मनुष्यलोकको कीर्ति नै बम्हलोकको आकर्षण

प्राचीन कालको कुरो हो। भारतवर्षको काम्पिल्यनगरमा  एक निकै प्रभावशाली राजा राज्य गर्दथे, जस्को नाम थियो( इन्द्रद्युम्न। यी राजा वडो दानी शास्त्रका ज्ञाता, धर्मज्ञ, विवेकशील र गुणवान थिए। यिनको  राज्य विशाल र संमृद्ध  थियो। राज्यभरमा कोही पनि भोका नाङगा थिएनन्। आफना प्रजाहरुलाई यी पुत्रवत व्यवहार गर्दथे। यसैले सवै प्रजा मोटा घाटा र सन्तुष्ट नै थिए। राजा बढी नै धार्मिक स्वभावका भएकाले धर्मर्कर्ममा नै आफनो अधिकांश समय व्यतीत गर्दथे। यिनले ठूला-ठूला पुण्यकार्यहरु गरेका थिए। एकादशी लगायतका विभिन्न व्रतहरु यज्ञ यागादिहरु, तीर्थहरु अन्नदान, वस्त्रदान, गौदान, सुवर्णमान जस्ता दानपुण्य कार्यहरु आफनो जीवन कालमा कति गरे कति त्यसको लेखाजोखा नै थिएन। यिनको दान पुण्य कार्यको वखान गरेरै साध्य थिएन। यही पुण्यको प्रतापले यिनको कीर्ति दशै दिशामा फैलिएको थियो। जस्ले यी राजालाई नजिकबाट चिन्दथे तिनीहरुले भन्ने गर्दथे गंगाजीको वालुवा वर्षाको धारा तथा आकाशको तारा वरु गिन्ती गर्न सकिएला तर राजा इन्द्रद्युम्नको पुण्यको गणना गर्न सकिँदैन।

राजाको भूमण्डलभरि फैलिएको यही यश र पुण्यको प्रतापले कालान्तरमा यी राजा सशरीर ब्रह्मलोक पुगे। उहाँ  पुगेर यिनले देव दूर्लभ अनेकौँ भोगहरुको उपभोग गरे। यस प्रकार अनेक कल्प वितेपछि ब्रह्माजीले राजा इन्द्रद्युम्नलाई भने- राजन ’ अब तिमी पृथ्वीमा जाऊ। किनकि त्रि्रो कमाई सकियो। राजा आर्श्चर्यमा परे। इन्द्रद्युम्नलाई आर्श्चर्य भएको देखेर ब्रह्माजीले  पुनः भने-हे राजन, पुण्य र कीर्तिको प्रतापले नै ब्रह्मलोक प्राप्ति हुने हो। केवल पुण्यले वा केवल कीर्तिले मात्रै यो लोक प्राप्त हुन सक्दैन। पृथ्वीमा त्रि्रो कीर्तिको लोप भयो। अतः तिमी अब पृथ्वी लोकमै र्फक र आफनो कीर्तिलाई जगाऊ। ब्रह्माजीले यति भनेपछि आर्श्चर्यका साथ स्वप्नमय तवरले राजा इन्द्रद्युम्न अफनो निवास स्थान काम्पिल्य नगरीमा आफूलाई पाए ’

काम्पिल्य नगरी क्षेत्रको परिर्वतन देख्दा राजा आर्श्चर्य भए।  राजाले त्यहाका निवासीहरुसँग आफनो वारेमा सोधखोज गर्न थाले अनि तिनीहरुले भने( ‘हामीहरु राजा इन्द्रद्युम्नका बारेमा अहँ केही जान्दैनौ। तपाई अरु नै कुनै वृद्ध दीघायुसँग सोध्नुहोस् सुन्नमा आएको छ नैमिषारण्य तीर्थक्षेत्रमा सप्त कल्पान्त जीवी मार्कण्डेय मुनि बसेका छन् रे तपाई उनैलाई भेटेर आफनो यो प्राचीन कुरोको टुङ्गो लगाउनुहोस्।’ यो भनाई  राजालाई ठीकै लाग्यो। उनले मुनि मार्कण्डेयजीलाई भेट गर्नका लागि नैमिषारण्य क्षेत्रको यात्रामा लागे।

