राष्ट्रियताको पहिचान : नेपाली टोपी

१.१ सर्न्दर्भ

यो पुसको महिना। आम नेपाली क्रिश्मस, पुसे पन्ध्रम, ल्होसार, नयाँ वर्षलगायतका पर्व मनाइरहेका छन्। यसरी अनेक पर्व मनाइरहँदा समय र सर्न्दर्भनुसार विभिन्न वीर वीरंगनालाई सम्झेजस्तै वाङ्मयसेवीले भूपी शेरचनलाई स्मरण गरिरहेका छन्। किनकि, यो महिना एक युग लेखेर युगौयुग बाँचेका स्रष्टा भूपी शेरचनको जन्म महिना भएकाले।

यो नेपाली शिर उचाली संसारमा लम्किन्छ

जूनकिरी झैँ ज्योति बाली अन्धकारमा चम्किन्छ ।

भूपी शेरचनको रचनालाई तारादेवी र प्रेमध्वज प्रधानको स्वरले न्याय गरिरहयो। नातिकाजीको संगीतले मन मस्तिष्कलाई झङ्कृत गराइदियो। राष्ट्र र राष्ट्रियतासँग जोडिएका उनका अनेकौं सिर्जना छन्। तर यो महिना र सर्न्दर्भमा उनलाई यही विषयमा केन्द्रित गर्न उपयुक्त देखेर जोडिएको मात्र हो। भूपी शेरचन सँगसँगै यो आलेखका सर्न्दर्भमा अको सम्झनै पर्ने नाम हो, राष्ट्रकवि माधव घिमिरे। उमेरले सय वर्ष पुगेका राष्ट्रकवि घिमिरे महाकाव्य लेखनमा छन्। लेख्दै गरेको महाकाव्य भन्दा प्रस्तुत राष्ट्रिय गीतलाई सम्झिरहदा आम नेपालीको छाती गर्वले ढक्क फुल्छ।

नेपाली हामी रहौंला कहाँ नेपालै नरहे

उचाइ हाम्रो चुलिन्छ कहाँ हिमालै नरहे

प्रस्तुत राष्ट्रकवि घिमिरेका पंक्ति जति राष्ट्र र राष्ट्रियताको भावले ओतप्र्रोत थियो यशस्वी संगीत तपस्वी नातिकाजीको स्वर र संगीतले त्यति नै न्याय गर्‍यो। सोहीकारण विगतमा जस्तै वर्तमान र भविष्यका पुस्तालाई प्रस्तुत गीत कालजयी नै रहेको इतिहास हाम्रा सामु छ। यी दुर्इ सर्न्दर्भलाई यहाँ जोड्नुको मुख्य उद्देश्य हाम्रो राष्ट्रियतासँगको हो।

१.२ विषयप्रवेश

हाम्रा घर आँगनमा जनवरी १ तारिख आइसकेको छ। अनेकले अनेक तरिकाले मनाइरहेका छन्। तर घरदेश छोडेर परदेश गएका वाङ्मयसेवी भने आफ्नो राष्ट्रियता धरापमा परेकोमा चिन्तामा छन्। घरदेशको शिरको शोभा नेपाली टोली परदेशमा पहिरदा एक्ला छन्। उनलाई पाखे बनाइएको छ। आम नेपाली टोपीप्रति गर्व गर्ने नेपालीको छाती चर्काइएको छ। त्यसैले उनीहरू नेपालीको शिरजस्तै उचो राख्नका लागि नेपाली टोपीको सम्मान खोज्न थाले। फलस्वरूप जनवरी १ तारिकलाई अन्तर्राष्ट्रिय नेपाली टोपी दिवसका रूपमा मनाउन थालियो।

क. अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस र अनुयायी

अन्तर्राष्ट्रिय नेपाली टोपी दिवसका सर्न्दर्भमा विभिन्न चर्चा चल्न थालेका छन्। यही दिसम्बर २४ तारिखका दिन ‘टोपी दिवस मनाउन अपिलु शीर्षकको समाचार पंक्तिकारले साहित्यिक समाचार गृहमा पोष्ट गरेपछि पहिलो कमेन्ट गजल सन्ध्या पोखराका सचिव वसन्त विनोदको थियो। जहाँ ‘यो अभियान सन् २०१४ मा पोखराबाटै हाल मुक्तक मञ्च पोखराका अध्यक्ष रहेका प्राञ्जलले फेसबुकमार्फ्त शुरु गरेको तर एउटा स्वतन्त्र अभियानको रूपमा चलोस् भने सदासयता राखेको तर अभियानको लोकप्रियता बढ्दै गएपछि यसको श्रेय लिने ब्यक्ति तथा समूहहरू बढ्दै गएको भन्ने कुरा आएको छ। यथार्थ के हो पत्रकार बन्धुहरू खोजीमा जुट्नुहुनेछ भन्ने अपेक्षा गरेँ मैले। भनिएको थियो। उनको कमेन्टले जिम्मेवारीबोध गरायो।

भोलिपल्ट बिहान घामको किरणसँगै प्राञ्जलसँगको भलाकुसारीले धरानका स्पन्दन साइलासम्म पुर्‍यायो। साइँला मेरा अनन्य मित्र। धरानदेखि पोखरा आउँदा मलाई नभेटी नजानेमध्येका साइँलाको पुरानो नम्बरमा फोन गरियो। सर्म्पर्क नभएपछि सामाजिक सञ्जालको सहायता लिइयो। उनले सन् २०१३ को दिसम्बर ९ तारिखका दिन ‘लौ है जनवरी १ मा सबैले नेपाली टोपी लगाऔं। नेपाली सान, गौरव र प्रतिष्ठा-नेपाली टोली, नेपालीहरूको पहिचान-नेपाली टोपीु भनेर प्राञ्जललाई इन्बक्स गरेपछि धरानबाट स्पन्दन साइलाले उक्त अभियानलाई प्रोत्साहन गरेको सर्न्दर्भ आयो। पोखरामा प्राञ्जलले आफ्नो प्रिय पोशाक टोपी रहेको धारणासहित उक्त अभियानलाई साथ दिने खबर छोडेको देखिएपछि त्यो विवादको विषय रहेन।

सन् २०१४ को जनवरी १ टोपी दिवसमा धरानमा स्पन्दन साइँला र पोखरामा प्राञ्जलले साथ दिएको सर्न्दर्भ पत्ता लाग्यो। त्यसमा दुर्इ मत रहेन। यसो त पोखरा र धरानमा मात्रै होइन, काठमाडौं, झापालगायतका विभिन्न जिल्लामा यो अभियानलाई साथ दिइरहने पर्याप्त छन्। सन् २०१६ को जनवरीमा झापामा सम्पन्न अन्तर्राष्ट्रिय केस्रा गोष्ठीमा सतासी साप्ताहिकका सेलिङ केसीले दर्जनौं टोपी आफैँले खरिद गरेर लगाइदिएका थिए। तर सर्न्दर्भले समाचारमा भनिएका ‘संस्थापकु डा. लेखनाथ काफ्ले र शंकर बञ्जाडेतर्फको जोड्न बाध्य गरायो।

सामाजिक सञ्जालबाटै दुवै स्रष्टासँगको साइनो बढाएपछि टेलिफोनवार्ताको अवसर जुट्यो। गुल्मीबाट बुटवल झरेका डा. लेखनाथ काफ्ले डेढ दशकदेखि रोजगारीको सिलसिलामा ताइवानमा छन्। अनुसन्धान, प्राध्यापन र साहित्य लेखनमा क्रियाशील काफ्ले विश्वनेपाली साहित्य महासंघका महासचिवसमेत रहेछन्। महासंघका अध्यक्ष विश्वदीप तिगेला नेपथ्यमा रहेर सिर्जनशील कार्य गर्न चाहने साधक हुन्। उनीसँगको संगतले पनि हुनसक्छ काफ्लेलाई सिर्जनशील कार्य गर्ने प्रेरणा आएको। जसरी तिगेलाले खुट्टाले लेखेर वाङ्मयका क्षेत्रमा साधनारत झमक घिमिरेको आत्मपरक कृति ‘जीवन काँडा कि फूलु प्रकाशन गरी राज्यले गर्न नसकेको काम गरेर देखाए। उनले कृति प्रकाशन गरेर मदन पुस्तकालय गुठीसम्म पुर्‍याउन पहल गरे, फलस्वरूप कृतिले मदन पुरस्कार पायो।

