भूकम्प, असर र बँच्ने उपायहरू

वि.सं. १९९० माघ २ गते सोमबारको दिन थियो। दिउँसो करिब सवा दुर्इ बजेतिर चारैतिर एकनासको ठूलो स्वर गुञ्जन थाल्यो। आकाशमा धूलो उडेर बादलले ढाक्यो र मध्यदिनमै रात परेजस्तो देखियो। मानिसहरू आतड्ढति भई दौडधूप गर्न थाले। घर, भवन, मन्दिर र अन्य संरचनाहरू धमाधम ढल्न थाले।

यो नेपालको इतिहासको पछिल्लो सबैभन्दा त्रासदीपूर्ण भूकम्पको घटना थियो। लगभग पाँच मिनेटसम्म नेपाल र उत्तरी भारतका भू-भागहरूलाई हल्लाएको यो भूकम्प ७.५ रेक्टर स्केलमापन गरिएको थियो। जसले नेपालभरका १६,८७५ मानिसहरूको ज्यान लियो।

के हो भूकम्प –

भू अर्थात् पृथ्वी कम्पन हुनु या हल्लिनु नै भूकम्प हो। हाम्रो पृथ्वीको आन्तरिक भागमा :बलतभि भन्ने तह छ जुन पग्लिएको अवस्थामा छ। विभिन्न प्रक्रियाहरूमा त्यहाँ उत्पन्न हुने हलचलले भूकम्पको सिर्जना गर्दछ। भित्री भाग जहाँ भूकम्प उत्पत्ति हुन्छ, त्यसलाई ज्थउयअभलतचभ भनिन्छ र त्यसको ठीक माथि पृथ्वीको सतहमा जहाँबाट भूकम्प प्रसार हुन्छ, त्यसलाई भनिन्छ। भूकम्प पोखरीको छालसरह प्रसारित हुन्छ यसको शक्तिलाई रेक्टर स्केलमा नापिन्छ। दायाँ-बायाँ हल्लिने र तलमाथि हल्लिने गरी भूकम्प दुर्इ प्रकारका हुन्छन्।

भूकम्प जाने कारणहरू

पृथ्वीको बीचको तह :बलतभि माथि विभिन्न उबितभ हरू तैरिएर रहेका हुन्छन्। जसलाई त्भअतयलष्अ एबितभ भनिन्छ। यिनै त्भअतयलष्अ एबितभ हरू चलायमान हुँदा कहिलेकाहीँ आउने गडबडीले सामान्यतया भूकम्प सिर्जना गर्दछ। पृथ्वीभित्र रहेको : भन्ने तातो लेदो वस्तु जबर्जस्ती बाहिर आउन खोज्दा हुने ज्वालामुखी विस्फोटले पनि पृथ्वीलाई कम्पन गराउँदछ। यिनै दुर्इ कारणहरू भूकम्प जाने प्रमुख कारण हुन्। सागर, महासागरहरूमा आउने छालहरूले जोडसँग हल्लाउँदा पनि भूकम्प जाने गर्दछ। कहिलेकाहीँ ठूला ठूला रुख र चट्टानहरू माथिबाट खस्दा पनि भूकम्पको महसुस हुन्छ। विज्ञानको विकाससँगै विभिन्न निर्माण प्रक्रियामा गरिने बम विस्फोटन र आणविक परीक्षण ताका हुने विस्फोटनहरूले पनि भूकम्प जान सक्छ।

भूकम्प जाने क्षेत्रहरू

पृथ्वीमा खासगरी हाम्रो हिमालय, यूरोपको आल्पस, उत्तर र दक्षिण अमेरिकाका रकी र एण्डिज पर्वत शृङ्खलाहरू र प्रशान्त महासागरका तटीय क्षेत्रहरू भूकम्प गइरहने प्रमुख क्षेत्रहरू हुन्। संसारको गहिरो प्रशान्त महासागरको तटीय क्षेत्र पानीले काटेर कमजोर धरातल भएको ठाउँ हो, जहाँ : को गतिविधि बढी सक्रिय र ज्वालामुखीको प्रवल सम्भावना रहन्छ। त्यसैगरी हिमालय, आल्पस, रक्की र एण्डिज पर्वत शृङ्खलाहरू त्भअतयलष्अ एबितभ हरूको ‘बगति बाट बनेका क्षेत्रहरू हुन्,  त्यहाँ पनि भूकम्पको सम्भावना रहन्छ।

भूकम्पका असरहरू

भूकम्प एक प्राकृतिक प्रक्रिया हो। यसको कम्पनले मानव निर्मित संरचनाहरू हल्लाउने, भत्काउने र ध्वस्त बनाउने गर्दछ। यी ढलेका संरचनाहरूमा थिचिएर वा किचिएर मानिसहरू र अन्य प्राणीहरू मर्ने र घाइते हुने हुन्छन्। जति बाक्लो बस्ती र मानवीय क्रियाकलापहरू भयो उति नै बढी धनजनको क्षति हुने सम्भावना रहन्छ। संरचनाहरू भत्किँदा बिजुली सर्ट भई आगलागी भएर पनि क्षति हुन्छ भने अकोर्तिर बिजुली, पानी, टेलिफोन, रेडियो, टेलिभिजन आदिको कटौतीले जनजीवनलाई थप कष्टकर र भयावह बनाउँछ। हस्पिटल, पसललगायतका अत्यावश्यक वस्तुका ठाउँहरूको नोक्सानीले मानिसहरूलाई थप पीडित बनाउन सक्छ। भूकम्पपछि फैलिने रोग र महामारी पनि पीडाको अर्को कारण बन्न सक्दछ। हाम्रोजस्तो अव्यवस्थित र बाक्लो बस्ती भएको ठाउँमा क्षतिको सम्भावना अझ बढी हुन्छ।

भूकम्पबाट बच्ने उपायहरू

भूकम्प आफैँले मानिसहरू मार्ने वा घाइते बनाउने होइन। बरु मानिसले बनाएका संरचनाहरू भत्किएर र भूकम्पको कारण मानिसहरू आत्तिएर क्षति थपिने गर्दछ। यो एक प्राकृतिक वस्तु भएकाले यसको पूर्वानुमान गर्न सकिँदैन। तसर्थ अग्रिम सावधानीहरू अपनाएर भूकम्पको क्षति न्यून गर्न सकिन्छ।

घर बनाउँदा भूकम्प प्रतिरोधी बनाउनुपर्दछ।

भूकम्प गइसकेपछि आत्तिएर जथाभावी दौडने र भाग्ने गर्नुहुँदैन।

टेबुलमुनि सुरक्षित रहने प्रयास गर्नुपर्दछ।

भूकम्पको धक्का पूर्णरुपले थामिएपछि बल्ल घर बाहिर निस्कनुपर्छ।

गह्रौं चिजहरूलाई अग्लो ठाउँमा राख्नुहुँदैन।

भूकम्प रोकिइसकेपछि पनि पुनः भूकम्प जान सक्ने सम्भावनालाई ख्याल गर्नुपर्छ।

दैनिक अत्यावश्यक सामग्रीहरू रहेको ‘झटपट झोला’ तयारी अवस्थामा राख्नुपर्छ।

सहयोगका लागी सरकारी तथा गैर सरकारी सङ्घसंस्थाहरूलाई खबर गर्नुपर्दछ।

- स्ट्रगल राना