केही दिनको यात्रा पछि राजा नैमिषारण्य क्षेत्रमा  पुगी मार्कण्डेयजीलाई भेटी मुनिलाई प्रणामगर्दै भने-मुने ’  के हजूरले इन्द्रद्युम्न राजाको बारेमा जान्नुहुन्छ ?  मुनिले केही वेर सोचेर भने अहँ, जान्दिन। म तीर्थ यात्रा आदि भिन्न भिन्न पुण्य कार्यहरुको काम काजमा लागिरहन्छु, कुनै एक  ठाउँमा सधै बस्दिन, यस्तो स्थितिमा म तपाईलाई कसरी चिन्ह सक्छु र – मार्कण्डेय मुनिले यति भने पछि राजषि इन्द्रधुम्नले पुनः नम्र स्वरमा सोधे( के तपाई भन्दा पनि पहिलेको कुनै प्राणी छ – अनि मार्ण्कण्डेयले भने( हिमालय पर्वतमा प्रावारकर्णनामको एक प्रसिद्ध उलूक बस्दछ। त्यो म भन्दा पहिले उत्पन्न भएको हो, सम्भव छ त्यो तपाईलाई चिन्छ होला, बरु हिँड्नुहोस् त्यसैलाई भेट्न जाऊँ। ऋषिले आफ्ना लागि यति भने पछि ती दुवै राजा र मार्कण्डेय मुनि उलुकलाई भेट्न हिमालय पर्वततिर लागे।

केही दिनको यात्रा पछि उलूकलाई भेटेर राजाले भने-के तपाई राजा इन्द्रधुम्नलाई चिन्नुहुन्छ ? त्यो प्रावारकर्णे मुहर्त्तभर, सोचेर भन्यो “म इन्द्रधुम्नलाई जान्दिन हजूर।” राजाले फेरि उसैसँग सोधे- तपाई भन्दा पनि पहिलेको कोही छ ?उसले जवाफ दियो इन्द्रद्युम्न नामको एउटा सरोवर छ त्यहाँ नाडीजङ्घ नामको प्रसिद्ध वकुल्लो बस्दछ, सायद त्यसले चिन्ह सक्दछ। राजा, मार्कण्डेयमुनि र ऊलूक तिनै मिली नाडीजङघ भेट्न सरोवर तर्फ लागे। केही दिनको यात्रा पछि त्यहाँ पुगेर नाडीजङ्घलाई भेटी ऊसँग पहिलेकै प्रश्न दोहोर्‍याउदै राजाले सोधे( के तपाई राजा इन्द्रधद्युम्नलाई चिन्नुहुन्छ – उसले पनि मुहूत्त भर सोचेर उत्तर दियो( राजा इन्द्रद्युम्नलाई म चिन्दिन। अनि राजाले उसँग पुनः प्रश्न राखे( के तपाई भन्दा पनि पहिलेको कोही छ ? उसले भन्यो- छ, यही सरोवरमा अकुपार नाउँको कछुवा बस्दछ, उसै सँग सोधौ, सायद उसलाई जानकारी हुनसक्दछ। यस पछि ती सबै सोही सरोवरको तिरैतिर कछुवालाई भेट्न भनी अगाडि बढ्दै थिए, संयोगवस विहानको घाम ताप्न तिरमा आएको अकुपारलाई नाडीजङ्घले देख्ना साथ चिन्यो र राजासँग भन्यो- उहाँ नै हुनुहुन्छ अकुपार।

निकै वृद्ध शरीरका अकुपारसँग राजाले नम्र स्वरमा सोधे- के तपाईले राजा इन्द्रद्युम्नलाई चिन्नु हुन्छ ? उसले मुहूत्तभर ध्यान गरेर आखाँ भरी आसु पारेर उद्धिन मनले हात जोडेर भन्यो- “म उहाँलाई किन चिन्दिन र ? राम्रोसँग चिन्दछु। उहाले हजार पल्ट अग्नि स्थापना गर्दा यज्ञ यूपहरुको स्थापना गर्नु भएको छ उहाँले दक्षिणामा दिएका गाईहरु आवत्जावत् गर्दा कालान्तरमा यो सरोवर बन्यो, जुन सरोवरको नाम नै उहाकै नाम “इन्द्रधुम्न सरोवर” नामले प्रशिद्ध छ। जहाँ म आफै पनि बस्ने गरेको छु। उहाँको पुण्य र कीर्तिको वयान त गरी साध्यै छैन।