त्यस्तै गरेर काफ्लेले पनि राज्यको ध्यान पुग्न नसकेको नेपाली टोपीप्रति पुग्यो। ‘टोपी दिवसका तीन वर्षु शीर्षकमा डा. लेखनाथ काफ्ले २०७२ सालको पुस २९ गते बुधबारका दिन नागरिक न्यूजमा लेख्छन्, ‘तीन वर्षअघि यस अवधारणाका अर्का संस्थापक शंकर बन्जाडेसँग मिलेर मैले सामाजिक सञ्जालबाट २०१४ जनवरी १ मा पहिलो अन्तर्राष्ट्रिय टोपी दिवस मनाउनु आ-आफ्नो स्थान र अवस्थाअनुसार नेपाली टोपी लगाऔँ भन्दै २०१३ कै नोभेम्बर २६ मा फेसबुकमा नेपाली टोपी दिवसको पेज बनायौँ। त्यसबखत केही साथीभाइले लहड भने। अभियानलाई नेपालका केही चर्चित व्यक्तिले फेसबुक वालमार्फत् चारैतिर फैलाइदिए। यसले हामीलाई हौस्यायो।

अर्का संस्थापक शंकर बन्जाडे अर्घाता’चीका स्थायी बासिन्दा हुन्। उनी काठमाडौर्ं झरेर एक दशकदेखि व्यवसायिक जीवन बिताइरहेका छन्। बञ्जाडेले नयाँ वर्ष हामीले मनाइरहेका छौं। त्योसँग हाम्रो पहिचान जोडिनुपर्छ भन्ने उनको आशय थियो। अको वर्षदेखि प्याव्सन र एनप्याव्सानसँग सहकार्य गरेर हप्तामा एक दिन नेपाली टोपी लगाउनका लागि पहल गर्ने तयारी भइरहेको बञ्जाडे बताउँछन्।

जसरी पोखरा, धरान, झापामा अभियानलाई साथ दिए त्यसै गरेर आरसी मरहठ्ठा, युवा जागरुक अभियान काठमाडौंलगायतले यो अभियानलाई हामीले थालेको भनेर साथ दिइरहेका छन्। विगत वर्षमा झापा बिर्तामोडमा आर्ट अफ लिभिङको नेतृत्वमा नेपाली टोपी दिवस भनेर र्‍यालीसमेत गरिएको थियो। काठमाडौंका केही विद्यालयमा साताको एक पटक नेपाली टोपी लगाउनका लागि स्कुलिङ गरिएको छ।

यसका बारेमा काफ्ले र बञ्जाडे भन्छन्, ‘यो अभियानमा जति धेरैले ओनरसीप लिन खोज्नुहुन्छ त्यति नै हाम्रो अभियान राष्ट्रियताको सवालमा सफल भएको हामीले ठानेका छौं। जो सुकैले जे सुकै भनेपछि यो पहिचानको कुरो हो। पहिचानका सर्न्दर्भमा के को लर्डाई – चुनाव लडेको भए जित र हार भन्न हुने थियो उनी भन्छन्।

ख. डा. गोबिन्दसिंह रावत र ‘नेपाली टोपी इभेन्ट’

डा गोबिन्दसिंह रावत क्यानडामा बसोबास गर्दै आएका व्यक्तित्व हुन्। उनले सन् २०१० देखि क्यानडाको टोरोन्टोमा ‘नेपाली टोपी इभेन्टु शुरु गरेका छन्। डा रावतको अभियान नवौं वर्षमा चलिरहेको छ। डा. रावत इनेपलीज डटकम अनलाइनमा २०७३ पुष २० गतेका दिन ‘नेपाली टोपी दिवस र बहसु शीर्षकमा लेख लेख्दै भन्छन्-‘टोपी नेपालीको प्रतीक हो। हाम्रो ढाका र भाद्गाँउले टोपीले नेपाली हुनुको पहिचान गराउँछ। भारतीय नेपालीले नेपाली टोपीलाई आफ्नो गौरव मानेर पहिरीरहेका छन्।

