मेमसाहेबलाई नियालेर हेर्दा

वेदान्त दर्शनका विज्ञ सन्त महन्तहरुको भनाइलाई आत्मसात गर्ने हो भने मानिस जड शरीर नभएर (चिदाकाश) अर्थात चैतन्य आकाश हो। मान्छे चिदाकाश भएकोले मानिसले देखेको,सुनेको र भोगेको कुराहरु अन्तस्करण भित्र बासनाको रुपमा संचित भएर रहेको हुन्छ। मानिसभित्रको अन्तर आकाशमा जम्मा भएर रहेका अनगिन्ति बासनाहरुबाट समय परिस्थिति अनुसार कल्पनाको माध्यमद्वारा विचारहरुको जन्म हुन्छ।अन्तर आकाशमा उम्रिएका कतिपय विचारहरु यथार्थ जीवनमा भोगिएका घटनाहरुसँग सम्बन्धितहुने गर्दछ भने कतिपय कल्पनाको सागरमा तर·ति भएर जन्मिएका अर्थात खडा भएकाहुन्छन्।

मानिसको अन्तर हृदयमा जन्मिएका विचारहरुलाई समेटेर लिपिबद्ध गर्ने जाँगर पलायो भने कृतिको रुपमा देखा पर्ने गर्दछ। कृति मुख्यतः दुर्इप्रकारका हुन्छन् गद्य तथा पद्य जसमध्ये कथा विधालाई गद्य मानिन्छ।डा.चन्द्र बहादुर गुरुङ्ले सिर्जना गर्नुभएको मेम साहेब कथा संग्रह पढ्ने मौका मैले पाएँ। मेरो जीवन कालमा केही स्रष्टाहरुले रचना गरेका कथाहरु पढेको छु। कतिपय कृतिहरु उपहार पाएर र कतिपय पुस्तकहरु किनेर पनि पढेको छु।

डा. चन्द्रबहादुर गुरुङ्को मेम साहेब पढ्दा अन्य कथाहरु अध्ययन गर्दा भन्दा छुट्टै रमाइलो अनुभव भयो।कथामा डा.चन्द्रबहादुर गुरुङ्ले सैनिक जीवनमा लाहुरेहरुले के कस्ता दु:खसुख भोग्नु पर्दछ भन्ने बारेमा यथार्थ रुपमा चित्रण गरिएको छ। भारतीय सेनामा भर्ती भएर केही समय लाहुरे जीवन बिताएका गुरुङ्ले आफूले भोगेको अनुभवको आधारमा लण्डन अन्डर ग्राउण्ड,गोरा साहेबको इच्छा,राँगे साहेब,मेम साहेब र गोरु मेजर जस्ता लाहुरे जीवनमा आधारित कथाहरु रचना गरेकाहुन् भन्ने कुरा उनको जीवनी पढेपछि र्छलङग· हुन्छ। उल्लिखित कथाहरु पढ्दा भर्ती भए पछि लाहुरेहरुले भोग्नु पर्ने बाध्यता,थिचो मिचो सहनु पर्ने परिस्थिति र पालना गर्नु पर्ने अनुशासन जस्ता विषयहरु समावेश गरिएको छ। १८ ओटा शीर्षकको सँगालो मेम साहेब कथा सँग्रहमा रहेका अधिकांश कथाहरु कतिपय मानिसले आफ्नो जीवनमा भोगेको यथार्थ घटनासँग मेल खाने खालका रहेकाछन्। जसले गर्दा कथा पढ्दा अन्तर मनमा स्र्पर्श गर्नुका साथै रमाइलो अनुभव हुन्छ। कथै पिच्छे समावेश गरिएका चित्रहरुले पनि कथामा थप रोचकता थप्ने काम गरेको छ।

डा.चन्द्रबहादुर गुरु·को जीवनी पढ्दा पिता केदार बहादुर गुरु· र माता मन्बुजा गुरु·को कोखबाट सन १९४३ सालमा  अवोटाबाद -हालको पाकिस्तानमा)उनको जन्म  भएको हो।त्यसबखत उनका पिता भारतीय सेना -भि.सि गजे घलेको पल्टन) १/५ जि.आरमा जागिरे थिए। उनको पुखेउली स्थलो भने गण्डकी अञ्चल स्याङजा जिल्ला फेदीखोला गाउँपालिका अन्तरगत आक्राङ गाउँ हो।सोर्ल्जर्स बोर्ड हाइस्कूल -हालको अमरसिंह मा.बि)बाट एस.एल.सी, को परीक्षा दिएपछि २१ वर्षको उमेरमा इण्डियन आर्मी गोर्खा रेजिमेन्टमा भर्ती भएका चन्द्रबहादुरले ३० महिना जागिर खाई छुट्टी आएपछि पुन पढाइलाई निरन्तरता दिने विचार गरेर पल्टनमा हाँजिर हुन नै नगई जागिर छाडेका थिए भन्ने कुरा उनको जीवनी अध्ययन गरे पश्चात थाहा पाउन सकिन्छ।

