पृथ्वीनारायण शाहका आँखा

२०६२र६३ को आन्दोलनपछि राष्ट्र निर्माता पृथ्वीनारायण शाह प्रतिको अवधारणामा नकारात्मक परिवर्तन आएको देखिन्छ। विभिन्न राजनीतिक दलका केही नेता तथा प्रायः जनजाति, मधेशीहरूमा पृथ्वीनारायण शाहकै कारणले ससाना जातीय राज्य ध्वस्त पारिएपछि पहिचान, भाषा, संस्कृति सबै सखाप भएका हुन् र पहिचान मेटिँदै एउटै भाषा, एउटै संस्कृतिको विकासको सुरुवात भएको हो भन्ने मानसिकताले जरो गाडेको छ।

गणतन्त्र स्थापनापछि पूर्व राजाहरूका शालिकहरू तोडफोड तथा विस्थापित गर्ने क्रममा पृथ्वीनारायण शाहका शालिक पनि तोडफोड तथा विस्थापित गरिए। उनीप्रतिको अनास्था, अनादरका शृङ्खलाहरू सुरु गरिए। यस्ता क्रियाकलापको पक्ष विपक्षमा थुपै्र वादविवाद भइरहेको पाइन्छ। के पृथ्वीनारायण शाह अन्याय, अत्याचार, अनास्था, अनादरका प्रतीक हन् –

पृथ्वीनारायण शाहको जन्म आजभन्दा ३०० वर्षघि वि.सं. १७७९ साल पुस २७ गते भएको थियो। नरभुपाल शाहको मृत्यु पछि उनी २० वर्षो उमेरमा वि.सं. १७९९ मा गोर्खाका राजा हुन पुगे। राज्यारोहणको पहिलो वर्षै राज्य विस्तारका क्रममा नुवाकोट आक्रमण गर्नुले पृथ्वीनारायण शाह अति महत्त्वाकाँक्षी, विस्तारवादी राजा थिए भन्ने प्रमाणित गर्दछ। काठमाडौं उपत्यकासहित मौजुदा नेपालको एक तिहाइ भूभागको विस्तार पृथ्वीनारायण शाहको शासनकालमा भएको थियो। सानो गोर्खा राज्यलाई विस्तारित नेपाल अधिराज्यको रूपमा स्थापित गर्ने श्रेय पृथ्वीनारायण शाहलाई नै जान्छ। ५२ वर्षो अल्पायुमा पृथ्वीनारायण शाहको निधन भएपश्चात् उनका उत्तराधिकारीहरू राज्य विस्तारको क्रममा ब्रिटिश साम्राज्यवादी शक्तिलार्इर्र्समेत परास्त गर्दै पूर्वमा टिष्टा पश्चिममा काँगडा उत्तरमा तिब्बत दक्षिणमा भारतका कतिपय उत्तरी भूभागसम्म फैलिएको विशाल नेपाल निर्माण गर्न सफल भएका थिए। विश्वमा नेपाल र नेपालीले गर्व गर्नुपर्ने यिनै दिनहरू थिए। तत्पश्चात् नेपालको इतिहासमा यी स्वर्णीम दिनहरूको पुनरावृत्ति कहिल्यै भएन।

पृथ्वीनारायण शाहले सुरु गरेको राज्य विस्तारको क्रम लगभग ७२ वर्षपछि थामियो। सन् १८१४ देखि १८१६ सम्म अङ्ग्रेजहरूसँग भएको लडाइँमा भएको हारपश्चात् सन् १८१६ मा भएको सुगौली सन्धिले नेपाल एक तृतीयांश भूभाग गुमाउँदै पूर्वमा मेची पश्चिममा महाकालीभित्र सीमित हुन पुग्यो।

सन १८१६ को सुगौली सन्धिपछि खुम्चिएको नेपालमा करिब ३० वर्षशाह, थापा, चौतरीया, बस्न्यात, पाण्डे आदिबीच सत्ता हत्याउने आन्तरिक षड्यन्त्रपल चलिरहँदा अन्ततः सन १८४६ मा जंगबहादुर कुँवर कोत पर्वको माध्यमबाट तानाशाहको रूपमा आफूलार्इर्र्स्थापित गर्न सफल भए। तत्पश्चात् १०४ वर्षम्म चलेको एकल पारिवारिक क्रुर तानाशाही जहानीयाँ शासन व्यवस्थाले देशलार्इर्र्कहिल्यै गर्व साथ टाउको ठाडो पारेर उठाउने अवसर दिएन। उनको उदय नेपाल र नेपालीका लागि औंसीको कालो रात प्रमाणित हुन पुग्यो। २००७ सालको आन्दोलनले अन्ततः निरड्ढुश, जहानियाँ राणा शासन अन्त्य गर्‍यो। जनताले उन्मुक्तिको सास फेर्ने मौका पाए। पात्र फेरिएका  थिए तर प्रवृत्ति फेरिएको थिएन। करिब १० वर्षसत्ताका लागि सङ्र्घर्ष चलिरह्यो, जनता बाट संविधान बनाउने प्रयास सफल हुन सकेन। जे होस् प्रजातान्त्रिक मूल्य र मान्यतामा आधारित आम चुनाव सम्पन्न भयो। जनताका प्रतिनिधिबाट राज्य सञ्चालन हुने समसामयिक नितान्त नौलो शासन व्यवस्था स्थापित भयो तर जंगबहादुरका अवतार तत्कालीन राजा महेन्द्र शाहलाई जनताको शासन किन सह्य हुन्थ्यो र १ २०१७ सालमा जनताको शासनको घाटी निमोठ्दै जंगबहादुर भन्दा पनि अब्बल दर्जाको निरड्ढुश शासकको रूपमा महेन्द्र शाह आफूलाई स्थापित गर्न सफल भए। यिनैले स्थापित गरेको पञ्चायती व्यवस्था नामको एकल जातीय अप्रजातान्त्रिक शासन व्यवस्था ३० वर्षम्म बहुजातीय, बहुसांस्कृतिक, बहुभाषिक जनतालाई गुलाम, दास, रैति बनाएर राख्न सफल भयो।