नेपाल छोडेर विदेशिन बाध्य भएका नेपालीले अरु मुलुकको नागरिक भएर पनि नेपाली टोपीलाई छोडेका छैनन्। सबैले नेपाली टोपी अनिवार्य लगाएर आउँदा कस्तो होला भनेर नोभेम्बर २०१० लेखककै पहलमा टोरोन्टोमा पहिलोपटक नेपाली टोपी इभेन्ट भनेर कार्यक्रमको आयोजना गर्‍यौं। त्यसपछि यसले निरन्तरता पाउँदै गयो। नेपाली साहित्य समाज क्यानाडाको पहलमा क्यानाडाका पूर्व राजदूत डा. भोजराज घिमिरेको स्वागत र विदाई, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. खगेन्द्रप्रसाद लुइटेल र देवी गौतमको सम्मान, क्यानाडाका वर्तमान राजदूत कालीप्रसाद पोखरेलको स्वागत सम्मान यस्ता धेरै नै कार्यक्रममा टोपी इभेन्ट गरेका थियौं।

पहिलो कार्यक्रमको सफलतापछि हामीले दोस्रो, तेस्रो गर्दै आठौं टोपी इभेन्टको आयोजना गरिसक्यौं। यो कार्यक्रम निरन्तर चल्ने छ र चल्दैछ। युगनै सञ्चारको भएकोले हाम्रो टोपी इभेन्टले चर्चा पायो। प्रशंसा गर्नेमा ताईपे ताइवानका साहित्यकार डा. लेखनाथ काफ्ले हुनुहुन्थ्यो। उनले यसलाई व्यापकता दिनुपर्छ भनेर मेरो फेसबुकको वालमा लेखेपछि मैले यो टोपी इभेन्ट उता पनि गरौं र अरु देशमा पनि गर्ने वातावरण बनाऊँ भनेर लेखेको थिए।

डा. लेखनाथले ताईवानमा पनि टोपी इभेन्ट गरेको जस्तो लाग्छ। त्यसपछि कोरिया, वर्मा, अमेरिका अरु कताकता भएको पनि सुनियो। यो चाहनालाई ताईवानबाट लेखनाथजी र नेपालबाट शंकर बञ्जाडेजीले अझ व्यापक बनाउने कार्यमा अन्तर्राष्ट्रिय अभियान बनाउने कार्यमा लाग्नु भयो। खटिनु भयो। प्रचारप्रसार गरेर ‘अन्तर्राष्ट्रिय नेपाली टोपी दिवसु अभियान नै शुरु गराउनु भयो। त्यसका लागि वर्षको पहिलो दिनलाई राम्रो र उपयुक्त दिन मानेर जनवरी १, २०१४ मा पहिलो ‘अन्तर्राष्ट्रिय नेपाली टोपी दिवसु मनायौं।

केहीले थाहा पाएर रमाए, केहीले उडाए। केहीले सहभागिता जनाए। राम्रो काम भएकोले यसका सहभागिता बढ्दै गयो। यस अभियानमा नेपालबाट जागरुक युवा अभियान स्वतः सामेल भएर ‘हाम्रो शान हाम्रो पहिचान : नेपाली टोपी अभियानुको नाराका साथ यसलाई व्यापकताका साथ विश्वभरी फैलाउने काम गर्न थाले।ु यसरी रावतले टोपी इमेन्ट नै सञ्चालन गरेर नेपाली टोपीलाई प्रवद्धन गरिरहेका छन्। तापनि त्यो अभियान क्यानडामै पनि विस्तार हुन नसकेको डा. काफ्लेको दाबी रहेको छ।

