राजनीतिमा गाली गलौज

नीतिहरुमध्ये सबैभन्दा महत्वपूर्ण नीति राजनीति हो भनिन्छ। मुहान शुद्घ भएमात्र खोलो शुद्घ हुन्छ। राजनीति इमान्दार भयो , राजनीतिले आफ्नो बाटो तय गयो भनेमात्र अन्य नीतिहरु स्वतःस्फूत रुपमा चल्छन।  अर्थात् राजनीतिले अन्य नीतिलाई डोर्‍याउँछ  र साँच्चिकै विधिको शासन त्यो बेला  अनुभूूत हुन्छ। तर राजनीति फोहोरी भैदियो भने अन्य कुरामा  पवित्रता खोज्ने धृष्टता  मुखता मात्र हुन्छ।

हामीकहाँविभिन्न शंका,आशंका र शंसयकाबीच मंसीर १० र २१  गते  हुने संघीय सभा तथा प्रदेस सभाको निर्वाचनमा राजनीतिक दलहरु तथा उम्मेदवारहरु प्रचार प्रसारका लागि अन्तिम कशरतमा जुटेका छन। न धान बाली भनेका छन्,न दार्ँइ स्थल। जहाँ जहाँ मतदाताहरु जम्मा भएका छन्,त्यहाँ,त्यहाँ उम्मेदवारहरु पुगेर आफुलाई मत माग्न चुकेका छैनन्। यतिसम्म कि अघिपछि सँधै उपेक्षित जेष्ठ नागरिकहरुलाई पनि भेटेर उनीहरुले दिउन नदिउन आफै दुुर्इ हात मागेर शीरमा लग्दै आशीर्वाद दिनुस भन्ने गरेका दृश्यहरु सामाजिक सञ्जालमा दिनहु’जसो देख्न पाइन्छ। हिजोआज मतदाता तान्ने यो एउटा गजबको  चुनावी शैली  नै  बनेको छ।

चुनावमा मतदाता तान्ने अको विधि आमसभा हो। टोलटोलमा गरिने कोणसभाको अलग्गै महत्व छ। आजकल यी सभा (आमसभा वा कोणसभा जे हुन ) मा न्वारानदेखिको बल निकालेर म र मेरो दल मात्र ठिक अरु सब बेठिक भन्ने  चलन छ । चुनाव जित्नलाई आफ्नो उचाइ देखाए पुग्नेमा अरुलाई पुड्के देखाएर आफू  अग्लो हुन खोज्ने आदत सबैभन्दा हानिकारक छ भन्ने कुरा राजनीतिक दल तथा तिनका उम्मेदवारहरुले बुझ्न सकेको पाइदैन। तीनजनाको दौडमा अन्तिम हुनेले  तेस्रो भएँ भनेर चित्त बुझाएझैं अरु मभन्दा पुड्के भएकोले म स्वतः अग्लो छु भनेर धाक लगाउनुको कुनै अर्थ छैन। अरुलाई गाली गरेर होइन कि आफु स्वंयम राम्रो भएर चुनाव जित्ने कशरत गर्न जरुरी छ।तर आज यस्तो अवस्था कमै देखिन्छ। अर्काको छ्रि्रान्वेसी खोतल्नमा नै आफ्नो महानता ठान्नेहरु धेरै देखिन्छन्।

