राष्ट्रिय पहिचानको कल्पवृक्षःपीपल

वनस्पति खोज विशेष

परिचय

नेपाली वृहत शब्दकोषमा व्याख्या गरिएअनुसार पानका आकारको तर टुप्पाको भाग केही लामो हुने, डाँठ हुने, वरकै किसिममा गोल फल फल्ने, बोक्रा हुने र खोटो निस्कने एक जातको वृक्ष हो। यसलाई संस्कृतमा बोधीवृक्ष पनि भन्ने गरिएको छ। पीपलको उत्पतिको बारेमा विभिन्न तर्क र वहश छन। धेरैले हिन्दकुश क्षेत्र भनेका छन्। इन्दुस उपत्यकाको सभ्यता विस्तारको शहर मोहन्जेदारोलाई पनि उत्पत्तिको थलोको रूपमा पछ्याइएको छ। पीपल एक अग्लो, ठूलो आकारको, चाडै बढ्ने पतझड तर अर्ध सदावहार खालको रुख हो। यसका पातहरूको आकार प्रकार मुटुको जस्तो देखिन्छ। यो मध्यम आकारको रुख भए पनि फेदको गोलाकार मोटो फैलिएका हागा विगा र चैत्र-वैशाखतिर नयाँ पातहरू बदलिन्छन। पीपलका हाँगाका पातमा भित्र फल छोपिएर रहेका हुन्छन। जेष्ठ महिनातिर दाना पाकेका हुन्छन्। रुख र हागाको बोक्राको रंग हल्का खैरो देखिन्छ। फलको रंग बैजनी प्रकारको हुन्छ। पीपल एक बढी उमेरसम्म रहने वनस्पति मानिएको छ। बोटको उचाई २० मिटरसम्म माथि जान सक्छ।

भारतमा पिपला, गुजरातीमा पिपलो र ठाउँ/देश अनुसार फरक शब्द भाषाबाट उच्चारण गरिन्छ। बुद्ध मार्गीहरूले बोधी वृक्ष पनि भन्दछन्। पीपलका धेरै नाम मध्य अग्रेजीमा बुद्धिमान वृक्ष ९ध्ष्कमयल त्चभभ० बंगालीमा असवथा, हिन्दी र नेपालीमा पीपल, संस्कृतमा बोधी वृक्ष, मलायामा अभासै, स्पेनीसमा हिजिलो, तमीलमा अभसो र अराराका भन्ने गरिन्छ। पीपलको वानस्पतिक नाम फिकस रेलीजीयोसा ९’ष्अगक चभष्निष्यकब० हो। यो वनस्पति मोरासिया ९:यचबअभबभ० परिवारभित्र पर्दछ। पीपललाई पृथ्वी र व्रहमाण्डको सृष्टि पछि सबै भन्दा जेष्ठ र वनस्पतिहरूको राजा भनिएको छ। बहुगुणीय, बहुमान्यता महत्वपूर्ण र रइथाने भएकोले नेपालको मौलिक पहिचानको रुख मानिन्छ। इन्टरनेटमा उपलब्ध एग्रोफरेस्ट्री डाटावेस अनुसार उत्पत्तिका देशमा चाद, नेपाल, भारत, थाइलेन्डलाई पनि मानिन्छ। यद्यपि नेपाल प्राचीन ऋषिमुनीहरूको उद्गम देश र पासुपत्य क्षेत्रभित्र पर्ने भएकोले यो अग्रणीमा पर्दछ।

पीपलको रुख भारतवर्षको हरियाणा, विहार, केरला, मध्य प्रदेश हिन्दकुश क्षेत्रमा नेपाल, भुटान, पाकिस्तान, अफगानिस्थान, बंगलादेश, श्रीलंका, चीन लगायत विश्वका धेरै ठाउँमा पाइन्छ। यो रुखको वीरुवा वीउबाट नै उमारी सजिलै फलाउन सकिन्छ। प्राकृतिक रूपमा चरा चुरु·ीको माध्यमबाट हवाले धेरै टाढासम्म फैलावट भएको हुन्छ। आजकल कलमी र तन्तुप्रजनन् -त्ष्ककगभ ऋगतिगचभ० प्रक्रियाबाट पनि वीरुवा उत्पादन र प्रसारण हुँदै आएको छ। पीपल प्रायः सबै प्रकारको माटोमा हुर्कन्छ। कलिलो अवस्थामा स्याहारसंभार र मलजल पाए चाडै हुर्काउन सकिन्छ।पीपल विरुवा ढुङगा र चट्टानको कापमा र कुनै रुखका प्वालमा पनि उम्रन्छ तर जरा माटोमा नपुगिन्जेल वर्षा र वाÞयु तत्वबाट खुराक लिई वृद्धि हुन्छ। यो वृक्ष समुद्र सतहको १५२० मिटर उचाईसम्म हुर्के बढेको पाइन्छ। पीपल वृक्षलाई हिन्दु, बुद्ध र जैन सम्प्रादायको विश्व जनसंख्याको ठूला हिस्साले अति पवित्र र पूजनीय रूपमा मान्दछन्।

