राजनीति र हामी

राजनीति राज्यको नीति हो। राज्य, गर्ने साधन हो। राज्यको आकार र संरचना राजनीतिले नै तय गर्छ। युवामा देश देखिन्छ, बालबालिकामा बुझिन्छ। महिलाको अनुहारमा देश झल्किन्छ। वृद्धका गालामा देशका सिमाना भेटिन्छ। यस्तै-यस्तै धेरै ठाउँमा देश भेटिन्छ। देश भेटाउने र छाम्ने माध्यम नै राजनीति हो। धर्म अफिम हो भनेको सुनिन्थ्यो तर आजकल राजनीतिमा अफिम लागेको देखिन्छ। घरनीति नबुझेकाले राजनीतिको गफ गर्दा हाँसो लाग्छ। घर मिलाउन नसक्नेले देश मिलाउने तर्क दिन्छन्। हावाको झोकामा समय उडिरहेछ।  समयलाई महत्व दिईंदैन हाम्रो देशमा। समयलाई काल पनि भनिन्छ। काल भनेको मृत्यु हो। मृत्युसँग को डराउन्न होला र ? तर हाम्रो समाजमा समयसँग डराउने विरलै होला। समयको मूल्य नै थाहा छैन। कसैले समयको मूल्य सिकाउँदैन यहाँ। न हामीलाई सिकाए, न हामीले सिकायौं। समयलाई संस्थागत पढाउनुपर्छ। पढ्नुपर्छ संस्थागत नै, अनि सिक्नुपर्छ समयलाई माया गर्न। विदेशमा समयलाई पैसामा बुझ्छन् मान्छेहरू। त्यही पैसा टिप्न जान्छन् हाम्रा युवाहरू। जबसम्म समयलाई बुझ्न र बुझाउन सकिँदैन, तबसम्म बेरोजगारमा दुख्ने घाउ सञ्चो हुँदैन।

व्ाषौर्ं भयो, देशमा राजनीति अस्थिरता यथावतै छ। गण्डकीमा धेरै पानी बग्यो, बगिरहेकै छ। राजनीतिक अस्थिरता सकिंदैन, हट्दैन। अत्यास लाग्दो कुरा। हाम्रो पुस्ता यस्तैमा बित्ने भयो। तर सबै अबस्था अनुभूति गर्ने हामी भाग्यमानी भन्न मिल्छ। भूकम्पदेखि गणतन्त्रसम्म। देशले निकास पाउन राजनीतिक स्थिरता हुनुपर्छ। यो कसलाई थाहा छैन होला र ? जगजाहेर छ। घामजस्तै र्छलङ्ग छ। फेरि पनि हलो अड्केकै छ, हलो अड्काउने, गोरु पड्काउने भएकै छ। अहिले स्थानीय निर्वाचनको माहोलले स्थानीय तहमा सरगर्मी चढेको छ। नेपालका कठिन राजनीति गोरेटा फराकिला हुन खोजेका छन्। राजमार्ग वा भनौं लोकमार्ग बन्ने तर्खरमा छन्। सबै चुनौती सजिला हुँदैनन्। राजमार्ग त्यसै बन्दैनन्। यसमा धेरैको त्याग थियो, छ। धेरैले सिउँदो पुछे, धेरैले रगत बगाए। धेरै अपाङ्ग बने। अब अर्को सर्मपणको खाँचो छ देशलाई। पुराना आग्रह पूर्वाग्रहमा अल्भिmदा ढिलो हुन्छ। साझा एजेण्डा आर्थिक क्रान्ति नै हुनुपर्छ। उत्साह लाग्दो वातावरणको सृजना हुँदैछ। हुनु पनि पर्छ। स्थानीयस्तरमा जनता लागेको देखिन्छ, आफ्नो ठाउँ बनाउन। चाहे सरसफाईको क्षेत्रमा होस् वा विकास निर्माणको क्षेत्रमा। खाँचो छ राज्यको सिस्टमको। जता हेर्यो त्यतै गतिलो सिस्टम देखिंदैन। जता जाऊ, पैसा तिर्नुपर्छ। सेतो पैसाको रूपमा तिर्न पाए त हुन्थ्यो नी, त्यो पाईंदैन। न्याय दिन बसेको न्यायालय लगायत मूख्य सरकारी कार्यालयमा सेवाको पहुँच सजिलो छैन। जसको पहुँच छ, त्यसको काम छिटो हुन्छ। जसले सुटुक्क पैसा दिन सक्ने सामर्थ्य राख्छ, ऊ अगाडि काम गरेर निस्कन्छ। जहाँ पनि चिनेको हुनुपर्छ। हैन भने काम बन्न सकस छ। गरिवले न्याय खोज्न अदालत नगए पनि हुन्छ। न्याय महङ्गो छ। न्याय त सर्वसुलभ हुनुपर्ने हो। त्यस्तो छैन। कमजोर र गरिबको लागि न्याय भीरमा फूलेको भीरफूल जत्तिकै छ। आकाशको फल जस्तै लाग्छ। लोकतन्त्रमा यसो नहुनुपर्ने हो। नहुनुपर्ने नै भईरहेको छ। राजनीतिले यसलाई सहज र सरल बनाउनुपर्ने हो। यो सिद्धान्तमा मात्र सीमित छ।  राजनीतिक दल विनाको न लोकतन्त्र सम्भव छ न लोकतन्त्र विनाको राजनीतिक दल। यी दुर्इ एक आपसका परिपूरक त हुन् नै। लोकतन्त्रमा राजनीतिक दलको भूमिका नहुने भन्ने हुँदैन। तर राजनीतिक दल र लोकतन्त्रको एक आपसमा मेल नहुँदा यी दुर्इमा कुनै एक वा दुबै कमजोर हुन्छन्। देखिएको छ, बलिया हुन सकेका छैनन्। जसको परिणाम समाजमा द्वन्द्व पैदा हुन्छ। अस्थिरताले निम्तो पाउँछ। यी दुबै समाजका लागि घातक हुन्। त्यसैले राजनीति र लोकतन्त्र अन्तसम्बन्धित हुन्। र हुनुपर्छ पनि।

