ममतामयी आमाको महिमा

वैदिक समाजमा महिला वर्ग (स्त्रीजाति) को स्थान र मर्यादा देवताहरुको भन्दा अग्रपंक्तिमा रहेको पाइन्छ। सृष्टिकर्ता ब्रह्मा, पालनकर्ता विष्णु संहारकर्ता शिव समेत तेत्तीसकोटी देवताहरु सरहनै सम्मान र मर्यादा नारीजातीलाई प्राप्त भएको देखिन्छ। मर्यादाको दृष्टिले देवता र देवी (स्त्रीजाति) मा कुनै भेदभाव भएको देखिँदैन। स्त्रीजाति नभएको घर परिवार समाज अपा· जस्तो महसुस सबैलाई हुन्छ। यसै भएर होला “यत्र नार्यास्तु पूज्यन्ते रमन्ते तत्र देवता” भनेर देवताहरुकै समयमा यस्तो धारणा बनेको। जुन घरमा नारीजातिको सम्मान हुन्छ मर्यादा हुन्छ त्यो घर स्र्वर्ग समान हुन्छ। त्यसै घरमा मात्र देवताहरु आउने जाने खाने र रमाउने गर्दछन् भनिएको छ।

सत्य युगदेखि हालसम्म पनि नारीजातीको स्थान अग्रपंक्तिमा नै रहेको पाइन्छ। लक्ष्मीनारायण, गौरीशंकर, सीताराम, राधाकृष्ण,उमामहेश्वर, प्रकृतिपुरुष, मायाईश्वर, आदि। देवताहरुको आग्रहमा दैत्यहरुको राजा दैत्यपति शुम्भको भुवनेश्वरीले वध गरेपछि पनि देवीको क्रोध शान्त हुन नसकेको देखेर अग्नि देवतालाई अगाडि लगाई देवताहरुले देवी भुवनेश्वरीको प्राथना गरे। “हे देवी जगतकी माता, तिमी खुशी हौ, हे विश्वेश्वरीदेवी तिमीनै यस चराचर जगतकी आमा हौं। हामी देवताहरुको र यो संसारको रक्षागर” भनी देवताहरुले भगवती कै स्तुति गरेको पाइन्छ। सप्तशति ११।३

“या देवी सव भूतेषू मातृरुपेण संस्थिता” भनेर ३/३ पटक नमस्कार गरिएको पनि सप्तशतिमा नै उल्लेख भएको छ। स. ५।७३ नवरात्रिका नवदुर्गा देवीका नौवटै स्वरुप शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुशमाण्डा, स्कन्धमाता, कात्यानी, कालरात्री, महागौरी, सिद्धिदात्री र दशौं दिनकी दुर्गालाई विजयामाता -आमा) भनिन्छ। वेदलाई हामी श्रुतिमाता भन्दछौं भने गायत्री र गंगालाई पनि माता शब्दले नै सम्बोधन गरिन्छ। यिनै मातृ शक्तिको स्वरुप नै हामी सबैकी आमा हुन्।

आमा शब्दले जन्मदिने आमा, जननी, माता, जगतजननी, भगवती दुर्गा भवानी देवीभनी आदर गर्दछौं। आमा सरहकी स्त्रीजातिलाई दिईने सम्मानलाई पनि आमा नै भन्ने जनाउँछ। यो सम्मान वोधक शब्द हो। आमा शब्द सबैलाई कर्णप्रय हुन्छ। शंकटको समयमा आमा नै सम्झिइन्छ। आमा सृष्टिकी जननी हुन्, सौर्न्दर्यकी प्रतिमूर्ति ममताकी खानी, भावनाकी भण्डार हुन आमाले गर्भधारण गरेदेखि अनेकौँ कष्ट र प्रसव पीडा समेत सहन गरेर सन्तानलाई जन्मदिन्छिन। आफ्नो सम्पूर्ण शक्ति र समय सन्तानकै निमित्त खर्चिएकी हुन्छिन्।