धार्मिक तथा साँस्कृतिक महत्वः-

पीपलको रुखलाई हिन्दुहरूले विभिन्न देवी देवताको प्रतीकको रूपमा मानेका छन्। यो वृक्षलाई समस्त मानव जाति, चराचुरु·ी र पर्यावरण कल्याणदायी पवित्र वनस्पतिको रूपमा आदिकालदेखि मानिदै आएको छ। यसको गुणगान वेदमा पनि व्याख्या गरिएको छ। बुद्धले भन्नु भएको छ जसले पीपलको सेवा/पूजा गर्दछ, मलाई पूजा गरेको भन्दा बढी फल पाउँछ।

हाम्रा धार्मिक साँस्कृतिक मान्यता अनुसार पीपलको बोटमा पूजा गर्ने, वत्ती बाल्ने, जल चढाउने गरिन्छ। शनिवार विहान प्राय : महिलाहरूले पीपलको फेदमा पूजा गर्ने चलन आजकल पनि छ। वपुक्ष राजयनमा अर्थात पीपललाई वृक्षहरूको राजा भनेर संबोधन गरिन्छ। श्रीमद्भगवत गीता दशौं अध्यायको ३६ औं श्लोकमा भगवान श्रीकृष्णले भन्नु भएको छ। “अश्वत्थ : सर्ववृक्षाणां देवर्षीणां चः नारद” अर्थात सबै वृक्षहरूमा म पीपलको वृक्ष हुँ” पीपललाई पंच पल्लबको रूपमा पूजा, आजा, विवाह, व्रतबन्ध धार्मिक कार्य, यज्ञ यज्ञादिमा प्रयोग गरिन्छ। त्यस्तै जगिया, तोरण, कलश आदिमा पनि पीपलका पात र सा-साना हागाहरूको प्रयोग हुन्छ। हाम्रा अग्रज। पुखाहरूले धार्मिक, मानवीय, प्राणीहित र पर्यावरणको लागि बाटो, चउर, खाली ठाउँहरूमा चौतारो चिनी वर पीपलको रुख साहार्ने, हुर्काउने, पूजा गर्ने अशल अभ्यास आजकल क्षयीकरण हुँदै गएको छ।

हरिशयनी एकादशीको पुनीत अवसरमा वीरुवा सार्ने, पूजा, मल जल गरी हुर्काउने र यसप्रकारका विरुवा काट्न हुदैन भनी अनुशासन, अदप र नियन्त्रणमा राख्ने धार्मिक साँस्कृतिक परम्परा र प्रवृत्तिको महत्वभित्र यथेष्ट वैज्ञानिक कारणहरूका रहस्य रहेछन्। जुन पछिल्ला पंक्तिमा बढी स्पष्ट हुनेछ। एवम् प्रकार हिन्दु धर्मावलम्वीहरूले मात्र नभएर बौद्ध धर्मका अनुयायीहरूले पनि पीपल बृक्षलाई बोधी बृक्षका रूपमा त्यतिकै महत्व, सम्मान र संरक्षण गर्ने मान्यता रहि आएको छ। आज भन्दा २६०० वर्ष पूर्व बैशाख-पूणिर्माको बुधबारका दिन बोधी सत्व सिर्द्धार्थ गौतमले पीपल वृक्षकै फेदमा बुद्धत्व प्राप्त गर्नु भएको थियो। यसरी बुद्ध, बुद्धत्व र पीपलको रुखको महत्व एक अर्कामा गासिएको छ।

हाम्रा वैदिक शास्त्रहरूमा भनिए अनुसार “अश्वत्थः पूजितोपत्रपूजिताः सर्व देवताः” भनाइको तार्त्पर्य यो छ कि पीपल पूजा गर्नाले सम्पूर्ण देवताको पूजा गरे बराबरको फल प्राप्त हुन्छ। हिन्दु मान्यता अनुसार ब्रÞमा, विष्णु र शिवको बास पवित्र पीपल रुखमा हुन्छ भन्ने विश्वास छ। त्यसमा पनि पीपललाई विष्णु र वरलाई शिवको   पर्यायवाची रूप मानिन्छ। पीपलको पातको आकार मुटुको जस्तै भएको कारणले प्रेमको प्रतीक पनि मानिन्छ। चौतारीका वर पीपलको जोडी जस्तै भई बसौ भने लोकोक्ति पनि प्रसिद्ध छ।