राजनीतिक,शैक्षिक र सामाजिक कार्यमा समय बिताएका चन्द्रबहादुर गुरुङ्ले सोर्ल्जर्स बोर्ड हाईस्कूल बाट सन २०६४ मा एस.एल.सि त्यसैगरी त्रि.बि.बाट १९६८मा आई.ए,१९७२ मा बिए र १९७६ मा एम.ए उतीण्ा गरे पश्चात सन २००६ मा डब्लिन मेट्रोपोलिटन युनिभर्सिटी बेलायतबाट सैनिक इतिहाँसमा बिद्या बारिधि गरेका हुन्।

डा. चन्द्रबहादुर गुरुङ् सन १९९६ बाट बेलायतमा बस्ने र बेला बखत नेपाल आउने गरेका छन्।उच्च शिक्षा अध्ययनका साथै डा.चन्द्रबहादुर गुरुङ·ले बिभिन्न बिःद्यालयहरुमा अध्यापन गर्नुकासाथै सरकारी जागिरमा समेत प्रवेश गरेको पाइन्छ। बि.सं २०४४ सालमा पोखरा नगर पालिकाको प्रधानपञ्च मा र बि.सं २०४८ सालमा मकैको घोंगा चुनाव चिन्ह लिएर राष्ट्रिय पञ्चायतको सदस्यमा चुनाब लडेका थिए। यसप्रकार विभिन्न सामाजिक क्षेत्रमा बसेर काम गरेरका डा.चन्द्रबहादुर गुरुङ्ले गेसोको संस्थापक महा सचिव पदमा सम्हालेर भू.पू गोरखा सैनिकहरुलाई न्याय दिलाउने जस्ता महत्वपूर्ण सामाजिक कामहरु गरेर चर्चा कमाएका छन्।

सँग्रहमा रहेका “लन्डन अन्डर ग्राउण्ड” पहिलो शीर्षकको कथा हो। उक्त कथामा बाध्यतावश जन्मभूमि छाडेर बृटिश आर्मिमा भर्ती भएका नेपाली ठिटाहरुले हाकिमको आदेश मान्नु पर्दाको क्षण र ब्रुनाइको लडाइमा गोर्खाली सेनाले भोग्नु परेको कष्ट मात्र होइन गोर्खाली सेनाले साराबाक,मलेशिया र ब्रुनाइको जंगलमा लर्डाई गरेर ज्यान गुमाउनु समेत परेको घटनाको बारेमा विस्तृत वर्ण गरिएको छ। ब्रुनाइको लर्डाई समाप्त भए पश्चात गोर्खाली सेनालाई बिना पेन्सन घर पठाएको, सेनाको जागिरबाट लखेटिई खालि खुट्टा स्वदेश फर्किएकाहरुले भोग्नु परेको अवस्था आदि विषयको कथामा चित्रण गरिएको छ।

उक्त कथामा बृटिश सरकारले गोर्खाली सेनामाथि गरेको बिभेदकारी नीति बिरुद्ध गेसोले गरेको आन्दोलन पश्चात पूर्व गोर्खाली सेनाले बृटिश प्रवेशको अधिकार प्राप्त गरेको अवस्था र भत्ता पाउने लोभमा स्वदेश छाडेर बेलायत गएर बसेका बूढा,बूढीहरुले बूढेसकालमा भोग्नु परेको दु:ख कष्टको बारेमा समेत वर्ण गरिएको छ। “गाली भाउजू” दोस्रो शीर्षकको कथाहो।उक्त कथामा नेपालको ग्रामीण भेकमा बसोबास गर्ने अबला नारीहरुले सहनु र भोग्नु परेको दुःख पीडा र ज्यादती को चित्रण गरिएको छ।

