रंगद्वारा पनि उपचार

यत् पिण्डे, तत् ब्रहृमाण्डे अर्थात् ब्र्र्र्रहृमाण्डमा जेजे तत्व छ, शरीरमा त्यही छ। रंग सन्तुलनको आधारमा मानवका शारीरिक क्रिया जीवन्त छ। सूर्य किरणको प्रयोगद्वारा रोग निको पारिन्छ। यस क्रियालाई अंग्रेजीमा केमोथेरापी वा कलर हिलिङ वा फोटोथेरापी (प्रकाशद्वारा गरिने उपचार) भनिन्छ। सूर्य चिकित्सा सिद्धान्तअनुसार शरीरमा भएका रंगहरू असन्तुलन वा घटबढ भएमा रोग लाग्दछ। औषधीहरू राता, सेता, पहेंला आदि जस्ता ट्याब्लेट वा सिरप बनाइएको हुन्छ। शरीरका चक्रहरूमा पनि आ-आफ्नै रंग हुन्छ। शारीरिक रंगअनुसार प्रकृतिबाट पनि त्यस्तै खालको शक्तिको अवशोषण हुन्छ। प्रसन्नता, शान्ति, धैर्यशीलता, संयमित स्वभाव राम्रा रंगका प्रभाव हो। असन्तोषी, अशान्ति, अधैर्यशीलता, हडबडे चिन्ताग्रस्त स्वभाव नराम्रा रंगको प्रभाव हो। त्यसैले रंग शक्ति हो।

अध्यात्मविज्ञानअनुसार श्रद्धावान्, धैर्यशाली व्यक्तिहरूमा राम्रा रंगहरू उत्पन्न हुन्छन्। सन्त, महन्तले आर्शीवादस्वरूप टाउकोमा हात राखिदिँदा विभिन्न रंग निस्किरहेको हुन्छ। अझ देवीदेवताको रंगसँग आफ्नो रंग समाहित गर्न सकियो भने कुनै पनि साधना सजिलैसँग सिद्ध गर्न सकिन्छ। रगत रातो, मृगौला कलेजी, पित्त थैली हरियो, बोसो सेतो, कपाल कालो हुन्छ। उमेरअनुसार रंगहरू घट्दै जान्छ। शरीरमा भएका यस्ता मौजुद रंग हट्दै जाँदा रोगहरूले आक्रमण गर्दछ। शरीरमा भएजस्तै रंग प्रकृतिमा पनि छ। आकाशे नीलो, डाडाकाँडाजस्तै, समुद्रजस्तै, माटोजस्तो -फुस्रो, पहेंलो, रातो, कालो) आदि प्रकृतिका रंग हुन्। शरीरसँग सम्बन्धित यी रंग विभिन्न रोगको लागि प्रयोग गरिन्छ :

रातो रंगः यसको प्रकृति गरम हुन्छ। तसर्थ चिसोबाट हुने रोगहरू जस्तै रूघाखोकी, टिबी, निमोनियाजस्ता रोगका लागि रातो रंगको औषधी वा तेलले मालिस गर्नुपर्दछ। उच्च रक्तचाप तथा ज्वरोको रोगीहरूले रातो तन्ना बिछ्याएर सुत्नु लाभदायक हुँदैन। कोठाको भित्ता नीलो वा हरियो रंगको बनाउनु राम्रो हुन्छ। अस्पतालमा हरियो रंगको तन्न प्रयोग गरिएको हुन्छ। रातो रंगले अन्रि्रा, रोगी बनाउन सक्छ। विशेषगरी क्रोध, तनाव र चिडचिडापनको लागि रातो रंगको प्रयोगबाट बच्नु पर्दछ। भोक तिर्खा नलागेमा र शरीरमा रगत कमी भएमा रातो बोतलमा राखिएको सूर्यतप्त पानी पिउनाले फाइदा पुर्‍याउँछ। कुकुच्चा फुटेमा, कम्मर दुखेमा, पक्षघात आदिमा यो रातो रंगको प्रयोग राम्रो हुन्छ। तर १५ वर्ष मुनिका केटाकेटीहरूलाई शुद्ध रातो रंगको प्रयोग हानिकारक छ।