अकुपार नामको त्यो कछुवाको मुखबाट राजा इन्द्रद्युम्नका बारेमा यी कुराहरु व्यक्त भएपछि ब्रह्मलोकमा एक्कासी ब्रह्माजीको ब्रह्मासन नराम्रोसँग डगमगाउन थाल्यो ’ आसनको स्थिति देखेर ब्रह्माजी निकै भयभीत भए। तत्कालै ध्यान दृष्टिले दशै दिशा हेर्दा वसुधामा राजा इन्द्रद्युम्नको कीर्ति पुनः स्फुरित भएको देखे। अनि तत्कालै राजा इन्द्रद्युम्नलाई ससम्मान ब्रह्मलोक लिई आउन दिव्यरथ सहित ब्रह्माजीले एक देव पुरुषलाई खटाए। देवपुरुष शीघ्रातिशीघ्र इन्द्रद्युम्न सरोवरको तिरमा राजा भए ठाउँको जमिन देखि केही गज माथि आकाशमै रही प्रष्टसँग सबैले सुन्ने गरी भन्न थाले-“हे राजा इन्द्रधद्युम्न ’ तपाईको कीर्ति फुर्‍यो। तपाई अब ब्रह्मलोक निवासको लागि पुनः योग्य हुनुभयो। शीघ्र तयार हुनुहोस्, हामी लैजान भनी लिन आएका छौँ।”

राजाले कछुवा र देवपुरुष दुवैका कुराहरु ध्यानपूर्वक सुने। कछुवाका कुराले राजालाई केही सन्तोष दियो। तर उनी ब्रह्मलोक देखि ब्रह्माजीले गिराइ दिएकाले बहुतै दुःखी र चिन्तित थिए। यसैले आफना मित्रहरुका माझ देवपुरुषले प्रष्ट सुन्नेगरी आफनो कुरो राख्दै भने( स्वयं ब्रह्माजीले सवैका अगाडि मेरो अपमान गरे। तेरो कीर्ति क्षीण भयो भन्दै मलाई ब्रह्मलोक देखि खसाल्दिए।’यसै कारणले म धेरै लज्जीत छु आफनो स्थानबाट बार(बार पतनका भयले गर्दा मलाई ब्रह्मलोक जान पटक्कै मन छैन। अब म ब्रह्मलोक जाँदिन। यसपछि आफ्ना मित्रहरु तर्फ नजर दिँदै भन्न थाले बरु अविद्या र पापको नाश गर्ने विवेक वैराग्यको आश्रय लिएर ज्ञान प्राप्त गरी मोक्षको लागि यत्न गर्ने छु। यसकारण यदि हजूरहरु आफ्नो घरमा आएको म अतिथिलाई सत्कार गर्न चाहनुहुन्छ भने हे मित्रहरु मलाई त्यस्तो गुरुको ठेगाना बताइदिनुहोस् जस्ले यो संसार सागरदेखि मलाई पार गराई दिन सक्छ।

राजाका यी दुःख र करुणाले भरिएका कुराहरु सुनेपछि अकुपार कछुवाले भन्यो( हे राजन, लोमश नामका एक प्रख्यात महामुनि छन्, जो तिनै लोकमा सबैभन्दा चिरायुका मानिन्छन्। उनी हाल कलापग्राम क्षेत्रमा बस्दछन्। तपाईको समस्याको समाधान तिनले गर्दिन सक्छन्। राजाले भने( त्यसो हो भने मित्रहरु हो अब हामी उनैलाई भेट्न जाउँ भनी सबै कलापग्राम तिर लागे। केही दिनको यात्रापछि ती सवै कलापग्राम पुगि महामुनि लोमशको दर्शन गरे। लोमश मुनि मन र इन्द्रियलाई संयममा राखी दाहिने हातले रुद्राक्षको माला जप्दै आफनै ध्यानमा मग्न थिए। वस्त्रको नाममा एक कौपिन मात्र धारण गरी बसेका ती ऋषिको शरीरभर जताततै रौं रौले ढाकिएको थियो। तर तिनका दुवै खुट्टाका घुडामा मात्र रौँहरु थिएनन्।

