राष्ट्र निर्माताप्रति श्रद्धासुमन

शाह वंशको उदय हुनुभन्दा पहिले आजको नेपाल ससाना भागहरुमा विभाजित राज्यहरुको रुपमा थियो। त्यो समयमा खण्ड खण्डमा प्रशासनिक एकाईहरुका रुपमा अवस्थित ती साना राज्यहरुलाई एकत्रित गरी समृद्ध राष्ट्र निर्माण गर्ने सोच र साहसिक कार्यमा सफल हुने महान व्यक्तित्व तत्कालीन गोरखाका राजा श्री ५ पृथ्वीनारायण शाहले नेपाल राष्ट्रको निर्माण परिकल्पना गरेर आधुनिक  सिंगो नेपालको निर्माता बनेको इतिहास हाम्रा सामु विद्यमान छ। उनै प्रतापि भूपति श्री ५ बडामहाराजा पृथ्वीनारायण शाहप्रति हार्दिक श्रद्धा सुमन अर्पण गर्दछु।

श्री ५ पृथ्वीनारायण शाहको जन्म बिक्रम संवत् १७७९ साल पौष २७ गतेका दिन गोरखामा भएको थियो। उनका पिता राजा नरभूपाल शाह र आमा रानी कौशल्यावती हुन्। पृथ्वीनारायण शाह गर्भमा हुदाँ एउटा अनौठो घटना घटेको थियो भन्ने कुरा इतिहासमा उल्लेख भएको पाइन्छ। एकरात महारानी कौशल्यावतीले र्सूयलार्ई निलिरहेको सपना देखिन्। तत्काल न्रि्रा खुलेपछि उनले सपनाको सवै कुरा आफ्ना पति राजालाई सुनाइन्। राजा-रानी सपना राम्रो भएकोले अव निदाउनु भएन भनी कुरा गरी बसीरहे। दुवै जना सुतेनन् यो सपनाले प्रभावशाली, वीर, पुत्र जन्मने संकेत गरेको अनुमानवाट नै उनीहरु खुशी भएका थिए। राम्रो सपना देखिसकेपछि ननिदाईकन उज्यालो भएमा सपनाको राम्रो फल  प्रप्ति हुने मान्यतामा यो ऐतिहासिक कथ्य आधारित छ।

पृथ्वीनारायण शाह आमाको गर्भमा सात महिना मात्र वसेर यस धरतीमा जन्म लिन आएका महामानव हुन्। बालक हुदाँ पनि अर्को अनौठो घटना घटेको कुरा इतिहासमा उल्लेख भएको पाइन्छ। बालक पृथ्वीनारायण शाह घुमफिर गर्दा गर्दै एकदिन गोरखनाथको गुफामा पुगेछन्। गोरखनाथले जोगीको रुप धारण गरी पृथ्वीनारायणसँग दहीखान मागे। बालक पृथ्वीनारायण शाहले आफ्नी आमासंग दहीमागेर ल्याएको देखेर जोगी खुशी भए। जोगीले त्यो दही आफूले नसकेर जूठो मात्रै पारेर पृथ्वीनारायण शाहलाई खान दिए। राजकुमार जोगीको जुठो दही सरासर खान सकेनन्। फलत : हातबाट दही बालकको गोडामा पर्‍यो। गुरु गोरखनाथले भने- ए बालक “यो दही खाएको भए तिमीले जे बोल्थ्यौँ त्यो पुग्दथ्यो,  गोडामा खसेकोले तिमीले हिँडेको जति ठाउँ त्रि्रै राज्य हुनेछ।” भनेर आर्शिवाद दिएर जोगी रुपका गुरु गोरखनाथ अदृश्य भएको कथ्य पनि छ। साच्चै जोगीले भने जस्तै भयो र पृथ्वीनारायण शाहले राज्य विस्तार गर्ने काममा ठूलो सफलता प्राप्त गरे। सबै तर्फ जित हात पारे।

श्री ५ पृथ्वीनारायण शाहको स्वभाव राम्रो थियो। उनको स्वभाव सरल र मिजासिलो भएको हुदाँ सवैसंग मेलमिलाप राख्नु नै श्रेयस्कर मान्ने नै उनको विशेषता थियो। उनको शासनकालमा जनताहरु सुखी र खुशी थिए। प्रजाहरुको भलाई नै आफ्नो मूल कर्तव्य ठान्दथे। उनी योग्य राजा र उदार व्यक्ति भएका कारण राज्य जितेका देशका प्रजाहरुसंग झनै मेलमिलाप गर्दथे। मेरो राज्य चार वर्णन छत्तीस जातको साझा फूलवारी हो, भन्ने यिनको मान्यता रहेको थियो। समान दृष्टिले सवैलाई समान व्यवहार गर्दथे। जनताको प्रगति उन्नति भएको देख्न चाहने राजा पृथ्वीको ठूलो इच्छा अभिलाषा रहेको थियो। प्रजा बलियो भए मात्र सरकार बलियो हुन्छ, भन्ने उनको मान्यता थियो। त्यसै मान्यताका आधारमा योग्य व्यक्तिहरु खोजी खोजी निजामतीसेवामा भर्ना गराएका थिए।

