राष्ट्र निर्माता पृथ्वीनारायण शाहलाई स्मरण गर्दा

आजको सिङ्गो नेपाल राष्ट्र र सिङ्गै नेपाली समाजको एउटै माला बुन्ने बहुआयामिक व्यक्तित्वका धनि राष्ट्र निर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको आदर्श सपना, दिव्य उपदेश, अनुकरणीय चिन्तन र चरित्र, राज्य सञ्चालन सूत्र, परराष्ट्रनीतिको निर्देशक सिद्धान्त, धार्मिक सामाजिक, संस्कृतिक, औद्योगीक र कूटनीतिक फाइदाहरूलाई समष्टिरूपमा भन्नुपर्दा मान्छेको जीवनमा, ज्ञान, सीप, सेवा, त्याग आध्यात्मिक चिन्तन विश्वास र निष्ठालाई जागृत गर्ने जागृत भावनाको निरन्तरताको ज्वलन्त उदाहरण नै नयाँ नेपालको निर्माण थियो। उनै प्रतापी भूपति श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहप्रति श्रद्धा सुमन अर्पण गर्दछु।

राष्ट्र निर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको अमर चिन्तन र चरित्रको प्रभावमा उहाँलाई स्मरण गर्नु र श्रद्धा आस्था र विश्वासको शब्द सुमन अर्पण गर्दा नेपाल राष्ट्रका निर्माताप्रति श्रद्धा सुमन नै हुन्छ। अहिलेको अवस्थामा हेर्‍यो भने ती हिजोका ऐतिहासिक दूरदृष्टि, दूरगामी सोच अनि समग्र सिङ्गो देश, नेपाली समाजका यावत पक्षहरू सह-अस्तित्वमा रहेकालाई गुट-उप गुट-फुट-टुटको सङ्घारमा उभ्याएर स्वेच्छाचारितालाई अँगाल्दै नेपाल राष्ट्रलाई विपद गामी तुल्याएको अहिलेको अवस्था छ। विचलित, विसङ्गत बनेको नेपाली मनस्थितिलाई राष्ट्रिय एकताको भावनाले प्रेरित हुनुपर्ने अवस्थालाई जागृत गराउनु नै आजको आवश्यकता खड्किएको छ।

पृथ्वीनारायण शाह २० वर्ष पुग्दा उनका पिताको स्वार्गारोहण भयो। राजा नरभूपाल शाहको परलोक भएपछि उनि गोरखा राज्यका राजा भएका थिए। पृथ्वीनारायण शाह सानैदेखि सूरवीर निडर थिए। यिनको विहे मकवानपुरका राजा हेमकर्णसेनकी छोरी इन्द्रकुमारीसँग भएको थियो। पछि दोस्रो बिहे वनारसका राजपुत मान सिंहकी छोरी नरेन्द्र लक्ष्मीसँग पनि विवाह गरेका थिए। आफ्ना ससुरा मकवानपुरका राजासँग वैमनस्यता बढेपछि दोस्रो विवाह गरेका हुन् भन्ने भनाइ छ। पृथ्वीनारायण शाहले राज्यभार सम्हालेको समयमा नेपाल आजको जस्तो थिएन। त्यसबेला अहिलेको नेपाल अधिराज्य रहेको भूभाग धेरै साना साना राज्यमा बाँडिएको थियो। ती साना राज्यहरू आपसमा लडिरहन्थे। यसले गर्दा तिनीहरू कमजोर भएका थिए अहिले हामीले भन्ने गरेका काठमाडौं समेत त्यसबेला काठमाडौं राज्य, भक्तपुर राज्य, ललितपुर, पाटन राज्य,  देउपाटन राज्य, कीर्तिपुर राज्य समेत सानासाना राज्य थिए। यसरी टुक्रा-टुक्रा भएका समयमा गोरखाका राजा पृथ्वीनारायण शाह थिए। अरु साना साना राज्यभन्दा गोरखा एक बलियो राज्य थियो।