तेस्र कथा “गोरा साहेबको इच्छा”मा लडाइको मैदानमा गोली लागेर जीवन र मरणको दोसाँधमा रहेका कमाण्डर गोरा साहेबलाई दुर्इजना बहादुर गोरखाली सिपाहीले बचाएको शाश्वत घटना र त्यो गुण तिर्न आफ्नो ज्यान बचाउने गोरखा सिपाहीको मृत्यु भएपछि उसको छोरालाई धर्मछोरा बनाएर  नेपालमा आएर बसेको सत्य घटनालाई विषय बनाएर लेखिएको कथा हो।

“बिसर्जित नारा” शीर्षकको चौथो कथा नेपालको राजनीतिसँग सम्बन्धित रहेको छ। गाँउमा जन्मेर गरीब परिवारमा हुर्केको डबल बहादुर (डल्ले) चुनाब जितेर साँसद भई मन्त्री हुँदाको शान र जनताले नेताका परिवारहरुप्रति गर्ने गरिएको व्यवहार झल्काइएको छ। “कुरा त्यही हो बुझे भैगो” पाँचौं नम्बरको शीर्षकमा रहेको कथा हो। उक्त कथामा अर्काको चियो चर्चा गर्ने र आफै जान्ने बन्ने मपाइ पनको खिल्ली उडाइएको छ। छैटौं शीर्षकको कथा “राँगे साहेब”मा सेनाका अफिसरहरुले आफू भन्दा जुनियरहरुसँग गर्ने गरेको व्यवहार बोलिचाली जस्ता हेपाहा प्रवृतिको चित्रण गरिएको छ। सातौ.नम्बरमा रहेको “पञ्चायती राजनीति” शीर्षकको कथामा २०१७ सालमा राजा महेन्द्रले कू गरेर दलबिहीन पञ्चायती शासन चलाएको विषयलाई दर्शाइएको छ। उक्त कथामा तिन्ताका कारिन्दाले आफ्नो झोलामा कार्यालयनै बोकेर हिन्ने र जनताको आवश्यक काम बाटोमा बसेर गरिदिने जस्ता विषय र हुलाकी प्रथाको बारेमा जानकारी गराएका छन्।

“ट्यापे शीर्षक”को आठौं कथामा भ्रष्टाचार गरेर अकूत सम्पति जोडेका नेता ठूला बडा कर्मचारीका छोराहरु कसरी कूलतमा फस्न पुग्छन् र बिग्रन्छन् भन्ने विषयलाई दर्शाइएको छ। नवौ.शीर्षकका कथा “मेम साहेब”मा जीवन कालमा कतिपय कुराहरु बाध्यतावश स्वीकार गर्नु पदो रहेछ भन्ने विषयलाई दर्शाइएको छ। दशौं नम्बरको कथा “मोटेको फुर्फुङग”मा नेपालको पहाडी गाउँमा बसोबास गर्ने ठिटाहरु मिलेर हिउँदमा काम सकेर बसेको बखत खोलामा विष हालेर माछा मार्न हिँड्ने गरेको विषयलाई कथामा समेटिएको छ।

“राणा कालीन न्याय” शीर्षकको एघारौं नम्बरको कथामा जहानीया हुकुमी शासनमा राणा शासकले दिने दण्ड र न्याय दिने तरीकाको बारे यथार्थ वर्ण गरिएको छ। बाह्रौ नम्बरमा रहेको “मनोदशा” शीर्षकको कथामा ११ सेप्टेम्बर सन २००१ मा आतङकबादी समूहले अमेरिकाको न्यूयोर्क शहरमा रहेको वर्ल्ड ट्रेड सेन्टरको १०७ तला अग्लो इमारतमा हवाई जहाज ठोक्काएर ध्वस्त पारेको घटनालाई कथाको विषय बस्तु बनाइएको छ। तेह्रौं नम्बरमा रहेको “बाल मन्दिर” शीर्षकको कथामा तत्कालीन श्री ३ जहानीया राणा सरकारले महिलाहरुलाई धाइआमाको रुपमा राखी उनीहरुमाथि गर्ने गरेको यौन शोषण र धाइ आमाबाट जन्मिएका बालकहरुको हत्या गर्ने गरिएको घटना लाई समेटिएको छ।

