगोभेरीमा उक्त राज्यको बासिन्दा, मतदाता सूचीमा नाम दर्ता भएको, आवश्यक रकमको ऋण पत्र पेश गर्न सक्ने हुनुपर्दछ, त्यस्तै गरी क्यालिफोर्नियामा १८ वर्ष उमेर पुगेको सो राज्यकै बासिन्दा राज्यले निर्धारण गरेको कार्यक्रम पूरा गरी लिखित परीक्षा उत्तीर्ण भएको व्यक्ति नोटरी पब्लिक बन्न पाउने व्यवस्था रहेको पाइन्छ।

यसैगरी अष्ट्रेलियामा केही वर्ष कानून व्यवसायीको रुपमा काम गरेको व्यक्ति हुनुपर्दछ र नोटरी सम्बन्धी काम, कर्तव्य र अधिकारबारे त्यहाँको कानून बमोजिम करारीय र व्यापारिक लिखतहरूको कार्यान्वयन सम्बन्धी ज्ञान भएको हुनुपर्दछ। नोटरीका लागि पर्याप्त तालिम, योग्यता र पदको कार्यदक्षता र प्रभावकारी रुपमा सम्पन्न गर्न सक्षम हुनुपर्दछ।

यस अर्थमा नोटरी पब्लिक भनेको अविवादास्पद विषय जस्तो अचल सम्पत्ति हस्तान्तरण सम्बन्धी लिखतहरू, वारेसनामा , दुर्इपक्षहरु मिली आएको अबस्थामा गरीने लिखतहरु , अन्तर्राष्ट्रिय व्यापार आदि विषयमा जनतालाई सेवा पुर्‍याउने उद्देश्यले कानूनद्वारा सृजित सार्वजनिक अधिकार हो।

नोटरीले गर्ने कार्यहरूमा

१)     सपथ खुवाउने – शपथ पत्र तथा कानून बमोजिम घोषणा लिने।

२)     खास प्रकारका लिखतहरूलाई प्रमाणीकरण गर्ने र तिनको निष्पादनलाई आधिकारिकता दिने

३)     तमसुक र अरु हक हस्तान्तरणका लिखतहरू तयार गर्ने

४)     प्रतिवाद तयार गर्ने

५)     विनियम पत्रको स्वीकृति गर्ने विदेशी ड्राफ्टको सूचना प्रदान गर्ने, सामुद्रिक क्षतिमा प्रतिवाद तयार गर्ने

६)     नमूना र नोटरियल प्रतिलिपिहरू उपलब्ध गराउने लगायत खास प्रकारका औपचारिक कार्यहरू पर्दछन्

नेपालमा नोटरी पब्लिक

नेपालमा लिखतको प्रतिलिपि (नक्कल) प्रमाणित गर्नु गराउनु परेमा सरकारी सेवामा वहाल रहेका नेपाल सरकारको राजपत्रांकित अधिकृत तहका कर्मचारीले प्रमाणित गरेको प्रतिलिपिलाई नेपाली कार्यालयहरूमा कानूनी मान्यता दिइने गरिएको थियो, तर यो व्यवस्था बाध्यात्मक भने थिएन। यस्तो व्यवस्थाले त्यस्ता कर्मचारीबाट नक्कल प्रमाणित गराउन सर्वसाधारणलाई सहज पनि थिएन, नक्कल प्रमाणित गर्न चिनजान सिफारिस अधिकारपत्र ऐन २०३४, धितोपत्र कारोबार ऐन २०४० तथा लेख्य प्रमाणिक (नोटरी पब्लिक) नियमावली २०४१ नोटरी सम्बन्धमा गरिएका प्रारम्भिक कानूनी व्यवस्थाहरू थिए तर लागू हुन् सकेनन्। विनियम अधिकार पत्र ऐन २०३४ को दफा २ को खण्ड (१) मा नोटरी पब्लिक भन्नाले ऐनको दफा १०६ बमोजिम नियुक्ति भएको वा तोकिएको व्यक्तिलाई सम्झनुपर्छ भन्ने परिभाषा थियो दफा १०६ ले नोटरी पब्लिकले गर्नुपर्ने काम गर्न नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशित गरी नोटरी पब्लिक नियुक्त गर्न वा सो काम गर्ने कुनै अधिकृतलाई तोक्न सक्ने व्यवस्था गरेको थियो।

नोटरी पब्लिकको योग्यता, प्रमाणपत्र, आचरण, दस्तुर र अन्य कार्यविधि तोकिए बमोजिम हुने व्यवस्था, ऐनको दफा १०९ बमोजिम लेख्य प्रमाणिक (नोटरी पब्लिक) नियमावली २०४१ जारी भएको थियो तर उक्त ऐन र नियमावली समेत लागू हुन सकेन।

