प्रदूषण मुक्त स्वस्थ शहर पोखरा बनाउन सकिन्छ

पोखरा मेरो लागि जन्मथलो मात्र हैन, कर्मथलो पनि हो। सम्भवतः जीवनका अन्तिम दिनहरु पनि पोखरामै बितोस् भनेर इच्छाएको छु। कति शुभेच्छुकहरुले सुझाउहरु दिन्थे, राजधानी काठमाण्डौमा धेरै समय बिताएको भए धेरै अवसर पाउन सक्थे तर व्यक्तिगतरुपमा काठमाण्डौ बस्ने मोह कहिले जागेन। अध्ययनको लागि एक दशक भन्दा बढी समय बस्ता काठमाण्डौ आत्मसात गर्ने मौका मिल्यो, जिम्मेवारी निर्वाह गर्न र उत्तरदायित्व पूरा गर्न अरु ४/५ वर्ष काठमाण्डौमा रमाएँ संगत गर्ने मौका पाएँ तर त्यस अवधिमा पनि १/२ दिन फुर्सदिलो समय पाउनासाथ पोखरा आइहाल्ने बानी हटाउन सकिन। यो मेरो कमजोरी थियो वा पोखराप्रति लगाव ठ्याक्कै भन्न नसकेपनि पोखरा मेरा लागि सबै थोक हो।

धेरै वर्ष भयो बिहान एक डेढ घण्टा घुम्न थालेको । बिहान र्छल· आकाश, उज्यालो र सफा हिमाल स्वच्छ हावामा रमाउन पाउँदा यो घुम्ने बानीलाई हटाउन सकेको छैन। यद्यपि यी कैयन वर्षहरुबीच पोखरा वरिपरिका परिवेशमा निकै ठूलो परिवर्तन, भएको देख्न सकिन्छ। अनुमानै गर्न नसकिने ढंगले नयाँ घरहरु निर्माण भइसकेका र भइरहेको कुरा यसपटक को निर्वाचन ताका चुनावी अभियानमा लाग्दा थाहा पाएँ। अब त हिजोको पाखोबारी, करेसाबारीहरु झन्डै लुप्तप्रायः नै भएको अनुभूति भयो।

पोखरा भित्र रहेका ठूलाफाँटहरु, खेत वा खरबारीहरु अब निकट भविष्यमा नै भरिपूर्ण अवस्थामा पुगको देख्न सकिनेछ। लामाचौरका खरबारीहरु टम्मै भरिदै बाटुलचौरबाट छिचोल्दै जुम्लेटी र जोगीमूढासम्म बिस्तार भइसकेका रहेछन्। याम्दीबाट हेम्जा पुग्दा देखिने दृष्यले पनि यस्लाई पुष्टि गर्दछ। तर हेम्जाको भित्रीभागमा अझै खेतीयोग्य जमीनमा तरकारी आलु वा खाद्यान्नको उत्पादन भइरहेको सुन्न र देख्न पाउँदा मन गदगद हुन्छ र सुइखेतको फाँट त्यति सारो भरिएको छैन। ख्याल राख्नु पर्ने हो कि ?

फूलबारीको त्यत्रो ठूलो फाँट भर्न अब धेरै समय लाग्दैन, रानीपौवा चापापानी, रामघाट, रामबजार, माटेपानी, कुँडहर, शितलादेवी, पुरनधारा, घिमिरे, ढिकालेथर, भद्रकाली क्षेत्रमा सायदै थप घर बनाउने ठाउँ पाइएला। बाझाँपाटन र कँुडहर फाँट अहिले देखिएको सबैभन्दा ठूलो खुला ठाउँ हो, तर राजमार्गका उत्तरी भाग र दक्षिणी भाग भरिन लागेको छ। पृथ्वीचोक देखि नै विरौटा देखिने मुस्ताङचोक, वैदामक्षेत्र, मासबार, मालेपाटन र पर्श्याङ धारापानी र मेसलाङसम्म अब खेती गर्ने ठाउँ छैनन् ।

