‘मांसाहार’ कति घातक ? कति स्वस्थकर ?

सवोर्तोमुखी उन्नतिका लागि हाम्रो तन, मन र बुद्धिले ठूलो भूमिका खेलेको हुन्छ। निर्विकार तन, मन र बुद्धिको निर्माण मानिसले गर्ने भोजनबाट हुन्छ। अन्नको गुण र भवगुणको प्रत्यक्ष प्रभाव खाने व्यक्तिमाथि पर्दछ। हामीले जस्तो खाने कुरा खान्छौं हाम्रो तन, मन र बुद्धि त्यस्तै किसिमको हुन्छ।

शरीर पोषण बलवर्द्धक र खँदिलो भन्दै मानिसहरुले ग्रहण गर्ने वस्तुमा माछा, मासु पनि हो। तर भ्रान्तिले गर्दा मानिसहरु यसको नकारात्मक पक्षमा आँखा चिम्लेर स्वादका लागि पछि दौडिरहेका छन्। माछा, मासु तमोगुण प्रधान आहार हो। यसको सेवनबाट क्रोधको मात्रा अत्याधिक बढ्छ। यसलाई अशुद्ध भोजनको रुपमा लिइन्छ। मांसाहारले मानिसको वीय दूषित हुन्छ जसले गर्दा धेरै जसो मांसाहारीका सन्तान रोगी आवेशग्रस्त कामूक र अनैतिक कार्यमा बढी रुची भएका पाइएका छन्। शाहाकारीको तुलनामा मांसाहारीको आँखा, दात, कान आदि इन्द्रियहरु चाँडै कमजोर हुन्छन्।

मासु आँफै त हानीकारक हुन्छ, जसबाट मानिस निश्चय नै रोगी हुन पुग्दछ। माछा मासु खाने मनुष्यले होइन, किन भने पचाउन सक्दैन र विभिन्न प्रकारको रोगबाट आक्रान्त हुन्छ। धेरै जसो मांसाहारी यस्तो तर्फ दिन्छन् कि मासु खानु स्वास्थयका लागि फाइदाजनक र शक्तिदायक हुन्छ। मांसाहारी रुचाउनेहरुको यो तर्क अत्यन्तै कमजोर छ। शाकाहारी स्वस्थ हुँदैनन्, शाकाहारी मांसाहारीको तुलनामा कमजोर हुन्छन् भन्ने धारणा शतप्रतिशत गलत छ।

मासु खानाले शक्ति प्राप्त हुने कुरा भ्रान्ति मात्र हो। अन्धविश्वास मात्र हो। कोही मांसाहारीलाई यो चित्त नबुझ्न सक्छ। मांसाहारीले जुन शक्तिको अनुभव गर्दछ त्यो केवल शारीरिक उत्तेजना मात्र हो। मांसाहारीहरु कुनै काम सुरु गर्दा धेरै वेगले त गर्दछन् तर केही समयपछि नै थाक्दछन्, उनीहरु पूर्ण तनमनका साथ धेरैवेरसम्म काम गर्न सक्दैनन्। काम गर्दा उनीहरुको मांसपेशी चाँडै नै तात्छ जसको कारणले व्यक्ति चाँडै नै थाक्दछ।

शाकाहारीको तुलनामा मांसाहारीहरु धेरै नै अस्वस्थ भएका पाइन्छन्। मांसाहारबाट रक्त अल्पता, उच्च रक्तचाप, धमनीय, वाथ, मानसिक तनाव, हिस्टेरिया, मिर्गी, हृदयरोग आदि उत्पन्न हुन्छन्, यूरिक एसिडको मात्रामा घटबढ हुने हुन्छ। वर्ल्ड वाच इन्स्टिट नामको संस्थाले शोधबाट पुष्टि गरेको छ कि मांसाहारीहरुको संख्या बढ्दा मधुमेह, क्षयरोग, हृदयरोग उच्च रक्तचाप, क्यान्सर जस्ता रोगहरुको बाढी नै आएको छ। उक्त संस्थाका शोधकर्ताहरुले चेतावनी दिएका छन् कि मांसाहार स्वास्थ्यका लागि हानीकारक छ। मनुस्मृतिमा भनिएको छ-

“मासाहारको समर्थन गर्ने, मासुखान, अनुमति दिने, मासु बेच्ने र किन्ने, पकाउने र खाने यी सबै हत्यारा हुन्, समानरुपले हिंसाका यी दोषी हुन्छन्।”

सर्वश्रेष्ठ प्राणीको दर्जा पाएको मनुष्यले आफ्नो आधारभूत गुणलाई परित्याग गर्दछ भने उसले आफ्नो पद गुमाउनै पर्दछ। क्रूरर्कर्ममध्ये हत्या सबै भन्दा ठूलो हो तर मासु खानु त्यस भन्दा पनि ठूलो क्रूरता हो। मासुका लागि विवश र निरपराध प्राणीको हत्या गरिन्छ र त्यसलाई टुक्रा टुक्रा बनाई पकाइन्छ। भान्साकोठालाई मसानघाटमा परिणत गरिन्छ। त्यति मात्र नभएर दाँतले लुछेर पेटभित्र पुर्‍याएपछि सन्तोषको सास फेरिन्छ। कत्ति भयंकर क्रुरता, कति पैशाचिक कृत्य।