यसपछि देशको बदलिदो परिस्थिति र आवश्यकता अनि विदेशीमा प्रचलनमा रहेको नोटरी पब्लिक व्यवस्था र हामीले गर्दै आएका प्रक्रियामा देखिएका त्रुटीहरुलाई पहिचान गर्न लिखत हस्ताक्षर गर्ने वास्तविक व्यक्तिको  एकीन गरी जालसाजी र किर्तेजन्य काम कारबाहीलाई नियन्त्रण गर्न तथा सरल र सुलभ तरिकाले कागजातको अनुवाद तथा प्रमामीकरण गराउने व्यवस्था गरी सर्वसाधारणको हितमा नोटरी पब्लिक सम्बन्धी कानुनी व्यवस्था गर्न नोटरी पब्लिक सम्बन्धी ऐन, २०६३ तथा नियमावली समेत जारी गरीयो।

२०६३ फागुन १ गते देखि लागू भएका यो ऐन   नेटरी पब्लिक सम्बन्धी काम गर्ने कानून व्यवसायीहरुले नोटरी पब्लिक  दिवसका रुपमा मनाउन थालिएको हो  २०६३ सालदेखि यो ऐन मुलुकभर लागु भएको छ । तापनि नोटरी पब्लिकको काम, आवश्यकता र महत्वका सम्बन्धमा आम जनमानसमा व्यापक जानकारी रहेको पाइदैन। नोटरी पब्लिकबाट लिन सकिने सेवाका बारेमा चासो राख्नु र कानुनतः प्राप्त सेवा सुबिधा लिई फाइदा लिन पनि यसबारे आम सर्बसाधारणामा जानकारी हुनु आवश्यक छ।

नोटरी  पब्लिक सम्बन्धी नियमावली २०६३ दफा २० मा नोटरी पब्लिकको शुल्कसम्बन्धी व्यवस्था भएअनुसार लिखत प्रमाणीकरणको प्रतिलिखत पाँचसय रुपियाँमा नबर्ढाई, नागरिकता, जग्गाधनी पुर्जा, जन्ममृत्यु, विवाहदर्ताको अनुवाद को प्रति कागजात एक सय पचास, कानूनी लिखत, फैसला, आदेश, विधान, यस्तै कागजातको प्रतिपृष्ठ पाँच सय ,स्थानीय निकायको सिफारिस र यस्ता अन्य कागजातको दुर्इ सय र नक्कल प्रमाणीकरण गर्दा पहिलो प्रतिका लागि रु. २० र त्यसपछि सोही कागजातको प्रतिको रु. १० मा नबर्ढाई लिने व्यवस्था छ। नोटरी पब्लिकले नियमावलीमा व्यवस्था गरेबमोजिम लिखत प्रमाणीकरण गर्न आउनेको निवेदन, नाम थर वतन, अनुवाद गरिएको लिखतको विषय पृष्ठ संख्या, लिएको शुल्क अनुवाद गरीदिएको मिति लगायतको रेर्कर्ड आफ्नो अभिलेखमा राख्नुपर्छ र प्रत्येक वर्ष नोटरी पब्लिक परिषदको कार्यालयमा प्रतिवेदन पेश गर्नुपर्दछ।

नियमानुसार नोटरी पब्लिक सम्बन्धी कार्य गर्न खर्चिलो छ तर कानूनमा तोकिएको शुल्क र कार्यालय व्यवस्थापनदेखि स्टेशनरी लगायत सामग्री खरिद गरी नोटरी प्रमाणित गर्नु गराउनुपर्दा तोकिएको शुल्क समय सापेक्ष छैन भन्ने कुरामा दुर्इमत छैन तापनि हाम्रो ऐन कानुनले व्यवस्था गरेबमोजिम नै हालसम्म नोटरी पब्लिक सेवा उपलब्ध गराउँदै आइएको पाइन्छ।

नेपालमा नोटरी पब्लिकका समस्या

१)     पहिचान वा मान्यतामा  समस्या

२)     सेवाको वितरणमा समस्या

३)     कार्यमा स्पष्टताको अभाव

४)     शुल्क सम्बन्धी कानुनी व्यवस्था भइतापनी एकरुपता छैन

५)     अनुवादमा एकरुपता नहुनु

६)     असल नियतले गरेका कामको बचाउ गर्न सहयोगका अभाब छ।

७)     स्थानीय तह तथा सरकारी निकायहरुको समन्वयको अभाब छ।

नोटरी पब्लिक सम्बन्धी आचारसंहिता इमान्दारीपूर्वक पालन गर्दै समाजलाई निष्पक्ष र सहज सेवा उपलब्ध गराउनुपर्दछ। जसले गर्दा नोटरी पब्लिकलाई निजको पेशा व्यवसाय गर्ने सर्न्दर्भमा एउटा कर्तव्यनिष्ठ ,इमान्दार र महत्वपूर्ण सार्वजनिक जवाफदेही पदको व्यक्ति मानिएको छ। हाम्रो नोटरी पब्लिकको आफनै आचारसंहिता २०६४ ले नोटरी पब्लिकको पेशागत आचरण र स्वतन्त्रता, र र्सार्बजनिक जवाफदेहीता सम्बन्धी आचरण गरी तिन छुट्टाछुट्टै व्यवस्था गरिएको पाइन्छ। जस अनुसार नेपालमा नोटरी पबिलकको गरिमा र हैसियत कायम राख्नका लागि सोही आचरणभित्र रहेर कार्य गरी सेवामा जुट्नु नै नोटरी पब्लिकको जिम्मेवारी र्ठहर्छ।

- विष्णु अधिकारी