मदन आश्रति हत्याकाण्डको रहस्य

म्ाौसम धुम्मिएको थियो। आकाशमा काला बादलहरु म्ाडारी रहेका थिए। झमझम पानी परिरहेको थियो। यस्तो लाग्थ्यो की प्रकृति नै रोइरहेको थियो। वि.सं. २०५० साल जेष्ठ ३ गतेको साँझ ठीक त्यसबेला नेकपा एमालेका महासचिव मदन भण्डारी र जीवराज आश्रति दासढुँङ्गा जीप दुर्घटनामा परेको दुखद खबर सनसनी पूर्ण्ा भएर सर्बत्र फैलियो। तर दूर्घटनाको पुष्टि भने हुन सकिरहेको थिएन। यस्तो दुखद समाचारले मानिसहरुलाई महाभयंकर हतास र गहिरो खोचमा हुयाईदिएझैँ भएको थियो। यस्तो अनिष्ट समाचार क्षण भरमै सर्बत्र फैलियो।  सायद त्यति द्रुत रुपमा चैत वैशाखको डढेलो पनि फैलिदैन। अनि त्रिशुली उसै त ठाडो र वेगवानसित पानी बगिरहने खोला त्यसै माथि लगातारको वर्षाले खोलामा बाढीको बेग बढीरहेको थियो। अनकन्टार ठाउँ किनारमा बगर फाँट पनि नभएको हसनाले क. मदन आश्रति चढ्नु भएको जीप सिधै त्रिशुली नदीमा डुबेको कुरा समाचारमा सुने पनि अनिष्ट अनुमानले जोकोहिलाई नछुने कुरै थिएन। कसरी त्यस्तो घटना भयो होला- गाडी कसले चलाएको थियो होला जस्ता प्रश्न चिन्हहरु सबैको मन मष्तिकमा सल्वललाई रहेको थिए। त्यतिकैमा राती ८:०० बजे नेपाल टेलिभीजनले मदन आश्रीत सवार रहेको जीप नारायणघाट र मुग्लीन खण्डको बीचमा पर्ने दासढुंगामा दुर्घटना ग्रस्त भएको तथा जीप पानी भित्रै हराई रहेको र सो जीपको चालक अमर लामा रहेको तर चालक सकुशल एउटा विदेशी गाडीमा चढेर चितवन पुगेको एकदमै विष्मयकारी समाचार प्रसारण गर्‍यो। दुर्घटनाको कुरा पुष्टि भएपछि आमसमुदायको मनमा झनठूलो दुः खले प्रहार गर्‍यो।

पार्टीमहासचिव मदन भण्डारी एवम् संघठन विभाग प्रमुख जीवराज आश्रति पार्टीको एक महिने कार्य सूचि अर्न्तर्गत काठमाडाँैवाट बाहिरीएको मिति २०५० जेठ २ गते पोखरामा पार्टीजिल्ला अधिवेशन, ४ गते चितवनमा महिला कार्यकर्ता भेला, १८/१९ धनकुटा जिल्ला अधिवेशन, २१गते विराटनगरमा कार्यकर्ता भेला, २२ गते प्र.रा.यु. संघको राष्ट्रिय सम्मेलन, २३ गते सुनसरि जिल्ला अधिवेशन, २४ गते सिराहामा आम सभा र २६ गते तनहुँमा जिल्ला अधिवेशनमा  सहभागी भै संवोधन गर्ने कार्यक्रम तय भएको थियो। त्यसका लागि वाचस्पति देवकोटा साथ जीवराज आश्रति जेठ १ गते चालक अमर लामालाई लिएर पार्टीको मिन्सु वि.सि पजेरो जीप वा.अ.च. ८७८३ मा पोखरातर्फ लागेका थिए भने मदन भण्डारी २ गते विहान ११ बजे हवाई जहाजबाट पोखरा प्रस्थान गरेका थिए। विमानस्थलमा मदन भण्डारीलाई पार्टीका नेता तथा कार्यकर्ता, सांसद एवं शुभेच्छुक जनसमुदायले उनलाई न्यानो स्वागतका साथ अधिवेशन स्थल पुर्‍याएका थिए। मदन भण्डारीले भव्य समारोहका बीच कास्की जिल्ला अधिवेशनको उद्घाटन गर्नु भयो। सारगर्भित संवोधन गरेर त्यसै दिन बेलुका मदन आश्रति दुवैजना साँसंद हरि पाण्डेको घरमा वास बसे। रातभर सांसद हरि पाण्डे, मदन भण्डारी र जीवराज आश्रति बीच कुराहरु भए। भोलिपल्ट ३ गते पनि दिन भरी पोखरामै बसेर ४ गते चितवनमा हुने आयोजना हुने महिला भेलालाई संवोधन गर्न सोही विहान मात्र चितवन प्रस्थान गर्ने कार्यक्रम थियो।

