“यिनै हुन् नेपालका कार्ल मार्क्स”

जब १९९७ मा चार आन्दोलनकारीलाई मृत्यु दण्ड सुनाइयो, परिवारका सदस्यलाई अन्तिम पटक भेटघाटको अवसर दिइँदै गर्दा तिनै मध्येका गंगालाल श्रेष्ठले आफ्ना भाइ पुष्पलाललाई भनेका थिए, “माहिला भाइ मैले उठाएको झण्डा तिमीले अगाडि बढाउनु है” त्यही प्रेरणाले पुष्पलाल कम्युनिष्ट पार्टीगठनमा लागे। २००६ साल बैशाख ९ गते नेपाल कम्युनिष्ट पार्टीको गठन भयो। नेपाल कम्युनिष्ट पार्टीा पहिलो सदस्य मनमोहन अधिकारी सहितको नेतृत्वमा २००३ सालमा विराटनगरमा मजदूर आन्दोलन भयो, त्यसको केही समय पछि काठमाडौंमा नागरिक अधिकारको माग गर्दै भएको जुलुशमा पुष्पलाल, साहना, साधना लगायत सहभागी थिए।

संस्थागत रूपमा संगठित गर्ने काम २००६ सालमा नयाँ जनवादी कार्यक्रम सहित पुष्पलालले गरे। त्यसपछि २०१७ सालमा पञ्चायतको आगमन सँगै २०१९ बाट छिन्नभिन्न हुन पुगेको नेपाली कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्दै २०३५ सालमा नेकपा मालेको स्थापना गरी अगाडि बढ्ने क्रममा २०४६ सालको जन आन्दोलनको समयमा पार्टीको नेतृत्व क. मदन भण्डारीको काँधमा आएको थियो।

(क)    बौद्धिक विचारका स्वप्न देख्ने राजनीतिज्ञ मदन भण्डारी थिए। छोटो समयमै उनले पार्टीको सवोर्च्च पदमा निर्वाचित भई आम जनताले समेत अनुभूति गर्ने गरी प्रदर्शन गरे। मानिसको मन मस्तिष्कलाई प्रभावित पार्न दृढतापूर्वक क्षमता मदन भण्डारीले देखाए। १९८९ मा विश्व कम्युनिष्ट आन्दोलनमा देखिएको पूर्र्वी यूरोपमा समाजवादी व्यवस्थाको विघटन र विखण्डन हुँदै गर्दा त्यो घटनालाई समेत ध्यानमा राखेर सम्पन्न नेकपा (माले) को चौथो महाधिवेशनबाट पछ्याउँदै आएको दलीय प्रतिस्पर्धामा जानु पर्ने बहस शुरु भयो। राजनीतिमा स्थायी शत्रु र मित्रु हुँदैन भन्ने कुरालाई व्यवहारमा स्थापित गर्दै मदन भण्डारीको नेतृत्वमा पञ्चायत इतर राजनीतिक शक्ति बीचमा रहेको असामञ्जस्य अन्त्य गर्दै र पञ्चायत निरङ्कुशताको अन्त्यको लागि सात वाम पंथी दलबीच वाममोर्चा गठन गर्दै नेपाली काँग्रेससँग समेत संयुक्त आन्दोलन अगाडि बढाउने प्रस्ताव गरियो। मदन भण्डारीले आजको नेपाल निर्माणका लागि दिएको बुद्धिमत्तापूर्ण साहसिक र दीर्घकालीन महत्त्व राख्ने सबैभन्दा ठूलो योगदान यही हो, जसले गणतन्त्र नेपाल निर्माणका लागि अगाडि बढ्ने मार्गलाई खुला फराकिलो बनाइदियो।

(ख)    यसरी अगाडि बढेको विचारलाई स्थापित गर्दै २०४९ सालमा सम्पन्न पार्टीको पाँचौ महाधिवेशनको मञ्चबाट अत्यधिक वहुमत सहित नेपाली क्रान्तिको कार्यक्रमको नाम “नयाँ जनवाद” बाट जनताको बहुदलीय जनवादमा रूपान्तरण गराउन सफल भए। मदन भण्डारीको यो योगदानले पूर्र्वी यूरोपका देशहरू र सोभियत संघमा कम्युनिष्ट पार्टीको विघटन पछि कम्पास हराएको जहाज झैं हुन पुगेको विश्व कम्युनिष्ट आन्दोलनको परिवेशमा नेपाली कम्युनिष्ट आन्दोलनलाई लोकतान्त्रिक प्रक्रियाबाट अगाडि बढाउन सकिन्छ भन्ने नयाँ दिशा प्रदान गयो। यही प्रक्रिया अगाडि बढ्दै गर्दा जनताको बलमा स्थापित बहुदलीय प्राणालीको विपक्षमा अली अली सल्वलाउन थालेका दरवारलाई मदन भण्डारीले खुला रूपमा श्रीपेच खोलेर प्रजातान्त्रिक प्रक्रियामा प्रतिस्पर्धा गर्न आउन दिएको चुनौतीले नागरिक सवोर्च्चताको मान्यतालाई जनमानसमा स्थापित गर्ने पक्षमा जनताको मनोवल हृवात्तै बढायो।

