मधुमेह र हाम्रो दैनिक जीवन

भुपेन्द्र दाइ एक्कासि दुब्लाएको देखेपछि जीवन दाइले अचम्म मान्दै सोध्नुभयो- “दाइ, के भयो तपाईंलाई ? तीन महिना अगाडि त्यति राम्रो मान्छे, अहिले त झन्डै १० किलो दुब्लाउनुभएछ।” त्यसपछि भुपेन्द्र दाइको उत्तर आउँछ- “होइन, जीवन खाना खाएकै छु, तेरी भाउजूले मीठो-मीठो बनाएर समयमा खुलाएकै छ। खाना पनि बेस्सरी रूच्छ, भात खाएको देख्दा हेर जीवन तेरी भाउजू डराउँछे भन्या। अनि दिउँसोमा ७ कप चिया र बेलुका अलिकति रक्सी नभई हुँदैन। बिहान अल्छी लागेर छिटो उठ्न मन पनि लाग्दैन। हिँड्न मन त पटक्कै लाग्दैन, रातिमा पिसाब पनि बढी लाग्छ अनि खाना खाएपछि मुख पनि सुक्छ। आराम गरेकै छु। कसरी दुब्लाएँ ? मैले केही बुभ्न सकिन“। भन् त जीवन तेरो केही अनुभव छ कि ?” जीवन भन्छन्- “भुपेन्द्र दाइ, मेरो ससुरालीको जेठान दाइलाई पनि यस्तै भएको थियो। डा. तीर्थलाई देखाएर जाँचेपछि अहिले त ठीक हुनु भएको छ। दाइले त आँखा पनि कम देखें भन्नुहुन्थ्यो अनि तपाईंको कस्तो छ ? उहाँलाइ त सुगर भएको रहेछ  अनि सुगरका कारण नै दाइको त सन्तान पनि भएनन्। अनि दाइ तपाइलाई पनि सुगर भएको हो कि एकपटक जाऊँ डा. तीर्थसँग।” त्यसपछि भुपेन्द्र र जीवन मिलेर हिँडे- सरकारी अस्पताल तिर।

“हेर तिलक दाइ भुपेन्द्र सर त सुगरको औषधि खाएपछि र जीवनशैली सुधार गरेपछि राम्रो नै हुनुभएछ अनि मेरो त कोलस्टोरल पनि हाई छ, अनि रक्तचाप पनि हाई छ। यी कुराहरूले त केही हुन्न होला नि ? ह्र्ेर्नुस दुर्गा भाइ यी कोलस्टोरल र प्रेसर भन्ने कुरा पनि सामान्य भनेर बस्नुहुँदैन। यिनलाई पनि आजै जाँच परीक्षण गरेर नियन्त्रणमा राख्नुपदो रहेछ हाई प्रेसर र कोलस्टोरल भएका मान्छेले लापरवाही गर्दा कतिसम्म क्षति हुन्छ, मेरा बाबा पनि उच्च रक्तचापले एकै रातमा चट भएको मलाई थाहा छ।” तिलक र दुर्गा पनि हिँडे हस्िपटलतिर।

सदियौंदेखि भइरहेको डायबिटिज अथवा सुगर रोग समस्या हो तर यसको महामारीको रूपमा समाजमा नदेखिएसम्म यो रोग गौण रह्यो। केही वर्ष यता आएर ११ जनामध्ये एक जनालाई यो समस्या हुने गरेको पाइएको छ भने संसारमा ४ सय २२ मिलियन मान्छेहरूमा सुगर देखिएको छ भने ३.४ मिलियन मानिसहरू सुगरका कारण वाषिर्क रूपमा मरिरहेका छन्। ९० प्रतिशत टाइप-२ का बिरामीहरू छन् भने अन्य १० प्रतिशत देखिएको छ।  प्रत्येक वर्ष नयाँ बिरामीहरूको वृद्धि दर अत्यन्त उच्च रहेको छ। नेपालमा  जम्मा जनसंख्याको ९.१ प्रतिशतमा देखिएको छ।  विश्व स्वास्थ्य संगठनको आँकलन अनुसार नेपाल सुगर रोगबाट उच्च जोखिममा रहेको क्षेत्र हो। २०१७ को आँकडा अनुसार महिलाहरूमा मधुमेह  को सम्भाव्यता बढी देखिएकोले र भविष्यमा महिलाहरूलाई बढी सुगर हुने खतरा भएको जनाएको छ। वर्तमानमा १ सय ९९ मिलियन वा १९ करोड ९० लाखमा देखिएको छ। बिरामीको १० प्रतिशतको संख्या प्रि-डायबिटिजको घेरामा रहेका छन्।

मधुमेह भनेको के हो ?

