बालबालिकाको स्वास्थ्य संरक्षणका लागि विद्यालय नस

विश्व इतिहासमा नर्सिङ सेवाको शुरुवात इटलीमा जन्मिएकी फ्लोरेन्स नाइटिङ्गेलबाट भएको पाइन्छ। उनले सन् १८५३ मा बेलायत र रुसको लर्डाईमा र्घाईते भएका सिपाहीहरुको सेवामा संलग्न भई रोग र स्वास्थ्य समस्या समाधानका लागि नर्सिङ सेवाको महत्वपूर्ण भूमिका हुन्छ भन्ने बारे प्रष्ट पारेकी थिइन्। जुन सेवा आज विश्वभर स्वास्थ्य क्षेत्रमा अति महत्वपूर्ण रुपमा स्थापित भएको छ। स्वास्थ्य सेवा प्रदान गर्न र स्वास्थ्य सन्देश प्रवाह गर्ने प्रमुख स्थान नसले प्राप्त गरेका छन भन्न सकिन्छ।

नेपालमा नर्सिङको इतिहास हेर्दा सन् १९८५ मा तात्कालीन प्रधानमन्त्री चन्द्र शम्शेरले प्रसूति सेवा प्रदान गर्ने उद्देश्यले चार जना महिलाहरुलाई भारतमा नर्सिङ विषय अध्ययनका लागि पर्ठाईएको थियो। त्यस पछि २००९ सालमा उमादेवी दास र रुक्मिणीचरण वैद्यलाई नर्सिङको ४ वर्षे कार्यक्रममा पठाइएको र उहाँहरु नर्सिङको अध्ययन पूरागरी नेपाल फर्किएपछि २०१३ सालमा पहिलो नर्सिङ स्कूलको स्थापना भयो।

त्यसपछि आवश्यकता अनुसार स्टाफ नस, अनमीका कक्षाहरु संचालन रहे। त्रिभुवन विश्वविद्यालय अन्तरगत नर्सिङमा स्नातक २०३३ सालमा र स्नातकोत्तर तह २०५२ सालबाट संचालनमा आएका छन्। हाल नेपालमा नर्सिङका अ.न.मी., स्टाफ नस, व्याचलर अफ नस विएस्सी नर्सिङ, नर्सिङमा स्नातकोत्तर र पि.एच.डी. तथा निजी शिक्षण संस्थाहरुले वाषिर्क रुपमा विभिन्न तहका नसहरु उत्पादन गरिरहेका छन्।

प्राविधिक विषय, व्यवहारिक ज्ञान प्राप्त गर्न सकिने, अमेरिका, वेलायत अष्ट्रेलिया, क्यानडा जस्ता विकसित देशहरुमा पनि पेशागत सम्भावना भएकोले यस विषयप्रतिको आकर्षण बढ्दो छ। तापनि व्यवहारिक रुपमा उचित किसिमले हुन नसक्दा कतिपय नसहरुले सीप विकास गरी महङगो शुल्क तिरी अध्ययन पूरा गरेर बसेतापनि पेशागत रोजगारी र सन्तुष्टि प्राप्त गर्न नसकेको अवस्था छ।

कतिपय निजी स्वास्थ्य संस्थामा ज्यादै न्यून पारिश्रमिक दिएर काम लगाइएको अवस्थामा छन् भने कतिपय सरकारी वा निजी अस्पतालहरुमा त चौवीसै घण्टा ड्युटीमा खट्नुपर्ने नसहरु लगभग भोलेन्टीएरको रुपमा कार्यरत छन्। यो ज्यादै दुःख लाग्दो पक्ष हो। यसरी प्राविधिक दक्षता प्राप्त गरेका नसहरुको कार्यक्षेत्र अस्पताल, क्लिनक निजी स्वास्थ्य संस्थामा मात्रै सीमित नगरी कार्यक्षेत्रको दायरा फराकिलो बनाउँदै लैजानु आजको आवश्यकता हो।

देशमा उत्पादन गरिएका जनशक्तिलाई यहीँ नै परिचालित गर्न सकिएमा मात्र देशको विकास गर्न सकिन्छ। देशको विकासका लागि स्वस्थ जनशक्तिको आवश्यकता पर्दछ। स्वस्थ रहनका लागि चोक चोकमा अस्पताल खडा गरेर मात्र हुँदैन यसको लागि स्वास्थ्य सम्बन्धी ज्ञान धारणा र सीपको विकास सानै उमेरबाट गरिनुपर्दछ। स्वास्थ्यको आधारभूत ज्ञान दिने ठाउँ विद्यालय हो भने ती ज्ञानधारणा दिने र स्वास्थ्यको रेखदेख, हेरविचार गर्ने व्यक्ति नसले सानो उमेरबाटै स्वास्थ्य सम्बन्धी निगरानी राख्न समस्या पत्ता लगाउन, नसको वेरोजगारी समस्या समाधान गर्न तथा रोग लाग्नै नदिने वातावरण सृजना गर्न प्रत्येक विद्यालयमा विद्यालय नसको आवश्यकता छ।

अमेरिकामा धेरै विद्यार्थीहरु मानसिक शारीरिक र संवेगात्मक समस्यामा छन् भनी विद्यालय नसले रिपोर्ट दिएपछि त्यहाँको सरकारले बालबालिकाहरुलाई विषेश व्यवस्था गरेका कुराहरु आइरहेका छन्। त्यसैले बालबालिकाहरुको स्वास्थ्य संरक्षण, सर्म्बर्द्धन र विकासका लागि विद्यालयमा नसको अनिवार्य व्यवस्था गरिनुपर्दछ।

विद्यालय नसको आवश्यकता किन ?