(ग)    २०४७ सालमा संविधान निर्माणको प्रक्रियामा मदन भण्डारीले पर्याप्त ध्यान दिनुका साथै उपलव्धिलाई संस्थागत गर्ने काममा दूर दृष्टिका साथ आफ्नो विवेक प्रयोग गरेका थिए। संविधान घोषणा गर्ने सर्न्दर्भमा पार्टीको तर्फबाट २७ वटा बुँदामा असहमति राख्दै आलोचनात्मक समर्थनको उनले घोषणा गरेका थिए। २०५१ सालमा मनमोहन अधिकारीको नेतृत्वमा गठन भएको सरकारले ल्याएका लोक कल्याणकारी नीति कार्यक्रम र बजेट जसलाई अहिले सम्मकै सबैभन्दा जनप्रिय कामका रूपमा लिने गरिन्छ। दोस्रो हो, समाजको लोकतान्त्रीकरण। समाजको एकाईको रूपमा रहने परिवार देखि समाज र समुदायको हरेक गतिविधिमा सबै समुदायको समावेशी सहभागिता र निर्णय प्रक्रियामा पहुँचको विकास गरिनु, समाजको लोकतान्त्रीकरणको पक्ष हो। समाजको प्रभावकारी लोकतान्त्रीकरण साथ -जवज) मा भनिएको छ- स्थानीय निकायहरूले नै आफ्नो क्षेत्रको विकास निर्माण र प्रशासनको नेतृत्व र संचालन गर्ने संवैधानिक व्यवस्था गरिने छ र जवजको कार्यनीतिलाई व्यवस्थित रूपमा क्रमशः विकसित समृद्ध र सुदृढ पारिनेछ।

(घ)    समाजको लोकतान्त्रिक आधार भनेको स्थानीय सरकार ऐन अधिकार, स्थानीय तहमा मात्र होइन, व्यक्तिसम्म पुर्‍याउनु पर्छ भन्दै मदन भण्डारीले २०४८ सालमा संसदमा बोलेका थिए। स्थानीय निकायहरू भविष्यमा विस्तारै आफ्नै विकास निर्माण र आफ्नो क्षेत्रका समस्याहरू हल गर्नका निम्ति आफै स्वावलम्वी हुन सकून् र आफ्नो ठाउँको बौद्धिक प्रतिभा मानवीय श्रम, शक्ति र साधन स्रोतलाई ठीक ढ·ले प्रयोग गर्न सकून् भन्नेका निम्ति स्थानीय तह/निकायहरूलाई स्वायत्त शासनको निकायको रूपमा स्थापित गरिनु पर्छ। यही आशय अनुसारको स्थानीय सरकारको पहिलो पटकको निर्वाचन सम्पन्न भएको छ। यसको व्यवस्थित र प्रभावकारी संचालनबाट नै वास्तविक रूपमा समाजको लोकतान्त्रीकरण सम्भव हुन सक्छ।

-ङ)    यसरी जवजले पार्टीको नेतृत्व विकासलाई थप समावेशी, गतिशील, प्रतिस्पर्धी बनाउने सर्न्दर्भमा प्रक्रियागत रूपमा नै हासिल गर्दै अगाडि बढाउनु पर्ने नयाँ मान्यता स्थापित गरेको छ। यो भावनालाई आज संविधानले स्वीकार गर्दै राजनीतिक दलहरू भित्र पनि समावेशी सहभागिता हुनु पर्ने कुरालाई निदेशित गरेको छ। ऐतिहासिक रूपमा कम्युनिष्ट आन्दोलनको मूल आधार भनेको अर्थतन्त्रको सार्वजनीकरण हो, जसले निजी सम्पत्तिको अन्त्य गर्दै सार्वजनिक स्वामित्वको कुरा गर्छ। चीनीया क्रान्तिसँगै पछिल्लो चरणमा अरु विकास र विस्तार गरिएको थियो। नेपाली सर्न्दर्भमा पनि मिश्रति अर्थतन्त्रको प्रणालीलाई मुलुकको समृद्धि र जनतामा सुखको आधार सृजना गर्ने कार्यक्रमका रूपमा अरु मजवुत बनाउँदै -जवज) ले तीनखम्वे अर्थतन्त्रको नीतिलाई अगाडि सारेको छ। परिणाम स्वरूप आज शहकारी आन्दोलन व्यापक रूपमा अगाडि बढेको छ। यसलाई व्यवस्थित रूपमा संचालन गर्ने र पूँजीलाई उत्पादनमूलक क्षेत्रमा लगानी गरी रोजगारी सिर्जनाकोक्षेत्रमा ध्यान दिनु पर्ने आवश्यकता बढेको छ। आजको तीनखम्बे अर्थ नीति “जवज” को मात्र विषय नभएर यसलाई मुलुकको संविधानले नै निदेशक सिद्धान्तको रूपमा स्वीकार गरिसकेको छ।