उक्त कथाको अन्तमा तत्कालीन आठ पहरिया धर्मले राणा शासक समक्ष बिन्ति चर्ढाई अनाथालय खोल्नु पर्ने सुझाब दिए पश्चात बागमती नदीको किनारमा अनाथालय निर्माण गरिएको र त्यस पछि अबैध रुपमा जन्मिएका बाल बालिकाहरुले बल्ल बाँच्न र हुकन पाएको कुरा कथामा उल्लेख छ। त्यसैगरी “घर” शीर्षकको कथामा मागेर पेट पालेका अन्धा र अन्धी बीच प्रेम भएको र उनीहरुबाट छोरा जन्मिएको र पछि छोरा हुर्किए पछि उसले आफ्ना अन्धा र अन्धी आमा बाबाको संरक्षण गरेको घटना समेटिएको छ। “गोरु मेजर” शीर्षकको कथामा द्वितीय विश्वयुद्धमा लडेर पेन्सन आएका सुबेदार मेजरले आफ्ना गाउँले छिमेकीहरुलाई वन जोगाउनुपर्ने,खेती अनि  बस्तु भाउ पाल्ने सल्लाह दिनुका साथै कृषि विषयमा प्रशिक्षण दिने गरेको र  आफूले समेत नमूना फल फूल खेती गरेर बसेको घटनालाई विषय बनाईएको छ।

“झाँक्री बाजे” शीर्षकको कथामा डा.चन्द्र बहादुर गुरु·ले आफ्नो पुखेउली गाउँमा चलिआएको प्राचीन रीति रिवाज धर्म संस्कृति र गाउँलेहरुले  पूजा गर्ने गरेको झाँक्री थानको वर्ण गर्नुका साथै राणा शासनको समयमा गाउँका तालुकदार मुखियाको हैसियतको बारेमा वर्ण गरिएको छ। “विचलन” शीर्षकको कथामा २००७ सालमा जहानीया राणा शासनको अन्त भएर नेपालमा प्रजातन्त्र आएको विषय कथामा समेटिएको छ।

“म्होँसी” शीर्षकको अन्तिम कथामा प्रथम विश्वयुद्धमा २० हजार गोर्खाली मरेको भेडा गोठालो कालु भर्ती भएर गएको र बेपत्ता भएको,कालु मुग्लान गए पछि उसको प्रेमीकाले गाउँमा छोरा जन्माएको र कालु एकदिन पक्कै लाहुरबाट र्फकन्छ भन्ने आस बोकेर उसको प्रेमिकाले बाटो हेरेर बसेको घटनालाई कथाको विषय बनाइएको छ। साथै उक्त कथामा २७ नभेम्बर २०१२ मा स्याङजा जिल्लाको साल्मे डाँडामा विश्वको विभिन्न युद्धमा मारिएका साठी हजार भन्दा बढी गोरखाली सेनाको समाधि निर्माण गर्ने घोषणा गरिएको,१९ जातका धर्मगुरु पुरोहित र कन्याको हातबाट समाधि स्थलको शिलान्याश गरिएको त्यसका साथै गुरुङ् क्हेप्री र पच्यूहरुले म्होंसी -पूजा) गरेको बिषय कथामा समेटिएको छ।

ओरिएन्टल पब्लिकेशन हाउस प्रा.लि.ले प्रकाशन गरेको मेम साहेब कथा संग्रहको दोस्रो संस्करणमा छपाई,आवरण सजावट लगायतका विषयमा राम्रो ध्यान दिएको देखिन्छ। मेम साहेब कथा संग्रहमा रहेको अधिकांश कथाहरु रोचक पठनीय हुँदाहुँदै पनि केही छोंटा कथाहरु संख्या पुर्‍याउन हतारमा लेखिएको हो कि जस्तो मलाई लागेको छ। यस विषयमा आगामी दिनमा अवश्य लेखकले विचार पुर्‍याउनु हुनेछ भन्ने कुरामा म आशावादी छु।

मेम साहेब कथा संग्रहको बारेमा भन्नु पर्दा उक्त कथा संग्रहलाई नेपाली साहित्य विधामा सफल कृतिको रुपमा गणना गर्न सकिन्छ। लाहुरे जीवनबारे अध्ययन गरेर नेपाली भाषामा लेखिएको मेम साहेब पहिलो संग्रह हो भन्ने पनि मलाई लागेको छ। कथाकार डा.चन्द्र बहादुरले रचना गरेको नवीन रोचक साहित्य सामग्रीहरु आगामी दिनमा पनि पढ्न पाइने छ भन्ने मैले इच्छा राखेको छु साथै मेमसाहेब कथा पढ्नु भएका अन्य पाठकहरुलाईसमेत उनीबाट सिर्जना गरिएका अन्य रचनाहरु पढ्ने इच्छा जागेको हुनु पर्दछ भन्ने मैले ठानेको छु।

- रुद्रबहादुर थापामगर