नेपालमा राजनीतिक पार्टी ो इतिहास हेर्ने हो भने १९९३ सालको नेपाल प्रजा परिषद नै पहिलो पार्टी हो। जुन राणा शासन अन्तको लागि जन्मेको थियो। २००७ सालमा अन्त पनि भयो राणा शासनको र प्रजातन्त्र आयो। त्यसपछि अन्य पार्टी रू जन्मिए। अहिले आएर सम्भिm नसक्नुका पार्टी रू छन्। पार्टी ाट पार्टी जन्मेका छन्, पार्टी भत्रै उपपार्टी रू छन्। यसको पनि एउटा सीमा होला, बढुन् सीमासम्म। लोकतन्त्रले दिएको अधिकार। चुनाव, स्वतन्त्रता र पार्टी सिस्टम लोकतन्त्रका उपहार। लोकतन्त्रको बाटो र विधि हो, चुनाव। चुनावबाटै नेता चुनिन्छन्। यसको विकल्प छैन। लोकतन्त्रको निर्विकल्प समाधान नै चुनाव हो। पढेलेखेका मान्छे किन देख्दैनन् भविष्य राजनीतिमा – बा आमाले आफ्नो छोरा वा छोरीको तोते बोलीमै सुन्न चाहन्छन्, डाक्टर रर्र् इन्जिनीयर बन्छु भन्ने। कदापि सुन्न चाहँदैनन् नेता बन्छु भनेको। कसैले के बन्ने बाबु तिमी ? भन्दा नेता भन बाबु भनेर आमा बाले सिकाएको सुन्न पाईंदैन। अर्थात् तपाईं भन्नुहुन्न। म पनि भन्दिन। छोरा छोरी फटाहा, उट्पट्याङ, पढ्नमा मन नलाग्ने, ढाँटेर हिँड्ने भयो भने नेता बन्ने लक्षण छ भनिन्छ। के यही हो त राजनीतिक नेता बन्नको लागि चाहिने आधारभूत व्यवहार ? यस्ता नकारात्मक धारणालाई चिरफार गरेर फाल्नको लागि एउटा अभियानको जरुरी छ। जसले युवालाई आकर्षण गर्न सकोस्। जुन युवा पर्ढाईमा अब्बल होस्। अनुशासनमा पहिलो होस्। सभ्यतामा विश्वास राखोस्। त्यसले राजनीति गर्छु भनोस्।

राजनीति भनेको स्कुलमा गरिन्छ। धारा पँधेरामा गरिन्छ। अर्काको खुट्टा तान्नमा गरिन्छ। स्कुल कलेजमा सबभन्दा बढी राजनीति गर्छन् भन्ने आरोप छ शिक्षकमाथि। त्यसो त सबै क्षेत्रका मान्छेहरू जानी नजानी संलग्न छन् नै। आफूलाई नागरिक समाज भन्न रुचाउनेले पनि कुन नागरिक समाजको हितमा लागेका छन् भन्नुपर्छ। अहिलेको राजनीतिको लहर नै त्यस्तो छ कि म राजनीति विना चुप लागेर बस्छु भनेर कोही सुख पाउँदैन। कुनै न कुनै हावाको झोकामा बहनुपर्छ नै। राजनीति भनेको सामान्य मान्छेले फोहरी खेल हो भनेर नबुझ्नको लागि राजनीतिक आचरण सुध्रिनुपर्छ। हामीले देखियो दुर्इ दुर्इवटा ठूला चुनाव। ती चुनावमा केही दलहरू अरुसँग हारेनन् बरु ती आफ्नैसँग पराजित हुनुपर्यो। सौताको रिसले पोर्इको काखमा फोहोर गर्ने जस्तो देखियो। आत्मघाती गोल भयो। यसले हाम्रा राजनैतिक आचरण र स्वभाव भ्रष्टीकरण भएको प्रष्टै देखिन्छ। व्यक्तिगत स्वार्थ र गुटगत अतीवादका कारण राजनीति फोहरी बनेको हो। राजनीतिमा अपराधिकरण अर्को कुतत्व छ। आफ्नाले गरेको गल्तीलाई पनि विरोध गर्न नसक्नु र ढाकछोप गर्नु पनि दलगत कमजोरी हो। ठीकलाई बेठीक र बेठीकलाई ठीक भन्नुपर्ने संस्कारको अन्त्य गरिनुपर्छ। हरेक राजनैतिक पार्टीले आफूलाई सच्याउनुपर्छ। सुधार्नुपर्छ। विकास र विचारले जनताको मन जित्नुपर्छ। राष्ट्र र राष्ट्रियताका सवालमा जनलहर ल्याउनुपर्छ। भलै हामी गरीब छौं। तर राष्ट्रवादी छौं। छातीमा हात राख्दा हरेक मुटुको स्पन्दनले यसो भन्न सक्नुपर्छ।