ऐतिहासिक सत्य तथ्य नै राष्ट्रिय गौरव हो। हाम्रो वर्तमान स्वाभिमान पनि हो भन्ने कुरालाई हामी नेपालीले चटक्कै भुलिदिएको कारणनै उहाँजस्ता महान गौरवशाली व्यक्तित्वको इतिहासलाई विर्सिएर, यो राष्ट्रको निर्माता को हो – भन्नेबारे नसम्झिएर उहाँको शालिकमाथि बुट बजार्नेसम्मका दुष्कर्म, हर्कत गरिएको अवस्था र समय भुल्ने बेला भएको छैन। जुन गौरवशाली व्यक्तित्वका धनि साना-साना भुरे टाकुरे बाईसे चौबीसे राज्यहरूलाई मिलाउँदै जित्दै विशाल नेपालको परिकल्पना गर्नुभएर आजको नयाँ नेपाल निर्माण भएको हो। एकीकरणको अभियानलाई अगाडि बढाउने राष्ट्र निर्माता श्री ५ पृथ्वीको राष्ट्र प्रेम, जनता प्रेम, सुशासन, शत्रु माथिको विजय, दिव्य उपदेश राज्य विस्तारको क्रममा कतै निराशा आए पनि साहसका साथ अगाडि बढेको आफ्नो जुक्ति बुद्धि र पराक्रमले सबैमाथि सधैँ विजय हासिल गरेको, योग्य योद्धाको साथ पाएको, दिव्य इच्छाले अखण्ड राष्ट्र सृजनाको क्रमलाई सफल तुल्याउँदै लगेको ऐतिहासिक तथ्यपरक विषय हामीले प्रष्ट रूपमा बुझेका छौं। उहाँका मर्मस्पर्शी राष्ट्रिय भाव धारा, राष्ट्रियताले ओत पोत भएका दिव्य उपदेश आज पनि त्यतिकै सान्दर्भिक छन्।

श्री ५ पृथ्वीनारायण शाहलाई साना-साना राज्य जितेर एउटै राज्य बनाउने विचार आयो। काठमाडौंको अवस्था बुझ्ने प्रयास गरे, बुझे युद्ध गरे जिते विस्तारै विस्तारै पृथ्वीनारायण शाहले उपत्यका र त्यसको वरिपरिका सबै राज्यलाई जितेर सबै टुक्रिएका राज्यलाई एकै ठाउँमा मिलाए त्यसै बेलादेखि नेपाल एउटा शक्तिशाली राज्यमा परिणत भयो। पृथ्वीनारायण शाहले कमजोर राज्यलाई बलियो बनाएका थिए। उनैले नयाँ नेपाल बनाएका हुँदा त्यसैले पृथ्वीनारायण शाहलाई आधुनिक नेपालका निर्माता भनिन्छ। यसरी पृथ्वीनारायणले त्यो बेला आजको नेपालको परिकल्पना गरेका हुन्। उनले नयाँ नेपाल नबनाएको भए नेपालमा विदेशीहरू पस्न सक्दथे भन्ने सहजै अनुमान गर्न सकिन्छ। त्यसबेला भारतमा अङ्ग्रेजहरूको शासन शक्ति प्रचुर मात्रामा बढेको अवस्था थियो। सात समुन्द्र परदेखि भारतसम्म आइपुगेका अङ्ग्रेजहरूले नेपालमाथि आक्रमण नगर्ने र आँखा नगाढ्ने कुरै थिएन। उनिहरूले त्यो बेलाबाट विभिन्न स्वार्थ लिएर छिर्ने भरपूर प्रयास गरेका थिए भन्ने पढ्न पाइन्छ।

श्री ५ पृथ्वीनारायण शाहले काठमाडौं कला कौशल र व्यापारको केन्द्र भएकोले विदेशीहरूले पाइला टेक्लान् कि भन्ने यो त्रास पनि थियो। त्यति बेला काठमाडौं क्षेत्रका राज्यहरू कमजोर भइसकेको अवस्था थियो। श्री ५ पृथ्वीनारायण शाहले आफ्नो एकीकरण अभियानद्वारा विदेशीहरूलाई नरोकेको भए उपत्यका विदेशीहरूको आक्रमणको प्रकोपमा पर्ने थियो नै भनिन्छ अर्थात श्री ५ पृथ्वीनारायण शाहले नेपाल एकीकरण नगरेको भए अङ्ग्रेजहरूले नेपाललाई आफ्नो हातमा पार्ने थिए। विदेशी आक्रमणकारीहरूको प्रवाह भएको भए हाम्रा कला कौशल मन्दिर मठहरू समेत नष्ट हुन सक्ने थिए भन्ने सहजै अनुमान गर्न सकिन्छ। यदि श्री ५ पृथ्वीनारायण शाहले त्यतिको साहसिक कदम उठाएर नै आजको अवस्थासम्म आएको हो। तर यति बेला आएर हाम्रो धर्म, संस्कृति र सभ्यता नै सड्ढटमा पर्न गएको अवस्था छ। श्री ५ पृथ्वीनारायण शाहले केही नोक्सान नपारी राष्ट्रभक्त उपदेश हरू प्रस्तूत गरेर देश बलियो बनाएर नेपाल र नेपाली जातिलाई सधैँको लागि बचाएको वास्तविकतालाई भुल्न हुँदैन।

