राजनीतिक र कानुनी संरक्षणमा अपराध

सत्यतथ्य समाचार सम्प्रेषण गरी राज्यका विभिन्न निकाय र जनमानससम्म वास्तविकताको सवुत जानकारी गराउने निकाय पत्रकारिता पेशा आजकल दिन प्रतिदिन विभिन्न पक्ष वा विभिन्न राजनीतिक पार्टि समर्थित बन्दै गइरहेको वर्तमान धरातलमा केही त्यस्ता पूर्वाग्रहीविहीन वा स्वतन्त्र पत्रपत्रिका र मिडियाहरू पनि हाम्रो समाजमा स्थापित छन् तिनीहरू हरेक बहाना र आरोपमा कयौँ दबाब र प्रेसरमा वा धम्कीको सामना गरेर जनताको सुसूचित हुन पाउने अधिकारको रक्षा र पत्रकारिताको धर्मलाइ संरक्षण र सर्म्बर्द्धन गर्न निकै मुस्किल परिस्तिथतिको सामना गर्न बाध्य परिरहेको कुरा तीतो, सत्य र यथार्थ हो। हाम्रो नेपाली उखान छ सत्यको विजय अवश्य हुन्छ वा सत्य एक न एक दिन सावित भएर नै छाड्छ भन्ने कुरा आठ वर्ष अगाडिको पत्रकार डेकेन्द्र थापको निर्ममतापुर्वक गरिएको हत्या प्रकरणका अभियुक्तमाथिको कारबाही प्रक्रियालाई सार्वजनिक गरी ती अपराधीहरूलाई कानुनी दायरामा ल्याउनु एउटा उदाहरण हो। यस घटनाले तलदेखि माथिसम्म राजनीतिक वृत्तमा एउटा हलचल नै पैदा गरेको छ।

नेपालको राष्ट्रिय दैनिक पत्रिका कान्तिपुरमा पत्रकार थापा हत्याका आरोपीहरू बल्ल पक्राउ भन्ने समाचार पढ्न पाउने सुनौलो अवसर प्राप्त भएको केही घन्टा पनि वित्न नपाउँदै एकीकृत माओवादी सम्बद्ध र ड्यास माओवादी पक्षतिरबाट चको रूपमा अपराधी रिहाइको लागि विभिन्न शब्दरूपी वाडहरू सार्वजनिक भए ति वाडहरूको प्रेसरले हत्यारालाई कानुनी दायरामा ल्याउने राज्यका न्यायिक व्यक्तिमाथि चर्काे दबाब सृजना भयो। स्थानीय तहदेखि केन्द्रीय तहबाट अनेकन प्रकारका धम्की आइनैरहेका समाचार प्रकाशित भइरहे यहाँसम्म कि हत्यारा वा अपराधीलाई कानुनी दायरामा ल्याउने व्यक्ति र उसको परिवारको समेत हत्या गर्नेसम्मका धम्की आउनु यो कहाँसम्मको न्यायोचित कुरा हो। यस घटनाका आरोपित व्यक्तिले हत्या गरेको वयान सुन्दा कुन चाहीँ व्यक्तिको आँग जिरि· नहोला। एक जना मानव भएर अर्काे मानवमाथि यस्तो प्रकारको क्रुर हत्या गर्न सक्ने कतिसम्मको निर्दयी मन होला –

