पुन थरको उत्पत्ति कसरी भयो ?

नं. २ थाने पुन कसरी लेखियो

जब तामाकोशीमा गोरखाको अधिकार भएको खबर पाएपछि भोजपुरको किराती राजा कर्णसेनका बाहुन पुरोहितले गोरखाका राजा पृथ्वीनारायण शाहका अनुयायी बाहुनहरुसँग सर्म्पर्क राख्ने सक्दो कोशिस गरे।गोरखा फौजको कमाण्डर इन चिफ अभिमानसिह बस्नेत थिए।यसकारण किराती राजा कर्णसेनका पुरोहित हरिनन्द पोखरेलले उनैसँग सर्म्पर्क राख्न सुरु गरे। ‘नेपालको संक्षिप्त इतिहास’ इश्वरी सुवेदी एम.ए.द्वारा लिखित तथा के.पी. पुस्तक भण्डार, डिल्लीबजार, काठमाडौंका अुनसार केही पत्रहरु निम्न अनुसार छन् :-

प्रथम पत्र :

गोरखाली अधिकृत रामकृष्ण कुँवरले हरिनन्द उपाध्याय पोखरेललाई मिति विक्रम सम्बत् १८२९ भदौ १३ गते तदनुसार इ.सं. १७७२ अगष्टको प्रथम सातामा लेखेको पत्रबाट उद्घृत गरिएको हो।

अनुवाद :

“हाम्रो फौज तपाईको सहयोगले दूधकोशी नदी तर्‍यो।हरिनन्द पाध्य कृपया शीघ्र किरात भूमि विजय गर्न हामीलाई सहयोग गर्नुहोस्।हामी तपाईको उज्ज्वल भविष्यको लागि सहयोग गर्ने छौं ।”

दोस्रो पत्र :

अभिमानसिंह र पारथ भण्डारीबाट खासा गाउँको हरिनन्द पाध्य पोखरेललाई, वि.सं. १८३० फागुन १५ गते

अनुवाद :

तपाईलाई शुभकामनाः

“तराई र पहाड समाविष्ट नौ लाख किरात भूमि विजय गर्न फौज पठाउनु भनी लेखी पठाएको तपाईको अनुरोध पत्र अवगत गरी नुवाकोटका राजा धेरै सन्तुष्ट हुनुभयो”

“कृपया विजयपुरको देवान बुद्धि कर्णराईले आर्जेको पहाड र तराई क्षेत्र विजय गर्ने योजना बनाउनुहोला”

माझ किरातको चौतरिया अगमसिङ चामलिङले राजा कर्णसेनको धार्मिक पुरोहित पाध्य हरिनन्द पोखरेललाई आफ्नो देशविरुद्ध गोरखा अधिकृतहरुसँग षड्यन्त्र गरेको थाहा पाएपछि निजलाई पक्रने आदेश दिए।तर ऊ माझ किरातको आफ्नो गाउँ खार्पा छाडी तराई भूमि सप्तरीतिर भागे।किराती फौजले कोशी नदीको किनारसम्म पिछा गरे।उनी कोशी नदीको बीचमा हाम फाली पौडिएर नदी पार गरी पुर्नियातिर भागे।

किराती फौजसँग युद्ध गर्न जहाँ उनले धेरै बन्दूक खरिद गरे।उनी त्यस ठाउँको धेरै धनी मानिस थिए।जब उनी छद्मभेषमा पर्याप्त बन्दूक साथ लिई आफ्नो गाउँ खर्पामा आए अनि अभिमानसिंह बस्नेत, पारथ भण्डारी र रामकृष्ण कुँवरको नेतृत्वमा गोरखा राजाले पठाएको गोरखा फौजसँग भेट गरे।यसरी हरिनन्द पोखरेल र गोरखाको संयुक्त फौजले माझ किरातको राजधानी हतुवा चौदण्डीमा आक्रमण गर्‍यो।ती किराती सेना धेरै बहादुरी साथ लडे तर तिनीहरु बन्दूक सामु टिक्न नसकी त्यो स्थान छाडी भागे ।