हरियो रंगः हरियो रंग चिसो प्रकृतिको हुन्छ। यसको प्रयोगले आँखा र दिमागलाई फाइदा पुर्‍याउँछ। स्नान कक्षको लागि यो रंग आनन्ददायक हुन्छ। यसले हृदय तथा बाथका रोगीलाई निकै नै फाइदा पुर्‍याउँछ। हरियो बोतलमा तयार पारिएको पानीमा रगत सफा गुण हुन्छ। धेरै थकित हुँदा हरियालीतिर दृष्टि पुर्‍याउँदा आनन्दाभूति हुन्छ। छाला सम्बन्धी रोगहरू जस्तैः खटिरा, पिलो लुतो र पिप बग्ने घाउमा यस रंगका औषधीहरू प्रभावकारी हुन्छ। कुनै वनस्पतिका पात पिनेर लगाउँदा हरियो भएको कारण फाइदै गर्छ। हरियो बोतलमा पानी राखेर घाममा सुकाइएका पानी पिउनाले मधुमेह, कब्जियत, रगतमासी, आउँजस्ता रोगलाई सञ्चो गराउन मद्दत गर्दछ। यही रंगका कारण स्प्राइटका बोतलहरू पनि हरिया बनाइएका हुन्छन्।

नीलो रंगः यो रंगले शीतलता प्रदान गर्दछ। दिमाग र स्नायु प्रणालीलाई केही हदमा राहत पुर्‍याउँछ। यसमा कीटनाशक गुण हुन्छ। मानसिक उत्तेजना, अन्रि्रा, हिस्टेरिया, उच्च रक्तचाप भएका रोगीले नीलो बोतलको सूर्यतप्त पानी पिउनु पर्दछ। यस्तो अवस्थामा नीलो तेलले मालिस गरेमा लाभ पुग्दछ। टन्सिल, मुखभित्रको घाउ र दन्त रोगमा पनि नीलो पानीले कुल्ला गर्नु पर्दछ। कीराले टोके, पोलेमा नीलो औषधीको प्रयोगले दुखाइ कम गराउछ। यसले अतिसार, पुरानो रोग, झाडापखाला, खोकी, श्वास, मूत्र विकार, ज्वरो र शिरर्दर्द, प्रमेह आदि जस्ता रोगलाई ठीक गर्दछ। वास्तुशास्त्रअनुसार नीलो रंग स्नान कक्षमा प्रयोग गर्नु राम्रो हुन्छ।

पहेंलो रंगः यो गरम प्रकृतिको हुन्छ। पाचन शक्ति कमजोर हुनेहरूका लागि पहेंलो रंगको प्रयोग प्रभावकारी हुन्छ। अझ यो मुटु रोगको लागि उत्तम मानिन्छ। मृगौला र स्नायु प्रणाली शिथिलतामा पनि यो शक्तिबर्द्धक मानिन्छ। त्यसरी नै कुष्ठ रोगीहरू, पेट फुल्ने, आधा शरीर नचल्ने रोगीहरूको लागि यो रंग उपयोगी मानिएको छ। जसलाई  रूघाखोकी छिटो छिटो लाग्दछ, त्यतिबेला पहेंलो रंगको  रूमाल वा अन्य पहेलै वस्तु धारण गर्नाले फाइदा पुग्दछ। अध्यात्मवादीहरूले पनि पहेंलो रंगको वस्त्र धारण गर्ने गर्दछन्। यसमा एकाग्रता रहेको हुन्छ। यो रंग शरीरमा व्याप्त गराउन सके साधानामा सफल भइन्छ भन्ने विश्वास छ। पखाला, ज्वरो, स्नायु प्रणालीका समस्यामा भने यो रंग हानिकारक हुन्छ। सुख्खा खोकीमा पनि यसले केही हदमा राहत दिन्छ। वास्तुशास्त्रअनुसार भान्सा कोठा र पूजा कोठामा यो हल्का पहेंलोको प्रयोग शुभ हुन्छ। सूर्यको किरणमा हुने पहेंलो रंगले अपचमा फाइदा पुर्‍याउँछ।

कालो रंगः कालोको अत्यधिक प्रयोगले हानि गराउँछ। बालबच्चाका कोठा, सुत्ने कोठा वा बैठक कोठामा कालो रंग प्रयोग गर्नु हुँदैन। यसको प्रयोगले रोग निम्त्याउँछ, घरमा त्रास उत्पन्न गराउँदछ। यो रंग विरोधको प्रतीक पनि हो। बच्चाहरूलाई दृष्प्रभावबाट जोगाउन निधारमा कालो रंग पनि लगाउने गरिन्छ।

सुन्तला रंगः यो गरम प्रकृतिको हुन्छ। विशेषगरी हमोर्नसम्बन्धी गडबडीलाई यसले ठीक पार्दछ। यसको प्रयोगले चिन्ता र तनावलाई भगाउँछ। तर १० वर्षमुनिका बालबच्चाहरूलाई रातो रंगको प्रयोग हानिकारक हुन्छ। यसको सट्टा सुन्तला रंग प्रयोग गर्न सकिन्छ। यस रंगको औषधी सेवनले अरूची हटाउँदछ। आँखासम्बन्धी रोगमा पनि यो त्यत्तिकै प्रभावकारी छ। बाथ, मानसिक थकान, मृगौलासम्बन्धी समस्यामा सुन्तला रंगको औषधी अत्यन्तै उपयोगी छ। यो आनन्दको प्रतीक पनि हो।

