प्लास्टि निषेध शहर

प्लास्टिका कानेझोला र गिलास निषेधका लागि पोखरामा ठूलै कसरत भयो। अन्ततः एक वर्ष अघि अर्थात् गत २०७३ कार्तिक २४ गते सभाको आयोजना गरेर प्लास्टि मुक्त पोखरा घोषणा गरियो। संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव केदारबहादुर अधिकारीको आतिथ्यमा तत्कालीन पोखरा उपमहानगरपालिकाले सभा विसर्जन गर्‍यो। त्यस घोषणा सभामा सरकारी कार्यालयका केही पदाधिकारी, नेपाल पत्रकार महासंघ, उद्योग वाणिज्य संघ, टोल विकास संस्था नगर विकास समन्वय समिति, नागरिक समाज थिए। सबैको एउटै स्वर थियो, वातावरण संरक्षणका लागि प्लास्टि (कानेझोला र गिलास) मुक्त पोखरा।

भोलिपल्टैदेखि प्लास्टि प्रयोगकर्ता र बिक्रेता बीच धेरै थरीथरीका कुरा बाहिर आउन थाले। त्यसपछि विभिन्न प्रतिक्रिया सुनिए। एकाथरी भने, जनतालाई सास्ती। अर्काथरी भने, भूमि प्रदूषणको समाधान। पोलिथिन झोलामा बानी परेकाहरुलाई असहज भइ रहेको थियो भने वातावरणीय हिसाबले केही राहत मिलेको थियो। केही बुज्रुकहरुले अर्थ लगाए, पातालो खालको प्लास्टिलाई मात्र निषेध हो। नगरपालिकाले समेत केही तदारुकता देखायो। फाट्टफुट्ट अनुगमन गर्ने, बजारका हल्ला बुझ्ने आदि हुँदै गरे। सम्पूर्ण खालका प्लास्टि निषेध कि केही थरीका मात्रै भन्ने कुरामा अन्यौलता हट्न सकेको थिएन। कसैले सबै खालका हो भन्थे भने। कसैले पाताला खालका मात्र हो भने।

पछि बुझ्दा थाह भयो, ४० माइक्रोन भन्दा कम मोटाइका प्लास्टि प्रयोगमा पूर्ण बन्देज गरिएको रहेछ जुन सजिलैसित च्यातिन्छन्। नगरपालिकाका केही कर्मचारीसित जानकारी लिंन जाँदा ४० माइक्रोन भनेको यही हो भन्न नसके पनि केही चिनी, दाल पोका पार्ने सामान्य पोलिथिन रे भन्ने बुझियो।

बजारमा प्लास्टिका कानेझोला गर्ने क्रम जारी थियो। बजारियाले सामान पोको पारेर दिन हिच्किचाउने र उपभोक्ताले पनि लिएर हिडन आइँकाइँ गर्ने अवस्था सुरुवात भइसकेको थियो। अझ भाटभटेनी सुपर मार्केटले पूर्णतः झोला बन्द गर्‍यो र ग्राहकलाई तीस रुपैंयाको कपडा झोलाको सुरुवात गर्‍यो। तर सबैले नियम पालाना गरेनन्। समय बित्दै जाँदा पछिपछि थन्काएर बसेका प्लास्टि पनि क्रमशः निस्किए। आजभोलि हाकाहाकी महानगरपालिकाले निषेध गरेका प्लास्टि बजारमा छ्याप्छ्याप्ती छन्। त्यतिखेरै प्लास्टि नियन्त्रणका लागि लाखौं बजेट छुट्याइएको थियो। अहिलेको बजेटमा पनि निरन्तरता छँदैछ।

अब पोखरामा काने झोला प्लास्टि प्रतिबन्ध हुन नसक्नुको अर्थ के छ –  महानगरपालिकाको फितलो कार्यान्वयन वा प्रक्रिया नपुर्‍याइ लागू गरिएको। त्यसो त पोखरामा प्लास्टिका बारेमा चियोचचो २०६७ साल अघि देखि नै भएको हो। व्यापक छलफलपछि नगरपालिकाले कालो प्लास्टि प्रतिवन्ध लगाउने घोषणा गर्‍यो। निकै चुनौती त्यस बेला पनि थिए तर कालो प्लास्टि प्रतिबन्धको प्रयोग पूर्णतः सफल भयो। त्यसैको परिणाम स्वरुप हुनसक्छ, तत्कालीन पोखरा उपमहानगरपालिकाले आ.व.वर्ष २०७१/०७२ को फागुन १ गतेदेखि नै प्लास्टिका झोला मुक्त क्षेत्र घोषणा गर्ने कार्यक्रम अघि बढाउने प्रतिबद्धता व्यक्त थियो। तर केही कारणवशः यो आठ महिनापछि घोषणा गरिएको थियो। यस अनुसार पोखरा नगर क्षेत्रमा प्लास्टिका झोला र गिलासको आयात, बिक्री, वितरण, भण्डारण तथा प्रयोग गर्न पाइन्न। प्लास्टिजन्य झोला तथा गिलासले वातावरण र स्वास्थ्यमा प्रतिकूल असरलाई ध्यानमा राखी यो निर्णय लिइएको थियो।