विद्यालयमा सानो उमेरदेखि यौवनावस्था, किशोरावस्थाका बालबालिकाहरु हुन्छन् र जीवनको लामो समय विद्यालय भित्र नै बिताउँछन्। यी बालबालिकाहरु विभिन्न समुदायबाट आएका हुन्छन्। यिनीहरुको शारीरिक मानसिक विकास, पोषण, चेतना, संवेगात्मक अवस्था फरक फरक हुन्छन्। ती कुराहरुले स्वास्थ्यमा प्रत्यक्ष असर पुर्‍याएका हुन्छन्। अध्ययनको लागि असल स्वास्थ्यको आवश्यकता पर्दछ। असल स्वास्थ्यको लागि स्वास्थ्य परीक्षण, स्वास्थ्य शिक्षण, स्वस्थपूर्ण विद्यालय बसाइ र समुदाय, विद्यालय, विद्यालय परिवार र बालबालिकाहरु बीचमा असल सम्बन्ध स्थापित हुनु पर्दछ। यी सबै कार्यक्रमहरुको संयोजन गर्ने कार्य एउटा विद्यालय नसले सजिलै गर्न सक्ने भएकोले विद्यालयमा नसको अत्यन्त आवश्यकता छ।

हाम्रा विद्यालयहरुमा प्राथमिक उपचारको व्यवस्थासम्म छैन भन्दा पनि हुन्छ। अधिकांश विद्यालयमा भएका प्राथमिक उपचार बाकस कार्यालयको एउटा कुनामा मिल्कीइरहेको पाइन्छ। सामग्री भएका विद्यालयमा पनि प्राथमिक उपचार पाइँदैन। शारीरिक संवेगात्मक वृद्धि विकास तीव्रगतिमा हुने उमेरका बालबालिकाहरु विद्यालय तहमा हुन्छन्। मानसिक कमजोरीका कारण मासहिस्टेरीया, ड्रि्रेशन जस्ता समस्याहरु विद्यालय तहबाट नै देखिन थालेका छन्।

उचित स्वास्थ्य शिक्षाको अभावमा कुलतमा फँस्ने, प्रजनन् स्वास्थ्य समस्या र विकृतिहरु देखिने, व्यक्तिगत सरसफाइ आदिबारे जानकारी नहुँदा जटिल समस्याहरु पनि देखा परेका छन्। स्वास्थ्य जस्तो संवेदनशील विषयमा विद्यार्थीको जिज्ञासा उचित किसिमले मेटाइदिने व्यक्ति विद्यालयमा पाइँदैन। त्यैले विद्यालय नसको व्यवस्था भएमा उचित किसिमले स्वास्थ्य शिक्षा प्रदान गर्ने, असल स्वास्थ्य आचरण र सीपको विकास गर्न व्यवहारिक ज्ञान प्रदान गर्न सकिन्छ।

विद्यालय स्वास्थ्य सेवाका कार्यक्रमहरु संचालन गर्ने, बालबालिकाहरुको विकासात्मक गति बारे जानरकाी लिन उचाइ नाप्ने, तौल लिने, दृष्टि, श्रवण शक्ति परीक्षण गर्ने स्वास्थ्य जाँच गर्ने स्वास्थ्य समस्या भएका छात्र छात्रालाई रिफर गर्ने अभिभावक विद्यार्थीलाई काउन्सेलिङ गर्ने, अभिभावक विद्यालय प्रशासन, विद्यार्थी बीच पुलको कार्य गर्ने भएकोले पनि विद्यालय नसको विशेष महत्व छ।

स्वास्थ्य सम्बन्धी सचेतना प्रदान गर्ने अहिलेको बढ्दो वातावरणीय प्रदूषणलाई नियन्त्रण गर्ने बालबालिकाहरुको स्वास्थ्य सर्वेक्षण, अनुसन्धान गरी स्वास्थ्य समस्या पत्ता लगाउने र राष्ट्रिय शिक्षा र स्वास्थ्य नीतिमा परिवर्तन परिमार्जनको लागि सूचना प्रवाह गर्ने व्यक्ति हो विद्यालय नस। महामारीको रुपमा फैलने रोग नियन्त्रण गर्ने र छात्र छात्राहरु मार्फत स्वास्थ्य समाज निर्माणमा सहजकर्ताको भूमिका निर्वाह गर्ने व्यक्ति विद्यालय नस नै हो।

त्यसैले भविष्यका कर्णकार बालबालिकाहरुको स्वास्थ्य संरक्षण सर्ंवर्द्धन र विकास गर्न स्वास्थ्य समस्याहरुलाई समयमानै निराकरण गर्न वातावरणीय स्वच्छता प्राप्त गर्न, बालबालिकाहरुमा स्वास्थ्य सम्बन्धी सकारात्मक परिवर्तन ल्याउन, एवम् विद्यालयमा एक नसको व्यवस्था अनिवार्य रुपमा गरिनुपर्दछ। यसप्रति सम्बन्धित स्वास्थ्य निकाय, नर्सिङ काउन्सील स्थानीय र प्रादेशिक सरकार शिक्षासँग सम्बन्धित सबैको समयमा नै ध्यान जानु आवश्यक छ।

- इन्दिरा पन्त