प्रदेश सरकारलाई खुलापत्र

राष्ट्रका लागि योगदान पुर्‍याउने व्यक्तिहरुको सालिक बनाउने चलन पहिलेदेखि नै थियो। बडाकाजी अमरसिंह थापा नेपालका एक वीर सपूत हुन्। राष्टिय पहिचान त उनको एउटा पाटो छँदै छ। सर्वसाधारणले समेत स्पष्ट रुपमा अमरसिंह थापालाई चिन्ने आधार पनि उनले छोडेका छन्। उदाहरणका लागि लमजुङको कुन्छाभन्ज्याङमा एउटा ऐतिहासिक पौवाघर छ। पहिलेको काठमाडौँ पोखरा गर्ने हुलाकीमार्गको एउटा केन्द्र पारेर त्यो पौवाघर निर्माण गराइएको थियो। त्यसको भित्तामा राखिएको शिलालेख अनुसार वि.सं. १८६४ मा अमरसिंह थापाद्वारा निर्मित पौवाघर भनेर लेखिएको छ। यसबाट उनी उदारवादी रहेछन् भन्ने कुरा बुझिन्छ। यसको माध्यमबाट सर्वसाधारणले पनि उनलाई चिन्दछन्।

अर्कामहत्वपूर्ण व्यक्ति हुन् पृथ्वीनारायण शाह। छिरलिएका राज्यरुपी फूलका थुँगालाई समेल्दै धागामा उन्दै गरेर राष्ट्ररुपी एउटा सिङ्गो माला बनाए। उनले त्यो काम नगरेको भए अहिले हामीले हाम्रो नेपाल र हामी नेपाली भन्ने सुअवसर पाउने थिएनौँ। साथै राजनेताहरुले राज्यरुपी छाला तानेर कहिले १५ टुक्रा,कहिले ९ टुक्रा त कहिले ७ टुक्रा लगाउने भनेर दाइँ गर्न पाउने थिएनन्।

अर्का महत्वपूर्ण व्यक्ति हुन् लखन थापा। उनी राष्ट्रको नाउँमा वलिदान दिएर शहीदको ढोका खोल्ने पहिलो व्यक्ति हुन्। यस्ता व्यक्तिको सम्मान गर्नु हाम्रो दायित्व हो, राष्ट्रको दायित्व हो। उनीहरुको सालिक बनाएर राख्नु र सालको एक चोटि एक दिन अबिर तथा मालाले सम्मान गर्नु अनि यथोचित शब्दसुमनका साथ शिर झुकाएर र्फकनु। राष्ट्रिय सम्मान दिनु भनेको यति नै हो।

राष्ट्र, राष्टियता र अग्रजको सम्मान यसमा जोडिएको हुन्छ। पुराना मठमन्दिर, पाटीपौवा,ठाँटी, ताल,पोखरी, सालिक, भोजपत्रको लेख्यसामग्री, तखतहरण पत्र, सरकारी लालमोहर, ताम्रपत्र, शिलापत्र, घुमाउने घर, गुफा, ऋषिमहषिर्ले तपस्या गरेका गुफा, अदिकवि भानुभक्त आचार्यले श्रीमद्भागवत वाचन गरेको वेदी, पहिलेका मानिसहरुले चलनमा ल्याएका सामान जस्ता वस्तुहरु राष्ट्रका अमूर्त सम्पदा हुन्। यी सबैको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।