हामीले खाएको खानाबाट प्राप्त हुने ग्लुकोज चिनी लाई हाम्रो शरीरले सही तरिकाबाट शक्तिको रुपमा रुपान्तरण गर्न नसक्नु र रगतमा ग्लुकोजको मात्रा बढी हुनुलाई मधुमेह भएको भनेर भनिन्छ। मधुमेहलाई अन्य शब्दमा सुगर,डायविटिज पनि भनिन्छ। सुगर हाम्रो शरीरलाई चाहिने मुख्य उर्जा -शक्ति) हो।यो हामिलाई खानाबाट प्राप्त हुन्छ। ग्लुकोज लाई शक्तिमा परिणत गर्न इन्सुलिन नामक हामोर्न चाहिन्छ। यदि यसको उत्पादन हाम्रो शरीरमा भएको प्यान्क्रियाज भन्ने गन्थ्री बाट उत्पादन हुन्छ इन्सुलिन उत्पादन मा कमी हुदाँ ग्लुकोज हाम्रो शरीरमा लाग्न्ा सक्तैन वा शरीरले लिन असमर्थ हुन्छ।यसकारण रगतमा सुगरको मात्रा बढि देखिन्छ। फलस्वरुप विभिन्न किसिमका लक्षण देखिन्छन्। कहिलेकाही यो जीबनको लागि नै घातक हुन्छ।रगतमा सुगरको मात्रा खाली पेटमा ६०- ११०,खाना खाएको दुर्इ घण्टामा ७०-१४०, खानाखाएको तीन घण्टा पछि  ७०-१४० एमजी डी वन  हुनु सामान्य मानिन्छ। सुगर २०० भन्दा माथिको अबस्था उपचारात्मक अबस्था हो।

मधुमेहका लक्षणहरू

१)     तीर्खा लागिरहने।

२)     मुख सुक्ने।

३)     पिसाब बढी लाग्ने।

४)     दुब्लाउने।

५)     आँखा धमिलो देखिने।

६)     हातखुट्टा झम्झमाउने।

७)     थकावट हुने।

८)     यौन इच्छामा कमी।

मघुमेह हुन सक्ने सम्भावनाहरू

१)     परिवारमा मधुमेह भएमा।

२)     मोटोपन भएमा।

३)     उमेर चालीस भन्दा बढी भएमा।

४)     अस्वस्थकर भोजन गरिरहेमा।

५)     उच्च रक्तचाप भएमा।

६)     चिन्ता तनाब बढी भएमा।

७)     शारीरिक व्यायाम नभएमा।

मधुमेहको किसिम

किसिम १ : मधुमेह

१.     यो इन्सुलिन उत्पादन गर्ने प्यान्त्रिmयाजको कोशिकाहरू नष्ट भएर जान्छ।

२.     केटाकेटीहरू र भर्खरका नवयुवालाई लाग्न सक्छ। साधारणतया १०-१२ वर्षकी केटी र १२-१४ वर्षको केटालाई यो रोग लाग्ने सम्भावना बढी हुन्छ।

३.     यस प्रकारको मधुमेह रोगीले नियमित रूपमा इन्सुलिन लिनुपर्ने हुन्छ।

४.     यो वंशाणुगत रूपले आएको हुन्छ।

५.     ५-१० प्रतिशत मधुमेहका रोगी यसअन्तर्गत पर्दछन्।

६.     यस किसिमको मधुमेहको रोग अचानक लाग्ने र घातक हुनसक्छ।

किसिम २ : मधुमेह

१.     यस प्रकारको मधुमेह इन्सुलिन उत्पादनमा कमी वा इन्सुलिन शरीरले सही रूपले लिन नसक्नाले हुन्छ।

२.     ४५ वर्ष नाघेका मोटाघाटा मानिस जसले नियमित व्यायाम गर्दैन, त्यस्तालाई यस प्रकारको मधुमेह हुने बढी सम्भावना रहन्छ।

३.     ९५ प्रतिशत मधुमेहको रोगीलाई यस प्रकारको मधुमेह लागेको देखिएको छ।

४.     यस किसिमको मधुमेह रोगीले औषधि सेवन गर्ने वा इन्सुलिन लिनुपर्ने हुन्छ।

५.     खानपानको पथ परहेज र उचित व्यायामबाट किसिम २ को मधुमेहलाई नियन्त्रण गर्न सकिन्छ।

गर्भवतीमा हुने मधुमेह

२-५ प्रतिशत गर्भवती महिलाहरू किसिम २ को मधुमेहबाट पीडित भएको पाइएको छ।

मधुमेह हुने अन्य कारणहरू

वंशाणुगत, शल्यक्रियाबाट, लागूपदार्थ सेवनबाट, गलत औषधिको सेवन, कुपोषण, संक्रमण र अरू शारीरिक कमजोरीका कारणबाट मधुमेह हुनसक्छ।