२०४६ सालको जनआन्दोलनको सफलताले २०१७ सालको घटना बाट पाठ सिक्दै बहुदलीय, बहुजातीय शासन व्यवस्था संस्थागत हुन सक्ने  जन विश्वासको झिनो आशामा अप्रत्यासित रूपमा मित्रघात गर्दै सत्ता हत्याउने अनैतिक राजनीतिक संस्कारका सूत्रधारले तुसारापात गरिदिए। अनैतिक राजनीति मौलाउँदै गएको अवस्थामा जोगी हुनको लागि राजनीति गरिएको होइन भन्दै जनतालाई जोगी बनाउने, आफू र आफन्तलाई भोगी बनाउने जंगे पात्रहरू फेरि हाबी भए। जनआन्दोलन एकल जातीय पात्रहरूबीच सत्ता र शक्तिको अंशबण्डा गर्न केही हद्सम्म त सफल भयो तर देश तथा बहुजातीय जनताको सर्वाङ्गीण हितका सर्न्दर्भमा यो आन्दोलन कौवालाई बेल पाक्नुजस्तै भयो। यसैले जनताले हषिर्त हुने त कुरै भएन कमसेकम बैराग नपाएको भए हुन्थ्यो तर दुर्भाग्य जनतालाई बैरागी बनाएरै छोडियो। यसै क्रममा धुपौउरेहरूको आडमा पूर्व राजा ज्ञानेन्द्र शाह जंगबहादुरको नयाँ स्वरूपमा देखा परे। फलस्वरूप २४० वर्षेखि चल्दै आएको पुर्खाले स्थापित गरेको राजतन्त्र समापनका प्रमख कुपात्र बन्न पुगे।

२०६२र६३ को आन्दोलनले निरड्ढुश राजतन्त्रको अन्त्य गर्दै प्रतिनिधित्वको हिसाबले विश्वमै उत्कृष्ट बहुजातीय संविधानसभाको स्थापना गर्‍यो। संविधानसभा लघु नेपालको स्वरूप थियो। २ वर्षो साटो ४ वर्षनै लगाइएको भए पनि लगभग जारी हुन तयार भइसकेको संविधान जंगबहादुरका आँखाधारीहरूले सहन सकेनन्। संविधानसभारूपी लघु नेपालमा पुनः जंगबहादुरका आँखाधारी एकल जातीय पात्रहरू हाबी भए पश्चात तीनै पात्रहरूले नियोजित ढ·ले संविधानसभाको निर्मम हत्या गरे।

पृथ्वीनारायण शाहले ३२ वर्षशासन गरे। उनको देहावसानपछि उनका उत्तराधिकारीहरू करिब ४० वर्षम्म राज्य विस्तारको क्रमलाई अघि बढाउँदै विशाल नेपालको निर्माण गर्न सफल भए। उनको शासनकालमा कुनै पनि मठ मन्दिर, गुम्बा, मस्जिद आदि धार्मिक स्थल, ऐतिहासिक व्यक्तित्वका शालिकहरूमा आक्रमण गरिएका, ध्वस्त पारिएका प्रमाण भेटिएका छैनन्। जात, जाति, भाषा, धर्म, संस्कृतिका नाममा विभेद गरिएका उदाहरणहरू बिरलै पाइन्छन्। तैपनि उनको शासनकालका  विभिन्न क्रियाकलापलाई आफूअनुकूल सकारात्मक, नकारात्मक विभिन्न प्रकारले विश्लेषण गरेको पाइन्छ। जेहोस नेपाल राष्ट्रको निर्माता पृथ्वीनारायण शाह नै हुन, त्यही राष्ट्रका हामी नेपाली हौं, यही नै यथार्थ हो।