अन्यत्र पनि उस्तै

चुनावमा मतदाताको मन जित्न सबैका लागि जरुरी हुन्छ। जनताको मन तान्न कसरी सकिन्छ भनेर उम्मेदवारहरु सोची रहेका हुन्छन्। यतिबेला उनीहरु प्रतिद्वन्दीको कमजोरी पक्ष खोजी उजागर गर्न उद्दत रहन्छन। सन् १८०० को अमेरिकी राष्ट्रपति चुनावमा थोमस जेफरसनले राष्ट्रपतिका उम्मेदवार जोन एडम्सलाई  ‘नपुंसक’ भनेका थिए भने उत्तरमा एडम्सले जेफरसनलाई ‘थाहा नभएको नश्लको सन्तान’ भनेका थिए। सन १९९२ मा क्याब्रे डान्सर फ्लावरले बिल क्लिन्टनको चरित्रमाथि धावा बोलिन्। आफ्नो क्लिनटनसँग लामो समयदेखि अवैध सम्बन्ध रहेको कुरा प्रकट गरिन्। क्लिन्टनलाई चुनावी मैदानमा परास्त गर्ने विपक्षीको योजनामुताविक उनले यो आरोप लगाएको प्रमाणित भयो। अन्ततः चुनाव क्लिन्टनले नै जिते। गतवर्ष अर्थात् सन् २०१६मा भएको अमेरिकी राष्ट्रपतिको चुनावमा हालका राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रत्यासी हिलारी क्लिन्टनलाई पुर्व राष्ट्रपति क्लिन्टनको यौन लिप्साका बारेमाकुरा निकाले र इमेल प्रकरणमा गोप्य सुुुचना चुहाएको आरोपमा जेल हाल्ने कुरा गरे। यी दुुर्इले टेलिभिजन साक्षात्कार कार्यक्रममा हात सम्म मिलाएनन्। अमेरिकी घटनामार्फत् विश्वका जनतालाई आवेग,रीस र प्रतिशोधको यो एउटा अनौठो तर शास्वत उदाहरण थियो। विश्वले यो घटनालाई अनौठो तर सत्य घटनाका रुपमा लियो।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन २०१४ को लोकसभा चुनावमा ‘खुनी पञ्जा’ भन्दै कांग्रेस आइको चुनाव चिन्हमाथि कटाक्ष गरे। प्रतिउत्तरमा भारतीय कांग्रेसका नेता राहुल गान्धीले भारतीय जनता पार्टीका कार्यकर्ताहरुलाइँ चोर र लुटेराहरुको  गिरोह ’भन्नुका साथैँइण्डिया मुजाहिद्दनको समूह’ समेत भने। स्वयम् मोदीलाइ चुनावी मैदानमा लो प्रोफाइल ( चिया पसले) ,साम्प्रदायिक भनेर टिप्पणी गरियो। प्रजातन्त्रको जननी मानिने बेलायतमा पनि बेला बेलाका चुनावी सभाका सबाल जबाफमा गाली गलौज र अश्लिल शब्दको  प्रयोग गर्ने गरिएको पाइन्छ। हालसालै उत्तर कोरियाली विदेस मन्त्रालयले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाईँयुद्द रुचाउने बूढो मान्छे ’भनी टिप्पणी गयो।जवाफमा ट्रम्पले पनि उत्तर कोरियाली शासक (नेता )किम जोङ -उनलाई ‘आफुले पुट्के र मोटे नभन्ने’ बताए। यो साँच्चिकै नेपालका सर्न्दर्भमा हाम्रा बा भकारीभित्र लुकेका छैनन् भन्ने शैलीमा ट्रम्पले दिएको व्यंङ्ग्यात्मक गाली थियो।यस अघि ट्रम्पले किम जोङ -उनलाई ‘पागल’ र ‘सानो रकेट मान्छे ’भनेर जिस्काइसकेका थिए। यी दुुर्इको यो वाकयुद्घलाई लिएर रुसी विदेस मन्त्री सगेइ लाभ्रोमले ‘साना बच्चाहरुको झगडा ’भनी कटाक्ष गरेका थिए।

