रातो रगतमा कालो ‘सिण्डिकेट’

बाल्यकाल देखि सुनिँदै आएको नारा मध्येको एक नारा हो – रक्तदान जीवन दान ! जीवनमा गर्ने मध्ये सबैभन्दा पुण्यको दान भनेकै रक्तदान हो रे। यी र यस्ता इमोसनल स्लोगन दिएर नेपाल सरकारमा पकड जमाउन सफल एक एन. जि. ओÞ -नेपाल रेडक्रस सोसाइटी) ले गाउँ, शहर, पहाड, पर्वत, हिमाल, तराई, विद्यालय, कलेज विभिन्न कार्यालयहरुमा वर्षको एक पटक रक्तदान गर्न चिल्ला मीठा भाषण गर्नेगरेका छन्।

बेनिफिटको शब्दलाई लुप्त राखी कसैको जीवन बचाउनकालागि तपाइँहरुको प्रत्येक ३/३ महिनामा खेर जाने रक्त सेलको दानले एक जनाले जीवन पाउँछन् भन्ने इमोसनल भाव दर्शाइ ब्लड डोनेशन गराउन सफल भएका छन्। मेरो यस लेखको मक्सद यो पक्कै पनि होर्इन कि , रक्तदानले जीवनदान गर्दैन भन्ने। पक्कै पनि हाम्रो खेरजाने रगतले अराले आफ्नो जीवन बँचाउन पक्कै सक्छन। यदि रक्तदान नगर्ने हो भने सवै हस्पिटलमा विरामीहरुको अकालमृत्यु हुनसक्छ ,यो ध्रुब सत्य हो कि, रगत बिना अपरेशन लगायत्का उपचारमा रिस्क उच्च हुन्छ। तसर्थ रक्तदान अनिवार्य हो।

तर यहाँ उल्लेख गर्न खोजेको चाँहि रक्तदान गराउने संघ-सस्थाहरुमा लुकेको भित्री पाटो अर्थात् रगतको कालो धन्दाको हो। हो रातो रगतको कालो धन्दा उल्लेख गर्न गइरहेको छु प्रमाण सहित। अहिले जताततै शहर, बजार, हाट , मेलापात, चिया ,चौतारी, चमेना गृह , कार्यालय, कलेज, विद्यालयदेखि खेत खलिहानसम्म सुनिदै आएको शब्द हो ‘सिण्डिकेट’। हालैमात्र सरकारले सार्वजनिक यातायात क्षेत्रको सिण्डिकेट अन्त्य भएको घोषणा गरेको छ।

अबको ध्यान भनेको तरकारी, खाद्यान्नमा रहेको एकाधिकार तोडी सबै प्रकारको सिन्डिकेटको अन्त्य गरी ‘सुखी नेपाल समृद्ध नेपाल’को अभियानलाई पूर्ण रुप दिने भनेर वाम गठबन्धन या नेकपा र मजफो सम्मिलति सरकार ले गरेको वाचा र अघि सारेको कमिट्मेन्ट लाई अब रगततिर ढल्किनु पर्ने अपरिहार्य आवश्यकता भएको छ। जसरी सार्वजनिक सवारी साधनमा, तरकारीमा, खाद्यान्नमा, इन्धनमा, सिण्डिकेट छ, त्यो सबै भन्दा बढी सम्वेदनशील सिण्डिकेट भनेको स्वास्थ्य क्षेत्रमा रहिरहेको हामी देख्न सक्छौँ। स्वास्थ्य क्षेत्रमा रहेको विद्यमान सिण्डिकेट मध्ये विरामीहरुलाई आवश्यक पर्नेर्र्र्र्र् रगतआपूर्र्ति गर्ने निकाय नेपाल रेडक्रस सोसाइटी सँग सम्वन्धित एकाधिकारको वारेमा यहाँ उल्लेख गर्न गइरहेको छु।

म रक्त सम्बंधी एकजना विरामीको घरको सदस्य हुँ। हामी विगत ५ वर्षदेखि काठ्माण्डौको एक अस्पतालमा उपचाररत छौँ। हामीलाई प्रतिमहिना नै रातो र सेतो गरी औसतमा ६/७ प्याकेट रगतआवश्यक पर्ने गर्दछ। नेपालका ठूला-ठूला अस्पतालहरुले पनि ९९% रगत व्यवस्थापन गरेका हुँदैनन्। जव रगत आवश्यक भएको प्रेस्क्रिप्शन डाक्टरले काटिदिन्छन् अनि सुरु हुन्छ रगत व्यवस्थापन गर्ने चिन्ता। किनकि रेडक्रस नामको एन.जि.ओ बाहेक अरु कसैले यो संकलन गर्न नपाईने भएर होला उसको रगतमा एकाधिकार भएको।