आफ्ना-आफ्ना कुल धर्म नछाड्नू, मेरा साना दुखले आर्ज्याको मुलुक होइन, चार जात छत्तीस वर्णले फूलबारी हो, सबैलाई चेतना भया जस्ता राज्य सञ्चालनका निर्देशक सिद्धान्तको आधारमा पृथ्वीनारायण शाहले राज्य सञ्चालन गर्ने प्रयास गरे। यी निर्देशक सिद्धान्तहरूले देश बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक राजनीतिक प्रणालीको आधारमा चल्नुपर्छ भन्ने प्रष्ट्याउँछ।

उनको दिव्य उपदेशको सीधा अर्थ लगाउने हो भने नेपालको निर्माण उनको एक्लैको प्रयासले होइन सारा देशबासीको संयुक्त प्रयासले मात्र सम्भव भएको हो, यो देश कुनै एकजातिको मात्र नभएर ४ जात र ३६ जनजातिको साझा देश हो भन्ने स्पष्ट रूपमा अभिव्यक्त गरिएको मात्र होइन सारा देशबासी एवं आफ्ना उत्तराधिकारीलाई समेत यो यथार्थलाई आत्मसात गर्दै अघि बढ्न सचेत गराइएको पाइन्छ।

पृथ्वीनारायण शाहको जीवन राज्य विस्तारमै समाप्त भयो। उनले आफ्नो शासनकालमा कसैका अगाडि मगन्ते हात फैलाएनन्, राष्ट्रको स्वाभिमानमा कहिल्यै आँच आउन दिएनन्। देश सबैको साझा हो, साझापनमै  अपनत्व हुन्छ, अपनत्वबिनाको देश अखण्ड, शान्त र समृद्ध हुन सक्दैन भन्ने यथार्थ बोध गर्न सबैलाई सचेत गराइरहे तर दुर्भाग्य पृथ्वीनारायण शाहको अवसानपछि आजसम्मका सबै शासक बहुजातीय, बहुभाषिक बहुधार्मिक, बहुसांस्कृतिक राजनीतिक प्रणालीको आधारमा राज्य सञ्चालन गर्ने शाासन व्यवस्थाको विकास गुनको साटो जंगबहादुरद्वारा स्थापित एकल पारिवारिक, एकल जातीय शासन व्यवस्थाको पक्ष पोषण गर्दै देशलाई अझै अन्धकारतिर धकेल्न उद्यत भइरहेका छन्, दिलोज्यानले लागिपरेका छन्। देश यतिखेर अन्यौलग्रस्त बन्दै गइरहेको छ। एनेकपा माओवादीको भित्री रणनीति जे सुकै भए पनि देशका तीन प्रमख शक्ति खस-आर्य, मधेशी तथा जनजातिलाई गोलबन्द गर्ने प्रयासमा अर्थात सबै जात जातिलाई सहभागी बनाउँदै समेट्ने नीतिमा एनेकपा माओवादी अरु दलभन्दा धेरै अगाडि छ। यसैले नेपाली काङ्ग्रेस, नेकपा एमाले आदि दलहरू जो मधेशी तथा जनजातिको शक्तिलाई स्वीकार्न सकिरहेका छैनन् वा स्वीकार्न चाहिरहेका छैनन् अर्थात एकल जातीय शासन प्रणालीको पक्षपोषण गरिरहेका छन्, शक्तिहीन निरीह बन्दै गइरहेका छन्। मधेशी तथा जनजाति शक्तिको यथार्थलाई बुझेर नेपाल सबै जात जातिको फूलबारी हो भन्ने भावनालाई आत्मसात गर्दै बहुजातीय शासन प्रणालीको पक्षमा नउभिने हो भने कुनै पनि दल शक्ति सम्पन्न सबै नेपालीको साझा  दल बन्न सक्ने छैनन्। के जंगबहादुरको पाइला पछ्याउदै हिँड्नेको हालीमुहालीले देश भड्खालामा जाकिँदै गएको होइन – के एकल पारिवारिक, एकल जातीय, शाशनको साटो राज्य सञ्चालनमा पृथ्वीनारायण शाहका दिव्य उपदेशको अनुसरण गर्दै बहुजातीय शासन प्रणाली अपनाइएको भए देशको अवस्था यति दयनीय हुन्थ्यो ? के देशको दुर्गतिको सबै दोष पृथ्वीनारायण शाहलाई दिँदै उनीप्रति अनास्था, अनादरको भाव फैलाउनु न्यायपूर्ण हुन्छ ?

जेहोस विगतको इतिहासबाट पाठ सिक्दै देश सबैको साझा हो भन्ने भावनालाई प्रबल बनाउँदै, अखण्डता, शान्ति र समृद्धिका लागि एकल जातीय शासन प्रणालीको अन्त्य, बहुजातीय शासन प्रणालीको स्थापना गर्ने अभियानमा गणतन्त्रलाई संस्थागत गर्दै जंगबहादुरका आँखाधारी जो कोहीको आँखा विस्थापित गरेर पृथ्वीनारायण शाहका आँखा प्रत्यारोपण गर्नु आजको आवश्यकता हो, समयको माग हो, समस्याको समाधान हो।

- डा. नारायण सिंह गुरुङ