नेपालको सर्न्दर्भ

संसारका अरु राजनेताहरु गाली गलौज गर्ने हुँदा हामी पनि गछौ भन्नु जायज तर्क हुन सक्दैन।हुनत हामीकहाँ लामो समय अर्थात् १०४ बर्षसम्म राणाशाहीको र तीन दशकभन्दा बढी राजशाहीको व्यवस्था रह्यो। कहिले राणा त कहिले राजाको नियन्त्रणमा बस्नुपरेकोले गर्दा होला राज्य व्यवस्था र प्रतिद्वन्दीप्रति हामीले गर्ने व्यवहार र प्रयोग गर्ने भाषा शैली मानक भाषाभन्दा परको हुने गर्दथ्यो। हाम्रा आनि बानी, व्यवहार सबै बीररसमय हुन्थे। गाली गलौज गर्दा मज्जा आउँथ्यो ऊबेला।बीररसका कुरा सुन्दा रगत उम्लिन्थ्यो। तर आज त्यो अवस्था छैन। सबै मिलेर ल्याएको लोकतन्त्र छ।तत्कालीन राजासमेतले स्वीकारेको गणतन्त्र छ। कहिले दाइको पालो कहिले भाइको, मिलीजुली सरकारमा सबैको सहभागिता पनि छ। तथापि गाली,गलौज र अर्काको उछितो काढेर आफ्नो महत्व उजिल्याउने प्रवृत्ति हावी छ। हिजको ह्याङओभरले छोडन सकेको छैन। सायद नानीदेखि लाएको बानीभनेको यही होला। प्रशिद्द अर्थशास्त्री ग्रेसमले ‘नयाँ नोटले पुराना नाटलाइ विस्थापित गर्छ’ भनेका थिए। यो कुरा राजनीतिमा पनि लागू हुनुपर्ने हो। पुरातन व्यवस्थाका प्रवृत्तिलाई नयाँ व्यवस्थामा आउँदा हटाउन सक्ने हैसियत राजनीतिक दलका नेताले राख्नैपर्छ।

गालीगलौजमा खप्पिस राजनीतिक दल

सामान्य निहुँमा खरो विरोधमा उत्रिहाल्ने र मेलमिलाप हुँदा तुरुन्त हिजको गाली गलौज बिर्सीहाल्ने प्रवृत्ति हाम्रा धेरैजसो राजनीतिक दलहरुमा छ। चाहे ‘माले,मण्डले,मसाले एउटै हुन्’ भन्ने तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको भाषणमा होस या राजा बीरेन्द्रलाई ‘राजनीति गर्ने भए श्रीपेच फुकालेर मैदानमा (म सँग ) चुनाव लडन आउ’ भन्ने बामनेता मदन भण्डारीको बहुचर्चित भाषणमा होस कतै गाली,कतै व्यंग्य र कतै तालीका लागि यी बिचारहरुको फोहरा छुटेका हुन सक्छन्। कुनै पनि पार्टीवा व्यक्ति आफ्नोमा छउँञ्जेल गाईको दूधले नुहाएको हुने अको पार्टीका जाँदा वा अको सँग गठबन्धन गर्दासाथ एकाएक खतम नै भैहाल्ने गरी गरिने प्रचारबाजीलाई पनि गाली गलौज र असहिष्णुताको पराकाष्ठा नै मान्नुपर्ने हुन्छ।आफ्नोमा हुँदा सर्वगुण सम्पन्न हुने र अर्काकोमा जाँदा साथ  कवाडी नै भएझैं गरी हेर्ने चलन सबै दलमा छ। अझ हिजोसम्म आफुले आदर्श मानेको,आज अकोर्मा जाँदासाथ उसका अतीत कोट्याउँदै आर्थिक मामलामा कमजोर, नैतिकधरातल तथा चारित्रिक मामलामा समेत कमजोरभएको प्रमाणित गर्न न्वारानदेखिकै बल प्रयोग गर्ने चलन छ। यसलाईआवेगको उपज मात्र मान्न सकिन्छ। सामाजिक सञ्जालको गलत प्रयोग गरी चरित्र हत्या गर्नेसम्मका हर्कत गर्ने गरिएको पाइन्छ , जसलाइैसभ्य समाजले कुनै पनि हालतमा स्वीकार्न सक्दैन । सायद राजनीतिमा यो स्वाभाविक भएर नै होलाअंकमाल गर्न र विछोडिन बेर नमान्न्ोहरु गाली गर्न र तत्काल प्रशंसा गर्न पनि पछि परेको देखिदैन।हेक्का के सम्म राख्न आवश्यक छ भने नजिक हुँदा यति धेरै प्रशंसा नगरौ ता कि,ऊ इश्वर हैन भोलि उसका लागि आलोचना गर्ने अवसरका लागि २,४ वटा शब्दहरु सुरक्षित नै राखौ र यतिसम्म तल गिरेर गाली गलौजमा नउत्रौ ता कि भोलि ऊ आफ्नोमा आउँदा गर्ने प्रशंसालाई यसअघिका गालीका शब्दहरुले खिस्स्ाी नगरुन्।

