पोखरा कि पोखरा लेखनाथ ?

नेपाल सरकारले स्थानीय तहको घोषणा गरेपछि हामी इतिहासको नयाँ सिँढीमा प्रवेश गरेका छौ। संघीयताको प्रारुप स्थानीय तहबाटै सुरुबाट हुन्छ। त्यसैले स्थानीय तहको निर्वाचन पछि ७ सय ४४ स्थानीय तह स्थापित हुनेछ। अव हाम्रो देशमा ४८१ गाउँपालिका ४ महानगर, १३ उपमहानगर र २४६ नगरपालिका हुनेछन्।

४ महानगर पालिका मध्ये पोखरा लेखनाथ महानगर वनेपछि नामको वारेमा अलि अलि चर्चा छ। पहिचान कति प्यारो हुन्छ भन्ने कुरा यतिखेर साविक लेखनाथबासीलाई थाहा छ। पोखरा लेखनाथ महानगरपालिका -पोलेम) मा पूर्व विभिन्न गा.वि.स. सहित ३३ वडामा विभाजित भएको छ। यस भन्दा अगाडि पोखराका केही गाविस पोखरा उपमहानगरमा गाभिएका थिए। यस पल्ट सिङ्गो लेखनाथ नगरपालिका समेत मिलेर पोखरा लेखनाथ महानगरपालिका वनेको छ। महानगरपालिका वन्ने सौभाग्यमा काठमाण्डौं, भरतपुर, ललितपुर र पोखरा-लेखनाथ परेका छन्। महानगर बनेपछि यस क्षेत्रमा नामको वारेमा सामाजिक सञ्जालमा केही वहश चलेको छ। चारवटा महानगर पालिकाको कसैको पुच्छ्रे नाम छैन ती मध्ये पोखरा-लेखनाथमा मात्र पुच्छ्रे नाम रहेको छ। नेपालमा नाम पहिचानको वारेमा व्यापक छलफल चलिआएको छ। प्रदेशकाृ नाम के हुने भनेर विवाद समेत भएको अवस्था हो। त्यसैले नाम महत्वपूर्ण हुन्छ नै। पोखरा लेखनाथ नामाकरणमा पहिचान कै सवाल जोडिएको छ। यो महानगरपालिकामा गाभिएका धेरै गाविस पनि छन्। पहिचान उनिहरुलाई चाहिन्थ्यो होला तर लेखनाथ नगरपालिकाको नाम कुनै गाउँ विशेषको पहिचानमा राखिन सक्छ कतै त्यो गाउँमा बस्ने जाति विशेष नाममा पनि रहन सक्छ। जस्तै धेरै पोखरी भएको ठाउँ हुनाले पोखरा रहन गयो पनि भन्छन्। त्यसै गरी लेखनाथको जन्मस्थान भएकोले लेखनाथ नगरपालिका राखियो। पुनहरु बस्ने वरिपरिको ठाउँलाई पुनहिल भनेर परिचय बनाइयो। नामको वारेमा चर्चा गर्दा पोखराका ठाउँहरु नाम थरीथरीका छन्। वाटुलो चौर भएकोले वाटुलेचौर, हिजो औलो लागेर छोडेको ठाउँ हुने छोरेपाटन, चालिसेहरुको वस्ती चालिसेटोल, अलिबढि ढुङ्गा भएको पाटन ढुङ्गेपाटन नामकरण भएको हुनसक्छ।

भूगोलको दृष्टिकोणले पोखरा उपत्यका पामे देखि कोत्रे सम्मलाई मान्न सकिन्छ। लेखनाथ नगरपालिका पोखरा उपत्यका भित्रै पर्छ। कविशिरोमणि लेखनाथको सम्मानमा यो नगरपालिकाको नाम लेखनाथ नगरपालिका राखिएको हो। यति बेला महानगरपालिका बनेपछि पोखरा-लेखनाथ नामकरण गरिएको छ। यो नाम लामो भयो पुच्छर जोडिरहनु पर्दैन भन्ने तर्क पनि जवरजस्ती आइरहेको छ। प्रदेश नं ४को राजधानीको रुपमा रहेको पोखरा-लेखनाथ महानगरपालिकालाई नामले सुन्दर र छिटो छरितो वनाउनुपर्छ। विश्वको सुन्दर शहर मध्ये पोखरा साँच्चै सुन्दर वनाउन नामवाटै सुरुवात गर्नुपर्छ। सात तालको नगर लेखनाथ र फेवातालको शहर पोखरा अव साच्चै सुन्दर वनाउनु पर्छ। संविधानमा स्थानीय तहले प्रयोग गर्न पाउने २२ वटा एकल अधिकार र १५ साझा अधिकार छन्। संविधानको अनुसूची ८ र ९ मा स्थानीय तहसँग सम्बन्धित अधिकारहरु लिपिबद्ध छन्। स्थानीय तहको अधिकार सूची अनुसार महानगरपालिकाले नगर प्रहरी, सहकारी संस्था, एफ.एम.सञ्चालन, भर जग्गा धनी पूर्जा वितरण, स्थानीय कर संकलन लगायतका अधिकारहरु गर्न सक्छन्। यी विषयहरु सम्बन्धित कानून निर्माण समेत गर्न सक्छन्। यति महत्वपूर्ण अधिकार सम्पन्न स्थानीय तह महानगरपालिकाको आफ्नै महत्व छ। पोखरा लेखनाथ महानगरपालिका पछि नाम जे रहेपनि क्षेत्रफलको हिसावले मात्र होर्इन साँस्कृतिक विविधताको हिसाबले र प्राकृतिक सुन्दरताको दृष्टिकोणले यो सम्पन्न महानगरभित्र पर्दछ। यो महानगरपालिकाभित्र ताल नदी, मनोरम हिम श्रृङ्खला दृष्य अवलोकन गर्ने ठाउँ रानीवन सवै यसभित्र छन्। यो महानगरपालिकालाई प्राकृतिक रुपले सम्पन्न भएको हुँदा ती प्राकृतिक सम्पन्नतालाई दोहन नगरी उपभोग गरेर हामी सम्पन्न महानगरपालिका हुन सक्छौँ।