यही बीचमा लोमश मुनिलाई सम्वोधन गर्दै अकुपारले भन्यो( ‘भगवान्, यी यज्ञहरु सम्पन्न गर्ने पुरुषहरुमा अग्रगण्य महाराजा इन्द्रद्युम्न हुन्। बसुधामा यिनको कीर्तिलोप भयो भनी ब्रह्माजीले यिनीलाई ब्रह्मलोकबाट खसाल्दिए छन्। यसैले यी ज्यादै दुःखी छन्। पृथ्वीमा गिरी हामीहरुसँगको भेटघाटमा पछि पुनः त्रि्रो कीर्ति फुर्‍यो ल हिँडब्रह्मलोक भन्दै देवपुरुषले दिव्यरथका साथ आई जाऊँ भन्दा यिनले ठाडै ब्रह्मलोक जान हामीहरुकै अगाडि इन्कार गर्दिए ’ यिनको दुःखको निवारण हजूरबाट नै हुन सक्दछ भनी यिनलाई लिएर हामी हजूरलाई भेट्न आएका हौ, अब जे गर्नु पर्दछ, हजूरले गर्दिबक्सियोस्।’

राजाका बारेमा अकुपारबाट यी कुरा सुनेपछि गम्भिर वाणीमा ऋषिले भने( हे राजन ’  अब तिमी दुःख नमान।त्रि्रा दुःखका दिन गए। तिमीले जे गर्‍यौै ठीक गर्‍यौ। हामीले सदैव ब्रह्मलोक भन्दा माथिका लोकहरुको सोच राख्नु पर्दछ। स्र्वर्गलोक, ब्रह्मलोक यी त क्षणिक हुन्। क्षणिकताको सम्बन्धले मानिसलाई दुःखी बनाउँछ। यसैले तिमी दुःखी छौ। कति ब्रह्माजीलाई त म आफै ले पनि बेहोरी सकेँ। ऋषिका यी वचनले राजालाई केही सन्तोष अनि आर्श्चर्य पनि बनायो। ऋषिसँग विनम्र स्वरमा भने( भगवन् ’ हजूरको आयुको बारेमा हामीले सुन्न हुने भए हामी पनि जानकारी पाऊँ प्रभु। ऋषिले पनि आफनो बारेमा भन्न थाले ( हे राजन ’ ल सुन, प्रत्येक कल्पमा मेरो शरीरबाट एक रौ टुटेर खस्दछ। एवंक्रमले जहिले मेरो शरीर भरका रौहरु टुटी र्झने छन्, त्यसै दिन मेरो मृत्यु हुने छ। अहिले मेरा दुवै घुडाका रौहरु टुटी सकेका छन्। यसले मलाई शरीरको क्षणभङ्गुरता र मृत्युको भयले शंकेत दिइरहेको छ।यसै कारण मैले यो छोटो नश्वरदेहका लागि कुनै घरद्वार परिवार विवाह बन्धन समेतको आवश्यकता देखिन। अतः मेरो घरद्वार कुटी केही छैन।

हे राजन ’ अब तिमी कि भगवान् शंकरको शिवलोक, कि भगवान विष्णुको वैकुण्ठलोक मध्ये कुनै एक लोक प्राप्त गर्ने चाहाना राख। ऋषिका यी अमृतमय वचनले राजाको मन प्रफुल्ल भयो। उनले ऋषिसँग विनम्र अनुरोध गर्दै भने- भगवन् म मुक्तिको चाहना राख्दछु। मलाई मुक्ति दिलाई दिनुहोस् भन्दै पुनः ऋषिका पाऊ परे। ऋषिले पनि प्रफुल्ल मनले उनलाई आफनो आशीर्वादका साथ शिष्यत्व स्वीकार गरे यिनैको निर्देशनमा रही राजा इन्द्रद्युम्नले कठोर साधना गरी आशुतोष भगवान् शंकरजीलाई रिझाई मुक्ति प्राप्त गरे।

- कुलप्रसाद भण्डारी