सकारात्मक फड्को

हाम्रा राजनीतिक दलहरुले  २०६२ मंसिर ७ गते तत्कालिन माओवादी पार्टी’ग १२ बुँदे विस्तृत शान्ति  सम्झौता गरी ताहाँ उप्रान्त धेरै समयसम्म सहकार्य पनि गरे। मिलेर  नै संविधान घोषणा समेत गरे। संसारलाइ अचम्मित पार्ने काम गरे। राजनीतिक दलको त्यो सहकार्यको गठबन्धन सँधै कायम हुन सक्ने कुरा थिएन। संविधान प्राप्त गरिसकेपछि लगभग यो गठबन्धन (सम्बन्ध ) टुटेकोले यसलाई अन्यथा लिनुहुँदैन। किनभने संसारमा यस्ता गठबन्धन विरलै मात्र टिकेको पाइन्छ। हालै ७४ बर्षीय पाकिस्तानी पुर्व राष्ट्रपति परवेज मुसर्रफको पहलमा २३ दल समेटेर बनेको बृहत गठबन्धन घोषणा गरिएको भोलिपल्टै पल्टियो। यो उदाहरणका सामुहाम्रा मतभेद, र एकता उदाहरणीय मान्नुपर्ने हुन्छ । हामीलेमुस्िकलले २०३६सालको जनमत संग्रहसहित ७ पटकमात्र  आमचुनाव व्यहोरेका छौ। यसबीचमा पनि बहुदलीय व्यवस्थापछिको २०४८ को आमचुनावदेखि आजसम्मको यात्रामा धेरै सुधार भएको पाइन्छ। चुनाव जित्ने झोकमा होस वा हारेको रिसको झोकमा बोलिने कतिपय शब्दाबलीहरु अस्वाभाविक र कटाक्षपूर्ण थिए भने आज यो स्थिति छैन। २०४८ को आमचुनावमा काठमाडौबाट प्रकाशमान हार्दा चुनाब नै नलडेका गणेशमान सिंहले ‘अको जन्ममा काठमाडौमा जन्मनु नपरोस,यहाँका मान्छेमा विवेक रहेनछ’ भनेका थिए।प्रतिउत्तरमा मदन भण्डारीले ‘हामी त भौतिकवादी परियो , यदि इश्वर रहेछन नै भने गणेशमानजीको  यो इच्छा छिटै पुरा गरुन ’भनेका थिए। नियतिले भने उमेरले बूढो भए पनि कान्छो मदन भण्डारीलाई छिटै लग्यो। केही अपवादलाई छाडेर आज यसरी वाकयुद्घ भएको कमै पाइन्छ। विगतमा फलानो चोर दे, छोड भनेर व्यानर,तुल टाङनेपनि पाइन्थ्यो। भित्ते लेखनत्यत्तिकै फोहरी,असभ्य र कटूताले भरिएका हुन्थे। निर्वाचन आयोगको सक्रियता र आचार संहिता पालनामा राजनीतिक दलहरुले देखाएको प्रतिबद्दताका कारण आज यो अवस्थामाक्रमशः सुधार हुँदै गएको छ। यसलाइ सकारात्मक फड्को नै मान्नुपर्छ।

- नगेन्द्रराज पौडेल