सन्तानको पालनपोषण र सुरक्षाको प्रवन्ध आपैm’ मिलाउँछिन। आमा धरती हुन् धरतीसमान सहनशील छन्। समुद्रसमान गम्भीर छन्। आमाको भिजन भनेकै आफ्ना सन्ततिहरुको सुखः शान्ति र उन्नति नै हो। आमा आफ्नो सन्तानको आमा मात्र हैन, देश र जनताकी आमा पनि हुन पुग्दछिन्। आफ्नो परिवार समाज राष्ट्रको कडा अनुशासनको घेरा भित्र रहेकी आमाको कति पवित्र भाव, मनोवल सहनशीलता हुन्छ भन्ने कुराको लेखाजोखा गर्ने काम ज्यानै कठिन छ। आमा, माया, करुण, दयाकी स्रोत हुन्।

आमाको आफ्ना सन्तानप्रतिको प्रेम, दया, मातृत्वभाव, सजगता कति हुन्छ भनेर तौलने तुलो नापन गर्ने यन्त्र छ जस्तो मलाई लागेको छैन। यी गुणहरु अमोलका हुन्छन्। हामी हाम्रो भाषालाई मातृ भाषा भन्दछौं। पितृभाषा भन्दैनौं किनभने हामीलाई नाना, पापा, बाबा, आमा भनेर भाषा र नाता सिकाउने पहिलो गुरु नै आमा हुन्। भनिएको छ ” नास्ति मातृ समो गुरु” आमा नै पहिलो गुरु हुन्। आमा जतिको आदरणीय गुरु अको हुनै सक्दैन। आमालाई देवता सरह भन्नु पर्दछ भनिएको छ  “मातृदेवको भव” यति मात्र हैन “त्वमेव माता” अनिमात्रै “च पितात्वमेव” भन्नाले पनि आमा नै अग्रपंक्तिमा देखिन्छिन्।

प्रत्येक शिशुको भाषामा, भावनामा, मनमा, स्वभावमा, आमाकै बलियो प्रभाव परेको हुन्छ। सन्तानको निमित्त आमा शक्तिकी स्रोत मातृशक्ति हुन्। मानव संसारको जीवन चक्र चलाउने आमा नै हुन। आमा भए जीवन सरस हुन्छ, नभए निरस हुन्छ।

सन्तानोत्पत्तिमा आमाको स्थान सवोपरी हरेको छ। आमाको गुण छोरा छोरीमा सजिलै सदछ। आमाको दूध पौष्टिक मात्र हुदैन बुद्धि वर्धक पनि हुन्छ भन्ने प्रसिद्ध छ। वेद, उपनिषद, पुराण आदि सारा शास्त्रमा आमाको महत्व असाधारण रुपमा स्थापित गरिएको पाइन्छ। सन्तानको जन्म पछि न्वारन, अन्नप्रासन, व्रतवन्ध, विवाह आदि धेरै जसो संस्कारमा बाबुको भन्दा आमाकै बढी विशेष मर्यादा रहेको देखिन्छ।

उपनीत व्रम्हाचारीले र सन्यास लिएको सन्तानले सवप्रथम आमाबाटै शिक्षा र दीक्षा लिनु पर्ने वैदिक विधान नै छ। आमाको महत्व दर्शाउंदै फ्रान्सेली सम्राट नेपोलियन वोनापार्ट भन्दछन् “मलाई यौटी असल आमा देऊ म तिमिलाई सवल र सक्षम राष्ट्र दिन्छु” यसमा कति गहिरो दर्शन रहेको छ भन्ने सहजै बुझ्न सकिन्छ।