श्री ५ पृथ्वीनारायण शाहको जीवनको धेरै समय लडाइँमै वित्यो। राज्य सुधारका कार्य धेरै गर्न नपाए पनि उनले ‘मेरो राज्य चार जात छत्तीस वर्णो साझा फूलबारी हो’ भन्ने उक्ति दिए यस प्रकारको उद्वोधवाट के प्रष्ट हुन्छ भने श्री ५ पृथ्वीनारायण शाहले सबै जातिलाई समान दृष्टिकोण, समान व्यवहार गर्दथे भन्ने बुझिन्छ। जनताको उन्नित हुँदै जाओस् भन्ने उनको ठूलो अभिलाषा थियो। जनता निरोगी ह्रष्टपुष्ट बलियो भएमात्र राज्य सरकार बलियो हुन्छ भन्ने पनि उनको मान्यता थियो। जागिरमा पनि उनले सक्षम व्यक्तिहरूलाई चयन गरी कामकाज चलाएका थिए भन्ने पाइन्छ।

श्री ५ पृथ्वीनारायण शाहले आफ्नो देशको व्यापार बढाउने प्रवल इच्छा भएको पाइन्छ। तिब्बतसम्मको व्यापार नेपालबाटै गर्न चाहन्थे। यसको लागि श्री ५ पृथ्वी नेपालको व्यापार नेपालकै हातमा हुनुपर्दछ भन्ने यिनको नीति थीयो। त्यसैले उनले विदेशी व्यापारीहरूलाई देशभित्र प्रवेश गरायो भने तिनीहरूले दुनियाँलाई कङ्गाल बनाइ छोड्दछन भन्ने उनको विश्वास थियो। यिनले विदेशी कपडा झिकाउन समेत रोक लगाएका थिए। यसको अर्थ हुन्छ स्वदेशमै धन्दा चलाउनु विदेशमा उत्पादित माल सामान पठाऊ रकम खिचेर ल्याऊ भन्ने उनको नीति थियो। उनले स्वदेशी उद्यमी, राष्ट्र भक्त देशप्रेमी धर्मप्रेमी, बुद्धिमान र परिश्रमीको असाध्यै कदर गर्दथे भन्ने प्रष्ट हुन्छ। श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको आफ्नो जीवनका अन्तिम समयमा उहाँका दुर्इ छोरा श्री ५ सिंहप्रताप शाह र बहादुर शाहले पनि आफ्ना पौरखी पिताको सपनालाई साकार पार्ने दृढ सड्ढल्प गरी अनेक दुख कष्ट र दण्ड पाउँदा पनि बहादुर शाहले आफ्नो जीवन बहादुरीका साथ राष्ट्रकै निम्ति खर्चेको नेपाल देश झन-झन विशाल हुदै गएको पूर्वमा टिष्टा पश्चिममा काँगडा उत्तरमा हिमालय र दक्षीणमा गंगा नदीसम्म नै नेपाल फैलिन पुगेका जनतालाई बलियो बनायर मुलुकलाई सुदृढ पार्ने नीति लिएको, नेपाल एउटा सुदृढ राष्ट्रका रूपमा विकसित भएकोले नेपाल राष्ट्रले आजको आकार पाउने क्रममा श्री ५ पृथ्वीले ठूलो जोखिम र दुख उठाउनुपरेको त्यो भीमकाय कार्यबाट बनेको यो समृद्ध मुलुक बनाउने तिनै महान पुरुषको त्यो बलिदानीलाई आजका हामी नेपालीले नै भुल्न थाल्यौं। यस देशको हित निर्माण, विकास र विस्तारमा मैले के दिएँ वा मैले के दिन सकिन जस्ता प्रश्न आज हामी आफैमा गर्नुपरेको अवस्था छ। यो पवित्र मन्दिरलाई विकसीत गर्न साझा प्रयाश हुनुपर्ने हो तर आज त्यो नभई यी नेपाल आमाको छातीमा अनेकौं हर्कत, हतकण्ठाहरू अपनाइ पृथ्वीका दिव्य उपदेशलाई वेवास्था गरी मनोमानी ढ·बाट आज देश चलाउन खोज्दा उद्योग कल कारखाना हरायका छन धर्म संस्कृति जोखीममा परेको छ। हराउदै गएको छ। अर्थको अनर्थ हुन गएको छ।