आयुर्वेदिक र औषधीय महत्व :

आयुर्वेदिक शास्त्रमा पीपलको व्यापक महत्व दर्शाइएको छ। अलौकिक गुणहरुको वर्ण गर्दै प्राचीन औषधीय ज्ञान र विधिमा पीपल वनस्पतिका विभिन्न भागलाई अति उपयोगी औषधीय स्रोत मानिएको छ। रुखका हाँगा, डाँठ पात, बोक्रा, जरा, फूल, फल, चोप आदि सबै भागलाई अलग अलग विशेषता र महत्वको रूपमा प्रयोग हुँदै आएको छ। आयुर्वेदका अतिरिक्त होमियोप्याथिक र युनानी औषधीय अभ्यासमा पनि पीपलको महत्व र आवश्यकता त्यत्तिकै दिइएको छ।

पीपल वृक्ष आफैमा प्रचुर मात्रामा गुणैगुणको भण्डार हो। विभिन्न पुष्टयाई अनुसार पीपलका विभिन्न भागको प्रयोगबाट रगतमासी, अम्लपित्त, कमलपित्त, मुटु रोग अपच, घाउको उपचार, कब्जियत, छाला रोग, मघुमेह, छारेरोग कफ, यौन नपुंसकता, टाउको दुख्ने, आखाँ दुख्ने, वाथ, गीजाको रोग लगायत ५० भन्दा बढी रोगको उपचारमा प्रयोग गरिएको छ। (IJPRS)

पछिल्ला केही वर्ष देखि पीपलका विभिन्न भागको जैविक, भौतिक र रसायनिक तत्व ९एचयउभचतष्भक० को खोज, अनुसन्धान र विश्लेषण भइरहेको छ। पीपलको बोटमा ६० भन्दा बढी किसिमका जैविक र रासायनिक तत्वहरू पाइन्छ। प्रति दिन औषधि विज्ञानका विशेषज्ञ, शोधकर्ता, उद्यमी र लगानीकर्ताहरूको यसतर्फ ध्यान आकर्षण बढ्दै गएको छ। भारतको एक प्रतिष्ठित औषधि विज्ञान अनुसन्धान संस्थानमा पीपलका पातहरूको जैविक रसायन प्रयोग गरी मुसामा गरिएको अध्ययन अनुसन्धानले स्मरणशक्तिको सुधार भएको र सम्भावनाका क्षेत्र धेरै भएको जनाइएको छ।

एवम् प्रकार पीपलका विभिन्न अवस्था, अंग प्रत्यंगहरूको विधि र उपज ९एचयअभकक बलम एचयमगअत० बाट मुलतः मानव प्राणीः पशुपक्षी, जीवन र जगतलाई अत्यन्त हितकारी छ भन्ने पुष्ट्याई भइसकेको छ। यद्यपि थप वैज्ञानिक खोज र अनुसन्धानको खाँचो बढेर गएको छ।

पर्यावरणीय महत्वः

पीपल प्राण वायु र अक्सीजनको भण्डार हो भन्ने वैज्ञानिक आधारहरू प्रमाणित भइसकेका छन्। यो वृक्षको महत्वपूर्ण पर्यावरणीय विशेषता भनेको अक्सीजनको संष्लेषण हो। सम्पूर्ण प्राणी र पर्यावरण अर्थात् जीव जगतलाई स्वच्छ र सन्तुलनमा राख्न यो वृक्षको उल्लेखनीय योगदान रहेको छ। आध्यात्मिक साधक विद्वान डा. नारायण प्रसाद अधिकारी भन्नुहुन्छ पैदल यात्रा गर्ने यात्रुहरूलाई पसिना ओभाइ थकाइ विसाउन शीतल छहारी मात्र नभइ पीपल रुखको खाटी अक्सीजन रर्र् इश्वरीय शक्ति (Cosmic Energy and vibration) प्राप्त भई शरीर र दिमाखमा पूनर्ताजगि प्राप्त गरी असल चिन्तनका साथ गन्तव्यमा पुग्न सहज हुन्छ। यसै परोपकारी र धार्मिक भावले प्रेरित भएर मानवीय आवत जावत र जमघट हुने ठाउँहरूमा चौतारो बनाइ वृक्षारोपण र संरक्षण गरेका हुन। जुन कुरा वैज्ञानिक तथ्यसँग पुष्टि भएको छ। भगवान बुद्धले पनि पीपलको फेदीमा वसेर ध्यन गर्दा बुद्धत्व ज्ञान पाएको तथ्य सर्वव्यापी छ।

