पृथ्वी र मानव जातिको उत्पत्ति

वैज्ञानिकहरु भन्छन्, ‘पृथ्वी सूर्यकै टुक्रा हो। यो ४.६ अर्ब वर्ष पुरानो छ।’ सबैभन्दा पहिले फेला परेको प्राचीन वस्तु जिरकन क्रिस्टल परीक्षण रेडियो डेटिङ प्रविधिको आधारमा पृथ्वीको उत्पत्तिको ठोकुवा गरिएको हो। चट्टान र खनिजको आयु पत्ता लगाउनु पर्‍यो भने यसै परीक्षणद्वारा गरिन्छ। सूर्यबाट उछिटि्टएको टुक्रा आगोको गोलाजस्तै एक चम्किलो उल्का थियो। यो सेलाउन लाखौं बर्ष लाग्यो। त्यतिखेर आकाशमा केही उल्काहरु पनि ठोक्किइरहेका थिए। जब यिनीहरु एकापसमा ठोकिन छोडे, पछि सेलाउँदै गएर एक ठोस वस्तुमा आकार लिन पुग्यो। यी पानीका सतहमै तैरिरहेका थिए। अथाह समुद्रमा बनेका कतैकतै द्वीप -टापु) बन्न थाले। सम्भवतः पहिरो जाने र एकातिर थुप्रिने प्रक्रिया हुन थाले र यसै बीच ज्वालामुखी जान थाले। समुद्रमा महाद्विपीय टापुहरु एकापसमा ठोकिदैं ससाना महाद्वीप पनि बने। अहिले मलेसिया, माल्दिभ आदि जस्ता देशहरु महासागरमा भएका ठूला चट्टानहरु ठोकिएर बनेका हुन भन्ने अनुमान गर्न सकिन्छ। अहिलेको ग्लोवको आकारमा देखिएको पृथ्वीमा भएका मुलुकहरुको अस्तित्व पनि यही हो। आजभन्दा २० करोड वर्ष अघिसम्म पृथ्वी प्यान्जिया नामक एक ढिका थियो। १८ करोड वर्ष अघि टुक्रिएर दुर्इवटा भूमिमा छुटि्टए, गोण्डावाना र लौरेसिया। लौरेसिया अन्तर्गत वर्तमान ग्लोवमा स्थित अमेरिका, ग्रीनल्याण्ड, युरेसिया -नेपाल, भारतबाहेक) पर्न गए। गोण्डावाना अन्तर्गत अफ्रिका, भारत, नेपाल, एन्र्टार्कटिका, दक्षिण अमेरिका सबै टाँसिएर रहेका भूभाग पर्न गए।

त्यसो भए पृथ्वीमा जीव कहिले देखि देखा पर्न थाले त – वैज्ञानिक चार्ल्स डार्बिनका अनुसार सामुद्रिक जीवहरु देखा परेपछि नै जमीनमा बस्ने जीवजन्तु लगायत अन्य वनस्पतिहरुको उत्पत्ति भएको हो। आजभन्दा ५७ करोड वर्ष पहिले पृथ्वीमा जीवको उत्पत्ति भयो। सुरुमा एक कोषीय व्याक्टेरिया जस्ता जीवात्मा देखा पर्न सुरु गरेको हो। ३४ करोड वर्ष पहिले जलचर उत्पत्ति भए। त्यसपछि १६ करोड वर्ष जति सरिसृप -घस्रने प्राणी) विकास भए। वैज्ञानिक भन्छन्, ‘पछिल्ला साढे ६ करोड वर्षमा मात्र स्तनधारी प्राणीको विकास भएको हो। वनस्पतिको उत्पत्ति भएको ४४ करोड वर्ष अघि भएको मानिएको छ। तर हालको विकसित मानव जातिको विकास भएको करिव १० लाख वर्ष मात्र भएको छ।’ मानव भन्दा अघि शरीरको स्वरुप बाँदरजस्तै थियो।