कुनै हत्यारले पनि आफ्नो शत्रुलाई मारेपछि त छोडिदिन्छ तर मांसाभोगीले त निरपराध पशु जसले न त मानिसको उद्देश्यबारे थाहा पाउन सक्छ। न कुनै विरोध गर्न सक्छ न त गुनासो नै गर्न सक्छ, न त दयाको भीख माग्न सक्छ न त आफ्नो पीडा भन्न नै सक्दछ, त्यस्तालाई जवर्जस्ती मार्दछन् र टुक्राटुक्रा पारी पकाएर स्वाद लिई -लिई खान्छन् र सन्तोष प्रकट गर्दछन्।

यो कस्तो मनुष्य हो, यो कस्तो सभ्यता हो ? पशुपक्षीको के अपराध छ र ? के अन्याय छ र ? कुनै अपराध मानिन्छ भने त्यो उनीहरुको निर्वलता हो ? हामी भन्दा कमजोर छन् तिनीहरु, हामीमा आश्रति ( भर) छन्। ती निर्बाधहरु  हामीलाई विश्वास गर्दछन् तर मानिसहरु भने तिनीहरुको हत्या गर्दछन् र विश्वस घात गर्दछन्। मानिसमा विवेक हराएकोले नै होला उसले यति क्रूर कर्म पनि गर्न सकेको।

मनुष्य योनि भनेको देव र दानव दुवै शक्तिको भोग गर्ने थलो हो र मानव शरीरमा यी दुवै शक्तिको निवास हुन्छ। यी दुवै शक्ति मध्ये मानिसले जुनलाई चाहयो त्यसलाई प्रोत्साहन दिएर बढाउन सक्छ। अकोर्लाई उपेक्षा गरेर हतोत्साही बनाउन सक्छ। देवत्वका प्रकृति दया, प्रेम, उदारता सेवा, परोपकार आदि हुन्। यी तत्वलाई मनुष्यले आफूमा जति विकसित गर्दछ ऊ त्यति नै देवत्वको नजिक पुग्न सक्छ। यसको विपरीत दानवको प्रवृत्ति कठोरता, द्वेष, इष्र्या, लालच, घमण्ड, शोषण, क्रूरता आदि हुन र यी तत्वको वृद्धि मनुष्यले आफूमा जति गर्दछ ऊ त्यति नै दानवताको नजिक पुग्दछ। धर्म र इश्वर मान्नुको एक मात्र निष्कर्ष यही हो कि मनुष्य असुरबाट बाँचोस् र देवत्वतर्फ अग्रसर होस्।

शाकाहार नै मनुष्यको प्राकृतिक भोज हो। मासु खानाले तामस, काम, क्रोध, द्वेष, इष्या, लालच, अहंकार, आलस्यता तामसी अवगुणहरुको वृद्धि हुन्छ भने शुद्ध शाकाहारबाट स्फूर्ति, पवित्रता, प्रसन्नता, शक्ति तथा दीघायु प्राप्त हुन्छ। मन, बुद्धि र विवेक शुद्ध भई सुख र शान्ति आउँछ त्यस्तै प्राणीहरुप्रति दया उत्पति हुन जान्छ। अन्तमा दुर्इटा श्लोक प्रस्तुत गर्दछुः अर्थात् : कहाँ मांसभोजन, कहाँ शिवको भक्ति, कहाँ मद्यपान, कहाँ शिवको पूजा – अर्थात) महादेव मांस सेवन गर्नेहरुदेखि टाढा रहन्छन् भन्नाले मद्यमांस खानाले काशीको मुक्ति हानी भयो मुक्ति छोडने कि मासु छोड्ने हो – शास्त्रमा फेरि अको प्रसंगमा पनि भनिएको छ :

अर्थः पहिलेका पण्डितहरुले भनेका छन्ः अहिंसा परम धर्म हो, यसैकारण नरकभीत मनुष्यले कहिल्यै पनि हिंसा गर्न हुँदैन। हिंसाकारी भीषण नरकमा शयन गर्दछन्, अहिंसक व्यक्ति स्र्वर्ग पाउँदछन्। सुख भोग गर्दा गर्दै देह विसर्जनको नाम नै परम मोक्ष हो तसर्थ बाहुन  (ब्राह्मण) ले खसी, बोका, भेडा, पंक्षी, माछा इत्यादि अर्थात आमिस मासु खान हुँदैन अहिले चौटा खाँदा साहुले दुःख दिन्छन् पछि यसका दूतले दुःख दिन्छन् कलियुगका ब्राह्मणले मासु कदापि खान हुँदैन दया गर्नु पर्छ, निर्दयी हुनुहुँदैन भनी शास्त्रहरुमा लेखेको पाइन्छ।

पशुपंक्षीको मासु खाँदा यसको दण्ड हामीलाई निश्चय नै मिल्ने छ। त्यसैले राक्षस नवनाँै माताको प्यारो सन्तान बनेर उहाँको सुखद् काखमा बस्ने प्रयत्न गरौं।

- भोजराज बराल (सुब्बा)