मनोरञ्जन लिउँ गम्भीर बनौं

व्यवहारिक र रोजगारमुखि शिक्षाको आवश्यकता महशुससँगै देशमा शैक्षिक नीति परिमार्जनको बहश त चलेकै हो तर पहिले त भइरहेको शिक्षाको गुणस्तर सुधार गर्नुपर्छ। हामीकहाँ सामुदायिक सरकारी र निजी विद्यालयहरु छन् । ती विद्यालयमा छुट्टाछुट्टै शैक्षिक गुणस्तर छन् । अलिक सम्पन्न निजी तथा समुदायिकमा निम्न तथा निम्नमध्यम वर्गका सरकारी विद्यालयमा पढ्नुपर्ने हुन्छ । निम्न तथा निम्नमध्यम वर्गले निजी विद्यालयमा पढाउन आर्थिक रुपले नसक्ने सरकारी स्कुलमा नाम मात्रको पढाइ हुने,यहि गम्भीर विषय वस्तुलाई छक्का पन्जा ३ ले पस्केको छ ।

कतिपय पैसा तिरेर त के नतिरीकन पनि बालबच्चा पढाउन सक्दैनन्। तिनका बालबच्चाले त सरकारी विद्यालयमा पढ्नुपर्‍यो नि। त्यो बच्चाको के दोष – गरिबको काखमा जन्मेकै कारण ऊ सरकारी स्कुल पढ्नुपर्ने हुन्छ। शिक्षामै भेदभाव  धनि र गरिबमा अनि सरकारी स्कुलमा गरिने फोहोरी राजनीति र पढाइप्रतिको व्यवस्थाले गरिब गरिबै राम्रोसँग पढ्न र माथि उठन पाउँदैनन् । देशको शैक्षिक अवस्थालाई फिल्मले देखाउने प्रयत्न गरेको छ ।

शिवहरि विद्यालयको प्रधान अध्यापक छन् तर विद्यालय नै उनको वसमा छैन । स्कुल स्थानीय नेताको खिचातानीमा परेको छ । शिक्षकहरु स्कुल समयमा कोही व्यक्तिगत तथा घरायसी काममा त कोही तास खेल्नमा मस्त भएको देखाइएको छ । गणित शिक्षक बुद्धि कक्षामा भन्दा तास खेल्नमा व्यस्त नेपाली शिक्षक स्कुल पढाउने समयमा जग्गा दलाली गर्नमा व्यस्त, पाले केदार घिमिरे स्कुलको घण्टि बजाउन छाडेर सहनाइ बजाउन व्यस्त, अङग्रेजी पढाउने शिक्षक नभएर नेपाली शिक्षकले अङग्रेजी पढाएका छन् । प्रधानअध्यापक शिवहरिकी छोरी उज्याली दिपिका आफ्नो समाचार वाचिकाको जागीर छोडेर अष्ट्रेलिया जाने तयारीमा कागजात बनाइरहेकी। तर, स्कुलमा अङ्ग्रेजी विषयको पढाइ नेपाली शिक्षकले पढाएको र आफ्नो बाबुको झुकेको शिर उठाउन र विद्यालयको पढाइ सुधारमा जुटेकी छन् ।

काजी र वाङ्देल दुर्इ राजनैतिक पार्टीको रस्साकस्सी छ । राजनीति सुधार्रर्न आमासँग बस्ने राजालाई काजीले घर ल्याउँछ वाङदेलसँग मित लाउछ उजेलीलाई बुहारी बनाउछ । उस्को मुठीमा नभइ समस्यामा पारिन्छ । काजी र वाङदेल दुर्इ राजनैतिक पार्टीको रस्साकस्सीले स्कुल सुधारमा लागि परेकी दिपिका सुरुमा हार खाएकी भएपनि अन्त्यमा स्कुल सुधारको जित हासिल गरेकी छिन् । मिडिया तथा नारी नै समाज सुधारको  दरिलो माध्यम स्थापित भएको देख्न सकिन्छ । परिवार तथा समाजमा नारीलाई  सामान्य भूमिका मान्ने हाम्रा समाजका पात्रलाई गतिलो झापड हानेको छ । महिला नभएको घर पनि घर हो त्यो त साढे पाल्ने गोठ हो  लक्ष्मी गिरीको डाइलक । घर परिवार समाज सामाजिक व्यवस्था मजबुत बनाउन हामी सबैले हाम्रो काम कतर्व्य के हो बुझन् जरुरी छ ।

यसपालिको दीपाश्री निरौलाको फिल्मले कमेडीलाई भन्दा विषयवस्तुलाई महत्व दिएकोले ्गतिलो सन्देश दिन सफल भएको छ । सरकारी स्कुलका कर्मचारी कमजोरी होइनन् तर त्यहाको प्रशासनको कमजोरीले कर्मचारी काम चोर भएका छन् । जसको मारमा गरिब र जेहेन्दार विद्यार्थी परेका छन् । तिनै प्रधानअध्यापक पछि पुरस्कृत भएका छन् । प्रशासनको सुधार भएपछि विद्यालयको रिजल्ट सतप्रतिशत आएको छ । विद्यालयका विद्यार्थी कमजोर होइनन् प्रशासन र काम चोर कर्मचारीले विद्यार्थीको पढ्ने समय र अवसर गुमाइदिएका छन् । साथ र सहयोग जो कोहीलाई पनि चाहिन्छ । चाहे नेता होस् प्रधानअध्यापक होस् चाहे लोग्ने होस् स्वास्नी तथा सासु बुहारी गतिलो काम गरेर देखाउन सफल बन्नको लागि हरेकलाई साथ चाहिन्छ । सुधार जो कोहीले गर्न सक्छ ।

उजेली जस्तै समाज सुधारकको खाँचो छ। देशमा शिक्षित दक्ष विदेसिने युवापुस्तालाई देशमै बस गर केही देश बनाउनु छ तिमीले भन्न पुगेको छ । त्यस्तै फिल्मले श्रीमान श्रीमतीको सासु बुहारीको माया के कस्तो हुनुपर्ने हो यो बुझन  फिल्म छक्का पन्जा ३ हेनैपर्छ ।

निर्देशकले कलाकारलाई कथावस्तुको चरित्रमा बाँध्न सफल भएकी छन् । फिल्मले मनोरन्जन मात्र दिदैन गम्भीर ज्ञान सुझाब सँगै राजनैतिक नेता तथा सरकारी कर्मचारीलाई गतिलो सन्देश दिएको छ । फिल्म  समग्रमा बलियो बनेको छ । दर्शकलाई मात्र फिल्म बनाइरहेको यो टिमको यसपालीको यो फिल्म  देशकै लागि बन्न पुगेको छ । देशभरिकै सामाजिक समस्यालाई उजागार गरेको छ । विकास निर्माणको मुख्य आधार शैक्षिक गुणस्तर सुधार गर्न साच्चिकै देशका उच्च पदस्थ व्यक्ति, राजनैतिक कार्यकता, सरकारी कर्मचारी शिक्षक शिक्षिका गम्भीर हुनुपर्ने आवश्यकता छ ।

(लेखक बीग एफ एम पोखराकी समाचार बाचिका हुन् । सं.)

- गीता पोख्रेल सिग्देल