आउँदो पाँच वर्ष भित्र विरौटा पूर्व महतगौँडासम्म, घारीपाटन देखि फुस्रेसम्मको क्षेत्र भरिभराउ भएमा अनौठो मान्नु पर्दैन । बिहान प्रायशः हिड्ने ठाउँ बाग्लुङ बसपार्क पश्चिम पोखरावेशी, फिर्केफाँट जयमूल फाँटबाट अधेरी खोलासम्मको क्षेत्रमा अब धानको बाला लहलहानउे स्थिति अन्त हुने अवस्थामा छ। यी सबै कुरा मनन गर्दा भोलि स्वच्छ हावाको लागि हरियाली देख्नका लागि निलो आकाश पाउनको लागि पनि पोखरा उपयुक्त नहुने हो कि भनेर चिन्ता लिने अवस्था छ। पोखराको यो विशेषता र पोखराको आफ्नै मौलिकता संकटपूर्ण अवस्थामा देखिन्छ।

तर पोखरा व्यवस्थित गर्न नसकिने गरी ब्रि्रेको त छैन नि। बनाउनै नसकिने अवस्थामा त छैन नि ? जति समय बित्दै जान्छ, जटिलता बढ्न सक्छ। त्यसैले यो उचित बेला हो, पोखरा उपत्यका भित्र के कहाँ कसरी कहिले गर्ने बारे महानगरपालिका बढी गम्भीर बन्नु पर्दछ। खाका तायर गरौँ, योजना तयार गरौँ , कर्डाईका साथ नियम पालना गरौँ, कार्यान्वयन गर्न दृढताका साथ लागौँ, हामी केही गर्न सक्छौँ। व्यवस्थित गर्न सक्छौँ। केही समय भयो बिहान घुम्न जाँदा पनि हिजोको झैँ रमाइलो वातावरण पाइन छोडेको छ। मूलबाटो र पिच भएका सडकहरुमा घुम्न उराठै लाग्न थाल्यो।

बिहान देखिनै चल्नथाल्ने, कोलाहल आवाज निकाल्ने पटपट टिलरहरु, ढु·ा, गिट्टी, बालुवा, माटो, बोक्दै हिँड्ने साना ठूला ट्रकहरुको आवाज, काममा जान वा पढ्न जान मोटरसाइकलमा जानेहरुले ठूलो स्वरमा र बेजोडमा कुदाउने बानी भएकाहरु बाट आजीत नहुने मान्छेहरु कमै होलान्। चको स्वर अनि धुवाँको मुस्लो निकाल्दै जाने यी सवारी साधनहरुबाट आफै बच्नुपर्ने स्थितिले बिहान घुम्न पनि गल्लीका सडकहरु र अली टाढा कम सवारी साधन चल्ने ठाउँ खोज्दै जाने क्रम बढेको छ। खुल्ला ठाउँ र पार्कहरुको अभावमा नै हिड्ने ठाउँको खोजी गर्नु अवस्था सिर्जना भएको हो। आउँदो पिँढीको लागि बिहान एकआध घण्टा डुल्न सकिने वातावरण सिर्जनागर्न महानगरपालिकाले अहिले देखि सोच्ने बेला आएको छ कि ?

पोखारका सडकहरु कम फराकिला छन्। सवारीसाधनहरु निकै बढिरहेका छन्, सवारीसाधन चलाउने सडकहरुको लम्वाई पनि कम नै छ। सवारीसाधन आफ्नो घर भित्र राख्न सकिने गरी निर्माण भएका छैनन् र महानगरपालिकाको नयाँ घर स्िवकृति गर्ने बेलासमेत आफुसँग भएको सवारी साधन आफ्नै घरभित्र राख्नु पर्ने व्यवस्था तर्फ ध्यान नपुगेकोले सडक नै पार्कि· स्थ लबनेको छ। ग्यारेज बन्न पुगेको छ। यो अनुचित कार्य रोक्न सकेमा सडक केही चौडा हुन्थ्यो कि ? त्यसमाथि दुर्इ ओटा गाडी चल्दा समस्या हुने सडकहरुमा पनि मालसामान बोकेका १४ टायर भएको ठूला सवारी साधनलाई बजार प्रवेश गराइने प्रचलनले गर्दा पोखराका धेरै सडकहरु ब्रि्रने र अवरोध सिर्जना हुने गरेको सबैले महसुस गरेका छन्। कम फराकिलो सडक वर्गीकरण गरी एकतर्फी सवारीसाधन चलाउने नियम काइदा लागु गर्न सकिएमा व्यवस्थित हुने थियो कि ? बाटो काट्न पनि यात्रुहरुलाई सहज हुने थियो कि ? सबैभन्दा प्राथमिकता दिनुपर्ने कुरा धुँवाको मुस्लो निकाल्दै तलमाथि गर्ने सवारी साधनहरुलाई चलाउन रोक लगाउने वा धुँवा आउन नदिने गराउन कसो होला ?