पृथ्वीनारायण शाहले देशमा व्यापार वढाउनेर्र् इच्छा राखेर तिव्बत संगको व्यापार नेपालवाटै हेर्न चाहन्थे। व्यापार नेपालकै हातमा हुनुपर्दछ भन्दथे। विदेशी व्यापारी माहाजनहरु स्वदेशमा भित्र्याइयो भने उनीहरुले दुनियाँलाई कंगाल बनाई छाड्दछन् भन्ने उनको विश्वास थियो। विदेशी कपडा झिकाउन पनि रोकिदिएका थिए। स्वदेशी व्यवसायलाई प्रोत्साहित गराउन पर्दछ भन्ने मान्यतामा उनी थिए। विदेशमा माल निर्यात गरी रुपैयाँ खिचेर ल्याउनु पर्दछ भन्ने उनको तीव्र अभिलाषा रहेको थियो। विदेशी नटुवा -नाचगान) गर्नेहरुलाई पनि नोपाल देश छाड्न लगाएका थिए। धर्ममा दखल पर्ला भनी पृथ्वीनारायण शाह धर्म कर्ममा पनि कट्टर थिए भन्ने उपरोक्त व्यवहारबाट पनि प्रष्ट हुन्छ।

पृथ्वीनारायण शाहको समयमा न्याय इन्साफ अत्यन्त राम्रो थियो। कसैमाथि भेदभाव थिएन। उनी बुद्धिमानी र परिश्रमीको कदर गर्दथे। उनको कार्यकालमा न्यायको लागि पञ्चभलादमीहरुको समुदायले आआफ्नै झै झगडा मिलाउदथे। पृथ्वीनारायण शाहले आन्तिम समयमा आफ्ना भाइ भारदारहरुलाई उपदेश दिएका छन्। ती उपदेशहरुलाई श्री ५ पृथ्वीको दिव्य उपदेशका रुपमा अहिले पनि उत्तिकै मनन्् योग्य, अविस्मरणीय महत्वपूर्ण विशेषताहरु रहेका निम्न अनुसार छन् :

१) पृथ्वीनारायण शाहले नेपालीहरुलाई आफ्नो कुलधर्म नछाड्ने उपदेश दिएका छन्। उनले नेपाललाई असल हिन्दुस्थान हो भनेका छन्। यसको अर्थ हुन्छ, हिन्दुहरुको मूल वासस्थान भएको वास्तविक स्थान हो , भन्ने कुरामा हामीहरु स्पष्ट हुनु पर्दछ।

२) पृथ्वीनारायण शाहले देशका जनताहरु स्वावलम्वी हुनुपर्छ भन्थे। स्वदेशी उद्योग व्यवसाय बढाउनु पर्दछ ,भन्ने उनको उपदेश थियो। स्वदेशी उद्योगधन्दाहरु बढेमा मात्र देशको अवस्था राम्रो हुन्छ भन्ने विश्वासले गर्दा उनी विदेशीहरुमा भरपर्न हुदैन भन्ने मान्यतामा अडिग थिए।

३) पृथ्वीनारायण शाहले नेपाललाई दुर्इ ढुंगाको बीचमा रहेको तरुल भनेका छन्। नेपाल भारत र चीनको विचमा रहेको तथ्यलाई औल्याएर उनले यसो भनेका थिए। यसैले नेपालले आफ्नै स्वतन्त्र नीति अपनाउन सकेन भने यसको स्वतन्त्र शक्ति हराउदँछ भन्ने उनको मान्यता थियो।

४) पृथ्वीनारायण शाह राजा र प्रजाबीच राम्रो सम्बन्ध हुनुपर्दछ भन्दथे। यसैलाई लिएर उनी भन्दछन् – राजाका भण्डार भन्याका रैतानहरु हुन्, प्रजा मोटा भया दरबार बलियो हुन्छ। राज्यले न्याय निसाफ हेर्नु पर्दछ। मुलुकमा अन्याय हुन दिनु हुदैन् भन्ने पृथ्वीनारायण शाहको उपदेश छ। साथै श्री ५ पृथ्वीले सिपाही र रैतीलाई राज्यका आधार मानेका छन् र रैति र सिपाही मिलाएर राख्न पनि सल्लाह दिएका छन्। यसो भएमा देशभित्र कुनै गोलमाल र विद्रोह हुन पाउदैन। आज पनि उपरोक्त विचार र कुराहरु उत्तिकै सान्दर्भिक सत्य र सार्थक छन्।