ग. पाँचौ अन्तर्राष्ट्रिय नेपाली टोपी दिवसको तयारी

सन् २०१८ को जनवरी १ सबैको घरदैलोमा आएको छ। ज्यान विदेशमा मन नेपालमा राखेर बसेका नेपाली दाजुभाइले नेपाली टोपीको सम्मानमा लागिरहेका छन्। उनीहरूले टोपीलाई अन्तर्राष्ट्रियकरण गर्नका लागि जुन योगदान दिए त्यो स्तुत्य छ। अब स्वदेशमा रहने दाजुभाइ, दिदीबहिनी, बुबाआमा सबैले यो दिवसलाई भव्यताका साथ मनाउनुपर्छ। डा. लेखनाथ काफ्लेकानुसार यही वर्षबाट एनआरएन केन्द्रसँग मिलेर संसारका ७८ देशमा नै कार्यक्रम गरेर टोपी दिवस मनाउने साझदारी भएको छ।

त्यसै अनुसार ७८ देशमै एनआरएन केन्द्रले परिपत्र गरेको छ। केन्द्रको परिपत्रमा भनिएको छ, ‘जनवरी १ तारिखको दिन विदेशमा बस्ने नेपालीका लागि सम्झन सजिलो हुने र विदाको दिन पनि भएको हुँदा पाँच वर्षदेखि चलिरहेको परम्परालाई निरन्तरता दिन अन्तर्राष्ट्रिय नेपाली टोपी दिवसलाई सफलताका साथ सम्पन्न गर्न सबै साथीलाई नेपाली टोपी लगाएर खिचेको आफ्नो फोटो सञ्जालका विभिन्न सञ्चार माध्यममार्फत सार्वजनिक गर्न हार्दिक अनुरोध छ। संस्थापकद्वय डा लेखनाथ काफ्ले र शंकर बन्जाडेप्रति हार्दिक धन्यवाद।

यसका साथै अन्य देश बर्मा, थाइल्याण्ड, नर्वे, क्यानाडा, कोरिया, ताइवान, जापान, अमेरिका, पोर्चँगल, बेल्जीयम, डेनमार्कलगायत देशमा विभिन्न समूहले कार्यक्रम गरेर मनाउँदै छन्। केही देशमा अनेसासको स्थानीय समितिले पनि टोपी दिवस मनाउदै छ। अर्काे वर्षबाट एनआरएनसँग मिलेर अलि व्यापक कार्यक्रम गर्ने भन्ने समझदारी भएको डा. काफ्लेले जानकारी दिएका छन्।

यसैगरी पोखरामा अन्तर्राष्ट्रिय टोपी दिवसको सर्न्दर्भलाई व्यापक प्रचारप्रसार गर्नुपर्छ भन्ने अभ्रि्रायले कार्यक्रम शुरु गरिने भएको छ। अभियानका पोखरा पर्वतका साहित्यकार प्राञ्जल र पंक्तिकारद्वारा उक्त अभियानमा सक्रिय सहभागी हुन आग्रह गरिएको छ। आशा छ, राष्ट्रियतासँग जोडिएको सर्न्दर्भमा तेरो मेरो नभनेर नेपाली टोपीको प्रवर्द्धनका लागि लाग्ने छन्। उक्त अभियानमा सामेल हुनका लागि जनवरी १ तारिखका दिन पोखरामा बिहान ८ : ३० बजे गण्डकी हाई-टेकको सभाहल बगरमा पाँचौं अन्तर्राष्ट्रिय टोपी दिवस विशेष कार्यक्रम तय गरिएको छ। आफ्ना लागि उपयुक्त हुने नेपाली टोपीको बन्दोबस्त गरी कार्यक्रममा उपस्थित हुनका लागि आग्रह गरिरहँदा अभियानका नेपाल संस्थापक शंकर बञ्जाडेले जनवरी १ तारिखका दिन पोखरामा हुने टोपी दिवस विशेष कार्यक्रमको सफलताको कामना गरेका छन्।

१.३ निष्कर्ष

निबन्ध शिरोमणि शंकर लामिछानेले आफु जन्मनुपर्ने समयभन्दा पहिल्यै जन्मेको भनेका थिए। उनको त्यो वाक्यलाई सम्झिरहँदा रचनाकार लीलासिंह कर्माको ‘हिमालबाट सुस्तरी आयोु रचनालाई आजको वर्तमानलाई आकलन गरेर हिजो लेखिएको रचना मानियो भने पनि अन्यथा हुँदैन। कर्माको गीतमा मीरा राणाले स्वर भरिन् र नातिकाजीले संगीत। त्यसले आज पनि प्रस्तुत गीत कालजयी छ। गीतमा भनिएको छः