मानव जाति उत्पत्ति खोज्दै जाँदा १ करोड २० लाख वर्ष अघि भएको मानिएको छ। वानर प्रजातिको अवशेष -रामापिथेकस) भेटिएको आधारमा यो अनुमान गरिएको हो। केन्यामा पछिल्लो क्रममा भेटिएको एक अवशेष भने एक करोड ४० लाख वर्ष पुरानो मानिएको छ। नेपालको पाल्पास्थित दोभान शिवालिक पर्वतको फेदीमा सन् १९८३ मा पाइएको रामापिथेकसको माथिल्लो बंगाराको कार्वन डेटिङबाट गरिएको परीक्षणबाट १ करोड १० लाख वर्ष पुरानो मानव जाति अस्तित्व भएको पत्ता लागेको छ। त्यसरी नै चीन, ग्रीस, र्टर्की, हंगेरी र पाकिस्तानमा पाइएका अवशेषका आधारमा मानव जातिको उत्पत्ति ८० देखि ८५ लाख वर्ष पुरानो हुन् भन्ने अनुमान गरिएको छ। यसरी भन्दा अनुमानित औसत हिसाबमा मानवजातिको उत्पत्ति एक करोड वर्षको आसपासमा भएको अडकलबाजी काट्न सकिन्छ।

मानव सभ्यताको सुरुवातमा बाँदरजस्तै देखिने जीव प्रोकन्स्कूल भनिन्थ्यो। यिनहरुका शरीर कुप्रो थियो। यी ओडार, गुफा र रुखहरुमा बस्ने गर्दथे। यिनको स्वभाव बाँदरजस्तै थियो। यसपछि यसभन्दा अल्लि विकसित जीव देखा पर्न थाल्यो। यो प्रजातिको शरीर केही अग्लो, केही बुद्धिमान, लामालामा हातखुट्टा र केही झुकेको कुप्रो शरीर थियो। यसपछि कालान्तरमा अस्टेलोपिथेकस, पिथेकनथेरापस, नेन्डरथालामन्स र क्रोम्याग्नन जस्ता विकसित अहिलेकै मानव देखा परे। शुरुको बाँदर प्रजाति प्रोकन्स्कूलका केही मात्रामा पुच्छर थियो भने त्यसपछिका विकसित विभिन्न स्वरुपमा पुच्छर हराएको पाइन्छ। उत्पत्तिको मिति पत्ता लगाउन जीवाशेषहरुका आधारमा गरिन्छ।

लेखन कार्यको सुरुवात नभएको काललाई प्राग्ऐतिहासिक युग भन्ने गरिन्छ। यस युगमा ढुंगाका औजार, गुफा, ओडारमा बनाइएका चित्रहरु भेटिन्छन्। वर्तमान युगका मानवहरु होमोस्यापिन्सका वंशज हुन्। यिनीहरु २० लाख वर्ष अघि मात्र देखा परेका हुन्। ढुंगे युग मानव सभ्यताको विकासको चरण हो। यसलाई प्रारम्भिक ढुंगे युगावस्था, मध्यम युगावस्था, र अन्तिम ढुंगावस्थामा विभाजन गरिएको छ।

प्रारम्भिक ढुंगे अवस्थामा मानवको प्राचीन रुप थियो। खेतीपाती नगर्ने, शिकार गरेर जीविका निर्वाह गर्ने, रुखका बोक्रा लगाउने, गुफा, ओडार, जंगलमा बास बस्ने यिनीहरुको स्वभाव थियो। मध्यम ढुंगे युग अवस्थामा आइपुग्दा यस मानवले केही मात्रामा खेतीपाती गर्ने, खानेकुराको संग्रह गर्ने, पशुपालन गर्ने गरेको देखिन्छ। अझ पछिल्लो क्रममा  हाते बञ्चरो, कोदालोजस्ता औजार प्रयोग गर्ने गर्दथे। आगो पार्ने, पकाएर खाने विधि अपनाएको यसै समयमा थियो। अझ केही समयान्तरमा काट्ने, ताछ्ने औजार प्रयोग गरिन्थ्यो। भाला, बल्छी, तीर आदि बिस्तारै बिस्तारै त्यतिखेरै प्रयोगमा आएका हुन्। यस युगमा जनावरका हाडखोर र सिंगबाट धारिला हतियार बनाउन जाने। ढुंगा खोपेर चित्र बनाउने, मूर्ति बनाउने कार्यको सुरुवात पनि भए। समुद्रको किनारमा बसेर गीत गाउने, आनन्द लिने प्रक्रिया त्यतिखेरै विकसित भएको हो। अल्लि पछिपछि आएर माछा मार्ने, धातु र माटाका ढुङ्गा र धारिला हतियार बनाउने कार्य भएका हुन्।