मधुमेहबाट हुने दीघकालीन असरहरू

अन्धोपना : मधुमेहका कारणबाट सधैंकेा लागि अन्धो हुन सक्छ। जसलाई डायबिटिज रेटिनोप्याथी भनिन्छ। यो २० वर्षदेखि ७४ वर्षसम्मका रोगीलाई हुनसक्छ।

मृगौलाले काम नगर्नु : मधुमेहको कारणबाट मृगौलालाई असर गर्दछ र पछि गएर यसले काम गर्न छोड्छ। ४० प्रतिशत मधुमेह रोगीमा मृगौलाको समस्या देखापरेको छ।

स्नायु सम्बन्धी रोग र शरीरको अंग बेकम्मा हुनु : ६०-७० प्रतिशत मधुमेह रोगीमा स्नायुसम्बन्धी समस्या देखिएको छ। कसैकसैमा शरीरका अंगहरूले काम नगरेर काट्नुपर्ने अवस्था आउन सक्छ।

मुटुरोग र हृदयाघात : मधुमेहको रोगीलाई मुटुसम्बन्धी रोग र हृदयघात हुने सम्भावना बढी हुन्छ।

मधुमेहबाट बच्ने उपायहरुः

उच्च चिनिजन्य कुराहरु नखाने, तौल बढी हुन नदिने, रक्तचाप कोलस्टोरल नियन्त्रणमा राख्ने, चुरोट, रक्सी, सुर्तीजन्य कुराहरु नखाने, चिन्ता तनाब नलिने, नियमित शारीरिक काम तथा व्यायाम गर्ने।

रोकथाम

रोग लागिसकेपछि उपचार गर्नु भन्दा रोग लाग्न नै नदिनु बुद्धि मानि हो भन्ने कुरालाई ध्यान दिइ रोग लाग्ने  कारणहरुलाई न्यूनीकरण गर्दै जानु स्वस्थ्य जीवन शैली अपनाउनु नै मधुमेहबाट बच्ने मुख्य उपाय हो। यसै गरी घरमा कुनै सदस्यलाई  रोग भएमा आमाबाबुले आफ्ना केटाकेटीमा मधुमेह हुनसक्ने भएकोले समयमै केटाकेटीको रेखदेख गरी  मधुमेह सम्बन्धी जानकारी गराइ  रोगबाट बचाउन सकिन्छ। आफ्ना केटाकेटीहरूलाई नियमित व्यायाम, राम्रो खानपिन र मोटोपनबाट बचाउने उपाय सिकाउदै सुगर रोग सम्बन्धी चेतनाको विकास गराउँदै लगेमा आगामी दिनहरुमा मधुमेह जस्ता रोग बाट बच्न सकिन्छ।

सुगर रोगमा औषधीको रूपमा काम गर्ने कुराहरू

–      तीते करेलाको धूलो बिभिन्न किसिमले सेवन गर्न सकिन्छ

–      मेथी

–      दालचिनी

–      १ गिलास पानीमा ५ मिनेट उमालेर बिहान खाली पेटमा पिउने। तुलसी पत्ता,  आँपको पत्ता १ गिलास पानीमा ५ मिनेट उमालेर खाली पेटमा पिउने।  पानी धेरै पिउने।

सुगर हुनुभन्दा अगाडि वा पछाडि पनि धेरै खान नहुने कुराहरू

सेता चामल,  बढी फलफूल, मह, रक्सीजन्य पदार्थहरु बढी मात्रामा न पिउने।

उपचारः

रोग लागिसकेपछि समयमा उपचार गर्नु र स्वस्थ भई जीउनु पनि उत्तम उपाय हो। अब चिन्ता पीर मानेर बस्नु,बुद्धिमानी हुदैन, हाम्रो समाज रोग लागिसकेपछि बढी चिन्तित भएको पाइन्छ। अब रोग लागिसकेपछि उत्कृष्ट व्यवस्थापनमा ढीला नगरी लाग्नु पर्छ। कतिपय अबस्थामा उपचार पछि मान्छे स्वस्थ्य सम्बन्धमा मा पूर्ण सचेत भएको  पाइन्छ।यस ले गर्दा अन्य रोगलाग्न पनि पाउदैन। सम्बन्धित चिकित्सकको सल्लाह अनुसार औषधी खान ढीला गर्नु पनि हुदैन भने आफुखुसी कहिले औषधी खाने र कहिले छाड्ने पनि गर्नु हुदैन।सवे सन्तु निरामया इति।

- अादर्श समाज सम्वाददाता