तर २ गते साँझमा नै चितवनबाट मदन भण्डारीलाई ३ गते नै चितवन आईपुग्ने आग्रह कसैले फोन मार्फत गरेको कारण ३ गते नै चितवन प्रस्थान गर्ने निर्ण मा पुगे। त्यो फोन कसले गरेको थियो भन्ने कुरा हालसम्म पनि खुल्न सकेको छैन। ४ गते मात्र पोखराबाट चितवन तर्फ प्रस्थान गर्ने तयारी भयो। चालक अमर लामा भने  त्यस बेला निकै अप्रशन्न अनुहार र छटपट पूर्व व्यवहार बारे हरि पाण्डे र मदन आश्रति बीच कुरा पनि भयो। तथापी उनीहरुले लामालाई केही पनि भनेन्। हिँड्ने बेलामा जीपचालक अमर लामाले मदन आश्रति समक्ष जिपमा राखिएको सानो झन्डा निकालेर ठूलो झण्डा राख्न प्रस्ताव राख्यो। मदन आश्रतिको स्विकृतीपछि लामाले जीपमा राखिएको सानो झण्डा निकालेर ठूलो झण्डा राखे। सो गाडीमा नेता ऋषि कट्टेल पनि चढे तापनि उनी आबुखैरनीमा ओर्लिए।

नेता कट्टेलले पछि बताएकी पोखरा बजार कट्ना साथ डाइभर अमर लामाले मदन भण्डारीलाई सिट बेल्ट बाँध्न अनुरोध गरे। भण्डारीले लामाको आग्रहअनुसार बेल्ट बाँधे। लामाले मौनमै जिप हाँकी रहे। अपरान्ह ४:५५ तिर जिप आबुखैरनी पुग्यो। कट्टेल त्यहि ओर्लिए। मौसम धुम्मिएका थियो, रात पर्लापर्ला जस्तो वातावरण थियो, सिमसिम पानी परिरहेको थियो। कट्टेल आँबुखैरनी ओर्लिए पछि जिप घुइँकियो। जिपमा हंसिया हतौडा अंकित रातो कम्युनिष्ट झण्डा फहराई रहेको थियो। त्यसपछि बाटोमा के के भयो त्यो कुरा कट्टेलले केहि पनि बुझेनन्। उनि आबुखैरनी झरी सकेका थिए। दासढुंगामा जीप दुर्घटना भएको घटना मात्र उनले थाहा पाए। त्यो पनि समाचार मार्फत मदन आश्रतिको भयानक दुर्घटनाको समाचार सुनेर आहान भएका पोखरा बासी नेता तथा कार्यकर्ताहरुको आँखा सामुन्ने हिजोका दृश्यहरु झलझली नाच्न थाले।