बिहान हिड्ने बेला देखिन मास्क लगाउनु पर्‍यो भने पोखराको इज्जत रहला र ? पोखराको ख्याति र नाम राखी राख्न यस्तो फोहोर गर्ने, धुँवा निक्लने कुरा, सडकजाम हुने कुरालाई हटाउनै पर्छ, कर्डाई गर्नु पर्छ झ् कमसेकम स्वस्थपूर्वक बाँच्ने स्थानको रुपमा पोखरालाई राख्न सकौँ। पोखरामा गुड्ने ढु·ा माटो बालुवा बोक्ने गाडी वा सरकारी मासु दूध बोक्ने गाडी होस वा फोहोर बोक्ने, खेर गएको फालिएको बंगुरको लागि जम्मा हुने सामान बोक्ने गाडी होस् सुरक्षा, स्वास्थ्य र फोहोर हुनबाट रोक्न ती सबै सामानहरु बन्द डिब्बा भित्र छोपेर लैजाने व्यवस्था गर्न महानगरपालिकाको ध्यान जान जरुरी भइसकेको छ। यस्ता सवारी साधनहरुले आफूले बोकेका सामानहरु सडकमा छरपष्ट गरी हिँड्ने गरेको पनि देखिएको छ। सडकमा धूलो नदेखिदा पनि सडकका दाँयाबायाँ रहेका घरहरुको छाना र कोठाहरुमा घरको गमला र रुखमा धुलोको पत्र देखिन थालेको गुनासो गर्न थालिएको छ। राम्रो र सफा शहर राख्नको लागि धेरै मुलुकहरुमा पानी र्छकने, ब्रुमरबाट सफागर्नेचलन रहेको छ। आशा गरौँ पोखरामा पनि यस्तो काम शुरु गर्न महानगरपालिकाले ध्यान पुर्‍याउने छ।

बढ्दो सवारी साधनको संख्या पोखराको लाग चुनौती बन्दै छ। सीमित सडक, सडक चौडा गर्ने ठाउँ पनि सिमित भएको अवस्था, सडकको विकल्पमा फ्लाइओभरहरु निर्माण गर्ने योजना पनि शुरु नभएको अवस्थाले सडक व्यवस्थापन पोखराको लाीग समस्याको रुपमा देखा पर्दै छ। आउन सक्ने समस्यालाई पूर्वानुमान गरी महानगरपालिकाले रणनीति बनाई कार्ययोजना शुरु गर्ने बेला भइसकेको छ। अन्यथा नयाँ विकल्पलाई बढावा दिउँ पोखरा उपत्यकाको उत्तरबाट दक्षिण, पूर्वबाट पश्चिमसंम सम्भावित आकाशे मार्ग योजना एउटा हुनसक्दछ। पोखरा उपत्यकालाई जति सकिन्छ पहुँच पुग्ने गरी चक्रपथ निर्माण कार्य थालनी गर्ने तर्फ सक्रियता देखाउनु पर्दछ। राजमार्गलाई शहरीक्षेत्रबाट बाहिर पारेर बाइपास सडकहरु निर्माण गर्ने काम थालनी पर्दछ।

सेतीनदी, विजयपुरखोलामा धेरै भन्दा धेरै पुलहरु निर्माण गर्न योजना र खाका तयार गरिनुपर्दछ। साइकलबाट यात्रा गर्ने कामलाई प्रोत्साहित गरिनु पर्दछ। साइकिलिङलाई बढावा दिनु पर्दछ। पोखरामा साइकिलिङलाई बढावा दिन केही वर्षयता प्रयासहरु भइरहेका छन्। प्रयासस्वरुप साइकिलबाट घुमफिर गर्ने, साइकलबाट बिहान डुल्ने, साइकलबाट काममा जाने काममा बढोत्तरी भएको पाइन्छ। विश्वभर नै साइकल यात्रा अहिले लोकप्रिय उन्मुख छ। पोखराको लागि बढी सान्तर्भिकता देखिन्छ पनी। पोखरामा साइकलाई किन बढावा दिने ? कि प्रोत्साहित गर्ने ? यस्का केही कारण र आधारहरु छन्।

