बाबुआमालाई दिएरमात्र छोराछोरीलाई सम्पत्ति

अदालतमा अंशियाराले मुलुकी ऐन अंशबण्डाको १,२,१०,२०,२१,२२ र २३ नं.अनुसार यतिबण्डा अंश पाउँ भनी मुद्दा दिन्छ । अदालतले प्रतिवादी नफिर्‍याए पनि तारेख छोडे पनि नातामा विवाद नभएको, मालपोत कार्यालयबाट बण्डापत्र पास गरी नलिएको, अंश बुझेको भरपाई नगरेको भए वादी दावी बमोजिम अंश दिने र्ठहर्छ भनी अदालतले फैसला गर्छ । वादीले आफ्ना वृद्ध माता पितालाई औषधोपचार नगरेको, खानपीन, आहारव्यवहार, हेरविचार नगरेको, वृद्ध बाबुआमाप्रति सेवा नगरेको वृद्ध बाबुआमालाई हेरविचार नगरेकोलाई छोराले बाबुआमाप्रति गर्नुपर्ने सेवा नगरेको, छोराछोरीलाई बाबुआमाले अंश दिन कर नलाग्ने भनी अदालतले अझैसम्म बोल्न सकेको छैन ।

यो कानूनी ठूलो त्रुटी हो । फैसला गर्ने न्यायाधीशले कानूनमात्र नहेरी अदालतमा अंश मुद्दा दिँदैमा अदालतले बाबुआमालाई खान लाउन नदिएको हेरविचार नगरी वृद्ध आश्रममा पठाएको, असहाय भई ती वृद्धबाबुआमा वृद्ध आश्रममा बसी बेवारिसे भएमा छोराछेारीले लिएको अंश पुनः बाबुआमालाई फिर्ता गरी ती बाबुआमाको औषधोपचार लालनपालन र मृत्यु संस्कारमा छोराछोरीले खर्च गर्नुपर्ने बाध्यता राख्नुपर्छ । अन्यथा बाबुआमाबाट लिएको पैत्रिक सम्पत्ति अंश पनि स्वतः बाबुआमामा फर्काउने गरी कानून निर्माण गरिनुपर्छ ।

बृद्ध बाबुआमाको केही पैत्रिक सम्पत्ति नभए पनि छोराछोरीले कामकागज गरी कमाएको सम्पत्ति पनि बाबुआमालाई दिनुपर्ने पाल्नुपर्ने कानून मै व्यवस्था हुनुपर्छ । वृद्ध अशक्त बाबुआमा छन् भने छोराछोरीले स्वदेश विदेशमा कमाएको सम्पत्ति आधा जति वृद्ध रोगी असहाय बाबुआमाले पाउनुपर्ने व्यवस्था हुनुपर्ने अनिमात्र वृद्ध बाबुआमाले अन्तिम अवस्था वृद्धकालमा दुःख पाउने छैनन् ।  जन्मेपछि बालक युवा रोगी बृद्ध भई सबै मर्नु पर्छ । जन्मेपछि अवश्य सबै मर्नुपर्छ । आफू पनि सधैँ युवा रहँदैनन्  । त्यसैले बृद्ध असहाय अनाथहरुको सेवा गरौं ।

बाबुआमाबाट पैतृक सम्पत्तिको अंश लिने हो भने आफूले कमाएको सम्पत्ति पनि छोराबाट अदालतले तायदाती फाँटबारी लिई बाचुञ्जेल आमाबाबुलाई पुग्ने गरी आफ्नो कमाइको सम्पत्ति दिनुपर्छ । नत्र पैत्रिक समपत्तिमा बाबुआमासँग अंश माग्नै पर्दैन । छोराछोरी सानो हुँदा बाबुआमाले गाउँमा कामकागज गरी निवेदन गरी ल्याई आफूले खाई नखाई छोराछोरीलाई खुवाई औषधी कपडा, स्कूल फि, डे्रस सबै बाबुआमाले हेरेका हुन् ।

छोराछोरीलाई शिक्षा दीक्षा दिन घर घडेरी धितो राखी अष्टे्रलिया, अमेरिका, बेलायत, चीन, भारत, कोरिया लगायत देशमा डाक्टर पढ्ने राम्रा कलेज खोजी डाक्टर इञ्जिनियर पढाएका थिए । राम्रा कलेजमा छोराछोरीलाई पढाउँदा काढेको ऋण अझै तिर्न सकेको छैन । छोरो भने बेलायत अमेरिकाबाट डाक्टर इञ्जिनियर पढी घरमा आएर विवाह गरी अर्काको छोरी विवाह गरेपछि बाबुआमासँग अंश लिई छुट्टै बसी आफ्ना छोराछोरी आफ्ना परिवारसँग अलग बसी बाबुआमालाई वास्तै नगरी आफू पढ्दा बाबुले काढेको ऋणसम्म नतिर्ने र वृद्ध बाबुआमालाई वृद्धाश्रममा लगि छाड्ने खाने लाउने कुनै व्यवस्था नगर्ने, यस्तो दूषित प्रवृत्ति नेपाली समाजमा फैलिएकोक छ ।