जेठ २ गते अधिवेशन स्थल पोखरा दिपेन्द्र सभागृहमा अमर लामा रङ्गी विरङ्गी हाफपाइन्ट र स्याण्डो भेष्ट लगाएका कुइरेहरुसँग कुरा गरिरहेका थिए। कुराकानी कै क्रममा तिनीहरुलाई लामाले नक्सा दिइएको देखिएको थियो। उनले के को नक्सा दिए भन्ने कुरा अरुले पत्तो पाएनन्। त्यस पछि मदन भण्डारी विमानस्थलमा ओर्लिदा दुर्इ जना खरानी रङको सर्ट र पाइन्ट लगाएका रातो हुलियाका विदेशी देखापरेका थिए र साँझ बन्दशत्रमा पस्नको लागि पनि तिनीहरुले नै जिद्दी गरेका थिए। तिनीहरु फेन्च नागरिक भएको बुझाइएको थियो। ३ गते बिहिबार ८ बजे तिर सभागृह र सृजनाचोकको बीच भागमा पर्ने ठाउँमा अमर लामा तिनै विदेशीहरुसँग हिँड्ने र गफगाफ गरिरहेका देखिएका थिए। यसरी भोलिपल्ट जेठ ४ गते बिहान ५:५५ बजे हेटौंडाबाट र ६ बजे मस्याङ्दी जल विद्युतको क्रेन आइपुग्यो। उद्धार टोलीले दुवै के्रनको सहायताबाट बल्ल बल्ल बिहान ८ बजे दुर्घटना ग्रस्त जीपलाई पानीबाट बाहिर निकाल्यो। गाडी भित्र जीवराज आश्रति मात्र मृत अवस्थामा भेटिए तर मदन भण्डारी जीपभित्र पाइएनन् उद्धारको कार्य जारी नै रह्यो। बिहान ८ बजे नेकपा एमालेका अध्यक्ष मनोमहन अधिकारी घटनास्थलमा पुगे। त्रिशुलीको धमिलो पानीबाट बाहिर निकाल्दा उनको च्यापू क्षत्रि्रस्त थियो। खुटट्ा अघिल्लो सिटमा आई पुगेको थियो। आश्रतिको शव भेटि्नु तर मदनको शव नभेटि्नुमा पत्ता लगाउनका लागि नारायणी नदीका बगरमा खोजी गरियो। माथि हेलीकप्टरले कैयौँ फन्का मारियो तर पनि मदनको शव फेला परेन।

आखिरी मदन भण्डारीको शवलाई ४ गते नारायणी नदीको किनार गुन्जनगरको गाँजीपुर भन्ने ठाउँमा दिउँसो करिब ३ बजेतिर नदीको ठूलो भङ्गालोमा अल्झिएको अवस्थामा माछा मारिरहेका गाँजीपुरका हेमबहादुर थापा, कृष्णराज ठकुरी, श्याम थापा र टेकबहादुर ओलीले देखेछन्। उनीहरुले लासलाई लट्ठीले अली पर सारेछन्। तर त्यो लाशलाई उनीहरुले पनि चिन्न भने सकेनछन्। त्यसको केही समयपछि त्यहाँ चितवन राष्ट्रिय निकुञ्जका सेनाका एक टोली घुम्दै गर्दाको अवस्थामा सेनाका जवानहरु सूर्य बहादुर घलेले त्यो लाशलाई देखेछन्। उनीहरुले लासको पहिचान गर्न नसकेपछि काठले पल्टाएर छोडिदिएछन्। त्यो दिन पनि त्यतिकै बित्यो। कामको सिलसिलामा भोलीपल्ट  ५ गते नारायणघाट पुगेका लेखबहादुर राइले होटल राम लक्ष्मणको संचालक खेतीकुमारलाई आफूले गाँजीपुरमा एउटा लाश देखेको कुरा सुनाएपछि वरपर हल्ला फैलियो। आखिरमा त्यो वेवारीसे लाश मदन भण्डारीकै हुनुपर्छ भन्ने सबैलाई लाग्यो। खबर सुनेर गाँजीपुर छेउ नारायणी नदी किनारमा गएर हेर्दा किनारमा अल्झिएर रहेको अवस्थामा शव भेटियो। छिपछिपे पानीमा नदीको पश्चिम पट्टीको बगरतिर फकेको टाउको र पूर्वतिर रहेको अवस्थामा लाश पाइयो। त्यो शव मदन भण्डारीकै थियो। चिन्नै नसक्ने गरि अनुहार कालो भएको शव त्यहाँबाट निकालेर भरतपुर अस्पतालमा लगेर प्राथमिक परीक्षण गरियो। जीवराज आश्रतिको लाशलाई ४ गते नै हेलिकप्टरबाट काठमाण्डौँ ल्याई दशरथ रंगशालामा राखिएको थियो।