हत्यामा संलग्न व्यक्तिले स्वयं हत्या गरेको स्वीकार गरिसक्दा पनि राज्यको कानुन संरक्षण कर्ता वा राष्ट्रप्रमुखजस्तो गरिमामय पदमा पदासीन व्यक्तिले ‘हाम्रा विरोधी कथित मानव अधिकारवादीले, मानिसहरूले उक्साएर र झुटा मुद्दा मामिला लगाएर शान्ति प्रक्रिया बिथोल्ने प्रयास भइरहेको, यो स्वाभिमानी सरकारलाई सह्य छैन’ राज्यबाट बेपत्ता पारिएका गोरखाका राजेन्द्र ढकालको सम्झनामा लेखिएको पुस्तक विमोचन गर्ने क्रममा दिएको अभिव्यक्तिले कत्तिको स्वाभिमानी रहेछ भन्ने कुरा र्छल· पारेको छ। वास्तवमा कानुनले कुनै पनि हत्या वा अपराध गर्ने, गराउने, गर्न उक्साउने र अपराधी संरक्षण गर्ने व्यक्ति पनि कानुनको नजरमा दोषि ठहर हुन्छ भनेर पढेको थिए तर आज मेरो कान र आँखाले त्यसको ठीकविपरीत सुन्न र देख्न मात्र पाइरहेको छु। यो मेरो आँखा र कानको सम्स्या हो या लेख्नेले गलत कुरा लेखिदिएको हो कि भन्नेले गलत कुरा भनिदिएको हो पहिचान गर्न गाह्रो परिरहेछ। राज्यको अधिकार सम्पन्न निकायमा बस्ने व्यक्तिलाई कानु नलाग्ने हो कि, वा विशिष्ट व्यक्तिहरूलाई कानुन मिच्ने अधिकार कानुन उल्लङ्घन गर्ने अधिकार कुन कानुनले दिएको छ ? दिनहूँ चोरी डकैती, हत्या, हिंसा, बलात्कार, भ्रष्टाचार जस्ता जघन्य अपराध भइरहेका छन्। यस्ता घटना दिनहूँ घट्दै जानुको पछाडि अपराधीलाई राज्यबाट दिने उन्मुक्ति र राजनीतिक संरक्षण नै मुल कारण हो। दिनहूँजसो कुनै नै कुनै पत्रपत्रिका वा टेलिभिजनमा राज्यका मन्त्री र प्रधानमन्त्रिको नाम मुछिएको समाचारले निरन्तरता पाइरहेको हामी पाउँछौ तर प्रधानमन्त्रिलाई सो समाचारबाट विचलित भएको पाइँदैन उल्टै सानमान र सम्मान तथा गौरवको अनुभूतिजन्य प्रस्तुती सार्वजनिक हुन्छ। यसबाट नेपाली जनताले के बुझ्ने कस्तो प्रकारको सुशासनको आशा गर्ने ? किन यति विधि दम्भ र घमन्ड आउँछ त्यो कुर्सीमा ? कुर्सीत्यस्तो हो वा कुर्सीमा बस्ने मानिस वा राजनीतिक व्यक्ति त्यास्ता हुन् ? यदि कुर्सीको समस्या हो भने पनि कुर्सीपरिवर्तन गर्नुपर्‍यो होइन भने कानुनको ढ्वाङ फुक्नेहरूले के सही हो के गलत हो भनेर किन भन्न नसक्या हो ?