यस्तो सामाजिक दूषित प्रवृत्ति समाजबाट जरैदेखि उखेलेर फाल्नुपर्छ । आफूले कमाएको भने केही पनि दिन नपर्ने बाबुआमाबाट भने मु.ऐन अ.बं. १,२,१०,२०,२२,२३ नं. बमोजिम तायदाती फाँटबारी मागी अदालतले अंश दिलाई दिने । तायदाती फाँटबारी पेस गर्दा ऐ. अंश बण्डाको २७ नं. बमोजिम तायदाती फाँटबारीमा नदेखाई लुकाई दबाए छिपाए त्यो लुकाएको दबाई छिपाइराखेको सम्पत्ति प्रतिवादीले एकलौटी खान पाउने मुलुकी ऐन अंशबण्डाको महलमा व्यवस्था छ ।

प्रतिवादी बाबुआमाले भने भएको सम्पत्ति जस्ताको जस्तै देखाइ अंश दिनुपर्ने छोराछोरीले भने स्वदेश विदेशमा कमाएको संपत्ति बाबुआमालाई नदेखाई आफैले र आफ्ना परिवारले मात्र खान पाउने यो प्रक्रिया कानूनी त्रुटी भएको हो  । अदालतको मात्र नभै बृद्ध बाबुआमालाई आफूले कमाएको सम्पत्ति पनि दिने वृद्धकालमा औषधोपचार छोराले गनैपर्छ । छोराले बृद्ध बाबु आमालाई पैत्रिक सम्पत्ति नभए पनि अदालतबाट जे जस्तो आदेश भए पनि आफूले अमेरिका बेलायत कोरिया अष्टे्रलिया जहाँबाट कमाए पनि बाबुआमालाई बृद्धकालमा औषधोपचार खान लाउन हेरविचार छोरा छोरीले गर्नुपर्छ । छोराछोरीले बाबुआमाको सेवा टहल गर्नु परम कर्त्तव्य हो । धर्मशास्त्र अनुसार पनि पितृदेवो भव : बाबुलाई देवमा जस्तो मान मातृदेवो भवः आमालाई देवता जस्तो मान वेदनमा लेखिएको छ । धर्मशास्त्र अनुसार पनि मातापितालाई देवता मानी सेवा गर्नुपर्छ पुज्नुपर्छ । वृद्ध बाबुआमाालई वृद्ध आश्रममा पठाइ असहाय भै वृद्धाश्रममा बसी मागि खाने होइन, खानपीन औषधोपचार नगरी हेला गर्दा समाज देवताले श्राप दिन्छन् । भोलि आफ्ना छोराछोरी पनि आफूलाई वृद्धाश्रममा लगी छाड्ने छन् । हामीले हाम्रा वृद्ध मातापितालाई सेवा टहल गरौ वृद्ध मातापिताबाट सेवाबाट खुशी बनाई आशीर्वाद मागौ अनिमात्र हाम्रा भावी पुस्ताले पनि हाम्रो वृद्धकालमा हाम्रो हेरविचार सेवा टहल गर्नेछन् । धर्मशास्त्र अनुसार पनि वृद्धवृद्धालाई औषधोपचार गरी वृद्धाश्रममा नपाई हाम्रा वृद्ध पितामाको सेवा गरौं ।

छोराछेारीले बाबुआमाबाट पैतृक सम्पत्तिबाट आफ्नो अंश लिँदा आफूले स्वदेश विदेशमा कमाएको सम्पत्ति बृद्ध बाबुआमालाई दिएमा मात्र अदालतबाट वादी दावा बमोजिम अंश दिलाई दिनुपर्छ । छोराछोरीले आफूले कमाएको सम्पत्ति बाबुआमालाई नदिई आफ्नै स्वास्नी छोराछोरीलाई मात्र हेरविचार गर्नेलाई अदालतबाट अंश नपाउने गरी फैसला होस् अनिमात्र वृद्धवृद्धामाथि न्याय हुनेछ । कानूनी इन्साफ हुनेछ । समाजले सबै वर्गले न्याय पाउने छ । त्यसपछि वृद्धवृद्धाको आदर सत्कार हुनेछ ।

- गजेन्द्रबहादुर पाँडे