साथै हाम्रा आर्ष ग्रन्थ मनुस्मृति आदिमा समेत आमालाई महत्व दिदै भनिएको छ। ठूलोमा दश उपाध्यायहरु भन्दा एक आचार्य ठूलो, सयजना आचार्यहरुमा एक पिता ठूलो, हजार पिताहरुमा एक आमाको महिमा ठूलो मानिन्छ। वास्तवमा भन्ने हो भने आमाको यथार्थता लेख्न कठिन छ। जननी र जन्मभूमिको महत्व दर्शाउदै वैदिक परम्परामा आमाको महिमा भन्ने शीर्षकमा प्रा. शिवगोपाल रिसालले रामायणको प्रसंग उधृत गर्दै लेख्नु भएको छ।

“अपि स्वर्णयी लंड्ढा नमेलक्ष्मण रोचते

जननी जन्मभूमिश्च स्वर्गादपिगरीयसी।।”

लंका विजय पछि सुनैसुनको राज्य देखेर लोभिएका भाइको आयश बुझेर आदर्श पुरुष रामचन्द्रले भाइ लक्ष्मणलाई यसरी सम्झाउनु भएको प्रंसग हो यो। ” भाइ लक्ष्मण मलाई सुनै सुनैले भरिभराउ भएको अति सुन्दर लंकाभन्दा आफूलाई जन्मदिने आमा कौशिल्या र आफ्नो जन्मभूमि अयोध्या नै स्र्वर्गभन्दा ज्यादा महत्वपूर्ण छ भन्ने लागेको छ। स्वदेश जस्तो रमाईलो र आनन्दमय स्थल परदेश हुदैन। आमा कति महत्वपूर्ण रहिछन् भन्ने कुरा प्रमाणित गर्ने यस्ता उदाहरण प्रशस्त छन् तथापि नेपालमा लोकतान्त्रिक गणतन्त्र आएपछि हरेक वर्ष मनाइँदै आएको आमाको मुख हेर्ने दिवस अहिले  राज्यद्वारा खोसिएको कुरा पनि नेपालआमाका सबै छोरा छोरालाई विदितै छ। सृष्टिको मूल कारण नै आमा हुन् मानिस जातिको मात्र नभै पशुपंक्षी जनावर जलचर थलचर सबै प्राणि जातिको आमा आफ्नो सन्तान प्रतिको कर्तव्य र दायित्व प्रतिको सजगता अटुटरुपले पुस्तान्तर हुँदै आएको छ।

भनिएको छ आमा स्र्वर्गभन्दा पनि ठूली छन् आमा अतुलनीय छन्। सन्तानलाई पालनपोषण र संरक्षण गर्ने आमा नै हुन्। हामीलाई यो सुन्दर संसार देखाउने पनि आमा नै हुन। आमाको स्याहार सम्भार र आदरमा मन साँघुरो नगरौं। आमाको आदर गरौं संरक्षण गरौं यही नै हाम्रो परम दायित्व र कर्तव्य हो। आमाको महत्व हाम्रो पूर्र्वीय धर्म शास्त्रमा मात्र दिइएको हैन, पश्चिमा देशहरुले पनि आमाको गरिमा बारे धेरै वर्ण गरेका छन्। जस्तै अमेरिका जस्तो देशमा आमाकै नामबाट मदर्श डे (आमा दिवस) मनाइन्छ। मइ ८ मा आमाहरुको सम्झना अनिवार्य मनाउने कुरा संयुक्त राष्ट्र संघले पनि अन्तर्राष्ट्रिय मातृ दिवस मनाउन विदा दिने निर्ण गराउन पनि अमेरिका नै सफल भयो। जसबाट यो भन्न सकिन्छ। आमाको महत्व ज्यादै छ र हुनु पनि पर्छ तर अहिले को नयां पिढीमा  आमा बाबुको महत्वलाई उपेक्षा र अपमान गरिएको देख्दा र सुन्नु पर्दा मनमा दुःख लाग्ने कारण उपस्थित भएको कुरा सबैमा विदितै छ। अस्तु

- पे्रमराज अधिकारी