आदरणीय पत्रकार बन्धुहरू, पत्रकार महासङ्घ। देशकै प्रधानमन्त्री, मन्त्रीलगायत उच्च पदस्थ व्यक्तिहरूबाट पत्रकारमाथि धावा वोल्ले स्वतन्त्र पत्रकारिताको खिल्ली उडाउने पत्रकार भएकै नाममा ज्यान गुपाउनुपर्ने न्यायको संरक्षणकर्ताबाट न्यायको ठाडो उल्लङ्घन हुने घटना दोहोरिरहँदा ती त्यस्ता व्यक्तिहरूको पत्रकार सम्मेलन बहिस्कार गर्ने वा त्यस्ता व्यक्तिसँग सम्बन्धित समाचार सम्प्रेषण गर्ने काय नै बहिस्कार किन गर्न नसक्नुभएको – पत्रकार हत्या गर्ने अपराधीलाई कानुनी कठ्घराबाट उन्मुक्ति दिने निकाय न्यायलय हो कि केहो ? यस्तै घटना परिघट्नको कारण नेपालमा विकृति र विस·ति मौलाउँदै गइरहेको छ। यतातिर राज्यको ध्यान जान सकिरहेको छैन। कोही पनि व्यक्ति वा निकाय आफ्नो कर्तव्यबाट कर्तव्यविमुख हुनु नै हरेक किसिमका समस्या, र विकृति वा विस·तिको जड हो। जबसम्म कुनै पनि दोषि व्यक्ति कानुनको दायरामा आई कानुनद्वारा दण्डित हुने परिपाटीको विकास हुँदैन, यो या त्यो बहानामा दोषिलाई कानुनी छुटको उपहार प्रदान गरिन्छ तबसम्म अपराध जन्य घटनाले प्रश्रय पाइनै रहने गर्छ। यस्ता किसिमका क्रियाकलापमा कतै न कतैबाट हामीले मलजल पनि गरिरहेका हुन सक्छौं सबैले आ-आफ्ना हरेक कदममा सचेतना अपनाउन जरूरी छ।

देश सङ्क्रमणकालीन अवस्थामा छ, यो कुरा कसैले कसैलाई सम्झाउनुपर्ने कुरा होइन, तर यो अवस्था ल्याउनुमा कसको भूमिका कति रह्यो भन्ने कुरा जगजाहेर नै छ। जनताको नाममा र सहमतिका नाममा मागि खाने भाँडो बनाइरहेका यी केही राजनीतिज्ञ भनाउँदा केही खराब राजनीतिक अभिनेताले देशमा चरम विकृति र विस·ति निम्ताइरहेका छन्। सक्षम र इमान्दार  व्यक्तिको कहीँ कतै पनि योग्यताको कदर छैन, उल्टै सजायँको भागिदार बन्नुपर्ने बाध्यता छ। सक्षम र योग्य व्यक्ति बहिस्कृत हुन्छ राजनीतिक खोलको भरमा फाटेको कपडा सिलाउने सीप नभएको व्यक्ति मानिसको पेटको चिरफार गर्ने स्थानमा पुग्छ।राज्यका विभिन्न निकायमा आफ्ना आसेपासे र भरौटेलाई भर्ना गर्ने परिपाटीको विकास भइरहेको छ। कसिमन नभइ कुनै पनि काम गर्न नरुचाउने प्रवृत्ति बढिरहेको छ। पोखराको अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रियाको सिलसिलामा भएको करोडौको भ्रष्टाचार त्यसको ज्वलन्त उदाहरण हो। दिन प्रतिदिन राज्य कङ्गाल बन्दैछ, राज्यको ढुकुटीको दुरूपयोग भइरहेको छ आखिर यो केका लागि ? विश्वको केही इतिहास हेर्ने हो भने नेपालका कम्युनिष्टभन्दा गएगुज्रेको कम्युनिष्ट पार्टीर कम्युनिष्ट सरकार हालसम्म देखिएको छैन र भविष्यमा देखिनेवाला पनि छैन।