नेपालको प्रदेश नं ४ पोखरा पृथ्वीचोक स्थित पृथ्वीनारायणको सालिक हटाएर लखन थापाको सालिक खडा गरियो। लखन थापालाई सम्मान गर्नै पर्छ। पृथ्वीनारायण शाहको अपमान नगरी अन्य कुनै ठाउँमा सम्मानपूर्वक लखन थापाको सालिक खडा गरेर राम्रो पार्क बनाएको भए सुनमा सुगन्ध हुने थियो। एउटाको इतिहास  मेटाएर त्यसै ठाउँमा अर्काको इतिहास खडा गर्न  खोज्दा अघिल्लो इतिहास मेटिनु र पछिल्लो इतिहासले स्थान नपाउनु त हुँदैन र अहिले त्यस ठाउँलाई डाइभर,खलाँसी, कुलली, कवाडी, भद्रभलाद्मी सबैले पृथ्वीचोक नै भन्ने गरेको पाइन्छ। त्यो विवादले अमरसिंहचोकको अमरसिंह थापाको सालिक पनी हटाइएछ। यस्तो हृदयविदारक कामले राष्ट्रको उत्थान होइन पतनको काम गर्दछ।  यसो हुँदा पोखराको अस्मितामा निश्चित ह्रास आएको छ। अब यस्तै विवादले सुन्दरनगरी पोखराको प्लेट नै झिकेर फालिदिने कुरामा असहमति नहुनसक्छ।

खबरदार  पृथवीनारायंण शाह, अमरसिंह थापा तथा लखन थापाका सालिक पोखराबाट हटाउन पाइँदैन। ती चिज पोखरेलीका मात्र होइनन्, राष्ट्रका अमूलल्य सम्पदा हुन्। पोखरा लेखनाथ महानगरपालिका बनेपछिको महत्वपूर्ण कार्य पुर्खाहरुको सालिक भत्काउनु रहृयो भनेर भोलिका लागि कालो इतिहास लेखाउने काम कदापि नगर्न सल्लाह दिँदै यो कलम चलाइएको छ।

स्मरण रहोस्  राजतन्त्र अन्त्य गरेर गणतन्त्र स्थापना भइसकेको मुलुक नेपालको  प्रदेश नं ४ को लमजुङ जिल्ला व्क्होलासोथार गाउँपालिका अन्तर्गत घलेगाउँमा क्याल्बोह्राँेजुको सालिक खडा गरिएको छ। ती व्यक्ति वि.स. १५५० भन्दा उता अर्थात् यशोब्रहृम शाह लमजुङका राजा हुनुभन्दा अगाडिका लमजुङको पश्चिमी क्षेत्रको रजाइँ गर्ने राजाका रुपमा स्थापित थिए। भनिन्छ उनी त्यस ठाउँका अन्तिम घले राजा हुन्।

डा.हर्क गुरुङको सालिक लमजुङको सदरमुकाम बेसीशहरमा स्थापित गरिएको छ। आफू पर्यटन मन्त्री भएको अवसरमा वर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उक्त सालिकको अनावरण गर्नुभएको हो। सालिकको संरक्षण गर्नुपर्दछ भन्ने मर्म उहाँले पक्का बुझ्नुभएको छ। लमजुङका सबै सालिकहरुलाई सम्मानपूर्वक संरक्षण दिएर राखिएका छन्। यस मानेमा कास्कीले लमजुङको सिको गर्नुपर्ने देखिन्छ।यति कुरा याद रहोस् सिंहदरबारको अधिकार गाउँ गाउँमा आएको छ भनेर राष्ट्रले बिगुल फुकेको बेला राष्ट्रिय सम्पदामाथि बिखण्डन मच्चाउँने काम गर्दा स‹ीय संरचनाको नकारात्मक प्रभाव त पर्दैन बरु   स‹ीय संरचना खडा भएपछिको ४ नं प्रदेश सरकारले यस्ता राष्ट्रिय सम्पदाको संरक्षण गरोस् हार्दिक शुभकामना छ। भएका वस्तुहरुको संरक्षण मात्र नभई अन्य रचनात्मक कार्यक्रम पनि ल्याउने छ। नेपालको प्रदेश नं ४ को राजधानीमा रहेका पुर्खाका सालिक भत्काएर फ्याँकिए भनेर भोलिको इतिहासमा इतिहासकारहरुले कलम चलाउन नपरोस् भनी प्रदेश नं ४ को सरकारलाई यो खु्लापत्र अर्पण गरिएको छ।

- - मुक्तिनाथ घिमिरे, लमजुङ