राजा कर्णसेन उनको परिवार र चौतरिया अगमसिंह राई साथ विजयपुरमा शरण लिन पुगे र मोरङका राजा बुद्धि कर्ण’ग सहयोग मागे।राजा कर्णसेनलाई विजयपुर राजसिंहासनको जिम्मा लिने पत्र दिई राजा बुद्धि कर्णराई इष्टइण्डिया कम्पनीको गभर्नर जनरल वारेन हेस्टिङसँग व्यक्तिगत भेट गरी गोरखा आक्रमणको विरुद्धमा ब्रिटिस सहयोग माग गर्न चीन गए।जब राजा बुद्धि कर्णराईले कलकत्ताको लागि विजयपुर छाडे, राजा कर्णसेन र उनका मन्त्री अगमसिंह राईले विजयपुरमा कुनै सुरक्षा पाएनन्।यसकारण उनीहरु पुर्निया गए।विजयपुर राजसिंहासन मुख्य मन्त्री शामा राई वा शुन राईको जिम्मा छाडियो।

भोजपुर र सप्तरीको सम्पूर्ण भूमि गोरखा राजा पृथ्वीनारायण शाहको मातहतमा आयो।यसरी माझ किरातको हतुवा चौदण्डी वि.सं. १८३० साउन ४ गते तदनुसार इ.सं. १७७३ मा गोरखा सैन्यद्वारा ओगटियो।पृथ्वीनारायण शाहको पालादेखि सबै खस् राज्यहरु जस्तै किरात राज्यहरु पनि सामूहिक नाम गोरखासहित एउटै संगठनमा ल्याइयो।यसरी पुरानो किरात र खस परिवारबीचको मैत्री सम्बन्ध पुनर्जीवित हुन लाग्यो।राष्ट्रिय भावना सुदृढ भयो र एउटै भाषा, एउटै साहित्य र एउटै वीर गोरखा वा नेपाली जाति नाम अपनाएर राष्ट्रको विकास गर्न थाले।सन् १८४५-१८४६ ताका नेपाल सरकारले नेपाली सेनामा भर्ती गर्नको लगि पूर्व पश्चिम दिशमा एक एक जना ठेकेदार नियुक्ति खटाए/गरे।पूर्वको ठेकेदारले केही राई, लिम्बु र सुनुवार गरी करिब ६ हजार ठिटाहरु जम्मा गरी सरकारमा बुझाए।सरकारले भैरवनाथ नामको एक सैन्य दल गठन गरी पाटनमा राख्यो।त्यसैगरी सरकारले पश्चिम ४ हजार पर्वततिरबाट पनि पूर्वको जस्तै पुनः ठिटाहरु लड्नु भनी पश्चिमको ठेकेदारलाई चिठी लेख्यो ।

चिठी :

ठेकेदारज्यू,

तपाईको पश्चिम चार हजार पर्वत दिशाबाट राम्रा काम गर्न सक्ने, सोझा, इमान्दार ठिटाहरु पुनः जम्मा गरी ल्याउनु भनी चिठी पठाइयो।ठेकेदारले चिठी प्राप्तगरेपछि  चिठी लिएर गाउँ गाउँमा गएर चिठी देखाई भन्न थाले।मैले ठिटाहरु भर्ती गर्नका लागि लैजान पाउने अनुमति पत्र यही हो भनी देखाए।ज-जसलाई भर्ती हुने इच्छा छ नाम लेखाउनू , तर जात चाहिँ सबैले पुनः लेखाउनु कारण चिठीमा पुनहरु मात्र जम्मा गरी ल्याउनु भनी सरकारबाट हुकुम भएको छ।खासगरी शब्द बुझिएन भने त्यस्तो शब्दबाट जात जनाउने शब्द पनि बन्ने रहेछ।कारण चिठीमा पुनहरु साथ ल्याउनु भनिएको थिएन।पूर्वको जस्तै वा पुनः -फेरि )पहिलेकोजस्तै भनिएकोमा नबुझेर पुन जाति ल्याउनु भनी बुझेकोले त्यसै समयदेखि पश्चिम दिशामा ठिटाहरु भर्ती हुँदा या कुनै विदेशमा नोकरी गर्न जाँदा पहरेपुन बाहेक अरु सबै जातिहरुले थानेपुन लेखाउने चलन बसेको हो।कारण त्यो समयमा अरु जातिहरु जस्तै थकाली, नेवार, क्षत्री, ठकुरी जातिहरु भर्ती हुने चलन थिएन यी जात सबैले थानेपुन लेखाई भर्ती हुने गर्दथे।