कम्युनिष्टका नाममा गैर कम्युनिष्टीकीकरण भइरहेको छ संस्थागत भ्रष्टाचार मौलाइरहेको छ, क्रान्तिकारी भन्न रुचाउनेहरूले ‘यनिहाउ दाम कमाउ, नेताको हात समाउ, आफ्नो हुकुम जमाउ’ अभियान नै चलाइरहेका छन्। धेरै नै आशा गरेको सरकारबाट सबैभन्दा धेरै निराशा जनताको भागमा आइलागेको छ यस्ता किसिमका गतिविधिबाट राज्य अन्ततः सिक्कीमीकरण नहोला भन्न सकिँदैन। मेरो नम्र निवेदन छ कि देशमा उत्पादित शैक्षिक युवा जमातहरू देशमै रहनुस् निर्वाहमुखी कार्यलाई व्यवसायीमुखी बनाउनुुस् अरुको देशमा गएर बगाउने पसिना यहीँ बगाउनुस् सामाजिक काममा समाहित हुनुस् विचरा सोझा साझा नेपाली ठगेर रमाउन पल्केका हाम्रो राज्यका ब्वाँसाहरूलाई ठेगान लगाउनु युवा शक्तिको कर्तव्य हो। देश रहे हामी रहन सक्छौ देश नै नरहे हामी कसरी नेपाली, यदि यसरी यस्तै प्रकारका विकृति र विसङ्गति बढ्दै जाने हो भने जातजातिकोबीच, नेपाली नेपालीको बीचमा विचारको र विमतिको ठूलो खाडल निर्माण गर्न देशका कलड्ढति नेता तथा विदेशी दलाल सफल हुनेछन् त्यसको मारमा आखिर हामी स्वाभिमानी नेपाली पर्ने छौं, त्यसको विरुद्ध चेतनशील युवाको खाँचो छ,। फुटेर होइन जुटेर जुध्न सिकांै, अनेकतामा एकता खोजांै, सही समाचार र सदाचारमा लागौ, सामाजिक न्यायको वकालत गर्न सिकौं, समानताको खोजि गरौं, सहअस्तित्वको धर्मलाई मनन गरौ, विधिको शासलाई बचाऔ, प्रसव पीडामा छटपटाइरहेकी नेपाल आमालाई यो पीडाबाट उन्मुक्ति दिऔं, आलो घाउमा नुनचुक छर्ने नेता र धमिलो पानीमा माछा मार्ने विनाशकारी धमिराहरूलाई सामाजिक बहिस्कारको जागारण अभियान चलाऔं। तबमात्र देशले न्याय पाउने छ, हामीले शान्तिको अनुभूति गर्न पाउने छौं। यदि हामिमा नै राष्ट्रवाद रहेन भने विखण्डनकारी, तमासे र स्वैच्छाचारी विदेशी रूपैयाँमा पल्लकको र नेपाली भूमि र नेपाली जनताको सार्वभौमिक एकतामाथि खेल्न पल्केकाले मौका पाउनेछन् अनि हामी पछुताउनु सिवाय अरु केही रहने छैन। त्यसैले हरेक सामाजिक अभियानमा फुटेर हैन जुटेर हिँडौं, गल्ती गर्नेलाई सजायँ दिलाउनैपर्छ कदम्कदाचित राज्य यस्ता घटनामा मूकदर्शक बन्छ भने सामाजिक न्यायको सिद्धान्तलाई टेकेर अपराधीलाई अपराध गर्नबाट रोकौं, सामाजिक कारबाही गरी राज्यलाई वा राज्यका केही कलड्ढति व्यक्तिलाई चोटिलो नैतिकताको झापड हानौ। धन, अधिकार र पदको आडम्बरमा मौलाइरहेका अपराध जन्य घटनाको पर्दाफास गरौ, कुनै पनि लोभ र मोहमा परी फासिस्ट मतियारहरूको जालमा जेलिनबाट बचौं र अरुलाई पनि बचाऔ, तबमात्र सभ्य समाजको निर्माण हुन्छ, देशमा शान्ति स्थापना हुन सक्छ, अमनचयन स्थापना हुन्छ, आर्थिक विकास हुन्छ र देश समुन्नतिको मार्गमा अगाडि बढ्छ। सुन्दर शान्त, समुन्नत र समृद्ध नेपालको निर्माण अभियानमा निस्वार्थ लागौ, तपाई, हाम्रो कल्याण, समाजको कल्याण र राष्ट्रको कल्याण अवश्य हुनेछ र राज्यले छिट्टै कोल्टे फेर्नेछ त्यो समृद्ध राज्यका हामी समृद्ध र भाग्यशाली नेपाली बन्न पाउनेछौं।

- देवराज शर्मा