यता मदन भण्डारीको दुइपटकसम्म शव परीक्षण गरियो। पुनः शव परीक्षणको निम्ति गठन भएको वोर्डका डा.सुधाशु शर्मा, डा. विजयलाल श्रेष्ठ, डा.धनमान वज्राचार्य, डा.प्रमोद श्रेष्ठ, डा.सरला मल्ल, डा. हरिहर वस्त्री, डा. रामप्रसाद उप्रेती आदिले रौतहटको प्रयोगशालाको मिसलहरुको जाँच, घटनास्थल तथा गाडी र शवको अध्ययन समेत आफ्नो राय दियो।  जसअनुसार भण्डारीका शरीरमा भएका निलडाम, चोटहरु टाउको भित्र गिदीमा रगतको नशा फुटेर रगत जमेको, पेटमा माथिल्लो भागमा निलडाम समेतका चोटहरुको संयुक्त प्रभावबाट मृत्यु देखियो भन्ने वोर्डको राय थियो। आश्रतिको सम्बन्धमा घाँटीको हड््डी छिनेको, करङ् भाँचिएको समेतको कारण देखियो। पुःन शव परीक्षण गर्ने वोर्डले विभिन्न केमीकल अल्कोहल जस्ता विषादीको जाँच मात्र देशमा हुन नसक्ने भएकाले विदेशमा परीक्षण गराउन सिफरीस गर्‍यो।

दुर्घटनाको २ दिन पछि भण्डारीको शव भरतपुरको हेलीप्याडमा अपरान्ह २:३० सम्म राखियो। त्यसपछि शवलाई हेलीकप्टरद्वारा काठमाडौँ ल्याई दशरथ रंगशालामा जीवराज आश्रतिको शवसँगै सार्वजनिक श्रद्धाञ्जलीका निम्ति राखियो। यसरी दास ढुङ्गा जीप दुर्घटना स्वभाविक मोटर वा सडक दुर्घटना थियो कि – षडयन्त्रमूलक राजनीतिक हत्या – मदन भण्डारीको हत्या, अपहरण वा विष प्रयोगबाट – अघिल्लो रात दासढुङगामा दुर्घटित व्यक्तिको लाश भोलीपल्ट दिउँसो गुन्जननगर कसरी पुग्न सक्छ – बन्द ढोकाबाट उनको शव कसरी बाहिर आयो – भिरमा उनको भिजिटिङ कार्ड कसरी छरियो – पेटी लगाएको पाइन्ट कसरी गायब हुनपुग्यो – आखिर पानी खाएर मात्र दुवै नेताको निधन नभएको कुरा शव परीक्षणबाट थाहा लाग्यो। यस दुर्घटनाको यथार्थ के हो – सबैको मनमा प्रश्न नाच्न थाले अरु दुर्इवटा प्रश्न पनि छन् – ड्राईभरको कुरा फेराइएको अर्थ के हो – उसलाई अपराध वोध वा ग्लानी नहुनुको रहस्य के हो – यद्यपी अन्यौल र रहस्य कायमै छ। अन्ततः सो काण्डको एक मात्र जीवित साँक्षी अमर लामा पनि मारिए, प्रमाण साँचिनै नष्ट भयो।

घटना स्थल नजिक सडकमा भुसको थुप्रो हुनु, जीप खस्दा लामा बाहिर हुनु, जीप पानीमा डुबी सकेपछि आफु दुगुदै गएर पानीमा चोबलीएर बाहिर निस्कनु, पटक पटक बयान फेर्नु, आदि कुराले स्पष्ट हुन्छ कि यो हत्याकाण्डमा ड्राइभर लामाकै हात छ। उनलाई कसैले किनेको थियो तर ऊ बिकेको थियो। तर सरकारद्वारा गठित अनिल आयोगले लामालाई चोख्यायो र ओली एवं तुलाधर आयोगको प्रतिवेदन र सुझावको पनि केही अर्थ भएन। दासढँुङ्गा जीप दुर्घटना भएको आज २४ वर्ष भैसक्यो तथापी घटना रहस्यको गर्भ नै रहेको छ। भनिन्छ एकदिन त अपराधीको घैंटो फुटेर छाड्छ। आशा गरौँ समयले मदन आश्रतिको हत्याको रहस्य अवश्य पर्दाफास गर्नेछ।

- धर्मराज लामिछाने