आकाशे रंगः  आकाशे रंग शीतल प्रकृतिको मानिन्छ। पित्तको प्रकोप भएकालाई यस रंगको प्रयोग गर्नाले लाभ पुग्दछ। औडाह भएमा, स्मरणशक्ति कमजोर भएमा, महिनावारी गडबडीमा, हिस्टेरियामा आकाशे रंग प्रभावकारी मानिन्छ। टाउको दुःखेमा, आँखा, कानसम्बन्धी समस्यामा यस रंगको प्रयोग गर्नु राम्रो हुन्छ।

सेतो रंगः यो समृद्धिकारक रंग हो। यसले भावानात्मक पीडालाई कम गर्दछ। मुटुलाई शान्त पार्छ। अध्ययन कक्षमा यो रंग प्रयोग गर्नु राम्रो हुन्छ। सेतो रंगलाई वैराग्यको प्रतीक पनि मानिन्छ। यसको अतिरिक्त सिल्वर रंगको पोशाक लगाउनाले रूघासम्बन्धी समस्याबाट राहत मिल्छ। यसले दिमागलाई शान्त राख्छ साथै सकरात्मक सोच बनाउँछ।

खैरो रंगः यो रंग शरीरमा हुनु त्यति राम्रो मानिन्न। यसको मात्रा बढी भएमा छटपटी, घमण्डी, अंहकारी,र्र् इर्श्यालु, आदि हुन्छ। एकाग्रता र दैवीक शक्ति पनि कमजोर हुन्छ।

चिनियाँ ज्योतिष फेंगशर्अनुसार रंगले भाग्य बदल्छ। शुभ रंगले भाग्य वृद्धि गर्दछ, अशुभले भाग्य कमजोर गराउँछ। वास्तुविज्ञानअनुसार घरको प्रत्येक कोठा आफ्नै प्रकार हुनुपर्छ भनेर किटान गरेको छ। बैठक कोठाको लागि सेतो, बैजनी, क्रिम वा खैरो रंग, मुख्य शयन कक्षको लागि आसमानी, बैजनी, हल्का हरियो रंग, अन्य शयन कक्षको लागि हरियो, सेतो, नीलो रंग, भोजन कक्षको लागि बैजनी, आसमानी, हल्का हरियो रंग, भान्सा घरको लागि सेतो, अध्ययन कक्षको लागि बैजनी, खैरो, आसमानी, हल्का हरियो र शौचालय वा स्नानागारका लागि सेतो, बैजनी रंग प्रयोग गर्नु शुभ मानेको छ।

त्यसरी नै व्यवसायिक भवन वा दोकानका भित्तामा निश्चित प्रकारका रंग लगाउनु पर्दछ। गरगहनाको दोकानको लागि गुलाबी, सफेद वा आसमानी, किराना दोकानमा हल्का गुलाबी, वा आसमानी तथा सफेद। बस्त्र दोकानको लागि हरियो, हल्का पहेंलो वा आसमानी; पुस्तक पसलमा पहेंलो, आसमानी वा गुलाबी; मेडिकलमा गुलाबी, आसमानी, सेतो; इलेक्टि्रक, इलेक्ट्रोनिक तथा कम्प्युटरको लागि गुलाबी, सेतो, प्रयोग गर्नु शुभ मानिन्छ।

ज्योतिषशास्त्रअनुसार घडेरीमा भएको रातो माटोमा निर्माण गरिएको घरले झगडा निम्त्याउँछ। कालो माटोद्वारा निर्मित घरमा सन्तान फैलने, पहेंलो माटोले राज्यलाभ दिने, हरियो खालको माटोमा निर्मित घरले धन लाभ हुने, सेतोमा धन लाभ र निरोगी हुने, खैरो माटो भएको जग्गामा औद्योगिक घर बनाउँदा लाभ पुग्दछ। समग्रमा भन्दा रंग समृद्धिको प्रतीक पनि हो। स्वास्थ्यदेखि लिएर घरको अन्य शुभाशुभ कार्यमा समेत यसको उल्लेखनीय भूमिका रहेको पाइन्छ। त्यसैले यसलाई बुझेर प्रयोग गर्नु बुद्धिमानी र्ठहर्छ।

- कल्याण पन्त