रेडक्रसको पनि शाखा कार्यालयहरुमा बडो मुस्किलले रगत पाउँन सकिन्छ।  सवै रगत पाईने एकमात्र स्थान भनेको रेडक्रसको केन्द्रीय कार्यालय हो। जुन कार्यालय भूकम्प अघिसम्म काठ्माण्डौ प्रदर्शनी मार्गमा थियो तर जब भूकम्प गयो तब उसले कार्यालय ललितपुर च्यासलभन्दा पर खोलाको मसानघाट छेउमा रहेको घर भाडमा लिएर संचालन गरिरहेको छ। भृकुटीमण्डप नजिक कार्यालय हुदाँ कमसेकम दिनभरी र साझसम्म त सार्वजनिक सवारी साधनको सुविधा पाईन्थ्यो तर जब सो मसानघाट नेर सुरु गरियो, तब न त्यो ठाउँमा कुनै सार्वजनिक यातायात सञ्चालन हुन्छ न त नौलो ठाउँका विरामीका मानिसहरु सजिलै पुग्न नै सक्छन्। अत्यन्तै एकान्तमा रातको समयमा महिला केटाकेटीहरु सो ठाउँमा हिँड्न र पुग्न  कठिन समस्या हुन्छ।

डाक्टरले दिएको प्रेस्क्रिप्शनअनुसारको कागज र अस्पतालमा २००० भन्दा बढी धरौटी राखिल्याएको भाडा बोकी आउँदा ९९% ले प्रथम आगमनमा रगत नपाईने, उता अस्पतालले ‘अपरेशन गर्न विरामीलाई रगत अर्जेन्ट छ चाँडो ल्याउनुहोला’ भनेको हुन्छ तर जब रेडक्रसमा पुगिन्छ, रगतपाईँदैन। विहान ८:०० बजे तिर पुगेका सेवाग्राहीहरुलाई ‘साझको ६:०० बजे पश्चात मात्र आउनु तर निश्चिन्तरुपमा ढुक्क भएर नआउनु भनेर निराशावादी उत्तर दिएर विरामीको आफन्तलाई डिमोटिभेसन गर्ने शब्दले बोल्छन्।

भन्नलाई तथा देखाउनकालागि त एक कोठामा परामर्श कक्ष भनेर एक डिपार्ट पनि राखिएको देखिन्छ तर परामर्श भनिएतापनि त्यहाँ बस्ने परामर्श दाताको शैली यति रुखो हुछ कि, संसारमा सबैभन्दा रुखो र तुच्छ व्यवहार गर्ने मानिसहरु काउन्सिलर को रुपमा त्यहाँ रहेका हुन्छन्। जुनव्यवहार देख्दा लाग्छ कि काउन्सिलि· भनेको मनको कुरा बझेरर्र् इम्प्याथी दिनु पर्नेमा मनमा झन् पीडा दिएको हामी देख्न सक्छौ।

अस्पतालले कुनै पनि बिरामी गम्भीर प्रकृतिको अवस्था नआई रगत माग गर्दैन। अनि विरामीका आफन्त पनि सोही अनुसारको तनावमा हुन्छन्। तनावको समयमा टाढा- टाढाको अस्पतालबाट त्यस अनकन्टार , निर्जन स्थानमा पुग्दा जो कोही आत्तिएर बोल्नु स्वभाविक नै हो। यो समयमा विरामीका आफन्तहरुलाई त्यहाँका काउन्सिलर, कर्मचारीहरुले ढाढस दिनुपर्नेमा टर्रा बोलीबचनले व्यवहार गर्दा सेवाग्राहीहरुको प्रत्येक दिन कुँडिएको मन हामी केन्द्रीय रक्त सञ्चार केन्द्रको प्राङ्गणम देख्न सक्छौ। त्यहाँ रगत जति उपलब्ध हुन्छ ,त्यति मात्र वितरण गर्नु स्वभाविक भएतापनि घण्टौँ देखि लाईनमा वसिरहेकाहरु लाईनमै हुन्छन तर पहुँचवालाहरु विनाकुनै लाईन सरर आइ लिएर जान्छन्।