५) पृथ्वीनारायण शाहले प्रजातान्त्रिक प्रणालीलाई मानेका थिए। उनले प्रधानमन्त्रीको चयन गर्दा प्रजाहरुको राय सल्लाह लिन्थे। जनचाहना अनुरुपको व्यक्तिलाई नै प्रधानमन्त्री बनाउथे। उदाहरणको लागी पृथ्वीनारायण शाहले आफूले मन पराएको व्यक्ति बिराज बखेती थिए, तर जनताको चाहना कालुपाडेँ थियो, त्यसैले उनले कालुपाडेँलाई प्रधानमन्त्री बनाए। यसरी देशको शासनमा कुनै न कुनै रुपमा प्रजालाई संलग्न गराउन पर्दछ भन्ने प्रजातान्त्रिक शासन प्रणालीको आधारभूत सिद्धान्तलाई पृथ्वीनारायण शाहले व्यवहारमै उतारेका थिए।

६) कलाकौशल जुन सुकै मानिससंग सिके हुन्छ, पृथ्वीनारायण शाह आपैmले पनि बन्दुक बनाउने तरीका भगुवा-भागेर आएका) मुसलमानहरुसंग सिकेका थिए।

७) “खानी भएका ठाउँमा गाँउ भएपनि घर वस्ती अन्यत्र सारी खेती गर्नू भन्ने पृथ्वीनारायण शाहको दिव्य उपदेशमा उल्लेख छ। आजको बढ्दो जनसंख्याको युगमा यो उपदेश कत्तिको सन्दर्भिक छ, सोच्न जरुरी छ कि- आज के भएको छ –

८) नाचगानमा भुल्दा धन र समय उडेको पत्तो पाइँदैन भन्ने उनको धारणा थियो। विदेशी नाचगानमा भुल्दा देशको भेद खुल्न सक्ने भएकोले त्यस्तो नाच हेर्न हुदैन भन्ने उनको विश्वास थियो। मनोरञ्जनको लागी स्वदेशी नाचगान हेरे पनि हुन्छ। र स्वदेशी गित सुने हुन्छ भन्ने कुरामा पृथ्वीनारायण शाहले धेरै जोड दिएका छन्। यस उपदेशको कार्यान्वयन भएमा आफ्नो लोकगीत र लोक सँस्कृतिको विकाश गर्न सकिन्छ।

श्री ५ पृथ्वीनारायण शाहका उपरोक्त दिव्य उपदेश २५१ वर्ष पछ पनि उत्तिकै सान्दर्भिक देखिएका छन्। महत्वपूर्ण र उपयोगी लाग्ने उपदेशहरु पालना गर्ने राज्यस्तरवाटै नीति निर्माण गर्ने हो। पृथ्वीनारायण शाहले भावी उत्तराधिकारीहरुले पनि पालना गर्दै जाऊन भन्ने सल्लाह सुझाव दिएको पाइन्छ। पृथ्वीनारायण शाहले वैदिक सनातन हिन्दु धर्म मान्थे र त्यसैले हिन्दु धर्म र सँस्कृतिको संरक्षण गर्न चाहन्थे भन्ने कुरा उनले दिएको उपदेशबाट प्रष्ट हुन्छ। पृथ्वीनारायण शाहले नेपालको एकीकरण गर्न सफलता प्राप्त गरेका कारणले नै हामीहरुले आफूलाई नेपालीको रुपमा विश्व समुदायमा परिचित गराउन सक्ने गौरव प्राप्त गरेका छौँ। यसरी उनले नेपाल देश र नेपाली जनतालाई अमर वनाउने काम गरेका छन्। उनको यो कामले गर्दा पृथ्वीनारायण शाह नेपाल र नेपालीको अस्तित्व रहँदासम्म अमर रहिरहने छन् ,भन्ने कुरामा कुनै शंका छैन्।

पृथ्वीनारायण शाहको जीवनगाथावाट राष्ट्र र जनताको हितप्रति समर्पित राजनेताले राष्ट्र र जनताबाट सधैँ भरी सम्मान पाउँछ, भन्ने कुरा समेत प्रष्ट हुन्छ। पृथ्वीनारायण शाह नेपालका महान विभूति हुन र नेपाल देश तथा नेपाली जाति अनन्त अनन्त सम्मको निम्ति उनको ऋणी रहनेछ, भन्ने कुरा प्रष्ट हुन्छ। पृथ्वीनारायण शाहको राष्ट्रवादमा आफ्नो धर्म, सँस्कृति, सीप, भेषभूषा, उद्योग, व्यापार जोगाउने प्रष्ट अवाधारणा छ। सवै जनतालाई रोजगारको व्यवस्था मिलाउने, आर्थिक रुपमा राष्ट्र र जनतालाई आत्मानिर्भर गराउने, विदेशीलाई देशको चर (छ्रि्र) नदिने आदि मार्गहरु छन्। विदेशीलाई समान व्यवहार गर्ने, देशमा वासेवास गर्ने सबै जाति धर्म व्यवसायका मानिस, मानिसका बीच एकता कायम गराउने एकले अकोर्लाई सदा सहयोगको भावना राख्ने जस्ता देशभक्ति राष्ट्रवादका प्रमुख विशेषताहरु थिए।