स्थानीय चुनाव लागेको छ अहिले सबैलाई। चिया दोकानमा होस् वा हरेक बाटाका चोक चोकमा होस् मान्छेहरू राजनीतिका कुरा गरेको देखिन्छ। आफ्नो दललाई जिताउन साम, दाम, दण्ड, भेद सबै अस्त्र प्रयोग गर्न तत्पर छन् दलहरू। शकुनीको कुटनीति प्रयोग गर्दैछन् कतिले त। सहि व्यवहार र आचरण गर्ने  जुनसुकै पार्टी ो भए नी मन पराएकै छन् जनताहरूले। चाहे गगन थापा हुन् वा गोकर्णयविष्ट वा जनार्दन शर्मा। दलमा एउटा व्यक्ति मात्र ठीक भएर नहुने कुरा प्रमाणित भैसकेको छ। तर एउटा व्यक्ति मात्र ठीक हुँदा त देशमा कति परिवर्तन आउँछ भने दलको नै आचरण सही दिशामा जाने हो भने असम्भव भन्ने चिज नै रहन्न। धेरै देखियो। राजनीतिले धेरै गर्न सक्दोरहेछ। महिलालाई पुरुष र पुरुषलाई महिला बनाउन बाहेक सबै गर्यो, गर्छ। त्यसैले बलवान छ राजनीति। उथलपुथल गर्न सक्छ राजनीतिले। पहाडलाई सम्याउन सक्छ र मैदानलाई पहाड बनाउन सक्छ। हाम्रा अगाडि उभिएको छ कोरिया जिरोदेखि हिरो बनेर। अनि सुस्ताएका र मुर्झाएका छन् अफि्रकन देशहरू राजनीतिक चपेटामा परेर।

त्यसैले राजनीतिमा हिरो बन्न राष्ट्र र समाजले खोजेका एजेण्डा अघि सार्नुपर्छ। अघि सार्ने मात्र हैन गरेर देखाउनुपर्छ। भर्खरै सकिएको अमेरिकाको चुनावबाट पनि पाठ सिक्न सकिन्छ। अबको स्थानीय चुनावमा भाग लिने उम्मेदवारबाट निर्वाचित जो भएर आउँछ त्यो इमान्दार व्यक्ति सुझबुझका साथ आउनुपर्छ। किनकि अब स्थानीय निकाय मात्र होइन। स्थानीय सरकार हो। स्थानीय सरकारका लिडरहरू सबै कुरामा दख्खल राख्न सक्ने हुनुपर्छ। ज्ञान भएको अध्ययनशील हुनैपर्छ। समाज, समाजवाद, विकासवाद, मुकुण्डोवाद, अतिवाद आदि वादहरूको पहिचान र परख गर्नु जनताको कर्तव्य हो। यति धेरै राजनीतिको भूत चढेको छ हामीलाई कि कुनै मान्छेको नाम कुनै ठाउँमा आइहाल्यो भने सबभन्दा पहिला कुन पार्टी ो हो भनेर सोधिन्छ। अनि एउटा धारणा तत्काल बनाइन्छ। त्यहि धारणा अनुसार व्यक्तिको मूल्याङ्कन गरिन्छ। अर्थ लगाइन्छ। राम्रोलाई नराम्रो र नराम्रोलाई राम्रो देखिन्छ। हाम्रा भन्दैमा राम्रा देख्न हुँदैन। त्यो संस्कारको अन्त हुनुपर्छ। अनि बल्ल सुध्रन्छ समाज। सुध्रन्छौं हामी पनि। तसर्थ राजनीति नसुधारिए हामी सुध्रन्नौ। हामी नसुध्रे राजनीति सुधारिन्न। यहि कुराको मनन गर्न सके केही हुन्थ्यो कि –

(लेखक पोखरा लेखनाथ महानगरपालिकाका कार्यक्रम अधिकृत हुन्। सं.)

- दुर्गा न्यौपाने