यो वृक्षको अरु भन्दा फरक विशेषता भनेकै दिनरात वा पूर्णकालीन रूपमा अक्सीजन उर्त्र्सजन गर्नु हो। जुन प्राणी जगतकालागि अत्युत्तम कल्याणकारी स्रोत हो। अन्य धेरै वनस्पतिले दिउसो अक्सीजन जम्मा गर्ने र रातमा कार्वनर्डाई अक्साइड (Co2)  छोड्ने गर्दछन्। यो विरुवाको श्वासप्रश्वास (Respiration) अथवा छाया सश्लेषण (Photo Synthesis) प्रक्रिया भनेर बुझिन्छ। विशुद्ध अक्सीजनयुक्त वनस्पति भएकै कारणले पनि होला देवताको प्रिय बास पीपलमा भएको।

वरिष्ठ कृषि वैज्ञानिक, शोधकर्ता डा. माधव जोशीका अनुसार पीपल वृक्ष पृथ्वीमा मानव जातिको लागि प्रकृति प्रदत्त अनुपम उपहार हो। जसको प्रचुर गुणहरूले युक्त भएपनि पछिल्ला दशकहरूमा मानव जातिको ज्ञान, विवेकमा ह्रास हुँदै गएर संरक्षण र सदुपयोग हुन सकेको छैन। यो राष्ट्रिय महत्व, पहिचान, पर्यावरण, जलवायु अनुकूलन, अनुसन्धान र उपयोगितासँग जोडेर सरकार र जनस्तरबाट अभियानमुखी कार्यक्रम ल्याउन ढीला गर्नु हुँदैन।

अन्य उपादेयताः

१. काठको विभिन्न प्रकारका आकर्षक फर्निचर बनाउन सकिने

२. औद्योगिक पदार्थको रूपमा प्रशोधन, आकर्षण, र रङ बनाउन प्रयोग हुन्छ।

३. हागा/पातहरु बाख्रा, हात्ती र उटको आहारमा प्रयोग हुन्छ। पातहरुमा १०-१४ प्रतिशत ऋचगमभ एचयतभष्ल पाइन्छ।

४. दूध, दही र घ्यू राख्ने ठेका ठेकी र कलात्मक भाँडाकँुडा बनाउन सकिन्छ।

५. दाउरा इन्धन र यज्ञ होम आदिमा पवित्र समिधाको रूपमा प्रयोग हुन्छ।

६. सभा समारोहमा पीपलका पातलाई सजाएर सम्मान प्रकट गर्न पनि प्रयोग गरिन्छ।

७. शहरी क्षेत्रको घरको बगैँचा, गमला आदिमा आलाड्ढारिक र गृह पूजाको रूपमा प्रयोग गरेको पाइन्छ।

अबको बाटो (Way forward):

१. पीपलको वैज्ञानिक, वातावरणीय र औषधीय महत्वको बारेमा अनुसन्धान गर्न सरकारी, गैर सरकारी र निजी क्षेत्र समेतको सहभागितामा अनुसन्धान अनुदान मुलकोष (Research Basket fund for research grant) को स्थापना र परिचालन गर्ने।

२. नेपाल कृषि अनुसन्धान परिषद् (NARC), नेपाल प्रविधि र विज्ञान प्रतिष्ठान (NAST), वन, वातावरण मत्रालय, आयुर्वेद विभाग र विश्व विद्यालयहरूको आ-आफ्नो विषयगत अनुसन्धान र विस्तारको कार्यक्रम समावेश गरी कार्यान्वयन गर्ने।

३. सामुदायिक वन उपभोक्ता महासंघको तत्वावधानमा वीरुवा उत्पादन, प्रसारण र पीपलको महत्व बारेमा सचेतना अभियान चलाउने।

४. नगरपालिका/गाउपालिका लगायत स्थानीय निकाय, नागरिक समाजहरूबाट पीपल चौतारो सम्भार संरक्षण र वृक्षारोपणमा तदारुकता बढाउने। नियमन र अनुगमनमा पनि कर्डाई गर्ने।

५. संरक्षण गर्ने, सघाउने र सक्रिय भूमिका खेल्ने अभियन्ता र संघसंस्थालाई प्रोत्साहन र सम्मान गर्ने।

६. जलवायु मैत्री गाउँ (Climate Smart Village) को अवधारणा र LAPA CAPAब् मा पीपललाई प्रोत्साहन गर्ने।

