पूर्र्वीयदर्शनमा मातृशक्तिको महत्व

हिन्दु धर्मावलम्वीका मात्र नभई नेपालीहरुको सबैभन्दा महत्वपूर्ण पर्व दुर्गा पूजा अथवा दशैँ हो। पाश्चात्य सभ्यतामा परमेश्वरलाई केवल  पिताको रुपमा मात्र उपासना गर्ने गरिएको पाइन्छ र कतै पनि इश्वरलाई जगन्माताका रुपमा सम्वोधन गरिएको पाइँदैन। यस्तै गरी विश्वका विभिन्न भूभागमा प्रचलित विभिन्न धार्मिक अ नुष्ठानहरुमा पनि इश्वर लाई माताका रुपमा सम्वोधन गरिएको र उपासना गरिएको उदाहरण पाउन सकिँदैन। तर पूर्र्वीय दर्शन खासगरी हिन्दु दर्शनमा इश्वरलाई जगन्माताको रुपमा आराधना गरिएको छ र भनिएको छ कि जहाँ नारीको पूजा हुन्छ, त्यहार्ँइश्वर खुसी हुन्छन्।

हिन्दु दर्शनमा विभिन्न देवी देवताका नामबाट पुराणहरुको रचना गरिएको छ। जस्तो पुराणहरुमा शिव पुराण, गुरुड पुराण, श्रीमदभागवत् पुराण, विष्णु पुराण आदि छन्। यहीश्रृंखलामा देवीको महिमा वर्णन गरिएको ‘देवीभागवत’ प्रसिद्ध छ। यस पुराणमा जव  जव जगतमा अन्याय अत्याचार हुन्छ, त्यसवेला देवी उत्पन्न भई त्यस्ता अत्याचारीहरुको नाश गरी धर्मको रक्षा गरेको प्रंसग मुख्यरुपले उल्लेख गरिएको छ।

हिन्दु दर्शनमा ‘उपनिषद’ को महत्वपूर्ण स्थान छ। उपनिषदलाई ‘वेदान्त’ पनि भनिन्छ। उपनिषदमा ब्रह्मको चर्चा गरिएको छ र उपनिषद वेदको ज्ञान काण्ड पनि भनिन्छ। त्यसकारण पश्चिमी प्रसिद्ध दार्शनिकहरु श्ाोपेनहावर,म्याक्समूलर, पालडायसन र अरुले  पनि उपनिषदको मुक्त कण्ठले प्रसंसा गरेका छन्। यसको तुलना कुनैसँग गर्न नसकिने भएकाले आद्वितीय र अतुलनीय भनेका छन्। उपनिषद ज्ञानको भण्डार हो।

उपनिषदका विभिन्न ग्रन्थहरुमा यी मातृशक्तिको महत्व  दर्शाइएका उपनिषदहरु पनि पाइन्छ। यी उपनिषदहरुमा देव्युपनिषद, सरस्वतीरहस्योपनिषद, सौभाग्यलक्ष्म्युपनिषद, सीतोपनिषद, श्री राधातापनीयोपनिषद,  सावित्रिउपनिषद मुख्य रहेका छन्। यी उपनिषदहरुमा मातृशक्तिको उपासनाको बारेमा चर्चा गरिएको पाइन्छ।

देव्युपनिषदमा सबै देवताहरुले हात, जोडेर ‘हे माहादेवी, तपाई को हनुहुन्छ भनेर प्रश्नगर्दा देवीले भन्नुहुन्छ ‘म ब्रहमस्वरुपहुँ,  मबाट नै जगतको उत्पत्तिभएको हो। म आनन्द र आनन्दस्वरुपहुँ। सारा जगत म हुँ। ब्रह्मा, विष्णु र महेश्वरको धारण पनि म नै गर्दछु। म सम्पूर्ण जगतको जननीहुँ। यस जगतको पिता रुप पनि म नै हुँ ‘। यसरी देवीले प्रश्नको उत्तर दिएपछि सबै देवता तथा ऋषिहरुले माता समक्ष प्रणाम गरी मातृशक्तिको महत्वलाई स्वीकार गरे र मातालाई ज्ञानस्वरुप सरस्वती ,आनन्द स्वरुपा,महालक्ष्मीका रुपमा उपासना गरेको प्रसंग उल्लेख छ।