पौरस्त्य दर्शन र सभ्यता जोगाउने नै एकीकरणको अभियान थालेका पृथ्वीनारायण शाह मात्र दक्षिण एसिया कै पहिलो चिन्तक थिए। पृथ्वीनारायण शाहको न्याय प्रणाली प्राच्य वैदिकशास्त्रमा आधारित थियो। राष्ट्रिय एकता र एकीकरणको रसायन पनि त्यही आधारमा रहेको पाइन्छ। शिक्षा पद्धति जीवन पद्धतिमा आधारित शिक्षा थियो। प्रभावकारी पिँढी शिक्षा उनको लक्ष्य थियो। पृथ्वीनारायण शाहले भूक्षेत्रको मात्र एकीकरण गरेनन्, उनले प्राकृतिक, साँस्कृतिक, वैदिक सभ्यता र मानवीय पक्षको पनि एकीकरण गरेका थिए। देशलाई आन्तरिक कलहबाट जोगाउन पनि एकीकरणको आवश्यकता थियो।

एउटै नदीले धेरै रजौटा राज्यलाई समेट्दछ। एउटै वनमा पहाडले धेरै समाजलाई समेट्दछ। तिनको सही संरक्षण गर्न पनि ती देशको एकीकरण आवश्यक महुस गरिएको थियो। पृथ्वीनारायण शाहको चारवर्णनक्षत्तीस जातको साझा फूलबारी पूर्ण रुपमा क्षतविक्षत पारी भत्काउने काम यतिवेला भएको छ। सँस्कृति र अन्तरनिर्भर सँस्कार पनि भत्काइएको छ। सत्तामा रमाउनेहरुलाई ज्ञान, सीप, क्षमता विवेक नभएर यसो भएको हुन सक्छ।

पृथ्वीनारायण शाहलाई वेलायतका राजा एर्डवर्टसंग दाँज्न सकिन्छ। वेलायतका राजा एर्डवर्टले सन् ८२९ मा वेलायतलाई एकीकृत गरेका थिए। वेलायतलाई अहिले पनि संयुक्त अधिराज्य भनिन्छ। उनका वंशजहरुले अहिलेसम्म त्याहाँको राजपाट चलाई आएका छन्। उनीहरुले वेलायतको एकता, अखण्डता, स्वतन्त्रता, स्वाभिमान जोगाएर राखेकोर्र् इतिहास छ।

नेपालको वर्तमान अवस्थामा राष्ट्र निर्माता श्री ५ पृथ्वीनारायण शाहको योगदानको कदर भएन भएन उहाँको शालिक समेत भत्काएर, ढलाएर अपमान गर्ने काम भएको छ। देशको स्वाभिमान,तथा आफ्नोपनालाई विर्सिएर विदेशीको हस्तक्षेपलाई प्राथमिकता दिएको कारण मुलुकमा अराजकताका श्रृखंलाहरु बढ्दै छन्, भएको आफ्नोपन पनि दिनानु दिन स्खलन भएको छ। यतिबेला मुलुकमा पुर्खाहरुले छाडेका मनन योग्य उपदेशहरु र वाणीहरुको पनि उपेक्षा गरिएको हुँदा देशमा दिनानुदिन शंकट आइलागेको छ। सरकारको ढुलमुले नीति कहिले भारत नजिक, कहिले चीन नजिक, कहिले कसैको पोल्टामा पोखिने कहिले कसैको पोल्टामा पर्ने गर्दा नेपाल र नेपाली जनता इतिहासमा नभोगेको दुःख कष्ट यतिबेला भोग्न बाध्य भएका छन्।

अन्तमा, राष्ट्र निर्माता श्री ५ वडामहाराजाधिराज पृथ्वीनारायण शाहको २९६ औँ जन्मजयन्ती एवं राष्ट्रिय एकता दिवसका अवसरमा हार्दिक श्रद्धासुमन अर्पण गर्दै, उहाँकै दिव्य उपदेश मनन् गरौँ र भनौँ- जय- पृथ्वी- “सबैमा चेतना भया” अस्तु।

- केशव भण्डारी