मानव सम्यताको विकास क्रममा अन्तिम ढुंगे युगमा आइपुग्दा गंगानदी सभ्यता, मेसोपोटामियाको सभ्यता, रोमन र ग्रीक सभ्यता सुरुवात भइसकेको अवस्था हो। मन्दिर, पिरामिड बनाउने क्रम त्यसै बेला देखिन्छ। वास्तुकला कामको प्रारम्भ त्यतिखेरै गरिएको थियो। पिरामिडहरु ५ हजार वर्ष पहिले बनेका थिए। यसमा राखिएका एउटा ढुङ्गाको तौल ५ सय के.जी तौलको थियो। ढुंगे युग पछि नव पाषण युग प्रवेश गरेको पाइन्छ। यसलाई अंग्रेजीमा नियोलिथिक एजबाट चिनिन्छ।

खेतीपातीको विकासक्रम यही नव पाषण युगमा भएको हो। कृषिकर्ममा प्रयोग गरिने खन्ने, काट्ने लगायतका औजारका विकास यही कालमा भएका हुन्। इजिप्टमा गहुँ, जौको खेती गरिन्थ्यो। पछिल्लो क्रममा यस खेतीको बिस्तार चारैतिर हुन थाल्यो। झुपडी बनाउने बस्ने, पकाएर खाने प्रचलन बढ्दै गएको पाइन्छ। त्यसरी नै यस युगमा हस्तकलाद्वारा निर्मित माटाका भाँडाकुँडाको विकास यूरोपबाट भएको मानिन्छ। पशुपालनमा त्यतिखेर निकै ध्यान दिएको पाइन्छ। दूध र मासुका लागि जंगली जनावर पाल्ने घरपालुवा बनाउने काम त्यतिखेरै भएको हो। गाई, भैंसी, भेंडा, कुकुर, बाख्रा आदि विभिन्न उद्देश्यका लागि पालिन्थ्यो। यसबाहेक पशुहरुका छाला र हड्डीबाट धेरै थरीका सामग्री पनि बनाइन्थे। इसा पूर्व ९ हजार वर्ष पशुपालनको सुरुवात गरिएको थियो पछि खेतीपाती इसा पूर्व ७०००मा गरिएको थियो। वासस्थानको निर्माणका लागि काठले बार्ने र माटोले पोत्ने चलन त्यतिखेरै भित्रिएको हो। सभ्यताको विकाससँगसँगै बसिला, छिना, घन आदि जस्ता निर्माणका सामग्री नव पाषण युगमा भएका हुन्।

सभ्यता विकसित हुँदै जाने सिलसिलामा मानवको वस्ती नदीका छेउछाउबाट भएको देखिन्छ। नाइल नदी, टिंगरी नदी, युप|mेट्स, हृवाङ्गोनदी, उइ र सिन्धु नदीका सभ्यता बारम्बार सुनिदैं आएका हुन्। समथर ठाउँमा घरजम गरेर बस्ने गर्नाले निकै नै सुविधा भएको अनुमान गर्न सकिन्छ। पछि घनाबस्ती बन्दै गएपछि शहरीकरणको अवधारणा पनि भएको देखिन्छ। नाइल र सिन्धु उपत्यकाको सभ्यता ४५०० देखि ४००० इसापूर्वमा भएको अनुमान गरिएको छ। मेक्सीको र पेरुमा पछिमात्र सभ्यता विकास भएको हो। इजिप्ट, बेबिलोन, सिरिया र पर्सिया कलाक्षेत्रमा निकै अगाडि भएको पाइन्छ। वास्तु अनुरुपमा घर, टहरा बनाउने काम त्यतिखेरै भएका थिए। सौर्य ऊर्जा, चुम्बकीय ऊर्जा र ग्रहनक्षत्रका प्रभावलाई विशेष महत्त्व दिइन्थ्यो।

अहिलेको चरमचुलीमा विकास पुगेको युग चन्द्रमामा पुग्नेदेखि लिएर देशविदेश घरमै बसीबसी कारोबार गर्ने युग एक्काइसौं शताब्दी हो।  हाम्रा पूर्वजहरुले सभ्यताकालीन समयदेखि धेरै प्रविधिको विकास गर्दै आए। अहिलेको समय पहिलेको जस्तो छैन। यो स्याटालाइट युग विज्ञान प्रविधियुक्त छ। पृथ्वी आफै परिवर्तन भएर बनेको डल्लो हो भने मानव विलासिता भने विभिन्न अनुसन्धान खोजको परिणाम हो। अहिले जलवायु परिवर्तनको कारण पृथ्वीका बस्तीयोग्य वातावरणमा विचलन हुँदैछ। मानवीय गतिविधिका कारण हुने यस्ता परिवर्तनतिर बेलैमा सोच्नु जरुरी छ।

- कल्याण पन्त