१) पोखरामा बढ्दै गइरहेको प्रदूषण हावामा धूलो, धुँवाका मुस्लोले सुन्दर पोखरा प्रदूषित उन्मुख छ। यस प्रदूषणको मात्रा कम गर्न साइकलबाट आवातजावत गर्न सबैभन्दा उपयुक्त कदम हो।

२) साइकल यात्राको लागि धेरै चौडा सडक चाहिँदैन, यस्ले सडक जाम पनि गर्दैन, सडकमा साइकल लेन राख्न सकियो भने सुरक्षित यात्रा गर्न सकिन्छ। सवारी अवरोध कमगर्न सकिन्छ।

३) पोखरामा देखिन थालेको पार्कि· समस्या अझ चुनौतीपूर्ण हुँदैछ। साइकलको लागी पार्कि· ठाउँबाट लट पनि चाहिदैन। त्यसैले पार्कि· चुनौती समाधानको एउटा विकल्प साइकल हो।

४) दिनको एकपटक साइकल यात्रा गर्न आफ्नो स्वास्थ्य तन्दुरुस्त राख्न सकिन्छ, स्वास्थ्य जीवनको लाग पनि साइकल उपयुक्त देखिएको छ।

५) साइकलबाट प्रकृति र वातावरणलाई नजिकबाट नियाल्न अनुभूतिगर्न सकिन्छ। जस्तो सुकै ठाउँमा पनि साइकल लैजान सकिने भएको हुनाले रमाइलो समय बिताउन यस्ले मद्दत गर्नेछ। उदाहरणको लागि फेवाताल पारी रानीवनको किनारै किनार साइकल यात्रा गरेमा कति रोमाञ्चित अनुभव गर्न सकिने, रुपातालको वरिपरि साइकल यात्राबाट कति सुखद अनुभूतिगर्न सकिन्छ कल्पना गर्नुहोस्।

६) आजभोलि कलेज जान वा आफूले काम गर्ने ठाउँमा जान मोटरसाइकलको अत्यधिक प्रयोग भएको पाउँछौँ। तीव्रगतिमा मंहगो शक्तिशाली मोटरसाइकल यात्रा असुरक्षित देखिएको छ। त्यो भन्दा साइकलबाट ती ठाउँमा जाने बानी, प्रचलन गर्न सकेमा बढी सुरक्षित हुने अवस्था हुँदै थियो।

७) साइकल यात्रा कम खर्चालु छ। मर्मत खर्च कम छ, अन्य सवारीसाधनको तुलनामा सस्तो छ। तसर्थ आफ्नो आम्दानीको भागमा अलि बढी बचत गर्न यस्ले सघाउँछ नै। तेलखर्च त बचाउने नै भयो।

८) पेट्रोलियम पदार्थको अभाव हाम्रो देशको लागि कति ठूलो समस्या रहेछ भनने कुरा पेट्रोलियम पदार्थ आपूर्र्ति रहदा, तेल नपाउँदा सबैले महसुस गरिसकेका छन्। हामीकहाँ पटक्कै  नपाउने तेलको खपत कम गर्न समेत मद्दत गर्ने, तेल नपाउँला भन्ने चिन्ता पनि नहुने साइकल यात्रा छानौँ।

९) साइकल यात्रा एक्लै भन्दा २ वा सो भन्दा बढी मिलेर गर्ने प्रचलन छ नै, यस्ले सँगै हिड्ने आत्मीयता बढाउने काममा मद्दत पुर्‍याउँछ।

यस्तो महत्वपूर्ण योगदान दिने साइकललाई हामीले आत्मसात गर्‍यौ भने राष्ट्रलाई, पोखरालाई आफ्नो परिवार साथीभाइ र स्वास्थ्यलाई ठूलो योगना पुर्‍याउन सकिने रहेछ। त्यसैले पोखरामा कार्यरत साइकल सिटी अझ बढी प्रबर्द्धन कार्यमा लाग्ने समय आएको छ। पोखरालाई स्वास्थ्य सफा सुरक्षित प्रदूषणयुक्त शहर बनाउन हामी सबैलाई उत्साहित बनाउने समय आएको छ।

- आनन्दराज मुल्मी