यस्तैगरी सरस्वती रहस्योपनिषदमा दस वीजमन्त्रयुक्त ऋग्वेदकामन्त्रबाट माता सरस्वतीको स्तुति, त्यसको फल, नाम रुपको सम्वन्धमा ब्रह्मको जगत (स्वरुपमा समाधिको वर्णन छ। यसमा ऋषि आश्वलायनले कसरी भगवती सरस्वतीको आराधनाबाट तत्वज्ञान प्राप्त गरे भन्ने प्रसंग उल्लेख गरिएको छ। साथै भक्तिपूर्वक सरस्वतीमाताको दशवीजमन्त्रबाट युक्तनित्य स्तवन -पाठ)गर्नाले छ महिनाभित्र नै माताको कृपा प्राप्त हुने कुरा बताइएको छ।

सौभाग्यलक्ष्म्युपनिषदमा महालक्ष्मीको उपासनाविधिवारे उल्लेख छ। यसमा खासगरी श्री सूत्रको पाठ, ध्यानन्यास तथापूजनको विधिबताइएको छ। मानिसको जीवनमा धनधान्यको आवश्यकता पर्ने र सुख र शौभाग्यकालागि महालक्ष्मीको उपासनागर्ने विधि यसमा बताइएको छ।

उपनिषदहरुमा सीतोपनिषद पनि एक महत्वपूर्व उपानिषदहरुमा लिइन्छ। यसमा माता सीतालाई जगदानन्दकारीणी, मूलप्रकृति, प्रणवस्वरुपा, सर्ववेदमयी, सर्वदेवमयी, सर्वलोकमयी, सर्वर्धर्ममयी, आधारभूतब्रहमस्वरुपा, इच्छाशक्ति, क्रियाशक्ति र साक्षात शक्तिकी आधार भनिएको छ।

उपनिषदहरुको क्रममा जगन्माताको महिमा बताउने एक उपनिषद हो ”श्री राधिकातापनीयोपनिषद’। यस उपनिषदमाउल्लेख गरिएको छ कि सम्पूर्ण देवताहरुमा जुन शक्ति छ, त्यो राधातत्व नै हो। सम्पूर्ण प्राणीले जुनशक्तिले काम गर्छिन, त्यो शक्ति राधावाट नै अभिव्यक्तभएको हो।यस्तै गरी यस उपनिषदमावताइएको छ कि राधा र कृष्ण वस्तुतः प्रकृति र पुरुष छन्। त्यसकारण यी दुर्इ तत्व अभिन्न छन्। केवल लीला गर्नका लागि  मात्र दुर्इ स्वरुपमा व्यक्त भएका छन्।

श्री राधोपनिषदमा पनि  जगन्माता राधाको स्वरुप तथा महत्वको वर्णन गरिएको छ। यसमा राधालाई भगवान कृष्णको आल्हादिनीशक्तिको रुपमा वर्णन गरिएको छ। भगवान श्रीकृष्ण सदा राधाको आराधना  गर्नु हुन्छ। त्यसकारण उहाँको नाम राधा हुनगएको हो। राधा कृष्णको शक्ति स्वरुप तथा अधिष्ठात्री देवीका रुपमा यहाँ प्रशंसा गरिएको छ। जसले राधाको महत्वलाई नवुझी जो कृष्णको मात्रआरधना गर्छन भने त्यो महामूख हो भनिएको छ।

यसवाट स्पष्ट हुन्छ कि हिन्दु दर्शनमा मातृशक्तिलाई ठूलो महत्वदिइएको छ। देवीभागवतमा सम्पूर्ण ब्रहमाण्डको सृष्टि, स्थिति र विनाश पनि भगवतीवाट नै हुन्छ भनिएको छ। भगवतीको शक्तिपाएर नै ब्रहमाले सृष्टि गर्छन भने विष्णु र शिवले पालन तथा संहार गर्छन्। भनिन्छ शिवबाट शक्ति पृथक गर्ने हो भने शिव शक्तिहीनभएर शवहुन पुग्दछन्। त्यस्तै गरी विष्णु र ब्रह्मा पनि भगवतीको शक्तिपाएर नै कार्यमा प्रवृत्त हुन्छन्। अध्याात्म रामायणमा पनि यस्तो प्रसंग उल्लेख छ कि रामले जे जति कार्य गरे त्यो सीताशक्तिबाट नै भएको हो। त्यसै भएर हिन्दु दर्शनमा युगल स्वरुपको उपासना गर्ने प्रचलन छ। हामीलक्ष्मीनारायण, उमा-महेश्वर, राधा-कृष्ण, सीता-रामको उपासना गदछौ।