नवीन शैली जोश र जाँगरसहित बनेर

श्रम र शक्ति साधन आफ्नै प्रयोग गरेर

स्वयम्बाटै भाषा र भेष देशको विकास

समृद्ध समाज बनाऊ भन्छ आजको प्रकाश।

कर्माको हिजोको गीत आजको समय सर्न्दर्भसँग मिल्दो छ। आज कर्माको गीतलाई नेपाली टोपी दिवसले सम्झाएको छ। विषयको उठानमा भने झैँ, एक युग लेखेर युगौयुग बाँचेका स्रष्टा भूपी शेरचनको ‘यो नेपाली शिर उचाली संसारमा लम्किन्छ…’ बाट तारादेवी, प्रेमध्वज प्रधान र नातिकाजीलाई झिक्ने हो भने उनको यो रचना गीत बन्न सक्दैन। यस्तै राष्ट्रकविको ‘नेपाली हामी रहौंला कहाँ नेपालै नरहे…’ रचनाबाट यशस्वी संगीत तपस्वी नातिकाजीको स्वर र संगीत झिकिदिने हो भने त्यो पनि गीत बन्न सक्दैन। त्यो हामी सबैलाई थाहा भएको कुरा।

यसैले अन्तर्राष्ट्रिय नेपाली टोपी दिवसका सर्न्दर्भमा माथि उल्लेखित जुन नाम र व्यक्ति आए ती सबैको भूमिका उत्तिकै महत्त्वपूर्ण  छ। त्यसैले राष्ट्रियताको सवालमा हामी जुँगाको लडाइँ लडेर फाइदा छैन। प्राध्यापक माधव पोखरेलेको व्यक्तिगत वेवसाइट माधवपोखरेल डटकममा समावेश ‘नेपाली टोपीको इतिहासु पढ्ने हो भने पाल्पाले ढाका टोपीको उत्पादन नगरेको भए नेपालमा नेपाली ढाका टोपी नै हुने थिएन भन्ने प्रश्न पनि आउन सक्छ। यस्तै डा. काफ्लेको भनाइलाई हेर्ने हो भने, नेपालमा धेरै प्रकारका टोपी प्रयोग भए पनि भादगाउँले, ढाका र परम्परागत नेपाली टोपी मुख्य हुन्। त्यसबाहेक विभिन्न जातजातिको आफ्नै टोपी पनि छन्। नेपाली आदिकवि भानुभक्तले लगाएको बिर्के टोपी, मैथली आदिकवि विद्यापतिले लगाएको टोपी उतिसारो चलनचल्तीमा नभए पनि चर्चित छन्। अन्तर्राष्ट्रिय नेपाली टोपी दिवसमा आफ्नो आफ्नो क्षेत्र, जाति-जनजातिले आफ्नै टोपी वा टाउकोमा लगाउने आ-आफ्नो मौलिक पोशाक लगाएर मनाउन सकिने खुकुलो दिवस हो।

अन्तमा के भन्न सकिन्छ भने,  डा रावतले चलाएको नेपाली टोपी इभेन्ट होस् या राष्ट्रिय पोशाक दिवस भनेर मनाइएको सर्न्दर्भ होस्। अन्तराष्ट्रिय नेपाली टोपी दिवस आम नेपाली र नेपालको स्वाभिमानका खातिर भएकाले राष्ट्रियताको सर्न्दर्भमा अब हामी फुटेर होइन, जुटेर लाग्नुपर्ने भएको छ। अब टोपी मात्र होइन राष्ट्रिय पोशाक दिवसकै रूपमा यसलाई स्थापित गर्न हामी मन, वचन र कर्मले लाग्नुपर्ने बेला आएको छ। यसैमा हामी सबैको भलाइ छ।

- असफल गौतम