मुलुक सड्ढटको विकराल अवस्थामा पुर्‍याईएको छ। यो अवस्थामा पुर्‍याउन अहिलेका शासक वर्ग नै जिम्मेवार छन्। जनताले सड्ढट भोग्नु परेको छ। राष्ट्रको अस्तित्व आफ्नो संस्कृतिको अस्तित्व सिठो बालेर खोज्नुपरेको अवस्था दिनानु दिन बढ्दै गएको अवस्था छ। आज जनतालाई राजनीतिक र शासक वर्गले रुमल्याएर कुन धरातलमा उभिएको हो पत्तो नहुने अवस्थामा आइपुग्दासम्म राष्ट्रको अस्तित्व बचाउनेतर्फ होइन कि खतमै पार्न लागिपरेको अवस्थालाई नकार्न मिल्दैन। किनकि बाह्य राष्ट्रको हस्तक्षेप र चलखेल त्यति नै बढेको यदाकदा चर्चा हुने गरेका छन्। काठमाडौंंमा पानी पर्दा दिल्लीमा छाता ओढ्ने र दिल्ली बेइजिङ र वासि·टनमा पानी पर्दा काठमाडौंमा छाता ओढ्ने आजको बुझाइ र रिझाइ नै राष्ट्र निर्माता श्री ५ पृथ्वीका दिव्योपदेशको मर्मस्पर्शी भावना चटक्कै भुलेको प्रष्ट हुन्छ। हाम्रो आफ्नो नेपाल, हामी नेपाली हौं। हम्रो अस्तित्व केमा थियो। हिजोका राम्रा कुराहरू के-के थिए – तिनको लेखाजोखा गर्ने अवस्था पुनः आएको छ। समाज निदोर्ष छ, अर्थात निदोर्षको सङ्ख्या अत्यधिक छ। तै पनि वास्तविकतालाई उजागार गर्न नसक्ने, गुनासो मात्र कुनामा बसेर गर्ने गर्दा त्यो निष्कलड्ढति निदोर्ष समाजले पनि अपराध सहनु र भोग्नु पनि त पक्कै राम्रो होइन। यसरी वहकावमा लागिरह्यौं भने राष्ट्रकै स्वत्व समाप्त नहोला भन्न सकिदैन। यो प्रकारन्तरले गयौं भने हाम्रो अगाडि उज्यालो होइन अन्धकार मात्र हुनेछ। देशका नागरिकले  भोली अवश्य भन्नेछन्-परिवर्तन भनिएको समानता हो खोर्इ त्यो समानता ! धनि गरिबीचको भेदभाव बढ्दै गएको छ। धनी झन धनी-नवधनाढ्य उर्वर भए। आज जनताका छोराछोरी विदेश पलायन भए। औद्योगिक उत्पादन, उद्योग, कल कारखाना, देशमा चलाएर होइन भएका उद्योग धन्दाहरू खतम बनाएर, बर्बाद गराएर राष्ट्र क·ाल पार्दैछन्। यस्तो अवस्थाले समृद्ध देश आज यो हर्कतमा पुर्‍याउदा, देख्दा के ती पूर्वजहरू वा यो राष्ट्र निर्माताको आत्माले शान्ति पाएको छ त ? सबैले बुझ्न जरूरी छ। यो राष्ट्रबाहेक अन्य विषय नेपालीको साझा हुन सक्दैन। जो जसले जुन विचारको चिन्तन गरे पनि ‘राष्ट्र’ लाई  बलियो समृद्ध बनाउन जोड दिऔं। तब राष्ट्र निर्माताप्रति सच्चा श्रद्धाञ्जली हुनेछ। ‘सबैमा चेतना भया।’

- केशव भण्डारी