हिन्दु संस्कृतिमा गङ्गा, गीता, गाई र गायत्रीको ठूलो महत्व छ। साँच्चै भन्ने हो भने यिनीहरु हिन्दुत्वका प्रतीक हुन्। यदि कसैले यिनीहरुको अवहेलना गर्‍यो भने त्यस्ता व्यक्तिलाई हिन्दु भन्न सुहाँउदैन। गङ्गा, गीता, गाई र गायत्री यी सबै मातृशक्तिहुन। बैद्धिक काल देखि नै गङगालाई माताको रुपमा उपासना  गर्ने गरिएको छ।

हाम्रो सभ्यता र संस्कृतिका गङ्गा अभिन्न अङ्ग बन्न पुगेको छ। भगवान कृष्णबाट गीता रुपी उपदेश व्यक्त भएको हो। गीतालाई पनि मातृशक्तिको रुपमा मान्ने गरिएको छ। गाईलार्ई हामी धेरै महत्व दिन्छाँै। त्यसै भएर हाम्रो देशमा परापूर्व कालदेखि गौमाताको पूजा गरिन्छ। गायत्री मन्त्रको अधिष्ठात्री देवी गायत्री माता हुन्। अहिले यसको प्रचार प्रसार विभिन्न संचार माध्यममा पनि भइरहेको छ।

माता भगवतीको उपासना हामी हरेक दिन गछौ। तर आश्वीन शुक्लपक्षको प्रतिपदा देखि नवमी तिथिसम्म विशेष उल्लास र भत्ािmका रुपमा मनाउने गरिन्छ। भनिन्छ, यस अवधिमा मातृशक्ति जागृत रुपमा हुन्छन् र आफ्ना सन्तानबाट व्यक्त गरिएका भक्ति र पुजा अर्चना सहजै स्वीकार्य छिन्। दुर्गा सप्तशतीमा वर्णन गरिए अनुसार माता जगदम्वाले शुम्भ, निशुम्भ, चण्ड मुण्ड, रक्तवीज महिषासुर , धूम्रलोचना जस्ता शक्तिशाली असुरहरुको संहार गरी प्राणीको रक्षागर्नु भएको थियो। असुरहरुसंग यही शरतकालमा युद्ध भई विजयभएको खुसियालीमा नौ दिनसम्म भगवतीको पूजा अर्चना गर्ने परम्परा चलेको पाइन्छ।

दुर्गा पूजा हिन्दुहरु वसोवास गर्ने हरेक देशमा गर्ने गरिएको  भएतापनि नेपालमा जतिहर्ष, उल्लास र भक्तिपूर्वक गरिन्छ, त्यो अन्यत्र गरेको पाइँदैन। देवीका मन्दिरहरुमा पूजा, उपासना गर्ने र दर्शन गर्नेहरुको जुन घुइँचो यस पर्वमा हुन्छ, त्यो अन्य अवसरमा हुँदैन। सरकारी स्तरबाट पनि यस पर्वलाई महत्व दिइएको पाइन्छ।

तर दुर्गा पूजा महोत्सव भक्ति र उपासनामा केन्द्रित हुन पर्नेमा खसी, बोकाको मारकाट गर्ने,भोज भतेर गर्ने, ऋण लिएर पनि राम्रा लुगा र गहना लगाउने परम्पराले विपन्न परिवारका लागि दशैँ पर्व ऋण बोकाउने पर्व हुनगएको छ। हाम्रो छिमेकी देश भारतको बंगालमा दुर्गा पूजा हषोर्ल्लास र भक्तिपूर्वक मनाउने गरिए पनि त्यसलाई चाडका रुपमा भन्दा उपासना गर्ने पर्वका रुपमा मनाउने गरेको पाइन्छ।

मातृशक्ति दया, करुणा र प्रेमको स्वरुप भएको हुनाले हामीले सकेसम्म शास्त्रीय विधान अनुसार नसके भक्तिपूर्वक आफ्नो भक्ति चढाउन सके माताखुसी  हुने कुरामा कुनै शंका छैन। रामकृष्ण परमहंस, विवेकानन्द, परमहंस योगानन्द, माष्टर महाष्य, रामप्रसाद आनन्दमयीमाता जस्ता सन्तहरुले प्रत्यक्ष रुपमा इश्वरलाई जगन्माताको रुपमा दर्शन गरेका थिए। त्यसैले हामीले पनि मातृशक्तिको सम्मान गर्न र उपासना गर्ने बानीको विकास गर्ने र हरेक प्राणीमा त्यही इश्वरीय अंश विद्यमान छ भन्ने भावना गर्न उपयुक्तहुनेछ।

- विष्णु प्रसाद श्रेष्ठ