-च)    नेपाली समाजमा रहेका विभेदका रूपहरू विश्व मानव समाजमा भन्दा फरक थिए र छन् पनि। सामान्यतया विश्वभरको कम्युनिष्ट दर्शन आर्थिक न्यायको विषयलाई केन्द्रमा राखेर विकास भएको दर्शन हो। यो कुरा आज नेपालको संविधानमा समेत एक हदसम्म प्रतिविम्वित हुन पुगेको छ। त्यसै गरी जातीय आधारमा हुँदै आएको विभेदको समूल अन्त्य गरिनु पर्ने, संस्कार र संस्कृतिमा रूपान्तरण हुनु पर्ने कुरामा जवजले जोड दिएको छ। आज संवैधानिक रूपमा समेत जातीय आधारमा हुँदै आएको विभेदको क्षतिपूर्र्ति समेतको कुरा उल्लेख छ। हाम्रो भौगोलिकताको कारण क्षेत्रीय आधार गएको थियो। २०४८ सालमा मधेशमा रहेको विभेदपूर्ण अवस्थाको अध्ययनका लागि पार्टीै तर्फबाट आयोग बनाएर अध्ययन गर्न लगाउने कुराले क्षेत्रीय विभेदको अन्त्यमा मदन भण्डारीको दूरदृष्टि रहेको अन्दाज गर्न सकिन्छ।

-छ)    २०४६ सालबाट पार्टीनेतृत्वको सवोर्च्च कार्यकारी पद र २०४८ बाट जनताको प्रतिनिधिको रूपमा आफ्ना विचार र भावनाहरू राख्ने समय पाएका मदन भण्डारी छोटो समयमा नै सबै उमेर, जाति, लिङ्ग, वर्ग र क्षेत्रको जनताको मन र मस्तिष्कमा वास गर्न  पुगे। साथै उनमा आफ्ना सोच र विचारलाई यथेष्ट तथ्य र तर्कले पुष्टि गर्दै जनताले बुझने सरल भाषामा प्रभावकारी रूपमा सम्प्रेषण गर्न सक्ने कला र वाकपटुता थियो। विश्वमा खस्कँदो कम्युनिष्ट आन्दोलनको अवस्थामा पनि कम्युनिष्ट पार्टीपनि नेपाली जनतालाई आशाको दियो जगाउने काम मदन भण्डारीको नेतृत्वमा नै सम्भव भएको थियो। त्यसैले पनि त्यस समय अमेरिकाको टायम्स पत्रिकाले नेपालमा ‘कार्ल मार्क्स’ जीवीतै छ भन्ने मदन भण्डारीको अन्तर्वार्ता छापेर कम्युष्टिहरूको आशाको किरण छर्ने काम गरेको थियो।

२०४७ सालमा संविधान निर्माण गर्दा मदन भण्डारीले पर्याप्त ध्यान पुर्‍याउनु भएको दूर दृष्टिका साथै आफ्नो विवेक प्रयोग गरेका थिए। वामपन्थी, नेपाली काँग्रेस र दरवार सहित तीन पक्षीय शक्ति सन्तुलनको दस्तावेजको रूपमा आएको संविधान घोषणा गर्दा पार्टीको तर्फबाट २७ ओटा बुँदामा असहमति राख्दै आलोचनात्मक समर्थनको घोषणा गरेका थिए। आलोचनात्मक समर्थनलाई कसै कसैले हाँसोको विषय पनि बनाए तर त्यो कति दूरदृष्टिपूर्ण कदम थियो – मदन भण्डारीको नेतृत्वका कम्युनिष्ट आन्दोलनलाई नेपाली जनताले समाजवादका आधारहरू सहितको नयाँ संविधान प्राप्त गर्ने संभावना थिएन। यसर्थ मदन भण्डारीको योगदानलाई अलग गरेर हेर्न सकिदैन।

त्यसैले मदन भण्डारीको आस्था र विचार सिद्धान्त आत्मसात गर्दै अगि बढेको नेकपा एमाले आज स्थानीय चुनावमा अग्रस्थान ओगट्न सफल भएको छ। साथै भविष्यमा नेपालका सबै वाम एकै ठाम हुन सके भने र राष्ट्रपति वा प्रधानमन्त्री जनताको प्रत्यक्ष निर्वाचनबाट कार्यकारी ५ बर्ष सम्मको टिकाऊ सरकार बनाउन सक्नेछ र एकीकृत नेपाल कम्युनिष्ट पार्टीको वहुमतको सरकार गठन गरी यो देश नेपाललाई संवृद्ध नेपाल बनाउने हामी नेपाली जनताको यहाँ सफलता प्राप्त गर्न सकियोस् यही नै हामी सबैको चाहना हो भन्ने यिनै हुन् नेपालका ‘कार्ल मार्क्स मदन भण्डारी’।

- धर्मराज लामिछाने