विश्वमा किराना पसलबाट प्लास्टिजन्य वस्तुहरु निषेध गर्ने पहिलो हवाई राज्य हो। क्यालिफोर्र्नियाले यसरी नै निषेध गर्ने प्रयास गरेको थियो। तर अझै पनि पूर्णतः सबै सहरमा प्रतिबन्ध गराउन सकिरहेको छैन। हाल १८ राज्यका १ सय ३२ सहरमा प्लास्टि ब्याग प्रयोगमा प्रतिबन्ध लगाइएको छ। पुरै युरोपियन युनियन, चीन, अस्टेलिया, रुवान्डालगायत अन्य धेरै मुलुकहरुमा यसको प्रयोग पूर्णतः निषेध गरिसकेका छन्।

काने झोला तथा गिलास पूर्णतः बन्द गर्ने अभियानमा नगरपालिकाले सृजनाचोकस्थित एक पसलमा १४ बोरा प्लास्टि अनुगमन टोलीले फेला पारेको थियो। अहिलेको ३ महिनाको अवधिमा प्रयोगकर्ता दोकानलाई ५ हजार रुपैंयाँसम्म जरिवान गर्ने बाहेक अन्य कसैलाई कार्वाही गरिएको जानकारीमा आएन। प्लास्टि कसैले प्रयोग गरेको फेला पारेमा एक हजार रुपैंया जरिवान गर्न सक्ने नगरपालिकाले जनाउदा जनाउँदा पनि कसैले टेरपुच्छर लगाएनन्। अन्ततः जतिसुकै बजेट निकासा गरे पनि प्लास्टि नियन्त्रणमा आएन अब यसको जिम्मेवारी को –

नेपालमा प्लास्टिको प्रयोग भित्रदाँ यसको आगमनले धेरैलाई सहज पनि तुल्यायो। धेरै समयसम्म प्लास्टिसित हाम्रो मित्रता रहृयो। अहिले पनि हामी भाडावर्तनदेखि प्लास्टिजन्य वस्तुमै निर्भर छौ। एक अर्थमा यो प्लास्टि वरदान नै हो, किनकि यसले धातु, शिशा, ऊनी, बोरा, छाला र काठबाट निर्मित सामग्रीहरुलाई विस्थापित गरिदिएको छ  विश्वभरका धेरैजसो वस्तुहरु यसैबाट बनेको छ। पेय पदार्थका बोतलहरु, खेलौना सामग्री, टेबल, कुर्सी बुरुस लगायत अन्य चुलामा प्रयोग हुने बास्केट, बाल्टिन, पिर्का, दराज आदि प्लास्टिबाटै निर्मित हुन्छन्। यो साह्रोगाह्रोको साथी हो। गाडीहरुका सामानदेखि खानेपानीका पाइप यसैबाट बनेका छन्। बजारमा २० थरीका प्लास्टिहरु देखिन्छन् तर सबै चलनचल्तीमा आएका प्लास्टिहरु उत्तिकै उपयोगी छैनन्। केही सामान्य प्रयोग आउने पोलिथिन, पोलिभाइनल क्लोराइड -पिभिसी), पोलिस्टर, नाइलन, युरिया मिथानल आदि हुन्।  वातावरणीय हिसाबले  यसको प्रयोग खराब ठहरिएको छ।

प्लास्टिको कच्चा पदार्थ भनेकै पेटोलियम पदार्थ हो । मुख्यत यसमा इथेन र अल्किन रहन्छ भने केही पेटोलको मात्रा मिलाएर बनाइएको हुन्छ। यी सबै विषालु मानिन्छन्। एक अनुसन्धान अनुसार यसको प्रयोग सरदर १२ मिनेटमात्र हुन्छ। त्यसपछि फेरि नयाँ प्लास्टि आगमन हुन्छ। सामुद्रिक जीवहरु हृवेल माछा, चरा, कछुवा आदिले जेलीफिस जस्तो ठानेर खाने गर्दछन् र यसैको कारणले मृत्यु हुन्छ। प्रशान्त महासागरको किनारमा यसैको डंगुर लागेको छ। पर्यावरणविद्हरु भन्छन्, ७० प्रतिशत प्लास्टि समुद्रमा थुप्रिएका छन्।