राष्ट्रिय रुखको घोषणाः

उपर्युक्त तथ्यहरूबाट सिद्ध हुन्छ, पीपल एक बहुमूल्य, चामात्कारिक र हाम्रो राष्ट्रिय पहिचान भएको रैथाने वनस्पति हो। हाम्रो ऐतिहासिक संविधान २०७२ ले सबै महत्वकांक्षा पूरा गर्न खोजे पनि राष्ट्रिय रुखको आवश्यकता बारेमा संविधान विद र सभासदहरूले आवश्यक ठानेन वा टुंगोमा पुग्न सकेनन्। यस पंक्तिकारले पीपललाई राष्ट्रिय रुख बनाउनु पर्दछ भन्ने सुझाव जि.वि.स. कास्कीको सभाकक्षमा भएको सुझाव संकलन अवसरमा प्रस्तुत गरेको थिए। पीपललाई नै किन राष्ट्रिय रुख भन्ने बारेमा संकुचित हुन पर्ने आवश्यकता छैन। यो हिन्दु मात्र होइन बौद्ध र जैन धर्मको पनि पवित्र आस्थाको प्रतिक हो। सबभन्दा सोचनिय पक्ष यसको औषधिय र पर्यावरणिय हो।

हामी जलवायु परिवर्तनका प्रतिकूल असरबाट प्रताडित छौं। जसको प्रत्यक्ष/अप्रत्यक्ष प्रतिकूल असर कृषि, खाद्यय सुरक्षा, जनस्वास्थ्य खासगरी जेष्ठ नागरिक, महिला र बालवालिका माथि परेको छ। पीपलका रुख जस्ता उच्च मात्रामा अक्सीजनयुक्त वृक्षहरूको सघनता बढाउन सकियो भने पक्कै पनि जलवायु प्रभावको न्यूनीकरण र अनुकुलनमा सघाउ पुग्छ भन्ने बारेमा धेरै वहसको खाचो पर्दैन होला। विश्वका धेरै देशहरुले आफ्नो अस्तित्व, मौलिक पहिचान र विशेषता भएका पशु, पंक्षि, फूल, वनस्पतिको राष्ट्रिय चिन्ह घोषणा गरी देशबासीलाई सचेतना अपनत्व र गौरव बोध गराएका छन्। राष्ट्रिय रुखको बारेमा चिन्तन गर्दा हामी भन्दा धेरै पहिला संविधान निर्माण गरेका देशहरू भारतले वर, जापनले पैंयू, भियतनामले बाँस र बंगलादेशले आँपलाई राष्ट्रिय रुख घोषणा गरिसकेका छन्।

पछिल्लो आँकडा अनुसार नेपालको वन क्षेत्र झण्डै ४५% पुगेको घोषणा भएको छ। हाम्रो देशमा हिमाल, पहाड, तराई, जंगल जल, जनावर, नदीनालाको प्रचुर मात्रामा प्राकृतिक स्रोत छ। नेपाल जैविक विविधताको धनी देश जसलाई विश्वको २५ औं स्थानमा राखिएको छ। यी सबै सम्पदा र पहिचानलाई थप गौरव प्रदान गर्न राष्ट्रिय रुखको अपरिहार्य खाचो छ। हामीले संसारकै उत्कृष्ट संविधान भनेका छौं। खै त राष्ट्रिय रुख – के यो आवश्यकता छैन – हाम्रो सर्वमान्य प्रयाप्त मौलिक पहिचान भएको, गुणैगुणको भण्डार, धर्म संस्कृति, आस्थाको धरोहर, प्राकृतिक र पर्यावरणीय वरदान भएको, बैज्ञानिक आधारबाट प्रमाणित भएको पीपललाई आगामी संविधान संशोधनबाट राष्ट्रिय रुख घोषणा गरौं। हाम्रो देश सगरमाथा, बुद्ध, सीता, भृकुटी जस्ता विशिष्ट पहिचान र गौरव बोकेको नाताले राष्ट्रिय रुख पीपलको घोषणा गरी विश्वमा राष्ट्रिय गरिमा, ओज, उचाई गौरव, पहिचान र साख बढाउन कत्ति पनि ढीलाइ गर्नु हुदैन। यो बहुमूल्य वनस्पतिको संरक्षण, सर्बर्धन र दिगो उपयोगमा हामी सबै आजै देखि जुटौं। यसैमा हामी सबैको कल्याण छ। ढीला गरे पछुतो पर्ने निश्चित छ। अरु कुनै देशले उछिनी सक्ने छ। अस्तुः भवतु सर्वमंगलम्।

- कृष्णप्रसाद बराल