पछि आएर इन्डिया र ब्रिटिस आर्मीमा नोकरी गरेर पेन्सनमा अवकाश पाएका राम्रो, इमान्दार मानिसहरु छनोट गरी ठिटाहरु भर्ती गराउने गल्लावाला भनी लेखाए।ठेकेदारबाट गल्लावाला भनियो।नेपाल सरकारले ब्रिटिस सरकारलाई १८८९ मा गोर्खा राइफल नामको सैन्य दल बनाउने अनुमति दियो।यसरी तिनीहरुले ४ सैन्य दल स्थापित गरे।त्यसका नाम पश्चिमेलीहरुलाई दुर्इ गोरखा र छ गोरखा राइफल्स भनी नामाकरण गरे।जसमा मगर, गुरुङ, पहरे पुन र थाने पुनहरु भर्ती हुनेर्गर्थे।

पूर्वेलीहरुलाई ७ र १० गोरखा राइफल्स भनी नामाकरण गरी राई, लिम्बु, सुनुवारहरु मिलाई अको दुर्इ पल्टन स्थापना गरे।अंग्रेजीमा द्दलम न्च् टत्ज न्च् ठतज न्च् र ज्ञण्तज न्च् गरी पल्टनको विभाजन गरे।यसरी नेपालको स्वतः किराती जाति गोरखामा वा नेपाली नामले विश्वप्रसिद्ध भयो।यसरी ठेकेदारले चिठीमा लेखिएको शब्द नबुझेर पहरे पुनः हुँदाहुँदै फेरि अरु पनि पुन लेखाउनु परेकोले थाने थानी थाने पुन लेखिएको हो ।

न.३ दूधे पुनः

धेरै वर्षअघि हाम्रा पुनहरुको चलनमा मामाको साइनो दूध साइनो लगाई आमा कि मामा भनी दाजुभाइ र दिदीबहिनीको साइनो लगाइन्थ्यो।एक दिन अचानक एक जना पहरे पुनको छोराले आफ्नो मामाकी छोरीसँग सर्म्पर्क राखेर गर्भ बसेछ।१० मास पुगेपछि उनले छोराको जन्म दिइन्।मानिसहरु आपसमा कुरा काट्न थाले।कसको हो, के भयो गाउँमा भनी सोधपूछ गर्दा आफ्नै फुपूको छोराको हो भन्ने जानकारी भयो।हाम्रो गाउँमा पापिष्ट पर्‍यो के गर्ने हो भनी गाउँमा ठूलो सभा बस्यो।कसैले गाउँ निकाला गराउने भनेका छन् त कसैले पापिष्ट परेका दुबै जनालाई मृत्युदण्ड दिनुपर्दछ भनेका छन् त कसैले आफ्नो गाउँको कुरालाई किन बाहिर सुनाउने भन्दा त्यसै गाउँको मुखियाले कुरा राखे।गाउँको कुरो गाउँमै मिलाउनुपर्छ, त्यसकारण अबदेखि मामाकि छोरी विवाह गर्न सक्ने नियम राखे र जनतालाई सोध्दा जनता सबै मंजुर भए।त्यस समयदेखि मामाकी छोरी विवाह गर्ने चलन बस्यो।त्यसकारण पहरे पुनको छोराले मामाकी छोरीसँग विवाह गरेर जन्मेको छोराको थर दूधेपुन भएको हो।

न.४ सुत् पुन :

पहिला हाम्रो चलनमा फुपूको छेारी दिदी बहिनी साइनो लगाइने गरिन्थ्यो।कारण बाबाको हाडनाता लाग्छ।एक दिन एक जना थाने पुनको छोराले आफ्नो फुपूकी छोरीसँग सम्बन्ध राखेछ र गर्भ बसेछ।गाउँमा होहल्ला चल्यो र गाउँमा फेरि सभा बस्यो।मुखियाले भने, अब यी दुर्इ जनाको विवाह हुन सक्दैन, कारण बाबाको रक्तसम्बन्धी हाडनाता चेपिन्छ।पछि छोरी जन्मे आमासँग बस्छे।छोरा जन्मे बाबासँग बस्छ भनी फैसला भयो।दश मास पुगेपछि छेारा जन्म भयो।हाडनाता चेपेर जन्म भए अरु सबै भाइहरुमा ११ दिन सूतक लाग्ने र सूतक बार्नु पर्ने भएको हुँदा त्यसको नाम सूतकपुन भने।पछि आएर फरक फरक शब्द हुँदै सुतेपुन अहिले सुतपुन भएको छ।यसरी हामी चारै थरीका पुनहरुले मामाकी छोरी विवाह गर्दछौ भने फुपूकी छोरी सँग भाञ्जी साइनो लाग्दछ त्यसैकारण विवाह गर्दैनौं।

- पेसबहादुर पाइजा थाने पुन