नगरपिता बन्न हतारो

नेपाली पत्रकारितामा हतारो सँस्कृति छ। यो शहर महानगर वनेपछि धेरै स्थानीय पत्र पत्रिकामा मेयर वन्न हतारहरुको नाम देखियो, लेखियो। महानगरको मेयर वन्ने सपना धेरैको होला। कलिपयले सामाजिक सञ्जालमा आफ्नो नाम लेखाए। यो पनि एउटा रहरै हो। राजनीतिक दलहरुले स्थानीय तहमा कस्तो नेतृत्व दिने भन्ने वारेमा जति छलफल विचार विमर्श गर्नु पर्दथ्यो त्यो गरेको देखिएको छैन। स्थानीय तहको निर्वाचन नै पक्का हुन्छ भन्ने वारेमा दलहरु नै अलमलमा छन्। यो महानगर पालिकाको नगरपिता हुने व्यक्ति पोखरालाई बुझेको व्यक्ति हुनुपर्छ।राजनीति बुझेको मात्र होइन्ा विकास र सम्वृद्धि बारे बुझेको व्यक्ति यो महानगरको मेयर बनाइयो भने हाम्रो सम्वृद्धि सम्भव छ।यो हामै्र पालामा सम्भव छ।

कस्तो हुनुपर्छ मेयर

भनिन्छ नेता जन्मदैनन् बन्ााइन्छ।यो महानगरपालिकाको मेयर हुने नेताको आँखामा सपना हुनुपर्छ।यो महानगरपालिकाको मेयर बन्नका लागि हाम्रो समाजको र संसारको गहिरो र व्यवहारिक ज्ञान हुनुपर्छ।उसले मान्छेको सुःख दुःख बुझेको हुनुपर्छ। हाम्रो महानगरपालिकाको नेता आदर्शमा अडिग हुनुपर्छ। अवको मेयरमा ज्ञान, सीप, व्यवहार, कुशलता र त्याग गर्ने क्षमता हुनुपर्छ। यस्ता नेताहरु सम्वन्धित राजनीतिक दलले बनाउनु पर्यो।नयाँ महानगरपालिकाको निर्माणमा नयाँ चेतनाले युक्त नेता उपयुक्त हुन्छ।पार्टीले आफू भित्रका सवैभन्दा राम्रो व्यक्तिलाई उम्मेद्वार उठाउनुपर्छ।जसले पोखरालाई सुन्दर पोखरा बनाउन सकोस्।हाम्रो नेता राम्रो नेता गुरुको अभिभावकत्वमा हुर्केको हुन्छ। अभिभावकत्व भनेको यति बेला आ-आफ्नो राजनीतिक दल हुन्। दलहरुमा नेता वन्न तँछाड मछाड छ। योग्यता क्षमता र त्यागको मूल्याङ्कन हुन छाडेको छ। हिजोका इमान्दार र त्यागी कार्यकर्ताहरु ओझेलमा परेका छन्। जनताको सेवा गर्ने भन्दा सरकारी सुविधा लिने होडबाजी छ। यसबारे सवै सचेत रहनुपर्छ।

यो महानगरपालिकाको भावी मेयर साच्चै योग्य इमान्दार र अनुभवी छान्न सकियो भने हामीले यो महानगरलाई साच्चै सुन्दर पोखरा बनाउन सकिन्छ। त्यति बेला लेखनाथ अन्तर्राष्ट्रिय एयरपोर्टमा यो शहर घुम्न आउनेहरुको ताँति देखिने छ। वेगनास र फेवातालमा विदेशी पर्यटकहरुको भीड हुनेछ। विश्वमै सबैभन्दा रमाइलो स्थल पचभैयामा बसेर विश्वमा सवैभन्दा खुशी हुने व्यक्ति हुन संसारभरका व्यक्तिहरु आउने छन्। हामी अपेक्षा गरौं भावी यस्ता मेयरको।

- सुरेन्द्र थापा मगर