विरामी सवैका उत्तिकै मूल्य र मान्यताका हुन्छन्। गाम्भीयताका आधारमा विरामीहरुकालागि रगतको व्यवस्था गराउँनु पर्नेमा रेडक्रसले व्यक्तिगत पहुँचका आधारमा रगत उपलब्ध गराईरहेको देख्दा लाग्छ, रक्तदान जीवनदानको नारा केवल इमोसनल ब्लाकमेलिङ भन्दा अन्य होइन। सरकार वा राज्यले विरामीहरुकालागि निःशुल्क उपलब्ध गराउँने भनेको रगत टेस्टको नाममा अनेक अनेक शीष्ाकमा रगतलाई अस्पतालको रिकोमेन्डेसनको आधारमा रेडक्रसले पैसा असुल गरिरहेको छ।

विभिन्न परीक्षणको नाममा ब्लड बैंक मै पैसा धुतिन्छ  र सो रगतलाई अस्पताल ल्याइपुर्‍याए पछि पुनःक्रस म्याचको शीष्ाकमा अको पटक पुनः पैसा तिराइन्छ। यस्ारी राज्यले निःशुल्क तोकिदिएको अत्यावश्यकीय वस्तुमा कुनै एक एन.जि.ओ ले सिण्डिकेट लाउनु र मनलागी रुपमा पैसा अशुल गर्नु त्यो पनि विल नै काटेर , त्यसलाई हामी के भन्न सक्छौ – रेडक्रसको दादागीरी यति चड्दो अवस्थामा छ कि, त्यो सेवाप्रदायक संस्था नै होइन। त्यहाँ रातो रगतको कालो धन्दा गरिरहेका मनुवाहरु वग्रेल्ती भेटिन्छन। जसले कसैलाइ टेर्दैनन्। उनीहरुको राज यत्तिविध्न देख्न सकिन्छ कि,उनीहरुले आफैले सरकार संचालन गरिरहेका छन्।

पुष्पकमल दहाल (प्रचण्ड) को कार्यकालका स्वास्थ्यमन्त्री गगनकुमार थापाले स्वास्थ्य क्षेत्रमा सुधारका प्रयास गरेकाथिए। उनको प्रयासलाई पक्षविपक्ष सबैले प्रशंसा गरेका थिए। रक्तदान गरिएको रगत निःशुल्क विरामीसम्म पुग्नुपर्दछ भनेर थापाले सो समयमा पहलकदमी गरेका थिए तर छोटो समयमै सरकार ढलेको कारण सो काम पूरा हुन सकेन। त्यसपछिका स्वास्थ्यमन्त्री अधिकांश समय विनाविभागीय अर्थात् जिम्मेवार विहीन भएर रहनु पर्‍यो। अव नया स्वास्थ्यमन्त्री आउनुभएको छ उहाँले रगतमा रहेको यसप्रकारको एकाधिकार र विरामीलाई परिरहेको मर्कालाई बुझिदिनुमात्र भएपनि लाखौँ-लाख विरामीले राहतको महसुस गर्दछन्।

अन्त्यमा, न्यूनतम् ५ वर्षकालागि निर्माण भएको यस दिगो सरकारले जसरी आफुले अघि सारेको नारालाई सार्थक बनाउन कुनै पनि कम्प्रोमाइज नगर्ने प्रतिबद्धता जनाएका छन् र देशमा अव सवै प्र्रकारको सिण्डिकेट अन्त्यहुने वचनबद्धता प्रधानमन्त्रीबाट जाहेर गरी एक्शनलिएको र अन्य स्थानमा जस्तै रातो रगतमा भएको कालो चलखेल र सो को सिण्डिकेट अन्त्य गरी सर्वसाधारण जनताहरुको चहर्‍याइरहेको मनमा मल्हम लगाउन कस्तो कदम चालिने हो, त्यो हेर्न बाँकी छ। सरकारले अत्यावश्यकीय पदार्थमा कुनैपनि हालतको बन्द, हड्ताल तथा रोकावट गर्नेलार्ई कानून अनुसार अपराधी करार गरी कारवाही गर्ने भनी कानून नै निमार्णगरी आफ्नो नीति तथा कार्यक्रममा प्राथामिकताका साथ उल्लेख गरिएको र त्यसको अक्षरश: पालना नगर्ने/नगराउँने जो सुकै लाई पनि ‘जेरो टोलोरेन्स’ अथार्त शून्य सहनशीलताको नीति अपनाई कारवाही प्रकृया अगाडि बढाउने कुरा उल्लेख गरिएको छ। यदि यो आलेख स्वास्थ्यमन्त्री ज्यू ले पढ्नु भएर यो कालो धन्दालाई रोकिदिन सक्नुभयो भने र यस सिण्डिकेटको अन्त्य मात्र गर्नु सक्नु भयो भने पनि स्वास्थ्यमन्त्रीको यो ५ वर्षे कार्यकाल सफलभएको मानिनेछ।

- तिलक घिमिरे 'निर्मल’