प्लास्टि नकुहिने, नसड्ने र नगल्ने फोहोरमैला हो। यो भूम्रि्रदूषणको प्रमुख स्रोत हो। गाईवस्तुले खाएमा निस्सासिएर मर्ने गर्दछन्। वनजंगल, नदी, नहर, कुलो, पोखरी, तालतलैया, खोला जहाँतही यसको उपस्थितिले समस्या जन्माएको छ। हावाले सजिलैसित उडाएर लैजाने भएकोले फोहोरमैला व्यवस्थामा यसले समस्या थपेको छ। यसलाई जलाउँदा निस्कने धुवाँ कार्सिनोजेनिक -क्यान्सर गराउने) हुन्छ। हाइड्रोजन सायनाइड ग्यासले सिधै मानव स्वास्थ्यमा असर पार्दछ। यति मात्र नभई नहर या कुलो हुँदै खेतमा पुगेका प्लास्टिले पानीको वहाव र जमीनमा पानी सोस्न अवरोध पुर्‍याउने, उर्वराशक्ति ह्रास गराउने, नाला, ढल जाम गर्ने, फोहोरमैला बढाउने आदि जस्ता समस्याले आक्रान्त पारिरहेको छ। यसरी भन्दा यसले माटो, जल र वायुलाई प्रदूषित बनाएको छ। सहरको सौर्न्दर्य बिगार्ने अन्य धेरै वस्तुहरुमध्ये प्लास्टि पनि एक हो। सामान्यतः यो कुहन एक हजार वर्ष लाग्छ। विश्वमा एक मिनेट दुर्इ वटा प्लास्टि प्रयोग हुन्छ। दुहुदाँ दुहुदाँका गाई भैंसीले पोलिथिन प्लास्टि खाएर मरेका तथ्य समाचारमा पनि आइरहेका छन्। यसैमाथि टेकिएर चिप्लिएर लडेका छन्। अझ कालो प्लास्टिमा पोको पारिएको खानेकुरा विषाक्त हुन्छ। भारतकै दार्जिलिङमा प्लास्टिका झोला पूर्णतः निषेध गरेको छ। त्यहाँ कागज या कपडाका झोला प्रयोग गरिन्छ। यी झोला वातावरण मैत्री हुन्छ।

युरोपियन समुदायले वातावरणलाई स्वच्छ र हराभरा राख्न फोहोरमैलालाई व्यवस्थित गर्न केही निर्देशन समेत जारी गरेको छ। यस अनुसार खतरानाक, गैर खतरनाक तथा सामान्य फोहोर एकै खाल्डोमा नफाल्ने, फोहोरमैलालाई व्यवस्थित रुपमा प्रवन्ध गर्नु अघि उपचार गर्नुपर्ने, फोहोमैला व्यवस्थापकले हेरचाहका लागि वित्तीय व्यवस्थापन गर्नुपर्ने र यसबाट निस्कने ग्याँसलाई शक्ति उत्पादनका रुपमा लिनुपर्ने या ग्याँस ननिस्कने व्यवस्था गर्नुपर्ने जस्ता जिम्मेवारी निर्देशित गरेको छ। नेपालकै ऐनले पनि वातावरणमा प्रतिकूल प्रभाव पार्ने गरी वा जनजीवन र जनसंख्याका लागि खतरा हुन सक्ने किसिमले फोहोरमैला निस्कासन गर्नु, गराउनु हुँदैन भन्ने व्यवस्थाका साथै सो विपरीत गरेमा त्यस्तो निस्कासन गर्न नपाउने गरी रोक लगाउन सक्ने व्यवस्था गरेको छ। पोखराको निश्चित क्षेत्रलाई फोहोरमैला तथा प्लास्टि मुक्त क्षेत्र बनाउने र छुट्टै कोष स्थापना गर्ने उद्देश्य अनुसार यो अभियान जायज हुँदाहुँदै महानगरपािलका सफल भएन अबका दिनमा यस सम्बन्धमा यसको प्रयोगको बारे छलफल नै चलाएर पुनः कार्यान्वयन गर्न जरुरी छ।

- कल्याण पन्त